अठार वर्षमुनिका जनसंख्या दक्षिण एसियामा बढदै गएको र करिब ३७ प्रतिशत पुगेको २०११ को तथ्याङ्कले देखाइरहेको छ। त्यसैले आउँदा दिनहरुमा उच्च शिक्षाको अवसर र माग दक्षिण एसिया क्षेत्रमा क्रमशः बढ्दै जाने देखिन्छ।दक्षिण एसियाको परिप्रेक्षमा नेपाल, भारत र श्रीलंकालाई हेर्ने हो भने नेपालमा हाल ९ वटा विश्वविद्यालय र चार वटा शिक्षण संस्था पछि विश्वविद्यालयका रूपमा परिवर्तन हुनेगरी सरकारबाट स्वीकृति लिइसकेको अवस्था छ। नेपालमा १०८७ क्याम्पस विभिन्न विश्वविद्यालयअन्तरगत रहेको २०१० को तथ्यांकले देखाउँछ। भारतमा ६५९ विश्वविद्यालयअन्तरगत ३३०२३ वटा क्याम्पस रहेको २०११ को उच्च शिक्षासम्बन्धी रिपोर्टले देखाएको छ। श्रीलंकालाई हेर्ने हो भने सरकारद्वारा सञ्चालित १५ वटा विश्वविद्यालय र १९ वटा निजी प्रमाणपत्र दिने शैक्षिक संस्था छन्। हाल नेपालमा खुला विश्वविद्यालय खुली नसकेको अवस्था छ भने भारतमा १५ र श्रीलंकामा १ खुला विश्वविद्यालय छन्।
नेपालमा शैक्षिक संस्थाको संख्याको आधारमा उच्च शिक्षाको स्थितिलाई दयनीय भन्न नमिले पनि गुणस्तरको हिसाबमा अझै धेरै गर्न बाँकी छ। क्षेत्रीयरूपमा विश्वविद्यालयहरु स्वीकृत हुनु र केही विषयगत विश्वविद्यालय खुल्नु राम्रो ल्ाक्षण भए तापनि स्वीकृत विश्वविद्यालयहरु चरम राजनीतिक खिचातानी तथा भौतिक संरचरनाका अभावमा अन्तर्राष्ट्रिय मागअनुसार गुणस्तरीयता कायम गर्नु चुनौतीपूर्ण भएको छ। उच्च शिक्षाको केन्द्रबिन्दु रहेको सोधकार्यका लागि अझ पनि हामी निकै नै पछाडि छाँै। पर्याप्त र आवश्यक वैज्ञानिक शैक्षिक प्रविधि, सन्दर्भ सामग्रीहरु तथा बौद्धिक सम्पत्तिको चोरीसम्बन्धी जाँचको अभाव र विद्यार्थीलाई सोधकार्यमा सहीरूपमा डोराउन सक्ने प्राध्यापकहरुको कमी जस्ता समस्याबाट हाम्रा धेरै शैक्षिक संस्था पीडित छन्। यही कारणले गर्दा नै स्नातकोत्तर प्रमाणपत्र लिएका विद्यार्थी पनि सानोतिनो सोधकार्य एकल प्रयासले गर्न नसक्ने अवस्था सिर्जना भएको छ। फेरि विद्यालय स्तरदेखि नै समस्या समाधान गर्ने किसिमको सिकाइभन्दा पनि सुगा रटाइका कारण पनि उच्च शिक्षामा आएर सोधकार्यलाई सहज मान्न विद्यार्थीलाई गाह्रो परिरहेको देखिन्छ। फेरि राष्ट्रिय स्तरमा पनि सोधकार्यलाई देशको विकाससँग विश्वविद्यालयहरुले जोड्न सकिरहेका छैनन्। वर्षेनि हजारौँको संख्यामा थुप्रिएका सोधसम्बन्धी प्रतिवेदनहरु केवल विश्वविद्यालय तथा क्याम्पसहरुका पुस्तकालयमा थन्किएका छन्।
विश्वका ५०० वटा विश्वविद्यालयमध्ये गुणस्तरका हिसावले केवल भारतबाट ६ र पाकिस्तानबाट १ विश्वविद्यालयमात्र पर्नुले पनि पूरै दक्षिण एसिया क्षेत्र उच्च शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने देखिन्छ। अझ दक्षिण एसियाको गुणस्तरको स्थितिबीच नेपाललाई हेर्ने हो भने बीसौँ क्रमसंख्याभित्र पनि नेपालको कुनै विश्वविद्यालय वा क्याम्पस नपर्नुले पनि उच्च शिक्षाको गुणस्तर व्यापक सुधार गर्न आवश्यक छ। निजी स्तरका विश्वविद्यालय सञ्चालन गर्नका लागि दक्षिण एसियाको तीन मुलकलाई हेर्दा भारतमा बढी व्यवस्थित स्थिति देखिन्छ। निजी विश्वविद्यालयको स्थापना तथा नियमन आधारित मापदण्डअनुसारको छ कि छैन भनी हेर्नका लागि त्यहाँ व्यवस्था भएको देखिन्छ। दक्षिण एसियाका नेपाललगायतका प्रायः देश विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्था छ। तर नेपालले त्यसबाट ठोस उपलब्धि भने हासिल गर्न सकेको देखिँदैन। विभिन्न विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर खोलिएका क्याम्पसहरुको पनि नेपालभित्र प्रष्ट कुनै कानुनी हैसियतअन्तर्गत राखेको देखिँदैन जसले गर्दा उनीहरुको नियमन र अनुगमन गर्न अप्ठेरो परिरहेको छ।
