लामो तयारी तथा साता दिन पहिले आफ्नै विदेश मन्त्री सुषमा स्वराजलाई राजनीति तथा त्यससँग गाँसिएका तमाम विषयको धरातलीय यथार्थ बुझ्न नेपाल पठाएका भारतका सर्वशक्तिमान् प्रधानमन्त्री नरेन्द्र मोदीले गत आइतबार र सोमबार नेपालको दुईदिने औपचारिक भ्रमण गरे।दुई दिनकै बसाइमा प्रधानमन्त्री मोदीले नेपाली सुरक्षा तथा अर्थराजनीतिका तमाम अवयव तथा सरोकारवालालाई नौलो रूपमा झक्झक्याएर फर्केका छन्। सोमबार साँझ नयाँ दिल्ली फर्कनुअगाडि प्रकाशमा ल्याइएको मोदी भ्रमणको उद्देश्य र उपलब्धि बारे भारतीय विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भ्रमण चार ‘स' – सहकार्य, सम्पर्क, संस्कृति र संविधानबाट उत्प्रेरित रहेको जनाइएको छ। पहिलो ‘स' अर्थात सहकार्यअन्तर्गत नेपालको पूर्वाधार निर्माणमा एक खर्ब रूपिया बराबरको सहुलियत ऋण सहयोग गर्ने, पञ्चेश्वर विकास प्राधिकरण गठन गरी वर्ष दिनभित्र विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने र ४५ दिनभित्र माथिल्लो कर्णाली विकास परियोजना सम्झौता गर्नेरहेका छन्। दोस्रो ‘स' अर्थात सम्पर्कअन्तर्गत पश्चिम नेपालसँग भारतको उत्तरप्रदेश र दिल्लीलाई जोड्ने महाकाली पुल बनाउने र तराईको हुलाकी मार्गको दोस्रो चरणको निर्माण कार्य एक वर्षभित्र सम्पन्न गरिसक्ने रहेको छ। त्यस्तै तेस्रो ‘स' अर्थात् संस्कृति अन्तर्गत पशुपतिनाथ मन्दीरलाई २५ क्वीन्टल चन्दन उपहार, धर्मशाला निर्माण आदिका लागि ४० करोड रुपियाँको सहयोग एवं लुम्बिनी र जनकपुरधामको विकासका लागि सहयोग गर्ने पर्छन्। चौथो ‘स' मा नेपालको संविधान निर्माणमा सबै राजनीतिक दललाई पार्टीभन्दा माथि उठेर देशबारे सोच्न र सबैले आफ्नो ठान्ने संविधान बनाउनुपर्ने रहेको छ। चारवटा ‘स' को घेराभित्र समष्टिगत रूपमा समेटिएका यी उपलब्धिको पृष्ठभूमिमा प्रधानमन्त्री मोदीद्वारा भ्रमणका क्रममा विभिन्न अवसरमा व्यक्त उद्गारले राजनीतिक क्षेत्रमा तरङ्ग पैदा गरेका छन्।
संविधान सभालाई सम्बोधन तथा रात्रिभोजका अभिभाषण र विभिन्न राजनीतिक दलका नेतासँगका भेटघाट एवं वार्तामा व्यक्त प्रधानमन्त्री मोदीका उद्गारबाट मुख्यरूपमा निम्न चारवटा राजनीतिक विषयमा भारतको वर्तमान सरकारको नीति स्पष्ट उजागर भएको पाइन्छ।
१. नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संवैधानिक संरचनाप्रति पूर्ण समर्थन। मोदीले संविधान सभाको आफ्नो सम्बोधन भाषणमा यसको स्पष्ट घोषणा गरे।
२. हिमाल, पहाड र तराईसहितको समग्र नेपालको विकास अवधारणाप्रति मोदीको दृढ समर्थन तथा मधेस केन्द्रित दलहरूको क्षेत्रीयताको धारणाप्रति स्पष्ट असहमति र अस्वीकृति। मोदी भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष उनले ४७ मिनेट लामो संविधान सभामा गरेको सम्बोधन भाषणमा कहीं पनि मधेस शब्दको उच्चारण समेत गरेनन्, तराईमात्र भने। सोमबार मोदीलाई भेट्न गएका मधेस केन्द्रित दलका नेताले खोजेको विशेष सुरक्षा र मधेसका लागि विशेष सहयोगको आग्रहलाई पनि मोदीले अस्वीकार गरी हिमाल, पहाड र तराईको नै समग्रमा विकास गर्नुपर्नेमा जोड दिए। एक साता पहिलेमात्रै भारतीय विदेश मन्त्री सुषमा स्वराजले मधेस केन्द्रित दलका