साधारणतः व्यक्तिको स्वास्थ्य निजी मामिला हो तर कसैको अशक्तताले देशलाई नै प्रभावित गर्छ भने त्यो सार्वजनिक सरोकारको विषय बन्न पुग्छ।प्रधानमन्त्री बिरामी हुनु भनेको देशै बिरामी भएजस्तो हो। सुशील कोइराला बिरामी भएका कारण देशका धेरै निर्णय अल्भि्कएका छन्। चाहे त्यो राजदूतहरूको नियुक्ति होस्, प्रहरी डिआईजीको बढुवा होस्, संविधान सभालाई पूर्णता दिने काम होस् या सत्ता संचालनका अरू कार्य सबै कुरा सुशील कोइरालाका कमजोरीका कारण महिनौंदेखि अल्भि्कएका छन्। यस ढिलासुस्तीले करोडौं नेपालीको वर्तमान र भविष्यलाई गम्भीर असर पारिरहेको छ।
चाणक्यको भनाइ छ – राज गर्नलाई इच्छामात्र भएर हुँदैन, सामर्थ्य पनि हुनुपर्छ। सामर्थ्यको एउटा प्रमुख आधार स्वास्थ्य हो। विडम्बना, नेपालमा बुढ्यौली र अशक्तताले कुनै पनि नेताको महत्वाकांक्षालाई रोक्न सकेको छैन। राजनीतिक अभ्यासको तारो देश र जनता कहिले पनि बनेनन्। जहिले पनि नेतालाई सत्ता नै प्यारो रह्यो। राजनीतिक दलहरू आफैँमा लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्छन् तर व्यक्तिगतरूपमा नेताहरूको राजनीतिक संस्कारमा अझै लोकतान्त्रिक मूल्य र मान्यता प्रवेश गर्न सकेका छैनन्।
भारतका नेता नरेन्द्र मोदी चारपाँच घन्टामात्र सुत्छन्। यो अपवाद होइन। भारतका सबै नेता पाँच, छ घन्टामात्र सुत्छन् र बाँकी समयमा काममा व्यस्त रहन्छन्। नेसनलिस्ट कांग्रेसका डिपी त्रिपाठीले एउटा भेटमा यसबारे चर्चा गरेका थिए। उनी स्वयं पनि जति रक्सी खाए पनि निकै खट्छन्। एकपल्ट बिरामी भएपछि उनलाई डाक्टरले आराम गर्ने सल्लाह दिए रे। 'त्यसपछि चार घन्टाको साटो पाँच घन्टा सुत्न थालें' उनले भने।
सुशील कोइराला बिरामी भएका कारणमात्र अनिर्णयका बन्दी हुन पुगेको नहुन सक्छ। उनी बिरामी हुनुअघि पनि छिटो छिटो निर्णय गर्न सकेका थिएनन्। अब त झन् सक्ने कुरै भएन।
साधारणतया प्रधानमन्त्री केही समयका लागि बिरामी हुनु ठुलो कुरा नहुन सक्छ। तर सुशील कोइरालाको समस्या अस्थायी वा अल्पकालीन प्रकृतिको छैन। अहिलेको क्यान्सर ठीक पार्ने हो भने उनले तीन महिनाको लामो समय आराम गर्नुपर्ने डाक्टरकै सल्लाह छ।
यसबारे सोचेर यस समस्याको निरुपण गर्ने पहिलो जिम्मेवारी स्वयं प्रधानमन्त्री सुशील कोइरालाको हो।
उनका अगाडि विकल्प थोरै छन्। सुशील कोइरालाले प्रधानमन्त्री पद त्यागे भने नयाँ प्रधानमन्त्रीको चयन हुनुपर्छ। पद नत्यागी कोठामा आराम गरेर बसे भने उनको ठाउँमा निर्णय लिने कि त उनको प्रतिनिधि चाहिन्छ, नभए एउटा प्रक्रिया स्थापित हुनुपर्छ। हैन भने उनी आफैँ सक्रिय भएर काम गर्न सक्नुपर्छ। सुशील कोइरालाले यी सबै विकल्प दिन ठूलै चुनौती सामना गरिरहेका छन्।
