गत आइतबार नेपाल, भारतलगायत हिन्दु बहुल समाजमा धुमधामसाथ कृष्णाष्टमी मनाइयो। हिन्दु धर्मावलम्बीले कृष्णाष्टमीमा मनोहारी भजन सुन्दै खुला हृदयले नाचगान गरे।कृष्ण जन्मेको रातलाई मोहरात्री भनिन्छ। युवकहरूले आफूलाई कृष्ण र युवतीहरूले राधाका रूपमा प्रस्तुत गरे। हरेकजसो हिन्दी सिरियलहरूले ‘भगवान्' कृष्णमा केन्द्रित महाइपिसोड दिए। संसारमा अन्याय र पाप नाश गर्न आएका भगवान्का रूपमा उनको गुनगान गरियो। धार्मिक आँखाले हेर्ने हो भने यो विशेषण गौरवयोग्य छ। कृष्ण भारतीय प्राग्इतिहासकै शक्तिशाली, बौद्धिक र प्रभावशाली पात्र थिए जसलाई ईश्वर बनाएर वेदव्यासले महाभारत लेखे। तर, इतिहासलाई धार्मिक होइन समाजशास्त्रीय आँखाले हेर्नु जरुरी छ।
‘कर्म गर'
कृष्णले अर्जुनलाई दिएको एउटा प्रमुख उपदेश हो, कर्म गर, फलको आशा नगर। भौतिकवादी दृष्टिकोणले यसको आलोचना गर्न सकिन्छ। बाली लगाउनू, अन्न भित्र्याउने आशा नगर्नू जायज होइन। परन्तु, यसको जोड कर्मयोगमा छ जुन अत्यन्त महत्वपूर्ण छ। त्यसले नै असम्भवलाई सम्भव तुल्याइदिन्छ। पहिरो लाग्ला वा बाँदरले नाश गर्ला भनेर किसानले बाली लगाउन छाड्दैन। एल्बम नबिक्ला भनेर संगीतकारले नयाँ मुर्च्छना रच्न छाड्दैन। पाठक कम छन् भन्दैमा कविले कविता रच्न छाड्दैन। स्टीभ जब्सले सयौं प्रयोगको असफलतापछि हरेक कोठामा अट्ने कम्प्युटर बनाउन सफल भए। ९९९ पटकको असफलतापछि पनि थोमस एल्बा एडिसनले चिम बनाइछाडे। यही हो कर्मयोग। यसले नै मान्छेलाई सफलताको शिखरमा पुर्या्उँछ।
तथापि, कृष्ण स्वयंका क्रियाकलाप कर्मयोगको चोखो भावनाले प्रेरित थिएनन्। अनर्थमा यमुना किनारवासी नागबस्ती नाश गर्नु, नागनायक कालीयको बध गर्नु, शिशुपालले बिहे गर्न लागेकी युवती अपहरण गर्नु, पछि शिशुपाललाई सानो निहुँमा मार्नु, हजारौँ युवतीसत सम्बन्ध राख्नु, आफैँले आमा भनेर बोलाएकी कुब्जासित संसर्ग गर्नु, क्षत्रीय उच्चतामाथि घमण्ड गर्नु आदि उनका क्रियाकलाप त्याज्य छन्। यस्ता उपद्र्याइमा पाण्डवलगायत उनका अनुगामीहरू जयजयकार गर्दै नाचगान गर्थे। विजेताको स्तुति गर्ने र इतिहास लेख्ने परम्परा सायद यस्तै प्रसंगबाट प्रेरित भएको थियो।
‘मोदीआइन' र मानवता
विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘मोदीआइन' ले महाभारत युद्धलाई मानवताको महाविनाश ठहर्याीएको छ। अर्जुनले युद्ध नगर्न धनुषवाण बिसाएको र उदण्ड भीमसेनले समेत शान्तिको चाहना व्यक्त गरिरहेका बेला द्रौपदीले प्रतिशोधको वाचा सम्झाएकी थिइन् अनि कृष्णले युद्धको अनिवार्यताबारे प्रवचन दिएका थिए। उपन्यासकी प्रमुख पात्र नारी भन्छे, ‘कृष्ण त भगवान् हुन्, उनी हामी मान्छेको प्रेम, भावना र संवेदनालाई किन महत्व दिन्थे! उनी त युद्ध गराएर यो सुन्दर मानव संसारलाई क्षतविक्षत पार्न चाहन्छन्।' ‘मोदीआइन' ले यसरी महाभारत युद्धको औचित्य र कृष्णको देवत्वमाथि सूक्ष्म तरिकाले प्रश्न उठाएको छ।
