अघिल्लो शुक्रबार राति सिन्धुपाल्चोक, माङ्खाका दुर्गालाल श्रेष्ठले सपनामै नचिताएको विपत्ति बेहोर्नुपर्योब। उनको परिवारका दस जना पहिरोमा परे जो अझै बेपत्ता छन्। यस्तो विपत्ति माङ्खा, राम्चे, टेकनपुरका कैयन् परिवारले झेल्नुपर्योा। न गासको ठेगान, न बासको ठेगान! घर भएर पनि पहिरो र सुनकोसीको त्रासले कैयन् परिवार जंगलमा रात बिताउन बाध्य भए।भयमा बाँच्नु जति त्रासद अरु केही हुँदैन। सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, ओखलढुंगा, उदयपुर, सप्तरी र सुनसरीसम्म २ सय १४ किलोमिटर लामो नदी किनाराका ती दुःखी जनको जीवनमा कुनै पनि बेला सुनकोसीको भेलले विपत्ति ल्याउन सक्थ्यो।
त्यसको भोलिपल्ट उद्धारकर्ताझैँ नेपाल भ्रमणमा आएका भारतीय प्रधान मन्त्री नरेन्द्र भाइ दामोदर दास मोदीले चिन्ता प्रकट गरे। हामीले ताली बजायौँ। उनले नेपालको पानी महिमा गाए। त्यसले हिन्दुस्थानको अँध्यारो हटाउन सक्छ भने। पानीकै कारण सिन्धुपाल्चोकमा बिचल्ली भएको उनलाई पनि ज्ञात भयो। पहिरोमा दर्जनौँ जनले ज्यान गुमाए। सयौँ बेपत्ता भए। हजारौँ विस्थापित भए। मोदीले पशुपतिनाथमा पौने घण्टा लगाएर पूजा गरे। रुद्राभिषेक गरे। पौने दुई करोड रुपियाँ बराबरको २५ सय किलो नम्बरी चन्दन चढाए। हामीले ताली बजाएर स्वागत गर्यौँे। अखबारहरू मोदीको मोहनीले पागल भए। मुखपृष्ठदेखि विचार पृष्ठसम्म ती मोदीमय भए। माङ्खाका बासिन्दाको ज्यान र विपत्ति तिनका पानाहरूबाट झन्डै गायब भए। टेलिभिजनहरूले त हामीले नचिनेको नेपाल मोदीले बल्ल चिनाइदिएको भन्नेसम्मको टिप्पणी गरे। मोदीले बुद्ध जन्माउने यस भूमिलाई नमन गर्छु भने। सभासद्हरूलाई ऋषि मन लिएर संविधान लेख्न आह्वान गरे। भारतको काम सार्वभौम नेपाललाई बाटो देखाउने होइन, सहयोग गर्ने हो भने। हामीले ताली बजायौँ।
मोदीको चिन्ता
व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्दै विशिष्ट अतिथि मोदीले आफ्नो पपुलिस्ट छवि प्रस्ट पार्दै भने, 'नेपालको कोही भाइ भोको भए हिन्दुस्तानी कसरी आनन्दित हुन सक्छ र? कोसीको घटना भयो। मेरो पूरा सरकार यसमा लागिरहेको छ। कोसीको पानी रोकियो। थाहा छैन, कति मान्छे हराए, कतिको निधन भयो। यो तपाईँहरूको विपत्ति हो भने मेरो पनि हो।' मोदीको चिन्ताले हाम्रो मर्म स्पर्श गरेजस्तो भयो। हामी कृतज्ञ भयौँ र विपत्तिमा परेको माङ्खालाई एक्लै छाडेर उनको शब्द–शब्दमा हामीले ताली बजाइरह्यौँ।
