समाजवादलाई चड्कन
२८ साउन २०७१
•
२० मिनेट पाठ
समाजवादलाई चड्कन
'जो आफूले आफैँलाई पुनर्जीवित गर्न व्यस्त रहँदैन, ऊ कबल मृत्युको प्रतीक्षामा व्यस्त रहन्छ'। बब डिलेनको प्रसिद्ध गीतको यही अंशजस्तै लामो समयदेखि वामपंथीहरू पनि मृत्युको प्रतीक्षामा व्यस्त छन्।' झन्डै छ महिनाअगाडि प्रसिद्ध समाजवादी चिन्तक तथा स्वर्गीय ह्युगो चावेजका आर्थिक/सैद्धान्तिक सल्लाहकार माइकल लेवोवित्जले दिल्लीको एउटा समाजवादी गोष्ठीमा माथिको वाक्यबाट आफ्नो कथन आरम्भ गर्दा उपस्थित भारतीय वाम वुद्धिजीवीहरू अवाक् भएका थिए। उनले एक्काइसौं शताब्दीको समाजवाद र ल्याटिन अमेरिकी प्रयोगका विषयमा बोल्दै बिना स्पष्ट दृष्टिकोण समाजवादको कुरा गर्ने धृष्टताको कठोर शब्दमा आलोचना गरका थिए। 
उन्नाइसौं शताब्दीमा जन्मेको मार्क्सवाद बीसौैं शताब्दीमा प्रयोग हुँदा लेनिनवादी बन्न पुग्यो। र, लेनिनको मृत्युलगत्तै त्यसले स्तालिनवादी रूप धारण गर्योब। स्तालिनवादकोे कथित एकदेशीय समाजवादले मान्छेलाई विस्थापित गर्दै समाजवादको केन्द्रमा मेसिनलाई राख्न पुग्यो। जहाँबाट समाजवादको यान्त्रिकीकरणको युग आरम्भ भयो र यही यान्त्रिकीकरणले समाजवादभित्र भीमकाय नोकरशाहीतन्त्रको स्थापना गर्योु। नोकरशाहीतन्त्रको कथित समाजवादीरूप सर्वहारा अधिनायकत्वको आदर्श र उत्कृष्टरूप बनेर विश्वव्यापीकरण भयो। अझै पनि संसारका धेरै लेनिनवादी–माओवादीलाई बीसौं शताब्दीको त्यो भयानक समाजवादबाट ब्युँझिने इच्छा छैन। किनभने सिरक नपाउँदासम्म पिसाबको भए पनि न्यानो नछोड्ने क्रान्तिकारी हठ अझै पनि विद्यमान छ। 
बीसौं शताब्दीमा नै कथित एकदेशीय समाजवादी चिन्तनधारामाथि मार्क्सवादी आलोचनाको कुनै कमी थिएन। कमी त बदलिएको समय र परिस्थतिको आवश्यकताअनुसार मार्क्सवादलाई बुझ्ने र लागु गर्ने प्रश्नमा थियो। मार्क्सवादले समाजवादलाई जहिले पनि अधिनायकवादी चिन्तनबाट होइन, जनवादी (लोकतान्त्रिक) चिन्तनबाट व्याख्या गर्योन। तर वोल्सेविक समाजवाद अधिनायकवादी चिन्तन प्रक्रियाबाट आरम्भ भयो। जर्मन समाजवादी नेत्री तथा मार्क्सवादी विदूषी रोजा लक्जेम्बर्गले तत्कालीन वोल्सेविकको अधिनायकवादलाई कडा सैद्धान्तिक चुनौती दिएकी थिइन्। उनले मार्क्सवादको वोल्सेविकरूपलाई औपचारिक जनवादी प्रतिमाको उपमा दिँदै भनेकी थिइन्, – 'जनवाद कुनै समाजवादी अधिनायकवादीका तर्फबाट जनतालाई क्रिसमसमा दिइने उपहारजस्तो होइन जसले विगतमा उनीहरूको तानाशाहीको इमानदारीपूर्वक समर्थन गरेका थिए।' तर वोल्सेविक समाजवादले कहिल्यै पनि मार्क्सवादको आलोकमा गरिएका कुनै पनि आलोचनालाई 'अमेरिकी साम्राज्यवादको षड्यन्त्र'बाहेक अर्को आँखाले हेरेन। आखिर ९० को दशकसम्म आँउदा बीसौं शताब्दीको समाजवाद करिबकरिब समाप्त भयो। र, एक्काइसौं शताब्दीको समाजवादलाई नयाँ विन्दुबाट व्याख्या गर्नुपर्ने महत्वपूर्ण पाठ पढाएर गयो। 
