घरमा पालेको कुकुरले बाहिरको मान्छे आउँदा भुक्यो भने घर मालिक खुसी हुन्छ। कुकुर छ भनेर छिमेकीहरू घरको बाटै छाडेर अर्कै बाटो हिँड्न थाले भने कुकुर मालिकले मैले कसैको अधिकार खोसेँ कि भन्ने सोच्दैन बरु उल्टै कुकुरको प्रभाव बढेकोमा खुसी हुन्छ।कुकुर डोहर्याउँदा बाटोमा हिँडेका मान्छे कुकुरसँग डराएर छेउ लागेभने मालिकलाई नजानिदो आत्मसन्तोष हुन्छ। तर त्यही कुकुरले घरको मान्छेलाई अलिकति गुर्रर्र गर्यो भने मालिकले तुरुन्तै त्यसलाई गाली गर्ने, पिट्ने वा खानै नदिनेसम्म गर्छ। अझ मालिकलाई नै टोक्यो भने त त्यस कुकुरलाई तुरुन्तै बौलाहाको पगरी गुथाइन्छ। सानो कुकुर रहेछ वा धेरै डरलाग्दो रहेनछ भने एक दुई पटक टोकुन्जलेसम्म कुटेर वा गाली गरेर छोडिन्छ तर कुकुर ठूलैे रहेछ र मान्छेलाई सिकार बनाउन सक्छ भन्ने लाग्यो भने त्यसलाई तुरुन्त कसरी चिर निन्द्रामा सुताउने भन्ने योजना बनाउन सुरु हुन्छ। सडक कुकुरको अवस्था पनि करिब करिब यस्तै हो। वरपरका मान्छेलाई नटोकुन्जेल त्यसले बाटोमा हिँड्ने अल्लो टोल वा गाउँका मान्छेलाई टोक्छ कि टोक्दैन भन्ने कसैले वास्ता गर्दैन। तर जब टोल वा गाउँकै एक दुई जनालाई टोक्छ अनि त्यो कुकुर खतरनाक कहलिन्छ। उसले बाँच्न पाउँदैन।
जुनसुकै प्रकारको मालिकले कुकुरलाई जस्तो व्यवहार गर्छ आफ्ना आसेपासे र भरौटेलाई पनि त्यस्तै प्रकारको व्यवहार गर्छ। कतिपय अवस्थामा आसेपासे, अरौटे र भरौटेले भनेको मानेनन् भने उसलाई जागिरबाट निकाल्ने वा गाली गर्ने गरिन्छ। तर त्यस्ता सहयोगीलाई साधारण सजाय गरेर छाड्दा आफैँलाई धम्की दिने वा कुनै प्रकारले हानी पुर्याउन सक्ने अवस्था छ भने उसलाई तुरुन्त त केही गर्दैनन् तर मनमा चोट पालेर बस्छन् र त्यसलाई पन्छाउने अनुकूल मौकाको प्रतीक्षामा रहन्छन्। जब मौका पर्छ उसको कथा सकिन्छ, मृत्युको रूपमा होस् वा अरु कुनै रूपमा।
दिनेश अधिकारी ‘चरी'को कथा करिब यस्तै सुनिन्छ। मालिकहरूलाई रिझाउन सकुन्जेल उड्ने चरीलाई समाउन कसैले सकेन। ऊ ‘वान्टेड' भएर पनि खुल्लम खुल्ला हिँड्दासमेत पुलिसले उसलाई देखेन वा चिनेन। तर जब कुनै कारणवश उसले आफ्ना राजनीतिक सरदारहरूलाई रिझाउन सकेन, ऊ तुरुन्तै समातिने वा मारिने खतरामा पुग्यो। नेपालबाट रातारात भागेर भारतमा गएर दिन बिताउन थाल्यो। तर भारतमा बसेर नेपालमा प्रेममा परेको त्यो चरोलाई अनेक जालझेल र प्रलोभनमा पारेर काठमाडौंमा ल्याइयो। वरणीको समय पर्खेर बसेको चरीलाई मृत्यु वरण गर्ने अवस्थामा पुर्याइयो।