सबैलाई थाहा छ, मोदी हिन्दु राष्ट्रवादी हुन्। हिन्दु, हिन्दी र हिन्दुस्तान उनी स्वयंसेवक रहेको राष्ट्रिय स्वयंसेवक संघको लक्ष्य हो जसले मोदीलाई भारतीय जनता पार्टीका तर्फबाट प्रधान मन्त्रीका रूपमा गएको लोकसभा चुनावमा प्रस्तुत गरेको थियो। त्यसकै बलमा उनी र उनको पार्टीले चुनाव जितेको हो। पपुलिस्ट नेता मोदीलाई थाहा छ, दमित हिन्दु मनोविज्ञान बोकेका नेपाली शासक र कुलीनहरूको मानसिकता। त्यसैले उनले पशुपतिनाथमा रुद्राभिषेक गरे। सधैँ बन्द हुने पशुपति मन्दिरभित्रको चाँदीको ढोकाको आधा भाग खुला गरी उनकै लागि दक्षिण ढोका पूरै खुला गरियो। पूजारी गणेश भट्टले उनको संकल्पबमोजिम रुद्राभिषेक सम्पन्न गराए। वेद विद्याश्रमका १०८ पारंगत ब्राह्मणहरूले रुद्री पाठ गरे। मन्दिर प्रवेश गर्नुअघि नै उनले बासुकीमा विशेष पूजा गरेका थिए। त्यसपछि मन्दिर परिशरमा रहेका बूढानीलकण्ठ, लालगणेश, सूर्यनारायण, गंगाइमाई मन्दिरको श्रीयन्त्र, मुक्तिमण्डपस्थित सन्तापहरेश्वर, श्रीकृष्ण, कीर्तिमुख भैरव, सप्तमातृका, नवग्रह, हनुमान र सत्यनारायणको दर्शन गर्न भ्याए। आगन्तुक पुस्तिकामा उनले लेखे, 'नेपाल र भारत जोड्ने पशुपतिनाथको कृपा दुवै देशका जनतालाई प्राप्त भइरहोस्।' उनले नेपाललाई थप एक खर्ब रुपियाँ सहुलियत ऋण दिने एकतर्फी घोषणा गरे।
संविधान सभामा उनको भाषणले तालीका ताली पायो। सुरुवात उनले नेपालीबाट गरे र सभासद्को मन जिते। त्यसपछि धाराप्रवाह हिन्दीमा बोलेर हिन्दी दक्षिण एसियाको माध्यम भाषा हो भन्ने सन्देश दिन उनी सफल भए। यस्तो लाग्थ्यो, उनले हिन्दीमा बोल्नैलाई भाषणको सुरुवात नेपालीमा गरेका थिए। अन्तर्राष्ट्रिय सम्बन्धका क्रममा प्रयोग गर्नुपर्ने अंग्रेजीलाई उनले महत्व दिएनन्। तर उनकै देशमा हिन्दी नबुझ्नेको संख्या धेरै ठूलो छ। उनी मुख्य मन्त्री रहेको गुजरातमै सन् २००८ मा कक्षा १० मा हिन्दीको अनिवार्यता हटाएर अंग्रेजीलाई अनिवार्य गर्नुपरेको थियो। उनले आगामी सार्क सम्मेलनमा फेरि नेपाल आउँदा राजा जनक र भगवान् बुद्धलाई पनि नमन गर्न जाने वचन प्रकट गरे।
मोदीले नेपाली शासकहरूको दमित राष्ट्रियतालाई शिर उँचो पार्ने अवसर दिएर, प्रकटमै सही, ठूलो 'गुन' लगाए। त्यो यसअघि भारतीय संस्थापनले कहिल्यै हुन नदिएको हाम्रो बुझाइ छ। उनले सन् १९५० को सन्धि पुनरावलोकनका लागि आफू तयार रहेको वचन दिए। त्यसका लागि राजनीतिक तयारी र अभ्यास गर्न नेपाललाई आह्वान गरे। बुद्ध जन्माउने नेपाल भूमिलाई नमन गर्छु भन्न पनि हिच्किचाएनन्। भारतीय संस्थापनले नक्कली लुम्बिनी बनाएर बुद्ध भारतमा जन्मेका भनी साहित्य र प्रचार सामग्रीमार्फत अन्तर्राष्ट्रिय लबिङ गरिरहेका बेला त्यही देशका सरकार प्रमुखबाट यति प्रस्ट वचन आउनु महत्वपूर्ण कुरा हो। नेपाल सार्वभौम राष्ट्र हो भन्न पनि उनलाई कुनै द्विविधा भएन। नेपालले अपनाएको लोकतान्त्रिक गणतन्त्रको पनि उनले सराहना गरे। 