नेताहरूद्वारा ‘मधेसीहरूमाथि औपनिवेशिक शोषण गरिएको र दोस्रो दर्जाको नागरिकको व्यवहार भइरहेको' भन्ने धारणा राख्दा स्वराजले त्यसलाई ठाडै अस्वीकार गरेकी थिइन्। उनले नेपालको राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, गृहमन्त्रीसमेत मधेसी समुदायबाट भइसकेको स्थितिमा कसरी दोस्रो दर्जाको व्यवहार गरिएको सवाल उठ्छ भन्ने प्रश्न गर्दा सबै अवाक् भएको समाचार सञ्चार माध्यममा आएका थिए। मोदीले परोक्षरूपमा हिमाल, पहाड र तराईलाई ‘एउटै फूलको गुलदस्ता' बनाएर समग्र विकास गर्नुपर्ने सन्देश दिए। नेपालको पहाडमा जैविक तथा जडीबुटीको खेतीको व्यावसायिक सम्भावनादेखि विद्युत उत्पादनसम्मको चर्चा गरे भने पहाडी युवाले वीरतापूर्वक ‘गोर्खा' सैनिकका रूपमा भारतीय सीमा रक्षाका लागि गरिरहेको सेवाको समेत बखान गरे।
३. युद्धको बाटो छाडेर बुद्धको बाटोमा आएका, बुलेटको बाटो छाडेर ब्यालेटको बाटो समातेका तथा शस्त्र छाडेर शास्त्रमा आएका नेपालका माओवादीहरुप्रति विशेष अनुराग प्रकट गर्दै परोक्षरूपमा नेपालका माओवादीको सहयोगमा बन्ने संविधान भारतका झन्डै एक तिहाइ जिल्लामा सशस्त्र संघर्ष चलाइरहेका भारतीय माओवादीका लागि पनि उदाहरण हुनसक्ने संकेत व्यक्त गरे। उनले यो दृष्टान्तलाई विश्वभर प्रचार गर्ने प्रतिबद्धता समेत जनाए।
४. वर्तमानको मात्रै होइन आउँदो पुस्ताका लागि समेत उपयोगी हुने दूरदृष्टि राखिएको सर्वस्वीकार्य समावेशी संविधानको निर्माण हुनुपर्ने धारणा समेत मोदीले व्यक्त गरे।
सानै उमेरदेखि हिन्दु राष्ट्रियतावादी राष्ट्रिय स्वयंसेवक संघ परिवारको कठोर अनुशासन तथा नेतृत्वसम्बन्धी प्रशिक्षणबाट दीक्षित मोदीको संविधान सभाको अभिभाषणलाई नेपाली समाजका सबै वर्ग र समूहका मानिसले रुचाएको पाइयो। गौतम बुद्धको जन्म नेपालमैै भएको तथ्य मोदीले पटकपटक विभिन्न सन्दर्भमा दोहोर्यापए। त्यसलाई सर्वसाधारण जनतादेखि सांसदसम्मले अत्यन्तै रुचाएको पाइयो। मोदीको भाषणपछि पंक्तिकारलाई दुई भारतीय राजनेताद्वारा नेपालमा गरिएको ओजस्वी भाषणको सम्झना भयो – पहिलो थियो, झन्डै ३३ वर्ष पहिले बीपी कोइरालाको देहावशानपछि टुँडिखेलमा आयोजित श्रद्धाञ्जली सभामा भारतका समाजवादी नेता मधु दण्डवतेको सम्बोधन। दण्डवतेले बीपीको रगतका प्रत्येक थोपा यस धरतीमा रक्तबीज भएर उम्रनेछ र यस मुलुकमा प्रजातन्त्र ल्याइछाड्नेछ भदा उपस्थित जनसमुदायलाई अत्यन्त भावुक र रोमाञ्चित बनाएको थियो। धेरैबेरसम्म श्रोताको ताली पाएका थिए दण्डवतेले। त्यस्तै गणेशमान सिंहको क्षेत्रपाटी स्थित निवासको परिसरमा २०४६ साल माघमा प्रथम जनआन्दोलनका लागि भएको नेपाली कांग्रेस वाम मोर्चाका संयुक्त सभामा दिइएको भारतीय राजनेता चन्द्रशेखरको भाषण। चन्द्रशेखरले आफूभित्रको डरलाई नभगाएसम्म प्रजातन्त्र प्राप्त नहुने सत्य आफ्नै शैलीमा ओजश्वी ढङ्गबाट प्रस्तुत गरेर युवा श्रोतामा नयाँ जोस भरेका थिए। आन्दोलनको पृष्टभूमि बनाउन उनको भाषणले भएका क्यासेटहरू देशभर गोप्यरूपमा वितरण गरिएको थियो।