विकसित देशहरुमा विद्यार्थी उच्च शिक्षा केका लागि भन्ने कुरामा पहिले नै प्रष्ट भई उच्च शिक्षा सुरु गर्ने गरेको पाइन्छ तर पनि यहाँ विद्यार्थीहरु जागिर नपाए त्यत्तिकै बस्नुभ्ान्दा पढेरै भए पनि समय बिताउने परिपाटी विकसित हुँदै गएका कारण समस्या झन् थपिँदो छ। उच्च शिक्षा केका लागि र किन भन्ने महसुस नै नगरी उच्च शिक्षामा होमिन आउने विद्यार्थीहरु र शैक्षिक संस्थाहरु देशमा माग नै नभएका वा माग पूर्ति भइसकेका विषयमा उच्च शिक्षा उपलब्ध हुनाले पनि शैक्षिक बेरोजगार संख्या दिनानुदिन बढ्दै जाने अवस्था सिर्जना भएको छ। देश ७६ प्रतिशत जनसंख्या कृषिमा रोजगार रहेको अवस्थामा केवल ०.३ प्रतिशतले मात्र कृषि र करिब १२ प्रतिशतले मात्र प्राविधिक शिक्षासँग सम्बन्धित विषयमा शिक्षा उपल्ाब्ध हुनुले पनि आवश्यकता, माग र पूर्तिबीच तालमेल नभएको देखिन्छ। कृषि, पर्यटन र प्राविधिक विषयहरुको माग देशका लागि रहेको भए तापनि आवश्यक दूरगामी दृष्टिको अभावमा क्याम्पसहरुबाट साधारण विषयको शिक्षाको उपलब्धता बढी छ। निजी लगानीकर्ता पनि प्राविधिक र व्यावसायिक विषयमा हुने अत्यधिक लगानी तथा व्यावहारिक ज्ञानका लागि तारतम्य मिलाउने झन्झटबाट मुक्त हुन पनि साधारण विषयतिर नै लगानी गर्न तम्सिएका हुन् कि भन्ने भान हन्छ।
उच्च शिक्षालाई रोजगारीका अवसरसँग गाँसी हेर्नु अर्को आवश्यकता हो। धेरैजसो उच्च शिक्षाका लागि भनी अमेरिका, अस्ट्रेलिया, बेलायत, जापानलगायतका मुलकमा जाने विद्यार्थी उच्च्ा शिक्षा लिइ फर्किने भन्दा पनि रोजगारीको अवसर उतै पाइने आसमा हिँडेका हुन् कि जस्तो लाग्छ। अर्कोतिर लाखाँैको संख्यामा वैदेशिक रोजगारीका लागि जाने युवा विश्व बजारको मागअनुरूपको सिप र दक्षता नहँुदा अन्य देशबाट आएका युवाले भन्दा ज्यादै कम आर्जन गरिरहेका छन्। त्यसैले साधारण विषयका स्नातक, स्नातकोत्तर र विद्यावारिधि लिनेको संख्या बढाउनुभन्दा पनि अहिलेको आवश्यकता त हजारौ को संख्यामा वैदेशिक रोजगारमा जाने युवालाई विश्व बजारले मागेअनुरूप दक्ष बनाइ, वैदेशिक रोजगारीमा बढी आर्जन गर्न सक्ने वा स्वरोजगारी तयार गर्ने किसिमको उच्च शिक्षा प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
नेपालको उच्च शिक्षाको गुणस्तर र यसले सिर्जना गर्ने रोजगारीका अवसरमा भएका कमी/कमजोरी प्रष्टिँदै गइरहेको अवस्था छ। उच्च शिक्षा केका लागि? उच्च शिक्षापछि के गर्ने? भन्ने विषयमा प्रायः प्रष्ट नहुँदै सामाजिक प्रतिष्ठा र रोजगारीका ढोका खुल्ने आसमा उच्च शिक्षा प्राप्त गर्न विद्यार्थीहरु लालायित भएको देखिन्छ। त्यसैले विद्यालय शिक्षादेखि विद्यार्थीहरुलाई उच्च शिक्षा प्रवेश गर्नुअगाडि नै यससम्बन्धी गतिलो परामर्श आवश्यक छ।
हाल भारतका प्रधान मन्त्री रहेका नरेन्द्र मोदीले पनि गुजरातको मुख्य मन्त्री रहँदा विश्वविद्यालयको संख्या बढाउँदा पनि गुजरातको आवश्यकतालाई सम्पूर्ण भारतको आवश्यकतासँग जोडी प्रहरी सेवासँग सम्बन्धित विश्वविद्यालय, शिक्षक तालिमसँग सम्बन्धित विश्वविद्यालय र विश्वकै पहिलो फोरन्सिक विश्वविद्यालय खोलेको र त्यसबाट विकासमा परेको प्रत्यक्ष सकारात्मक प्रभावहरुको उल्लेख गरेका छन्। त्यसैले आज नेपालको दूरगामी विकासका लागि साँघुरो घेराभित्र नरही बृहत् देश विकासको परिकल्पना गरी उच्च शिक्षालाई देशको आवश्यकता तथा अन्तर्राष्ट्रिय मागअनुरूप र गुणस्तरीय बनाउनुपर्छ। उच्च शिक्षासम्बन्धी निकाय, विशेषज्ञ तथा नीति निर्माताहरुले आउँदा दिनहरुमा आफूलाई सीमित घेराभित्र नराखी बृहत् देश विकाससँग उच्च शिक्षालाई हेरी आवश्यक सुधार गर्नुपर्ने देखिन्छ।