पहिलो र सबैभन्दा असल लोकतान्त्रिक विकल्प सुशील कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिने नै हो। सुशील कोइरालाले राजीनामा दिने बित्तिकै नेपालको राजनीतिक वातावरण फेरि अस्थिर बन्नेछ। कोइरालाको राजीनामाको अर्थ यो सरकारको विघटन हो। त्यसपछि नयाँ सरकारको निर्माण गर्ने जिम्मा संसद्को हुनेछ। राजनीतिक महत्वाकांक्षा पालेर बसेका नेताहरु फेरि एकपल्ट घम्साघम्सीमा उत्रिनेछन् र संविधान लेखनको प्रक्रिया महिनौ थन्किएर बस्नेछन्। राष्ट्रपतिको अनुमोदनको अर्को प्रक्रिया सुरु हुनेछ। राजनीतिक स्थिरता, संविधान लेखन र सत्ता संचालनको दृष्टिकोणबाट हेर्दा कोइरालाले राजीनामा दिनुसट्टा तीन महिना आराम गरेर बस्दा बरु देश र जनतालाई फाइदा हुने देखिन्छ।
यो समस्याको दोस्रो विकल्प उपप्रधानमन्त्रीलाई सबै जिम्मेवारी दिएर प्रधानमन्त्रीले आराम गरेर बस्ने हो। कि त वामदेव गौतमलाई उपप्रधानमन्त्री पद र दोस्रो दर्जा दिनु नै हुन्थेन, दिइसकेपछि उनलाई वैधानिक उपप्रधानमन्त्रीको रूपमा स्वीकार्न सक्नुपर्थ्यो। तर आफू अशक्त हुँदा पनि सुशील कोइराला गौतमलाई अस्थायी रूपमा कार्यभार सुम्पने मनःस्थितिमा छैनन्। सुशील चाहन्छन् वामदेवभन्दा माथि नयाँ उपप्रधानमन्त्रीको पद सिर्जना गरेर आफुले चाहेको प्रतिनिधिलाई राख्ने। तर यसो गर्दा नेपाली काग्रेस र नेकपा (एमाले)को केपी ओली गुटबीच तनावको जोखिम बढ्न्छ र त्यसले सरकारलाई अझ अस्थिर बनाउन सक्छ।
त्यसमाथि नेपाली कांग्रेसभित्रै को नयाँ उपप्रधानमन्त्री हुने वा को संसदीय दलको नेता हुने भन्ने नयाँ किचलो सुरु हुनेछ। त्यसको समाधान सहजै निस्कन गाह्रो छ। अर्कोतिर कोइरालाले चाहँदैमा पार्टीले मानिहाल्ने स्थिति पनि छैन। अहिलेको सबैभन्दा ठूलो राजनीतिक समस्या नै यही हो।
नेकपा (एमाले) को महाधिवेशनले सिर्जना गरेको नयाँ परिस्थितिअनुरूप सुशील कोइरालालाई माधव नेपाल गुटका केहीलाई मन्त्री बनाउने दबाब पनि छ। त्यस्तै नेपाली कांग्रेसभित्रैका केही नेतालाई पनि मन्त्री बनाउने चाहना सुशील कोइरालाको छ। मन्त्रिपरिषद् विस्तारको यस योजनालाई प्रधानमन्त्रीको स्वास्थ्यको अवस्थाले झन् जटिल बनाएकोे छ।
सकेसम्म संविधान बनुन्जेल नै सुशील कोइराला प्रधानमन्त्री रहुन् भन्ने केपी ओली समूहको चाहना छ। यदि सुशील कोइरालाले अहिले नै राजीनामा दिए भने एमाले र काँग्रेसको सात बूँदे सम्झौताको वैधानिकता पनि अन्त्य हुन्छ।