आर्थिक विकासका विभिन्न सम्भावना तथा कार्यसूची बारे चर्चा गर्दै मोदीले नेपाललाई भारतले एक अर्ब डलर बराबरको सहुलियतपूर्ण कर्जा दिने र पञ्चेश्वर विकास प्राधिकरण गठनको घोषणा गरेका छन्। यस्तै उनले नेपालमा धार्मिक तथा साहसिक पर्यटनको समेत अपार सम्भावना रहेको पनि भनेे। उनले एचआईटी अर्थात् हाइवे (सडक मार्ग), आईवे (सूचना प्रविधि मार्ग) तथा ट्रान्समिसन वे (विद्युत प्रसारण मार्ग) को महत्वमा जोड दिएर आफ्नो गुजरात विकासको अनुभव पनि परोक्षरूपमा सुनाए।
आफ्नो सुरक्षाका लागि बुलेटप्रुफ गाडी, सुरक्षा सामग्री तथा सुरक्षा कमान्डोसमेत भारतबाटै ल्याएका मोदीले सुरक्षासम्बन्धी विषयमा खासै चासो व्यक्त गरेका कुरा भने मिडियामा आएनन्। बरु नेपाल भारतको १९५० को मैत्री तथा सुरक्षा सन्धिलाई के कस्तो समयानुकूल परिमार्जन गर्नुपर्ने हो, सो सम्बन्धी प्रस्ताव नेपालले नै ल्याएमा आफू बाधक नहुने जनाउ उनले दिए। विगत दुई दशकमा नेपालको राजनीतिमा भारतीय कर्मचारी तथा गुप्तचर तन्त्रको हस्तक्षेप बढ्दै गएको तथा नेपाल र भारतका राजनीतिक तहमा संवादको स्थिति समेत नरहेको भन्ने जनसाधारणमा व्याप्त धारणाप्रति मोदीले परोक्षरूपमा स्वतन्त्र र सार्वभौम नेपालको आन्तरिक राजनीतिमा कुनै हस्तक्षेप नहुने वाचा गर्दै राजनीतिक मतभिन्नतालाई उच्च राजनीतिक तहमा सल्ट्याउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टी तथा मोदीको विजयको घोषणा हुनुभन्दा झन्डै एक महिना पहिले नागरिक दैनिकको ११ बैशाख २०७१ को अंकमा यस पंक्तिकारले लेखेको थियो – ‘नरेन्द्र मोदीको सम्भावित सत्ता रोहणपछि नेपालसँगको भारतको सम्बन्धमा महत्वपूर्ण परिवर्तन हुनसक्ने सम्भावना व्यक्त गरिँदैछ। विगत दुई दशकदेखि आर्थिक विकासको चासोलाई पछाडि धकेल्दै सुरक्षा अवधारणाले बढी प्राथमिकता पाउँदैआएको भारतको नेपालसँगको सम्बन्धले विकासको चासोलाई अब प्राथमिकतामा राख्ने आशा नरेन्द्र मोदीको गरीबी निवारणका लागि समावेशी विकासको नाराले बढाएको छ। विकासका लागि विद्युत् नभई नहुने र भनेजस्तो भारतीय बजार भएमा नेपालमा जलविद्युत्को क्षेत्रमा बहुपक्षीय हित हुने गरी काम अगाडि बढाउन सकिने प्रशस्त सम्भावना छ। त्यसका लागि नेपालमा पनि राजनीतिक स्थिरता हुनुपर्ने हुन्छ। त्यसका लागि सर्वस्वीकार्य संविधान निर्माण पहिलो सर्त हो। संविधान सभाको दोस्रो निर्वाचनपछि हालका सत्तारुढ र विपक्षी दलले उतिखेर संविधान निर्माणलाई नै मुख्य एजेन्डा बनाएको सन्दर्भमा भारतमा नरेन्द्र मोदीको सम्भावित विजय र उनको नेतृत्वमा बन्ने सरकारले नेपालमा फेरि अर्को वितण्डालाई मलजल गर्ने काम पक्कै गर्नेछैन। दुवै देशमा समावेशी विकाससहित गरिबी निवारणका कामलाई प्राथमिकतामा राखिनेछ भन्ने विश्वास पलाएको छ।'
नेपाल र भारतबीच रहँदैआएको शंकाको घेरालाई मोदीले तोड्ने प्रयत्न गरेका छन्। कुनै पनि किसिमको क्षेत्रीयतावादलाई अस्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको लागि समयमै सर्वस्वीकार्य संविधान बन्नुपर्छ भन्ने धारणा प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले नेपालको समावेशी विकासका लागि यहाँको जलस्रोत तथा अन्य स्रोतको यथेष्ट उपयोग गरिनुपर्छ र त्यसका लागि भारत सरकार सहयोगी हुने विश्वास दिलाएका छन्। यसको ठोस परिणाम आउँदा दिनमा अझ स्पष्ट हुने अपेक्षा गर्न सकिन्छ।