प्राकृतिक विपत्तिजस्तै पूर्व संकेतविनाको अप्रत्याशित राजनीतिक परिवर्तनलाई राजनीति शास्त्रमा 'राजनीतिक संकट' भन्छन्। यस्तो संकट राज्य, दल, समुदाय वा व्यक्ति जोमाथि पनि आइपर्न सक्छ तर त्यसको प्रभाव भने अवयवअनुसार फरकफरक हुन्छ।राज्यमा देखापर्ने राजनीतिक संकटको प्रभाव व्यापक हुन्छ भने दल, समुदाय वा व्यक्तिमा पर्ने संकटको प्रभाव क्रमशः साँघुरिँदै जान्छ। प्रसंग समग्र माओवादी आन्दोलनको हो तीव्र गतिमा भइरहेको विघटनले जसको राजनीतिक भविष्यलाई संकटग्रस्त भएको छ।
एक्काइसौं शताब्दीको सबैभन्दा उन्नत जनवादी कम्युनिस्ट पार्टी बनाउने उद्घोषसहित शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको बहुचर्चित चुनवाङ बैठकको पूर्वसंध्यामा पारित दस्तावेजमा माओवादी नेता पुष्पकमल दाहालले पार्टीसँग प्रश्न गरेका थिए – 'सत्ता कब्जा गरिसकेपछि संसारका सर्वहारा वर्गीय क्रान्तिकारी पार्टीहरू छोटै समयमा नोकरशाही, संशोधनवादी, जनताबाट अलगथलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे?' आफ्नो प्रश्नको जबाफ दिँदै उनले दस्तावेजमा केही सुझाव प्रस्तुत गरेका थिए। यस्तो खतराबाट पार्टीलाई जोगाउन पार्टीभित्र औपचारिक जनवादलाई निरुत्साहित गर्ने, उच्च जनवादको अभ्यास गर्नुपर्ने, पार्टीको अन्तरसंघर्षमा जनसमुदायलाई पनि समावेश गर्ने, सरकार र पार्टी संचालनमा छट्टाछुट्टै नेता तथा कार्यकर्ताको समूह बनाउने र सुविधाभोगी, पदलोलुप र नोकरशाही नेता/कार्यकर्तालाई जनसमुदायमा नंग्याउने आदि।
जतिबेला माओवादी नेता दाहाल त्यसो भन्दै थिए, त्यतिबेला नेपालका माओवादी र प्रचण्डपथले विश्वकै साम्यवादले पाएका सबै दुःखहरण गर्ने जिम्मा लिएको थियो। त्यतिवेला विश्व साम्यवादको नेता बन्ने सबै आधार गरेको 'प्रचण्डपथ'को त्रू्कर भाग्यरेखाले आज आफ्नै भनाइको आलोकमा आफैँलाई अभियुक्त घोषणा गरेको छ। त्यस्तो बिरासतमा उभिएका दाहालले त्यति शक्तिशाली दलका रूपमा उदाएको एनेकपा (माओवादी) सात वर्षको छोटो अन्तरालमै असाधारण तरिकाले छिन्नभिन्न हुनेछ भन्ने त दाहालले कल्पना पनि गरेका थिएनन् होला! मार्क्सवाद कुनै सानो धार्मिक समूहको मान्यता वा प्रथा होइन जो समाजको प्रचलित मान्यताभन्दा नितान्त भिन्न हुन्छ। र, कथित ईश्वरले पठाएका प्रतिनिधिले उक्त समूहको नेतृत्व गर्छ। माओवादीको दुर्भाग्य के भयो भने मार्क्सवादको सामान्य विद्यार्थीले पनि बुझेको यो सामान्य तथ्यलाई उसले खुलमखुल्ला अस्वीकार गर्दै आयो। आज राजनीतिक अस्तित्वको लागि छटपटिँदै गरेका विघटित माओवादीका असरल्ल समूहहरू देखापर्नुको कारण यही हो।
राजनीतिक र सांगाठनिक संकटको उत्पादन भइरहने एमाओवादीम पुनः पार्टी विभाजनको नयाँ शृंखला विकसित भएको छ। विभाजनको यस नयाँ शृंखलाभित्र विवादका विषय, पात्र र प्रवृत्ति भने पुरानै छन्। वैचारिक द्विविधा, राजनीतिक दिशा निर्क्योलको समस्या, व्यक्तिवादी पार्टी संगठन, अराजक कार्यशैली, भूमिकाको असमान बाँडफाँटआदि जस्ता सदावहार समस्या नै माओवादी पाठशालामा जन्मिएका र जन्मिरहने साझा समस्या हुन्। साथै तिनको समाधानको विधि पनि उस्तै रहँदैआएको छ। अर्थात आरोप/प्रत्यारोप, संझौता गर्ने असफल प्रयत्न, समानान्तर संगठन निर्माण र औपचारिक पार्टी विभाजन। एमाओवादीको ताजा विवाद र त्यसको प्रकृति पनि यही पुरानै बाटामा अगाडि बढिरहेको देखिन्छ।