चरीको मृत्यु कसरी भयो भन्ने विवाद सदनदेखि सडकसम्म चलिरहेको छ तर त्यो खासै कुनै निष्कर्षमा पुग्ने लक्षण देखिँदैन। प्रहरीले भनिसकेको छ, ऊ काठमाडौंबाट धादिङ जाँदैगर्दा पुलिसले उसको पिछा गर्योै। उसले हतियार निकालेर ‘फायर ' गरेपछि प्रहरीले बाध्य भएर गोली चलाउनु पर्यो। गृहमन्त्री वामदेव गौतमले प्रहरीकैे भनाइलाई पुष्टिगर्दै व्यवस्थापिका संसद्मा समेत स्पष्टीकरण दिइसकेका छन्। अब एक वा दुई गोली लागेपछि लगातार किन आठ गोली हान्नु पर्यो भन्ने प्रकारका विवादको टुंगो लाग्दैन। गैरन्यायिक हत्याको असर आफ्नो जागिरे जीवनमा कति खतरनाक हुनसक्छ भन्ने राम्रो जानकारी भएका प्रहरी अधिकारीहरूले अवश्यनै नियमविपरीत गएर उस्को हत्या गरेनन् भन्ने अनुमान सहजै गर्न सकिन्छ।
चरीको मृत्युबाट सानातिना दादादेखि ठूला ‘डन'सम्मले बुझ्नुपर्ने विषय चाहिँ किन उसको मृत्यु भयो र किन यो मृत्युको विरोध हुँदैछ भन्ने नै हो।
चरीको सो गति किन भयो भन्ने विषयमा प्रमाणिकरूपमा केही भन्न सकिन्न। तर यति चाहिँ पक्कै हो कि उसले आफ्ना राजनीतिक मालिकहरूको विश्वास गुमाइसकेको रहेछे। उसका संरक्षकले चाहेको भए उसले भारतमा गएर लुकी लुकी बाँच्नु पर्ने थिएन। उसको आफ्नै दल सरकारमा, त्यो पनि गृह मन्त्रालयसहित थियो। एकातिर प्रहरीले गुन्डा करार दिएका कतिपय दादा र डन बजारमा खुलारूपमा हिँडेकै छन्। तिनलाई कसैले केही गर्नसकेको छैन। किनभने तिनका संरक्षकको वरद हस्त उनीहरूको शिरमाथि विराजमान छ। हैन भने नेपालमा ‘इन्काउन्टर' मा पर्नसक्ने अरु धेरै डन छन्। अर्कोतिर चरी भने भागिभागी गुँड सार्दै हिँड्नुपर्ने अवस्थामा पुगे। अर्थात्, चरीले आफ्नो शिरबाट आशीर्वादको हत्केलो गुमाएको हुनुपर्छ।
दिनेश अधिकारीका विषयमा प्रकाशित समाचारहरूबाट के अनुमान गर्न सकिन्छ भने उनी नेताका लागि सुरक्षाका ढाल पनि भएनन् र पैसा कमाउने मेसिन पनि बन्न सकेनन्। यी दुईमध्ये एएटा पनि बन्न सकेको भए अघिल्लो पटक आफ्नो दलको क्षेत्रको उपाध्यक्ष भएको व्यक्ति यसपल्ट अध्यक्ष हुनुको सट्टा भूतपूर्व हुनुपर्ने थिएन। अझ जुवा खेल्ने र अन्य बानीले उनको कमाइभन्दा खर्च बढ्दै गएको हुँदो हो। पैसाको जरुरत बढ्दै गएपछि उनले स्वाभाविकरूपमा राजनीतिक संरक्षकको ढोका घच्घच्याए होलान्। उनलाई नाइँ भन्न पनि कसैले नसक्ने तर पैसाको जोहो गरिदिन पनि त्यति सजिलो भएन होला। त्यही मौकामा कसैले उनका बारेमा प्रहरीलाई जानकारी दियो