केही दिनदेखि अखबारका पाना, रेडियो, टेलिभिजन सर्वत्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी व्याप्त भएका छन्। नेपाली सञ्चार जगतले मोदीको भ्रमणलाई दिए जति महत्व भारतीय सञ्चार माध्यमले नदिएको भए पनि मोदी विभिन्न सञ्चार माध्यमका प्रतिनिधिसहित ठूलो भ्रमण टोली लिएर काठमाडौं आइपुगेका छन्।मोदीको काठमाडौं भ्रमणका सम्बन्धमा सकारात्मक र नकारात्मक दुवै प्रकृतिका टिप्पणी भएका छन्। नकारात्मक सोच भने विपक्षी बेञ्चमा बसेका केही दलका केही नेताले राखेका छन्। मोदीको यो औपचारिक भ्रमणलाई विशेष महत्व दिइनु पनि स्वभाविकै देखिन्छ। तीनतिर सीमाना जोडिएको छिमेकी मुलुकका प्रधानमन्त्रीको सत्र वर्षपछि भ्रमणलाई महत्व दिनु अन्यथा देखिदैंन। मोदीबाट केमात्र सम्भव छ र के छैन भन्नेमा पनि प्रशस्त टिकाटिप्पणी भएका छन्। महत्वाकांक्षी भनिएको यस भ्रमणलाई कसरी व्याख्या गर्ने अझै प्रष्ट छैन। कसैले यसलाई ऐतिहासिक भ्रमणका रूपमा लिएका छन्। मोदीबाट धेरै कुरा लिन सक्ने सम्भावनाप्रति आँखा नगएकै त होइन तर विदेश मन्त्री सुषमा स्वराजको भ्रमणपछि धेरै आशा तुहिए। नेपाली कर्मचारीतन्त्रले ऊर्जा व्यापारसम्बन्धी सम्झौताको मस्यौदामा अध्ययन गर्न समय माग्नु स्वाभाविकै थियो। जलस्रोत उपयोगको मामिला होस् या व्यापार घाटा घटाउने विषय होस् एनेकपा (माओवादी)का नेता आपसमै विभाजित देखिन्छन्। दुवै पक्षका आधिकारिक व्यक्तिले भ्रमणको स्वागत गरेका छन्। राजनीतिक दलका नेतृत्वलाई नै यो किन अपाच्य भयो भन्ने बु‰न भने अझै केही समय लाग्ला। प्रधानमन्त्री मोदीको भ्रमणका सम्बन्धमा यसबाट नेपालमा आर्थिक समृद्धिको ढोका पनि खुल्नसक्छ भन्ने ठान्नु गलतै भने होइन। मोदी गुजरात राज्यको मुख्यमन्त्रीबाट भारतको प्रधानमन्त्रीमा उक्लेका हुन्। उनीसित विकास एवं समृद्धिको सोच नभइदिएको भए यस पदमा पुग्ने उनको अर्को हैसियत थिएन।
हिन्दुत्वका पक्षधर मोदीले नेपालमा पशुपतिनाथमा विशेष पूजा गर्दैछन्। उनको कार्यकाल गुजरातमा छदाँ भएको हिन्दु–मुसलमान दंगालाई उनको व्यक्तित्वमा लागेको कालो दागका रूपमा लिइन्छ। नेपाल धार्मिक स्वतन्त्रताको पक्षमा थियो र त्यो नेपाली कांग्रेसले २००७ सालदेखि उठाएको विषय हो। नेपाली कांग्रेसको झन्डामा रहेका चारमध्ये एउटा तारा त्यसैको प्रतीकका रूपमा राखिएको हो। त्यसैगरी कांग्रेसले नै अर्को एउटा तारा आर्थिक स्वतन्त्रताको प्रतीकका रूपमा राखेको छ। यो बीपीको चिन्तनको उपज हो। अरू ताराको व्याख्यामा अहिले नजाऔं। लामो समयदेखि पाकिस्तान र भारतको बीचमा एक प्रकृतिको द्वन्द्व/युद्ध चलिरहेकै छ। नेपालका केही समुदाय भारतले गर्ने कुनै पनि सन्धि–सम्झौतालाई आफ्नो दलको पहिचानका रूपमा चिनाउँदै आएका छन्। भारत विरोध गर्नु नै सम्पूर्ण समस्याको समाधान होइन। टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा देखिको नेपालको विचारव्यवहार भारत विरोधी रहँदै आयो। अहिलेका सर्वेक्षणले पनि देखाउँछन् झन्डै असी प्रतिशत नेपाली यस मुलुकमा राजनीतिक स्थिरता खल्बलाउने यत्न कतैबाट हुन्छ भने त्यो भारतबाटै हुन्छ भन्ने ठान्दारहेछन्। यसको कुनै न कुनै कारण त अवश्य होला।