विवादको विकासक्रमः
अध्यक्ष दाहालपछि पार्टीको दोस्रो सांगठनिक वरीयतामा रहेका प्रभावशाली नेता बाबुराम भट्टराई माओवादीभित्र 'सदाबहार' असन्तुष्टजस्तै देखिन्छन्। माओवादी संगठनको संरचना र त्यसको निर्माण प्रक्रियालाई बुझ्ने सबैले भट्टराईको असंतुष्टिलाई स्वाभाविक मान्छ। किनभने माओवादीभित्र भट्टराई र उनको समूहलाई 'एसोसिएट' माओवादी मानिन्छ। कहिले पनि माओवादीको मुख्य सांगठनिक धारासँग भट्टराई समूहको आन्तरिक सहचार्य भएन। एकातिर राजनीतिक सल्लाहकारका रूपमा वा उत्पन्न राजनीतिक संकट मोचनकोे प्रयोजनमा मात्र भट्टराईलाई महत्व दिने दाहालको नीति रह्यो भने अकाएतिर माओवादीभित्र विचार र राजनीति सधैँ आफ्नै रहे पनि आफू उपेक्षित रहेको गुनासो भट्टराईको रहिरह्यो। त्यसकारण दाहालले भट्टराईको राजनीतिक लाइनमा समर्थन जनाउँदासम्म एकताजस्तो देखिने र भट्टराईसँग मतभेद हुनासाथ विवाद देखिने माओवादीको दीर्घरोग कहिल्यै निको भएन।
स्थायीरूपमा देखिने यसप्रकारको 'असहमतवाद'लाई राजनीतिक शब्दावलीमा 'डिसिडेन्ट' भनिन्छ। त्यसकारण माओवादीमा बाबुरामलाई 'डिसिडेन्ट' माओवादी र उनको समूहलाई 'विछिन्न गुट' मान्न सकिन्छ। त्यसैले यो एमाओवादीभित्रको ताजा विवाद होइन। हेटौंडा महाधिवेशनमा तात्कालीन उपाध्यक्ष भट्टराईले राखेको सहअध्यक्ष बन्ने आंकाक्षा र दाहालले जनाइसकेको प्रतिबद्धताको उलंघनले जन्माएको पुरानै विवादको निरन्तरतामात्र हो। भट्टराईले पद त्याग गरेपछि चरमोत्सर्गमा पुगेको विवाद संविधान सभाको दोस्रो निर्वाचनको घोषणाले गर्दामात्र केही समय मत्थर हुन पुग्यो। निर्वाचनमा बेेहोरेको असाधारण पराजयपछि विवाद पुनः चर्क्यो। निर्वाचनमा एमाओवादीले ठूलो सफलता हासिल गरेको भए विवादको प्रकृति र तीव्रता केही फरक हुन सक्थ्यो। तर पराजयले विवादको गति र मात्रालाई कैयौं गुणा बढाइदियो।
निर्वाचनमा पार्टीले बेेहोरेको पराजयपछि दाहालको राजनीतिक हैसियतमा आएको गिरावटसँगै उनको कार्यशैलीमा ठूलो परिवर्तन आउने अपेक्षामा भट्टराई पक्ष रहेको देखिन्थ्यिो। तर, दाहालको कार्यशैलीमा परिवर्तन त परै रहोस् अझ निरंकुशता बढेको अनुभूति भट्टराईको रह्यो। पराजयपछि संविधान सभाप्रति पनि दाहालको उत्साह खासै देखिएन। मतगणनाको प्रारम्भिक चरणमै आफ्नो लज्जास्पद पराजय निश्चित भएपछि दाहाल कुनै पनि बहानामा संविधान सभालाई अस्वीकार गर्न चाहन्थे। तर भट्टराईले दाहालको उक्त कदमको विरोध गरे र सामाजिक संजालमार्फत निर्वाचनको परिणामलाई पनि स्वीकार्नुपर्ने धारणा अघि सारे। पार्टीबाहिरको पंक्तिबाट चर्को आलोचना खेपेका दाहाललाई भट्टराईको प्रतिवाद गर्न संभव भएन। फलस्वरूप, दाहाल 'फेस सेभिङ'का लागि कथित धाँधलीको संसद्बाट छानबिन गर्ने सर्तमा संविधान सभालाई स्वीकार गर्न बाध्य भए।
