प्रधानमन्त्रीको अस्वस्थता र व्यवस्थापन
३१ साउन २०७१
•
१० मिनेट पाठ
प्रधानमन्त्रीको अस्वस्थता र व्यवस्थापन
प्रधानमन्त्री सुशील कोइराला केही समय यता अस्वस्थ छन्। एक महिनासम्म अमेरिकामा उपचार गराएर आएका कोइराला भदौको अन्तिमतिर पुनः अमेरिका जाने खबर सार्वजनिक भएको छ। यस पटक प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जाँदा स्वास्थ्य परीक्षण गराउने बताइएको छ। देशको कार्यकारी प्रमुख अस्वस्थ हुँदा राज्य संचालनमा केही समस्या देखिनु स्वाभाविकै हो। संविधान सभा, संवैधानिक निकाय, कूटनीतिक नियोगहरूलगायत सानातिना राजनीतिक नियुक्तिमा समेत विलम्ब भएको छ। राज्यका संयन्त्रहरू अपूर्ण रहँदा तिनको  काम कारबाही प्रभाविते हुने नै भयो।
सुशील कोइरालाले प्रधानमन्त्री हुने बेलामा आफ्नो मुख्य प्राथमिकताका संविधान निर्माण भएको बताएका थिए। संविधान सभा नै पूर्ण हुननसक्दा त्यसका कामकारबाही अपेक्षाअनुरूप हुन सकेको छैन। संविधान निर्माण गर्ने निकाय नै पूर्णता नदिउन्जेल संविधान निर्माण राज्यको प्राथमिकतामा छ भन्नु हास्उास्पद हुन्छ। सरकारका अरू प्राथमिकतामा सुशासन, भ्रष्टार नियन्त्रण, बरोजगारी समस्याको अन्त्य, जनतालाई सहुलियतजस्ता विषय रहेका थिए। संवैधानिक अंगमा नियुक्ति हुननसक्नु, अन्य इकाइमा पद रिक्त रहनुले पनि सरकार निर्माणका क्रममा कोइरालाले व्यक्त गरेजसरी तिनले गति लिन नसकेको देखिन्छ।
बिरामी पर्नु प्रधानमन्त्री कोइरालाको अपराध भने होइन। ताजा जनादेश र विशष्ट छविका आधारमा कोइराला प्रधानमन्त्री भएका हुन्। जनादेशको सम्मान र कोइरालाका ती छविलाई राष्ट्रिय पुँजीका रूपमा स्वीकार गरेर अहिले उनको विकल्प पनि खोजिएको छैन। तर, अब कोइरालाका सहयोगीहरूले उनको चाहना र छविअनुरूप सरकार सञ्चालनका लागि केही थप भूमिका पूरा गर्नुपर्ने भएको छ। कोइरालाको सहयोगी समूह भनेको वर्तमान सरकार नै हो। सरकारका सदस्य नै उनका 'टिम'का सदस्य हुन्। उनीहरूले अब आफ्नो विभागीय औपचारिक भूमिकामा मात्र आफूलाई सीमित राख्न सुहाउँदैन। संवधान सभालगायतका राज्यका महत्वपूर्ण संयन्त्रलाई पूर्णता दिएर वर्तमान सरकारले आफ्नो गठनका क्रममा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न अग्रसर हुनु जरुरी हुन्छ। आफ्ना विभागीय कामलाई प्रभावकारी बनाउन कुनै व्यवधान उत्पन्न भए त्यसलाई निराकरण गर्न पूर्वक्रियाशील (प्रोएक्टिभ) हुनुपर्छ। सक्रिय प्रधानमन्त्रीको हँकाइमा चल्नु संसदीय सरकारको विशेषता मानिन्छ। त्यस्तै प्रधानमन्त्री अस्वस्थ्य भएमा प्रधानमन्त्री संस्थालाई गतिशील बनाउन र कुनै काममा अवरोध आउन नदिन मन्त्रीहरू स्वयं गतिवान् हुनु जरुरी छ। अहिले सत्ता साझेदार  नेकपा (एमाले)का मन्त्रीले आफ्नो विभागीय काम अगाडि बढाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न पार्टी अध्यक्षसँग आग्रह गरेको समाचार पनि बाहिर आएको छ। संसदीय शासन प्रणालीमा यो विडम्बनापूर्ण अवस्था हो।
हुनत, शारीरिक कमजोरीका कारण आराम गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीले बाटो खुला गरिदिनु उत्तम हुन्छ पनि भन्न सकिएला। यो प्रधानमन्त्री स्वयंले विवेक पुर्‍याउने विषय हो। तर शारीरिक अवस्थालाई समस्या बनाएर राज्य संचालनका प्रक्रियालाई कमजोर पार्ने ढंगको प्रस्तुति सहयोगीहरूबाटै हुनुलाई भने राम्रो मान्न सकिँदैन। प्रधानमन्त्री कोइरालाको विकल्प खोज्ला लाग्ने समय र नयाँ समीकरणले संविधान निर्माण प्रक्रियालाई पार्ने प्रभावका बारेमा पनि जिम्मेवार व्यक्तिहरूले गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक हुन्छ।