कृष्णको जन्म शौरसेनको राजधानी मथुराको जेलमा भाद्र कृष्णाष्टमीको रात वसुदेव र देवकीको कोखमा भएको थियो। शौरसेन गणराज्यका गणपति उग्रसेन थिए। उनलाई अपदस्थ गरेर छोरा कंस निरंकुश राजा भए। यो कुरा उग्रसेनका भाइ देवक, उनका ज्वाइँ वसुदेव र छोरी देवकीलाई बिझिरहेको थियो। उनीहरू कंसलाई राज्यच्युत गरी गणतन्त्र पुनर्स्थापना गर्ने गोप्य योजना बनाइरहेका थिए।
वसुदेव र देवकीको योजना थाहा पाएका कंसले बहिनी–ज्वाइँ दुवैलाई थुनिदिए। उनीहरूबाट जन्मेका सबै शिशु मारिदिए। तर, कृष्ण जन्मँदा वसुदेवले चलाखी गरे। उनले कृष्णलाई यमुना नदी तारेर ब्रजवासी मित्र नन्दकहाँ पुर्याबए। हुर्कँदै जाँदा अत्यन्त सुन्दर, चलाख, चञ्चल र प्रिय बालसुलभताका कारण कृष्णले यशोदा र पूरै ब्रजबासीलाई मोहित पारे। शिशु गायब भएपछि कंसलाई नन्दप्रति शंका थियो। त्यसैले उनले देवकीका छोरा खोज्न पुतना, शंकटासुर, तृणावर्त, बत्सासुर, बकासुर, धेनुकासुर आदि गुप्तचर पठाए। कृष्ण र गोपालहरूले सबैलाई चलाखीपूर्वक मारिदिए। जति प्रयास गरे पनि कंसले कृष्णलाई मार्न सकेनन्। बरु कृष्णले नै एक दिन मामा कंसलाई मारिदिए र आफ्ना बाबुआमालाई जेलबाट मुक्त गराए। यसले उनको ख्याति र प्रभुत्व भारतवर्षभरि फैलियो। भारतको विश्व बुक्सद्वारा प्रकाशित ‘श्रीकृष्ण एन्ड हिज गीता' का अनुसार यस घटनापछि उनमा अत्यन्त महत्वपूर्ण व्यक्ति बन्ने महत्वाकांक्षा चुलियो। भारतको प्रमुख सत्ता हस्तिनापुर अत्यन्त समृद्ध र शक्तिशाली थियो। हस्तिनापुरका राजा धृतराष्ट्रको राज्यसभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र विदुरजस्ता अनुभवी, वीर, बुद्धिमान व्यक्तिहरू थिए। हस्तिनापुरले प्रभुत्व नस्वीकारेसम्म कृष्णको महत्वाकांक्षा पूरा हुँदैनथ्यो। सत्ताका लागि पाण्डव र कौरवबीच चलिरहेको द्वन्द्व उनी राम्ररी नियालिरहेका थिए। यही मौका छोपेर उनी हस्तिनापुर छिरे।
रणनीतिक युद्ध
राकेश नाथद्वारा सम्पादित विश्व बुक्सको ‘कितने खरे हमारे आदर्श' का अनुसार त्यस युगमा बाहुन र संन्यासीका कुरामा कसैले अविश्वास गर्दैनथे। आफ्नो हत्या गर्न आउने पुतनालाई दूध चुसेरै मारिदिएको, यमुना किनारबासी नाग जातिका राजा कालियको वध, नागबस्ती ध्वंश, गोवर्द्धन पर्वतलाई औँलाले उठाएको, शिशुपाल बध, बालक उमेरमै ‘अत्याचारी' राजा कंसको वध, यशोदालाई आँ गरेर मुखभित्रै ब्रह्माण्ड देखाइदिएको, कुप्री बूढी कुब्जालाई मस्त तरुनी बनाइदिएका जस्ता अनौठा खबर वेदव्यास र नारदको मुखबाट फैलाएर कृष्णले भारतीय महाद्वीपमा आफूलाई ईश्वरका अवतार भएको प्रचार गराउन सफल भए। भीष्म, विदुर, युधिष्ठिरजस्ता सम्मानित व्यक्तिले त्यसलाई अनुमोदन गरेपछि उनको सर्वाेच्चतामाथि अरूले शंका गर्ने कुरै भएन।