प्रश्न राष्ट्रिय अस्मिता कसरी जोगिन्छ भन्ने नै हो। जुनसुकै प्रकृतिका आन्दोलन हुन्, तराईमधेसका हुन्, किराँत लिम्वुवान क्षेत्रका हुन्, अखण्ड सुदूर पश्चिमाञ्चलदेखि जातीय संघ बनाउने सोचको निर्माण त भयो तर त्यो जनताबाट अनुमोदित भएन। नेपाली जनता अब भारतीय प्रभुत्वको स्वीकार गर्ने पक्षमा छैनन् भन्ने सन्देश यसभन्दा पहिलेको मनमोहन सिंहको सरकारले पनि दिएको हो। तर कर्मचारीतन्त्रले यसलाई बुझेनन्। कुनै बेला बीपी कोइरालाले भन्नुभएको थियो – 'हामी दुई हात्तीका बीचमा सुतेका मान्छे जस्ता छौँ, उनीहरूले माया गरेपनि हामी किचिन्छौं र उनीहरू जुधेपनि हामी किचिन्छौं।' नेपालको राष्ट्रियताका कुरा गर्नेहरूले नेहरुको पालामा 'हिन्द–चीन भाइभाइ' भन्ने नारा दिँदादिदैं पनि उनको झुकाव रुसप्रति भएकाले सम्भव हुन सकेन।
अहिले फेरि त्यो सम्बन्ध गाँसिएको छ। भारतीय प्रधानमन्त्री र चिनियाँ प्रधानमन्त्री एक आपसमा सौहार्दतापूर्वक भेट गर्दैछन्। अब सायद नेपाल बारे बीपी कोइरालाले दिनुभएको दृष्टान्तको सान्दर्भिकता थोरै होला । अहिलेको अवस्थामा भारत र चीनको मेल नेपालको हितमै हुनेछ। बन्दै गरेको चिनियाँ रेलमार्ग नेपाली सीमाको नजिकै पुग्न लागेको छ। त्यो रेलमार्ग नेपालसम्म आइपुग्यो भने नेपालले चीनको एउटा भूखण्डलाई धेरै वस्तु आपूर्ति गर्नसक्छ। राणा कालमा भोट युद्ध हुँदा ताका हामी सुनका सिक्कासँग खुर्सानी साँट्ने गर्थ्यौं, त्यो पनि डोकोमा बोकेर। अहिले रक्तचन्दन र सुनको व्यपार त हुन्छ तर तस्करी गरेर। तेह्रौँ चौधौँ शताब्दीमा बनेका मुराल र थान्का, पौवा, जंगली जनावरको छालादेखि हाडखोरसम्मको व्यापार नेपालको बाटोबाट हुँदै आएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतलगायतका केही त्यस क्षेत्रका बासिन्दाका लागि रक्तचन्दन विशेष महत्वको वस्तु मानिन्छ। तर, यस प्रकृतिको व्यापारले के चाहिँ गर्न सक्छ? विश्वसम्पदामा राखिएका केही वस्तु किन्न अहिले चिनियाँहरू बढी लालायित देखिन्छन्। हामी भने सधैँ नै समदूरीको सिद्धान्त रटिरहेका हुन्छौँ। समदूरीको साटो समसामिप्यको सम्बन्ध विकास गर्ने सोच हामीले बनाएनौ।