वा प्रत्यक्ष अप्रत्यक्ष प्रहरीलाई कारबाही गर्न उक्सायो। अरू बेलामा यस्ता विषयमा धेरै वास्ता नगरे पनि केही गरेर देखाउनु पर्ने अवस्थामा प्रहरी अधिकारीमा जोस देखिनु पनि स्वाभाविकै हो। अझ कारबाही गर्दा राजनीतिक दबाब धेरै नआउने गन्ध पाए भने कुन प्रहरी अधिकृतले नाम चलेको गुन्डाको दबदबा सिध्याएर प्रशंसा पाउने कोसिस नगर्लान्? प्रहरीले घेरा कस्दै लगेपछि उनलाई सिमाना पारी भाग्नुको कुनै विकल्प भएन। तर यति हुँदा पनि उनलाई आफ्नाहरूले नै अप्ठेरोमा पारेको भन्ने भान भएन वा उनले त्यसतर्फ सोच्नै सकेनन्। उनले उताबाट पनि मालिकलाई कच कच गरिरहे होला। संरक्षकका कतिपय गोप्य अपराधको पर्दाफास गरिदिन्छु भनेर धम्की पनि दिए होलान्। त्यसैले अत्यधिक पैसा खर्चगर्ने कुलत लागेको व्यक्तिलाई भारतमा पालिराख्नुभन्दा नेपालमै ल्याएर ठेगान लगाउने प्रपञ्चको सिकार भएको हुनसक्छन् चरी।
यस्तो हो भने किन यस्तो चर्को विरोध भयो होला त उनको मृत्युको? किनभने अझैपनि धेरै चरीहरू फुर्रफुर्र उड्दैछन्। नयाँ जोस र आवेग भएका अनि आफ्ना संरक्षकका लागि जस्तोसुकै अपराध गर्न पनि तम्सने थुप्रै युवा छन्। राजनीतिक दललाई अझै यस्ता युवाको सहयोग आवश्यक छ। एउटा चरीले ठङ्यो भन्दैमा सबैले ठुङ्दैनन्। फेरि यस्ता नकच्चरा संरक्षकको राजनीति चरीजस्ता डनको समर्थन नभई चल्दैन। त्यसैले हो चरीको मृत्युमा गोहीको आँसु खसेको। चरीलाई आठ गोली हान्न र हनाउनमा आफ्नो र दलको कुनै संलग्नता छैन भन्नेमा नयाँ ‘डन'लाई विश्वास त दिलाउनै पर्यो।
चरीको यो कथा कति सत्य छ कसैले भन्न सत्तै्कन। सत्य अब उसैसँग भीमढुंगाको सडकमा समाप्त भएको छ। तर अहिले सानातिना गुण्डागर्दी गर्ने, धम्कीले पैसा उठाउने र अपराधको भरमा जिन्दगी चल्छ भन्ने सोच्ने युवाले गंभीर भएर गम्नु पर्छ, पापको घडा चाँडै भरिन्छ र आफूले गरेको पापबाट कसैले मुक्ति पाउँदैन भनेर। तिनले बुझ्नु पर्छ संरक्षकहरूको आशिर्वाद तबसम्म मात्र रहन्छ जबसम्म ऊबाट राजनीतिक र आर्थिक लाभ हुन्छ। राजनीतिक र आर्थिक लाभ हुन कम हुन थालेपछि वा कामदार आफैँले मालिक हुने धृष्टता गर्न थालेपछि मालिकले लेखेको कथाले उसको भूमिका अन्त्य गर्नुपर्ने माग गर्छ।
अझै पनि चरीको दुःखान्तबाट कुनै पाठ नसिक्ने थुप्रै युवा बारम्बार राजनीतिक दलको भाडाको गुण्डा भएर तिनको उद्देश्य परिपूर्तिमा लागिरहनेछन्। एक दिन चरीजस्तै कुनै सुनसान जंगल, पहाड वा खोलाको किनारामा लास भएर समाचार बनिदिनेछन्।