निर्वाचनमा भएको पराजयपछि नैतिकताका आधारमा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने विषयलाई भट्टराईले प्रमुख मुद्दा बनाए। वास्तवमा एमाओवादीभित्रको पछिल्लो विवादको चुरो कुरा पनि त्यही थियो। गत २७ वर्षदेखि अविछिन्न पार्टीको नेतृत्व गर्दै आइरहेका दाहालले बिस्तारै पार्टी नेतृत्व आफूलाई हस्तान्तरण गर्नुपर्छ भन्ने भट्टराईको आग्रह थियो। भट्टराईसँग खुसी भएको समयमा दाहालले पटकपटक नेतृत्व हस्तान्तरणको प्रतिबद्धता पनि जाहेर गरेका थिए। तर घामपानीजस्तै मौसमी विशेषता बोकेका दाहालले व्यवहारमा त्यसको कार्यान्वयन गर्ने संकेतसम्म देखाएनन्। त्यसबाट रुष्ट भट्टराईले उपयुक्त समयको मूल्यांकन गर्दै दाहाल सर्वाधिक कमजोर बनेको मौकामा नैतिकताका आधारमा राजीनामाको प्रसंग उठाए। तर दाहालले कम्युनिस्ट पार्टीमा कथित 'नेतृत्व र नैतिकता'को कुनै संबन्ध नै नहुने बताएर राजीनामा दिएनन् बरु चाँडोभन्दा चाँडो थप शक्तिशाली बन्ने रणनीति अपनाउँदै वैद्य माओवादीसँग एकताको कार्ड फाले। संविधानसभाबाहिर रहेको वैद्य समुहसँग अराजनीतिक एकता गर्न खोजेको भन्दै उता भट्टराई भने दाहालसँग थप रुष्ट बन्दै गए।
राजनीतिक रुपमा 'नयाँ शक्ति'को कार्डमार्फत भट्टराईले पनि दाहाललाई कडा प्रतिक्रिया दिए। त्यसले गर्दा एमाओवादीभित्रको अन्तरसंघर्ष व्यक्तिगत तहबाट राजनीतिक तहमा उक्लियो। भट्टराईको 'नयाँ शक्ति'को सिद्धान्तले एकातिर दाहालमाथि राजनीतिक दबाब बढायो भने अर्कोतिर पार्टी संगठन पनि देशव्यापीरूपमा विभाजित भयो। यसलाई समाधान गर्न दाहालले 'विशेष राष्ट्रिय सम्मेलन'को घोषणा गरे भने भट्टराईले 'विशेष महाधिवेशन'को माग गरे। दाहालले भट्टराईको माग अस्वीकार गरेपछि भट्टराई समूहले राष्ट्रिय सम्मेलन बहिष्कार गर्ने धम्कीसमेत दियो। प्रत्युत्तरमा दाहालले 'उक्त राष्ट्रिय सम्मेलन बहिष्कार गरे पार्टीलाई विघटनबाट कसैले रोक्न नसक्ने' चेतावनी दिए। अर्कोतिर भट्टराईले 'उक्त राष्ट्रिय सम्मेलन स्थगित नगरे पार्टी विघटनमा जाने' बताए। अन्ततः दाहालले भनेअनुसार राष्ट्रिय सम्मेलन त भयो तर पार्टी विघटन भने भट्टराईले भने अनुसार हुने भयो।
समाधानको रणनीतिः
गणितमा समानान्तर रेखा अनन्तसम्म लम्याए पनि कहिल्यै एकआपसमा मिल्दैनन्। तर राजनीतिका समानान्तर पार्टी संगठन राजनीतिक शक्ति सन्तुलनको बलशाली परिस्थितिले बंगाइदियो भने मिल्न सक्छन्। त्यसैले राजनीति र गणितको हिसाब अलि फरक हुन्छ। एमाओवादीभित्रको विवाद तीव्र विभाजनतर्फ तन्किएपछि त्यहाँ तनाव उत्पन्न भएको छ। र, उक्त तनावले समानान्तर पार्टीको निर्माण गर्दैछ।
केही जिल्लामा भट्टराई समूहले समानान्तर कमिटी गठन गर्न थालेपछि विवादको विस्तारित रूप देखापरेको हो। विराटनगर सम्मेलनपछि भट्टराई समुहले पदाधिकारी, स्थायी समिति तथा पोलिटब्युरोको जिम्मेवारी अस्वीकार गर्दै आइरहेको छ। आधिकारिकरूपमा उसको उपस्थिति केन्द्रीय समितिमा मात्र छ। दाहालको प्रायोजित र प्राविधिक निगाहमा केही सीमित पद पदाधिकारी, स्थायी समिति तथा पोलिटब्युरोमा छुट्ट्याइए पनि भट्टराई समुहले त्यसलाई मान्यता दिएको थिएन। अहिले समानान्तर समितिको निर्माणलाई रोक्न दाहालले २ जना केन्द्रीय सदस्यलाई निलम्वन र २ जनालाई पदाधिकारीबाट हटाएका छन्।