समाजवादको वहसः अहिले नेपालको वामपन्थी आन्दोलनमा पनि समाजवादको वहस जोडतोडले प्रारम्भ भएको छ। सन् १९५० को दशकमा चीनमा माओ त्से तुङ्गको नेतृत्वमा सम्पन्न 'पुँजीवादी जनवादी क्रान्ति' अर्थात् 'नयाँ जनवादी क्रान्ति' नेपालका अधिकांश वामपंथी पार्टीको न्यूनतम कार्यक्रम थियो। विसं २०६२/०६३ को राजनीतिक परिवर्तनपछि वामपंथीहरूको परम्परागत धारणामा परिवर्तन गर्नुपर्ने बहस आरम्भ हुन थाले। सन् १९४० को दशकमा माओले गरेको चिनियाँ समाजको आर्थिक–सामाजिक चरित्र र वर्ग विश्लेषणमा आधारित नेपाली क्रान्तिको सिद्धान्तले अबको दुनियाँलाई बुझ्न र बदल्न सत्तै्कन भन्ने मान्यताको वरिपरि बहस हुन थाले। 
स्मरणहोस्, तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ समाजको आधारभूत आर्थिक/सामाजिक चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक मान्थ्यो। र, नेपालका कम्युनिस्टहरूले पनि नेपाली समाजको चरित्रलाई स्थापना कालदेखि नै अर्धसामन्ती र अर्धऔपनिवेशिक मान्दै आएका थिए र छन्। यस दिशामा प्रभावकारी बहसको थालनी नेकपा (एमाले)का नेता घनश्याम भुसालले आरम्भ गरे। उनले 'आधारभूतरूपमा नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक नरहेको र यसको मूल चरित्र पुँजीवादी रहेको' निष्कर्ष सहित वि.सं. २०६४ मा 'आजको मार्क्सवाद र नेपाली क्रान्ति' नामक गहन सैद्धान्तिक पुस्तक नै प्रकाशन गरे। मार्क्सवादको सैद्धान्तिक आलोकमा लेखिएको उक्त पुस्तकले नेपालको वामपंथी आन्दोलनमा व्यापक बहसको सिर्जनामात्र गरेन बरु वामपंथी दलका नीति तथा कार्यक्रममा पनि जबर्जस्त हस्तक्षेप गर्योा।
विडम्बना, घनश्याम भुसालको पुस्तक 'आजको मार्क्सवाद र नेपाली क्रान्ति' तथा उनले आफ्नो पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेजको असर नेकपा (एमाले)मा भन्दा पहिले एकीकृत नेकपा (माओवादी)मा देखापर्योद। गत वर्ष सम्पन्न एमाओवादीको हेटौँडा महाधिवेशनले नेपाली समाज पुँजीवादी आर्थिक अवस्थातर्फ तथा औपनिवेशिक अवस्थाबाट पूर्ण राष्ट्रिय स्वाधीनतातर्फ अग्रसर भएकाले आजको ठोस स्थितिमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने रणनीति स्वतः समाजवादी क्रान्तिको तयारीको रणनीति पनि बन्न पुग्ने निष्कर्ष निकाल्यो। एमाओवादीले मान्दै आएको नयाँ जनवादी क्रान्तिका धेरैजसो राजनीतिक कार्यभार पूरा भएको र बाँकी कार्यभार समाजवादी क्रान्तिको तयारीसँगै पूरा गरिँदै जाने उक्त निष्कर्षको सार थियो। समाजवादी क्रान्तिको लागि निर्धारण गरिएका कार्यक्रम तथा पार्टी ढाँचाको बारेमा भने एमाओवादी ज्यादै अन्योलमा थियो। तत्कालीन समयमा एमाओवादीको उक्त सैद्धान्तिक 'सिफ्ट' लाई सकारात्मक परिघटना मानिएको भए पनि एमाओवादी नेता पुष्पकमल दाहालको सैद्धान्तिक ढुलमुलले गर्दा त्यसको इमानदारीपूर्वक कार्यन्वयन हुनेमा प्रशस्त शंका गरिएको थियो। 
वाह्य परिस्थितिको दबाबबिना कहिल्यै सिर्जनात्मक बन्न नसक्ने प्रवृत्ति नेपालका वामपन्थीको विशेषता हो। त्यसैले एमाओवादीले हेटौँडा महाधिवेशनमा लिएको सैद्धान्तिक 'सिफ्ट'बाट पहिलेदेखि नै एमालेभित्र चलिरहेको वहसले सघन तीव्रता पायो। एमालेभित्र र बाहिर पनि नेपाली समाजको आर्थिक/सामाजिक चरित्रबारे व्यापक बहस हुन थाले। उक्त बहसको दबाब क्रमशः एमालेको पार्टी पंक्तिभित्र देखिन थाल्यो। आठौं महाधिवेशनदेखि नै उपर्युक्त मान्यताको पक्षमा रहेको समूहले बहसलाई योजनाबद्ध ढंगले अगाडि बढाइरहेको थियो। पार्टीभित्र र बाहिर गरिएका सैद्धान्तिक छलफलले एमालेको पार्टी पंक्तिलाई असाधारणरूपले उद्वेलित तुल्याउन थाल्यो। महाधिवेशनको संघारमा रहेको बेला एमालेभित्रको उक्त बहस नवौं महाधिवेशनको केन्द्रीय मुद्दा बन्न पुग्यो। 