कृष्णको प्रेरणामा पाण्डवहरूले कौरवविरुद्ध युद्ध घोषणा गरे। दुवैतर्फबाट युद्धको तयारी भयो। कौरव पक्ष अत्यन्त सुदृढ थियो। भीष्म, द्रोण, कर्णजस्ता महारथि उनीहरूसँग थिए। नकुल–सहदेवका आफ्नै मामा शल्य स्वयं कौरवपट्टि लागेका थिए। पाण्डव सेनाका सञ्चालक अर्जुनमात्र थिए। कौरवतर्फ ११ अक्षौहिणी सेना थिए। पाण्डवतर्फ मात्र सात अक्षौहिणी। अर्जुनको मनमा नानाथरीको कुरा खेल्न थाले। ठूला बा, उनका छोराहरूसँग बाल्यकालको स्नेह, गुरु द्रोणको प्रेम सम्झँदा अर्जुनलाई युद्ध बेकार लाग्यो। उनलाई थाहा थियो, भीष्म, द्रोण, कर्णजस्ता महारथिलाई धर्मयुद्धको नियमानुसार कदापि मार्न सकिन्नँ। यी व्यक्ति जिउँदा रहुन्जेल युद्ध जित्न सकिन्नँ। कसैगरी यिनीहरू मारिए हस्तिनापुरको सुदृढता भंग हुन्छ। युधिष्ठिरको जुवाडेपनलाई न्यायोचित ठहर्याोउन थुप्रै निर्दोष व्यक्ति मारिन्छन्। यस्तै सोचेर अर्जुनले धनुषवाण भुइँमा राखेर युद्ध नगर्ने घोषणा गरे।
कृष्ण यसका लागि पहिल्यैदेखि विशेष सावधान थिए। उनी पाण्डव पक्षबाट सेनानीका रूपमा नलडी किन अर्जुनका सारथि भए? उनी अर्जुनको बानीसँग राम्ररी परिचित थिए। युद्धको फैसला धनुर्विद्याबाट हुन्छ भन्ने उनलाई थाहा थियो। पाण्डवतर्फ अर्जुनमात्र यसमा पारंगत थिए। कृष्ण सेनानीजस्तै लड्न गएका भए अर्जुनसँग हुने थिएनन् र अर्जुनले विचार बदल्ने खतरा थियो। युद्ध नगर्ने भनी धनुषवाण भुइँमा राखेका अर्जुनलाई कृष्णले मनोविज्ञानको सहाराले लिएर पूरै बदलिदिए। अर्जुनले कर्ण, भीष्म, जयद्रथ, द्रोण, दुर्योधन मरेको देखे। अर्जुनलाई कृष्ण नै सर्वसत्ताधारी ईश्वर हुन्, यो जगत् सबै उनकै लीला हो, कुनै पनि कुरा टारेर टर्दैन भन्ने भान पार्न उनी सफल भए। द्रौपदीले दुर्योधनको अपमान गर्नु, युधिष्ठिरले जुवा खेल्नु सबै पूर्वनिश्चित थियो, अहिलेसम्म जे भयो, जे हुनेवाला छ, सबै कृष्णकै चाहनामा भर पर्छ भन्नेमा उनी विश्वस्त भए। यसरी अर्जुन युद्धका लागि तयार भए।
कृष्णकै रणनीतिअनुसार शिखण्डीलाई ढाल बनाएर महावीर भीष्मलाई अर्जुनले सरशैयामा सुताए। छोरा अश्वत्थामा मारिएको झुटो खबर दिएर द्रोणलाई मानसिकरूपले धरासायी पारियो र हत्या गरियो। कर्णलाई पाण्डवहरू आफ्नै भाइ हुन् भन्ने सूचना दिइयो तर पाण्डवहरूलाई दिइएन। यसले गर्दा कर्णले युद्धमा पक्रेर पनि युधिष्ठिर, भीम, नकुल र सहदेवलाई जिउँदै छाडिदिए। यता कृष्णको इसारामा अर्जुनले कर्णलाई र भीमले दुर्योधनलाई युद्ध आचारसंहिताविरुद्ध प्रहार गरी मारे। यसरी पाण्डवहरूले युद्ध जिते। कृष्ण पूरै भारतवर्षभरि सर्वाधिक महत्वपूर्ण व्यक्ति ठहरिए।
बुझेर ल्याउँदा कृष्णभक्तहरूभन्दा ‘भगवान्' श्रीकृष्णका उत्तम प्रशिक्षार्थी त काठमाडौँमा रहने विदेशी राजदूतहरू पो रहेछन्!