सुशील कोइरालासँग तेस्रो विकल्प पनि छ। त्यो हो सत्ता संचालनको लागि प्रक्रिया र सामूहिक नेतृत्वमा जोड दिने। यो विकल्प त्यति सजिलो छैन। अहिलेको मन्त्रिपरिषद्मा रहेका सबै व्यक्तिगत अवधारणाबाट संचालित छन्। सरकारले बनाएको साझा न्यूनतम कार्यक्रम देखावटीमात्रै हुनपुगेको छ। यसरी सबै मन्त्री व्यक्तिगत उद्देश्यबाट प्रेरित हुने अनि प्रधानमन्त्रीले कसैलाई पनि साझा नीतिमा बाँध्न नसक्ने अवस्थाले सुशासनको संभावना निकै न्यून भएर जान्छ।
प्रधानमन्त्री सुशील कोइरालाको चौथो विकल्प आफँै सक्रिय भएर सत्ता संचालन गर्ने र निर्णय प्रक्रियालाई अघि बढाउने हो। तर आजका दिनमा यो पनि सहज र संभव देखिएको छैन।
त्यसैले देशको यस समस्याको हल निकाल्ने प्रमुख जिम्मेवारी नेपाली कांग्रेसमा पुगेर अड्किएको छ। एकातिर संविधान र राजनीतिक वार्ताको आवश्यकता, अर्कोतिर सरकारमा नेतृत्वको समस्यामा अल्भि्कएको हाम्रो देशले कसरी सहजै निकास पाउन सक्ला? यो गम्भीर छलफलको विषय बन्न पुगेको छ।
अहिले राज्यसंचालनका सबै क्षेत्रमा राजनीतिक भागबन्डा देखापरेको छ। चाहे त्यो न्यायिक क्षेत्रमा होस् वा प्रशासनमा, सबैतिर राजनीतिक दलकै भागबन्डाका कार्यकर्ता र कर्मचारीको बोलवाला छ। राजनीतिक दलको सदस्य वा समर्थक नभएको र पैसा पनि नभएको स्वतन्त्र नेपालीले राज्यमा कुनै पनि प्रकारको अवसर पाउन निकै कठिन छ। प्रशासनयन्त्र लगभग दलका कर्मचारी युनियनकै पकडमा छ। देशका अन्य स्रोत र साधनमाथि पहुँचका लागि पनि दलहरूकै सहारा चाहिन्छ।
राजनीतिक दल र तिनका सिन्डिकेटले जे चाहन्छन्, राज्यका निकायमा त्यही नै हुन्छ। चाहे त्यो वीर अस्पतालको दुर्दशा होस् वा चुरे क्षेत्रको मरुभूमिकरण, यातायातको सिन्डिकेट होस् वा स्वास्थ्य क्षेत्र, सबैमा राजनीति र राजनीतिक संरक्षणको जालो जेलिएको भेटिन्छ।
एकारित यसरी देश बिरामी छ भने अर्कोतिर सबै राजनीतिक दल र नेता औपचारिकरूपमा देशको विकास गर्न लागिपरेको बताउँछन्। तर हामीलाई साँच्चै भन्ने हो भने नेताहरूले केही गर्नुभन्दा पनि केही नगरिदिए बरु देश सुधि्रनेथियो कि जस्तो लाग्छ। नेता र सिन्डिकेटले केही सकारात्मक गर्न सक्दैनन् भने नकारात्मक काम नगरिदिए मात्र पनि हामीलाई पुग्थ्यो।
त्यसैले आज नेपाली जनताले भन्नुपर्ने भएको छ- नेताहरु! देश बनाउन सक्दैनौ भने कमसेकम बिगार पनि नगर। नेता, भ्रष्ट कर्मचारी युनियन र गुन्डाहरूले रोकेनन् भने नेपाली जनता देश बनाउन सक्षम छन्।
अब पनि देशको विकास भएन भने मान्नुपर्छ त्यसको कारण साधन र स्रोतको अभाव होइन, नेताहरूको अक्षमता र विकृत मानसिकता हो। नेपाली जनताले अब सत्ताको लुछाचुँडी र अस्थिरताबाट मुक्ति पाउने बेला आइसक्यो।