प्रष्टै छ, दाहालको यो कदम भट्टराई समूहको प्रारम्भिक प्रतिक्रिया बुझ्नमात्र चालिएको हो। भट्टराईलाई थाहा छ, अहिले दाहाललाई पार्टी विभाजनको अर्को जोखिम उठाउने अनुकूलता छैन। संविधान सभामा रहेको विवाद समाधान संवाद समितिका सभापति भट्टराई छन् र औपचारिक पार्टी विभाजन भयो भने भट्टराईलाई सभासदबाटै कार्वाही गर्नुपर्ने हुन्छ। किनभने भट्टराईसँग पार्टी र सभासदको ४० प्रतिशत संख्या पुग्दैन। भट्टराईलाई कार्बाही गर्ने हो भने संविधान सभामा एमाओवादीको भूमिका पूर्णरूपमा समाप्त हुन्छ। अर्कोतिर कार्बाही नगर्ने हो भने पार्टीभित्र भट्टराई समुह बलियो बन्दै जान्छ। त्यसैले भट्टराईप्रति अनुदार रहेका दाहाल निकटस्थ केही नेताले जतिसक्यो चाँडो भट्टराईलाई कार्बाही गर्न दबाब दिइरहेका छन्। तर अपेक्षाकृत राम्रो सुझबुझ भएका दाहाललाई थाहा छ, पार्टीभित्र जतिसुकै कमजोर भए पनि अहिलेलाई भट्टराईको राजनीतिक महत्व र घनत्व सिंगो पार्टीकोभन्दा गह्रौँ छ। त्यसैले दाहाल फेरि पनि नयाँ संझौता गर्ने पक्षमै देखिएका छन्। संविधान जारी नहुन्जेलसम्म औपचारिक विभाजन बेेहोर्ने मनस्थितिमा दाहाल देखिँदैनन्।
अर्कोतिर भट्टराईको रणनीति पनि संविधानसभाले संविधान जारी नगरुन्जेल पार्टीभित्र आफ्नो शक्ति बढाउँदै जाने तर औपचारिक विभाजन नगर्ने नै रहेको देखिन्छ। नयाँ संविधानको पक्षमा खुलेर समर्थन गर्ने भट्टराई आफैं पनि जोडतोडले संविधान निर्माणमा केन्द्रित बन्ने र संविधान निर्माणको जस लिँदै संविधान जारी भएपछि पार्टी विभाजन गरेर निर्वाचनमा जाने रणनीति बाबुरामको हो। दाहाल समूहभित्रको एउटा गुटले जतिसक्यो चाँडो र जस्तोसुकै जोखिम उठाएर भए पनि बाबुरामको रणनीतिलाई 'सेबोटेज' गर्न दाहालमाथि दबाब बढाएको छ। उता वैद्य माओवादीले पनि बाबुरामलाई कार्बाही गरेपछि दाहाललाई संविधान सभा बाहिर तान्न सकिन्छ भनेर पहल गरिरहेको छ। दाहालसँग गर्न खोजेको पार्टी एकताको प्रयासमा पनि संविधान सभा बाधक रहेको बुझाइ वैद्य माओवादीको छ।
माओवादी पाठशालाको विघटनको महायात्रामा भट्टराई र वैद्य आआफ्ना मान्यतामा दृढ देखिन्छन्। भट्टराई जेजस्तो भए पनि संविधान सभाबाट संविधान जारी गर्नुपर्छ भन्ने मान्यतामा प्रष्ट छन्। र वैद्य संविधान सभा असफल भएकोले संघर्षको बाटो रोज्नुपर्ने वकालत गर्छन्। दाहालको कार्यनीतिक मान्यता भने प्रष्ट छैन। त्यसैले उनी अहिले पनि भट्टराई र वैद्यको बीचमा बसेर राजनीति गर्दैछन् जसरी एकीकृत पार्टी हुँदा गर्ने गर्थे। तर अहिले दाहालको जुक्ति चल्ने आधार समाप्त भइसकेको छ। दाहालको वास्तविक दुःख पनि यही हो। कवि श्यामलको 'खराब समय' कवितामा भनेझैँ –
खराब समय आएरै हो,
अनिवार्य रूपमा पढ्छन् उनीहरू,
जनादेशका आठै पाता,
कहीँ कतै आफ्नो नाम देखिन्छ कि,
कार्बाहीको शृंखलाबद्ध सूचीमा?
जनादेश अहिले कसैले पढ्दैनन्। साँच्चै धेरैको समयलाई यसरी खराव बनाइदिएका पुष्पकमल दाहाल उर्फ प्रचण्डको पनि खराब समय आएकै हो? सायद कवि श्यामलले कुनै अर्को समयको फरक कविता लेख्लान्। तर माओवादी पाठशालाले अहिले सर्वाधिक खराव समयको सामना गरेको चाहिँ पक्कै हो।