'नेपाल एक सार्वभौम राष्ट्र हो। हाम्रो इच्छा यतिमात्र हो, यसले हिमालयकै उचाइ प्राप्त गरोस्। पूरा विश्व नेपाललाई देखेर गौरवान्वित होस्। यस्तो नेपाल देख्ने हाम्रो इच्छा छ', उनले भने। मोदी भ्रमणले नेपाल–भारत सम्बन्ध र विश्वास नयाँ उचाइमा पुगेको सरकारले निष्कर्ष निकाल्यो।
पहिरोको आक्रमण
भ्रमण सकेर मोदी गइसकेका छन् तर मोदीको मोहनीमय वचनले अझै मदमस्त छन् हाम्रा शासक वर्ग। पहिरो पीडितको दुःखमा मन, वचन र कर्मले साथ दिने तिनको मनसुवा अझै देखिन्न। मोदी आउने प्रतीक्षामा कति दिनदेखि यो वर्ग अनिदो थियो। शुक्रबार मध्याह्न राति जमिन हल्लाउने आवाजले माङ्खाबासी दुर्गालालको निद्रा खुल्यो। श्रीमती र छोराछोरीसहित अन्धकारमा उनी जंगलतिर उकालो लागे। उनले प्रहरीलाई खबर गरे। आश्वासन पनि दिइयो। उद्धार हुने आशा पलायो। कुर्दाकुर्दै बिहान भयो। सुनकोसी नदी ठप्प थियो। बस्ती गायब थियो। सुनकोसीमा पहिरो आएर बसेको थियो। खबर गरेको झन्डै सात घण्टापछि प्रहरी आइपुग्यो। उनका अनुसार सेनाले त बेलुकी नै ब्यारेक छाडेर कुलेलम ठोकिसकेको थियो। बल्ल ११ बजेतिर ऊ हेलिकप्टरमा घटनास्थल नियाल्न आइपुग्यो। बेलैमा उद्धार हुनसकेको भए कतिपयलाई बचाउन सकिने आशा यसरी तुहियो। घटना भएको चौबीस घण्टापछि बल्ल गृह मन्त्री घटनास्थल पुगे र मोबाइलमा फोटो खिचेर हतारहतार फर्किए। प्रधान मन्त्रीले त गृह मन्त्रीलाई एउटा औपचारिक निर्देशन दिएरै आफ्नो कर्तव्य पूरा गरे।
हाम्रो विडम्बना के हो भने सबैभन्दा प्रत्यक्ष सम्बन्ध भएका छिमेकी देशका प्रधान मन्त्रीको भ्रमणको अघिल्लो दिन देशले यति ठूलो दुर्घटना बेहोर्नुपर्योष। सबै तय भइसकेका कार्यक्रम रद्द गर्नु पनि सायद बुद्धिमानी हुँदैनथ्यो। तर कुनै मन्त्रीकै नेतृत्वमा तत्काल उद्धार कार्य सुरु गर्न र जारी राख्न असम्भव थिएन। विपत्मा परेका हजारौँ जनताको दुःखप्रति आँखा चिम्लेर तिनलाई सीमित स्रोत, साधन भएको स्थानीय प्रशासनको भरमा छाड्नु अमानवीयताको हद थियो। मोदीको भाषणमा तालीका ताली लगाएर हाँसिरहेका मन्त्रीहरू, सभासद्हरू, शासक वर्ग, बुद्धिजीवी, सञ्चारमाध्यमलाई यस्तो अनुभूति किन भएन?