अन्ततः नवौं महाधिवेशनमा पुग्नु अगावै नेपाली समाजको चरित्र निर्क्योलको प्रश्नमा एमालेको केन्द्रीय समिति एक ढिक्का बन्यो। नेपालमा सामन्तवादको विघटन प्रक्रियाले आजको नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक नरहेको साझा निष्कर्षमा एमाले पनि पुग्यो। र पुँजीवादी जनवादी क्रान्तिका राजनीतिक कार्यभार २०६२/०६३ को क्रान्तिले पूरा गरेको र अब क्रान्तिका फललाई सुदृढ र संस्थागत गर्दै समाजवादको लक्ष्यतिर अगाडि बढ्ने निर्णय गर्योन। यसरी नेपालका दुईवटा ठूला र महत्वपूर्ण वामपंथी दल मोटो सैद्धान्तिक प्रस्थापनामा एकै ठाउँमा देखिए। यद्यपि, उल्लेखित साझा समाजवादी लक्ष्यमा पुग्न एमाओवादी र एमालेले गरेको सैद्धान्तिक व्याख्यामा ज्यादै फराकिलो अन्तर देखिन्छ।
समाजवादलाई चड्कनः दस्तावेजमा राख्दैमा कुनै पदावलीले परिवर्तन ल्याउने होइन। परिवर्तन ल्याउने त मानिसहरूले हो। अर्थात् धेरै मानिस संगठित भएको पार्टी संगठनले हो। दस्तावेजको सैद्धान्तिक मान्यतासहितको नीति तथा कार्यक्रम संगठनमा कसरी अनुवाद हुन्छ भन्ने कुराकै निर्णायक महत्व हुन्छ। पार्टीको सैद्धान्तिक मान्यतालाई राजनीतिक विषय र संगठनात्मक संरचनामा अभिव्यक्त गर्न सकिएन भने उक्त सैद्धान्तिक मान्यताले उल्टो भूमिका खेल्न थाल्छ र पार्टी विघटनतर्फ अग्रसर हुन्छ। 
प्ाार्टीको नीति र संगठनका बीचमा अन्तरविरोध उत्पन्न भयो भने त्यसको नतिजा कति भयानक हुन्छ भन्ने हेटौँडा महाधिवेशन यताको एमाओवादीलाई हेर्दा स्पष्ट हुन्छ। सामान्य सैद्धान्तिक मान्यता सही हुँदाहुँदै पनि उक्त मान्यतासँग जोडिएका अन्य अवयवमा गरिएको एमाओवादीको घोर उपेक्षाले गर्दा एमाओवादीको लागि हेटौंडा महाधिवेशन प्रत्युत्पादक बन्न पुग्यो। सिद्धान्त अनुकूल राजनीति, संगठन, अर्थनीति, संस्कृतिआदि क्षेत्रमा पनि परिवर्तनको आवश्यकता पर्छ। तर एमाओवादीले कथित विचारलाई दस्तावेजको पानामा थन्क्याएर पूर्ववत् एकमनावादी माओवादी सोचको राजनीति, संगठन र संस्कृतिलाई निरन्तरता दिइरह्यो। परिणामस्वरूप उसको सिद्धान्त र राजनीति, राजनीति र संठनात्मक संरचना तथा संगठन र संस्कृतिबीचमा अन्तरविरोध उत्पन्न हुन गयो। यस्तो अन्तरविरोधलाई हल गर्न नसकेपछि एमाओवादी दिन प्रतिदिन सैद्धान्तिक असंगतिमा फस्दै गयो र तीव्र विघटनतर्फ जाँदैछ।
समाजवादको आरम्भ र विजय पनि 'विद्रोहात्मक धक्काकेा अनिवार्यताबाट मात्र संभव हुने' बताएर एमाओवादीले समाजवादलाई पनि 'जनयुद्ध'को जामा पहिर्यााएको थियो। यो गलत सैद्धान्तिक अवधारणाले गर्दा उसले सिद्धान्तले माग गरेको माओवादको परित्याग र माओवादको जगमा निर्माण भएको संगठनलाई पुनर्गठित गरेन। त्यसले एमाओवादीलाई सिद्धान्तले निर्धारण गरेको बाटोतर्फ डोर्यांएन बरु माओवादी संगठनले हेटौँडाको राजनीतिक दस्तावेजबाट