केही पहिले प्रधानमन्त्री कोइराला अमेरिका उपचारका लागि जाँदा आफ्नै दलका उपसभापतिलाई उपप्रधानमन्त्री बनाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी भएको गाइँगुइँ चलेको थियो। तर, बहालवाला उपप्रधानमन्त्री र सत्ता साझेदार दलको असहमतिकै कारण हुनुपर्छ प्रधानमन्त्रीले त्यसो गरेनन्। प्रधानमन्त्री कोइरालालाई त्यसो गर्न नदिनेहरूले त राज्य सञ्चालनलाई बनाउन पो भूमिका निर्वाह गर्नुपर्थ्यो। तर, व्यवहारमा भने त्यस्तो अनुभूति गर्न सकिएन।
प्रधानमन्त्री अस्वस्थ भएकाले संविधान निर्माण प्रक्रियालगायतका महत्वपूर्ण काम प्रभावित भएको हल्ला चलाइएका बेला स्वकीय सचिवालयले पनि जनता समक्ष यथार्थ स्पष्ट गर्ने प्रयास गर्नुपर्थ्यो। प्रधानमन्त्रीले गरेका भेटघाट, छलफललाई बाहिर ल्याएर बिरामी कोइराला निष्त्रि्कय छन् भन्ने भ्रमको निवारण गर्न सक्नुपर्ने हो। प्रधानमन्त्री कमजोर र केही गर्न नसक्ने भएकाले कामकाज नभएको भन्ने भैम सिर्जना गर्न कसैले नियोजित प्रचार गर्छ भने त्यसको खण्डन त सचिवालयले गर्ने हो। प्रधानमन्त्रीको सचिवालय यस मामिलामा चुकेको देखिएको छ। बिरामी प्रधानमन्त्री हुन् कि उनको सचिवालय हो निर्क्योल गर्नै कठिन भएको छ। सचिवालय र सल्लाहकारहरूको भूमिकाका बारेमा पनि पार्टीको नेतृत्व र स्वयं प्रधानमन्त्रीले गंभिरतापूर्वक ध्यान दिनुपर्ने देखिन्छ।
विश्वेश्वरप्रसाद कोइरालालाई पनि क्यान्सर भएको थियो। भनिन्छ, आफूलाई क्यान्सर भएको थाहा पाएपछि बीपीले तत्काल परिवर्तनका कदम अगाडि बढाउनुपर्छ भन्दै अझ बढी सक्रिय र अग्रसर भएका थिए। अब सुशील कोइरालाले पनि साना तिना विषयबाट माथि उठेर पहिलो प्राथमिकताका रूपमा आफँैले घोषणा गरेको संविधान निर्माण प्रक्रियामा लाग्नुपर्ने हो। उनले दैनिकरूपमा सरोकारवाला सबैलाई यस विषयमा केन्द्रित हुन आग्रह गर्दै अपूर्ण संरचनालाई पूर्ण गर्न केन्द्रित हुनुपर्छ। प्रधानमन्त्री कोइराला अग्रसर हुनेहो भने उनलाई सघाउनेहरूको कमी हुनेछैन। त्यसकारण सर्वप्रथम कोइराला थप हुनु जरुरी छ। उहाँ अग्रसर नहुँदो संविधान बन्न नदिने तत्वले बिरामी प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने भन्दै बखेडा झिक्न थाल्नेछन् र त्यसबाट संविधान निर्माणको प्रक्रिया नै समस्यामा पर्नेछ।
बिरामी त जो पनि हुन्छ। यत्ति हो, प्रधानमन्त्रीको अस्वस्थताले राज्य सञ्चालनमा व्यवधान आउन नदिन उनको टिम, सचिवालय, पार्टी र स्वमं कोइराला सजग हुनुपर्छ। यही सक्रियताले देशलाई गति दिन सक्छ। आफू केही नगर्ने र प्रधानमन्त्रीको स्वास्थ्यलाई एकोहोरो दोष दिएर कोही पनि उम्कन सत्तै्कन। उनको सहयोगी समूह सबैभन्दा बढी अग्रसर भएर व्यवस्थापकीय कार्यमा लाग्नु पर्छ। प्रधानमन्त्रीको भूमिका कमजोर छैन र उनी निष्त्रि्कय छैनन् भन्ने यथार्थ जनसमक्ष पुर्‍याउने काम चाहिँ उनको सचिवालयले गर्नुपर्छ। पार्टीले उनलाई संविधान निर्माण प्रक्रियामा सम्पूर्णरूपले सघाउनु पर्छ। यति हुनसक्यो भने प्रधानमन्त्रीको अस्वस्थताले संविधान निर्माणलाई प्रभाव पार्नेेछैन। 'बिरामीले आराम गर्नुपर्छ' भन्ने मीठो कुरा गरेर नयाँ समीकरण खोज्न लागियो वा पार्टीभित्रै विकल्प खोज्न थालियो भने संविधान निर्माण प्रक्रियामा समेत विलम्ब हुनेछ। र,  त्यो सबैका लागि दुर्भाग्य हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस