नागरिकको लगानीबाट राज्यले देशको विकास गर्ने नीति र कानुन किन ल्याउन सकेको छैन भन्ने प्रश्न नेपालमा आर्थिक र राजनीतिक दृष्टिकोणले उठेको देखिँदैन। अहिले हाल मुलुकको अर्थतन्त्रमा आएको अधिकतम तरलताको संकट लगानी गर्ने नीति तथा योजना सरकारले ल्याउन नसकेकाले उत्पन्न भएको शंका गरिएको देखिन्छ। त्यस्तै देशको विकासमा अमेरिकी डलरमा आधारित विदेशी लगानीबाट परेको आर्थिक भार राष्ट्र र नागरिकलाई धेरै महँगो पर्न गएको छ। जस्तै नेपाल विद्युत् प्राधिकरणलाई पर्न गएको खिम्ती र भोटेकोसीको भार। यसकारण अबका दिनमा देशको विकास र नागरिकको आर्थिक उन्नतिका लागि नागरिक लगानी स्वत्वाधिकार कानुनको व्यवस्था गर्नु अति आवश्यक छ। नागरिक लगानी स्वत्वाधिकार कानुनी व्यवस्था सबै प्रजातान्त्रिक विकसित देशमा गरिएको छ।
विकास र लगानीको दृष्टिकोणमा नेपालको प्राकृतिक र मानव स्रोतको महत्व बढ्दै गएको छ। अब राज्यले नेपाली नागरिकको धनआर्जनको केही अंश बचत गरी देश निर्माणमा लगानी गर्न सकिने सामूहिक आर्थिक नीति ल्याउन जरुरी छ। देशभित्र वा विदेशमा कुनै नागरिकको आर्जन सञ्चित छ भने त्यसलाई देशमा लगानी गराउने आर्थिक नीति अपेक्षित हुन्छ। यसकारण अबको सरकारले देशमा नागरिक लगानी स्वत्वाधिकार (हक) कानुन सिद्धान्तका आधारमा सर्वसाधारण नेपाली नागरिकको सम्पत्तिबाट देशको चौतर्फी विकास हुन सक्ने र त्यसबाट नागरिकको आय र बचत बढ्ने आर्थिक नीति ल्याउन सक्नुपर्छ ।
उदाहरणका लागि संयुक्त राज्य अमेरिकाको 'सामाजिक सुरक्षा कोष' नागरिक लगानी स्वत्वाधिकार कानुनी व्यवस्थामा आधारित छ र त्यसमा देशका राष्ट्रपतिदेखि सामान्य जनतासम्म सबैको दैनिक तलबबाट अनिवार्यरूपमा १२ प्रतिशत (६ प्रतिशत कामदारबाट र ६ प्रतिशत काम लगाउनेबाट) रकम उक्त कोषमा जम्मा हुन्छ र देश विकासमा लगानी गरिन्छ। यो लगानी गरेबापत राज्यले नागरिकलाई वृद्धावस्थाको निवृत्तिभरण र बाँचुन्जेल निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँछ।
मानौ, संयुक्त राज्य अमेरिकामा २० करोड कामदार छन् र कामदारको औसत आम्दानी महिनाको तीन हजार अमेरिकी डलर छ। त्यस अवस्थामा यस कोषमा प्रत्येक महिना कति रकम जम्मा होला? राज्यले यस कोषबाट व्यक्तिको उमेरको हद पुगेपछि मात्र भुक्तानी र सेवा दिन सुरु गर्छ। अतः राज्यले व्यक्ति निवृत्त नभएसम्म उक्त कोषको रकम देश विकासमा लगानी गर्ने अवसर पाउँछ। नेपालमा राज्यले नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित ' नेपाली नागरिकको लगानी बचत' कोष नियमावली कार्यान्वयन गर्योक भने दस लाख नेपालीले आफ्नो स्वेच्छाले महिनाको एक हजार रुपियाँमात्र यस कोषमा जम्मा गरेमा पनि एक महिनामा नै एक अर्ब रुपियाँ जम्मा हुन सक्छ।
कानुनको नीतिगत अवधारणा
देशमा अनुकूल हुने यस्ता आर्थिक नीति राज्यले ल्याउन सकेमात्र देशको विकास सम्भव छ। वास्तवमा नागरिक लगानी स्वत्वाधिकार कानुन सिद्धान्तमा आधारित आर्थिक नीतिले राज्य र नागरिक दुवैको सँगसँगै सम्पन्नता निश्चित गर्छ। राज्यले नागरिक लगानी स्वत्वाधिकार कानुन सिद्धान्तमा आधारित “सर्वसाधारण नेपाली नागरिकको बचत लगानी” नीतिको प्रमुख उद्देश्य राष्ट्रको आर्थिक विकास सर्वसाधारण नेपाली नागरिकको आर्जन बचतको केही अंशबाट लगानी हुनुपर्र्ने धारणा निश्चित गरेमा राज्यले कानुनी आधार व्यवस्थित गर्न सक्नुपर्ने हुन्छ। यसको अर्थ राज्यले देश विकास लगानीको आर्थिक स्रोत सर्वसाधारण नेपाली नागरिकको आर्जन बचत अंशलाई नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित आर्थिक नीतिलाई प्राथमिकता दिनुपर्ने हुन्छ।
यस कारण राज्यले नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित “सर्वसाधारण नेपाली नागरिकको लगानी–बचत” आर्थिक नीति देशमा कार्यान्वयन गर्न सके सर्वसाधारण नेपाली नागरिकले आफ्नो आर्जन–बचतको केही अंश देश विकासमा लगानी लगाउने अधिकार पाउनुका साथै आफ्नो आय बढाई सञ्चित धनबाट आफ्नो वृद्ध–निवृत्तिको व्यवस्थासमेत मिलाउने मौका पाउन सक्थे। यो यथार्थ बुझेर राज्यले उक्त कानुन देशमा लागु गर्न सक्नुपर्छ।
कानुनी प्रावधान
राज्यले नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित यस्ता आर्थिक नीतिलाई देशको कानुन बनाउन सक्नुपर्छ। देशको केन्द्रीय बैंक (राष्ट्र बैंक) लाई नीति कार्यान्वयन गर्ने अधिकार प्राप्त हुनुपर्छ। उक्त कानुन व्यवस्थामुताविक “सर्वसाधारण नेपाली नागरिकको लगानी–बचत” कोष खाता देश र विदेशबाट नेपाली नागरिकले नेपाली नागरिकता प्रमाणपत्रका आधारमा खोल्न पाउने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्छ। यस्तो व्यवस्था अन्य व्यापारी, बैंक र संघ/संस्थामार्फत सञ्चालन गर्ने कानुनी प्रावधान पनि राज्यले बनाउन सक्नुपर्छ।
नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित सर्वसाधारण नेपाली नागरिकको लगानी–बचत नीतिको प्रावधानलाई राज्यले “नागरिक लगानी–बचत” कोषको सम्पूर्ण रकम देश विकासमा लगानी लगाउने अध्यादेश लागु गर्न सक्नुपर्छ। राज्यले “नागरिक लगानी–बचत” कोषको रकम देश विकासमा लगानी लगाएबापत (उदाहरणका लागि कम्तिमा ५ प्रतिशत ब्याज उक्त कोषलाई दिनुपर्ने र थप मुनाफा राष्ट्रको “कुल–घरेलु–उपज” वृद्धि अनुपातमा अथवा राष्ट्र बैंकको वार्षिक ब्याजदरमा आधारित हुने प्रावधानको व्यवस्था) केही व्यवस्था गर्न सक्नुपर्छ।
नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित कानुनमुताविक “नागरिक लगानी–बचत” कोषको सुरक्षा, प्रबन्ध, प्रत्याभूति र सञ्चालन गर्ने अधिकार राष्ट्रको केन्द्रीय बैंक (राष्ट्र बैंक) लाई दिने प्रबन्ध मिलाउनुपर्छ।
राज्यले नागरिकको लगानी सुरक्षित हुने प्रावधान भएको नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित आर्थिक नीति व्यवस्थित गरेमा मात्र देशको विकास सम्भव छ। नागरिकलगानी स्वत्वाधिकार (हक) कानुन व्यवस्थाले सर्वसाधारण नेपाली नागरिकलाई राज्य निर्माणमा आफ्नो आर्जनको केही अंश लगानी गर्ने अधिकार दिन्छ। यसै कानुनका आधारमा विकसित देशहरुमा नागरिक लगानीबाट विकास भएको हो।