सन् १९६० मा बीपी कोइरालाले प्रधानमन्त्रीका रूपमा चीन भ्रमण गर्दा आफ्ना समकक्षी चाउ एन लाईसँग भारतले जत्तिकै सहयोग गर्न आग्रह गर्दा चाउले 'चीनले नेपाललाई भारतले भन्दा कम सहयोग गर्नुपर्छ' भनेका थिए रे। राष्ट्र, राष्ट्रियताका विषयमा बेग्लाबेग्लै सोच अहिले राजनीतिक दलका नेताबाट आएका छन्। भारतका नेपालविद्हरूमा राष्ट्रभन्दा जातीयता, पहिचानभन्दा संघीयता, धार्मिक स्वतन्त्रता छोडेर धर्मनिरपेक्षताजस्ता विषय खासै बोधगम्य हुनसकेको देखिँदैन। नेपाली राष्ट्रियताको पहिलो पहिचान बीपीले दिनुभएको थियो। उहाँले नेपालको आन्तरिक मामिला अर्काे मुलुकको चासोको विषय होइन भन्ने भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पनि बुझाउनु भएको थियो। नेहरूले भारतको संसद्मा 'नेपालको सुरक्षा भारतको चिन्ताको विषय हो' भन्दा बीपीले नेपाल आफ्नो सुरक्षा आफैँ गर्न सक्षम छ भन्ने स्पष्ट अडान राखेर प्रतिवाद गरेपछि नेहरुले आफ्नो कथन सच्याएका थिए।
मोदी भ्रमणतिरै फर्कौं। उनी उदार हृदय लिएर नेपालमा केही गरौँ, केही गुण लगाऊँ भनेरै आएका हुन्। उनले विशेष कार्यक्रम माग गरेको पनि धेरै समय भयो तर हामीले त्यो तयारी गर्नै सकेनौं। साना जलविद्युत्, साना सिंचाईमा मात्र सहयोग गर भनेको भए पनि हुन्थ्यो। यी दुई विषयलाई सम्बोधन गर्नसके पनि हामी समृद्धिको छोटो बाटोबाट अगाडि बढ्न सक्थ्यौँ। कर्णाली चिसापानी, माथिल्लो कर्णाली, अरुण तेस्रो आदि परियोजनामा भारतीयलगायतका पँुजी लगानी गर्न सकिन्छ। तर त्यसमा सम्पन्न उद्यमीहरूका सँगै स्थानीय जनतालाई संलग्न गराएर त्यहाँको भौगोलिक वातावरणलाई असर नपार्ने गरी पुँजी बजार विस्तार गर्नैपर्छ। विज्ञहरूले यो कुरो बुझेर त्यसै किसिमको प्रस्ताव मोदीसमक्ष राख्लान् कि भन्ने अपेक्षा पंक्तिकारको रहेको छ। लघु क्षेत्र नै हाम्रो छिटो समृद्धिको बाटो हो।
राष्ट्र र राष्ट्रियताका विषयमा पनि बीपी कोइरालाले देखाउनु भएको मार्ग नै हाम्रा लागि सही बाटो हो। हालै चीनका राजदूतले 'चीनले तराईको विकासका लागि सहयोग गर्ने' अभिव्यक्ति दिएका छन्। अब तराई, मधेस, पहाड, हिमाललाई प्रादेशिक ढाँचामा लगेर नेपालको उन्नति हुन सत्तै्कन भन्ने पनि चिनियाँ पक्षले पटकपटक एमाओवादी र माओवादी नेताहरूलाई सम्झाएकै हो। दुई प्रधानमन्त्रीबीचको राजनीतिक छलफलमा यसको पनि टुंगो लाग्ने धेरै सम्भावना छ। भारतीय कर्मचारीतन्त्रले लादेका केही विषयमा राजनीतिक तहमा सत्र वर्षपछिको भारतीय प्रधानमन्त्रीको यो भ्रमणमा अवश्य पनि केही चर्चा हुनुपर्ला। निर्वाचनले अस्वीकार गरेको यो विषय अनौपचारिकरूपमै किन नहोस् दुई पक्षीय वार्तामा प्रवेश पाउनु उचित हुन्छ। यस्ता विषयमा कागजपत्रको आदानप्रदान त नहोला। पहिलेको भारत सरकार र विगतमा उनले खटाएका कर्मचारीले के गरे भन्नेे दुई प्रधानमन्त्रीबीचको संवाद र समझदारीले विस्मृतिमा फाल्नेछ।
नेपालले महत्वपूर्णरूपमा उठाएका पीटीए र पीडीए यस भ्रमणका बेला नहुने नै भयो। साना आयोजना नेपालले प्रस्तुत गर्नै सकेन या चाहेन। आशा गरौँ, भारत–नेपालको व्यापार घाटालाई घटाउँदै जान पनि दुई प्रधानमन्त्रीका बीचमा केही संवाद र सहयोग हुनेछ। त्यसो हुनसके हाम्रैलागि हितकर हुनेछ।