पार्टीलाई मुक्त पार्ने प्रयास गरिरह्यो। अर्कोतिर एमाओवादीले व्यक्तिवादलाई पहिलो सर्त बनाएर समाजवादको कल्पना गरेको थियो। जसले गर्दा उसको संकुचित जनवादी संस्कृति र व्यक्तिवाद ज्युँकात्युँ रहन गयो। संविधान सभाको दोस्रो निर्वाचनमा पराजय भएपछि पुनः जनयुद्धको सैद्धान्तिक विरासत बोकेका वैद्य माओवादीसँग आकर्षित भयो। एक वर्षअगाडि जनवादी क्रान्तिका अधिकांश काम पूरा भएकाले समाजवादी क्रान्ति गर्नुपर्ने मान्यता बोकेको एमाओवादी पुनः जनवादी क्रान्तिको मोहपासतर्फ फर्कन खोज्दैछ। अन्ततः समाज विकासको वस्तुगत नियम र त्यसको अर्थराजनीतिसँग गहिरो तालमेल नगरीकन समाजवादको कुरा गरेको एमाओवादीले वायाँ कोणबाट समाजवादलाई चड्कनमात्र लगायो। 
उता, नवौं महाधिवेशनबाट समाजवादी क्रान्तितर्फ अगाडि बढेको एमालेको नियति पनि उस्तै हुने त होइन भन्ने आशंका पनि उत्तिकै प्रबल छन्। कार्यदिशालाई समाजवादी बनाएपछि त्यसले माग गर्ने राजनीति, संगठन र संस्कृतिप्रति मौन रहने हो भने निश्चित छ, एमालेले पनि समाजवादलाई दाँया कोणबाट चड्कनमात्र लगाउनेछ। किनभने नवौं महाधिवेशनको सैद्धान्तिक मान्यताको आधारमा संगठनात्मक संरचनालाई परिभाषित गर्ने झन्झटमा एमाले पनि देखिँदैन। 
आजको पुँजीवादसँग जस्तोसुकै सम्झौतामा पनि त्वंशरणम् गर्ने तर भोलि गरिने डरलाग्दो क्रान्तिले चाँहि पुँजीवादलाई जरैसित फाल्ने धाकमा अडेको एमालेको संसदीय राजनीतिले बीस वर्ष खर्च गर्दा पनि पुँजीवादको विपक्षमा एउटा रौं हल्लाउने कार्यक्रम बनाएको देखिएको थिएन। त्यसकारण भोलिको उधारो क्रान्तिको कुराभन्दा आजको पुँजीवादसँग प्रतिस्पर्धा र संघर्ष गर्ने अबको विधि के हो? कस्तो प्रकारको पार्टी संगठनले त्यसको आवश्यकतालाई पूर्ति गर्न सक्छ? यसको ठोस जवाफ पनि नदिने र कार्यक्रम पनि नबनाउने हो भने एमालेको समाजवादी कार्यक्रमले पनि एमाओवादीकै नियति भोग्ने निश्चित छ।
नवौं महाधिवेशनबाट पारित एमालेको राजनीतिक दस्तावेज पनि द्विविधामुक्त छैन। सामन्तवादको विघटनलाई जति प्रष्ट ढंगले व्याख्या गरिएको छ, पुँजीवादको विकासको अघिल्तिर भने 'प्रारम्भिक' विशेषण थपेर विषयवस्तुलाई अलमलमा मात्र पारिएको छ। संक्रमणकालीन सामाजिक अवस्थामा उत्पादनका अनेकरूपहरू अस्तित्वमा रहे पनि समाजको प्रधान चरित्र एउटै रहन्छ भन्ने मार्क्सवादी प्रस्थापनामा नेतृत्व अलमलिएकै छ। त्यस्को प्रतिविम्बन प्रस्तावित कार्यक्रममा त देखिएकै छ, व्यवहारिक कार्यान्वयनका क्रममा अझ प्रष्टसँग मुखरित हुनेछ। यसरी दस्तावेजमा समाजवादको पदावली समेट्दैमा स्वतःस्फूर्तरूपमा त्यसले काम गर्दैन, त्यसका लागि सचेत प्रयत्नको आवश्यकता पर्छ। बाँया गालामा एमाओवादीले चड्काइसकेको समाजवादलाई दायाँ गालामा एमालेले नचड्काओस् भन्नका लागि एमाले विद्वान् लेवोवित्जको यो कथन स्मरण गरोस्।
'एउटा पुरानो भनाइ छ, कहाँ जाने भन्ने तिमीलाई केही पनि थाहा छैन भने कुनै पनि बाटोले त्यहाँ पुर्याटउन सक्छ। तर म भन्छु, कहाँ जाने भन्ने केही पनि थाहा छैन भने कुनै पनि बाटोले तिमीलाई त्यहाँ पुर्यााउनेछैन।'


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस