नेकपा (एमाले)ले नयाँ संविधान सभाले राष्ट्रपति र उपराष्ट्र्रपतिलाई नचिनेको भन्दै पूर्वसहमतिअनुसार व्यवस्थापिका संसदबाट अनुमोदन गराइनुपर्ने माग गरेपछि सत्तारुढ दलहरूबीच फाटो देखिएको छ।नेपाली कांग्रेस र एमालेबीच भएको सन्पन्न सात बुँदे सहमतिमा राष्ट्रपति र उपराष्ट्र्रपतिलाई संसद्बाट अनुमोदन गराउने विषय पनि समावेश भएको थियो। नेपालको अन्तरिम संविधान, २०६३को धारा ३६ (ग) मा ‘संविधान सभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्म राष्ट्रपतिको पदावधि कामम रहने' लेखिएको छ। तर यसको अर्को पक्ष के हो भने अन्तरिम संविधानले नयाँ संविधान निर्माण नगरी संविधान सभाको विघटन होला भन्ने कल्पना गरेको थिएन। परन्तु, मुलुकमा संविधान सभाको अर्को निर्वाचन गर्नुपर्योन। नयाँ संविधान सभाको स्थापना र बदलिएको दलीय संरचनाले राष्ट्रपति र उपराष्ट्रपतिको संवैधानिक वैधतालाई पुनः परिभाषित गर्न खोज्यो। र, त्यसले दलहरूबीचमा संवैधानिक, कानुनी र राजनीतिक मतभेद उत्पन्न गरायो।
सामान्यतः संविधानमा त सबै विषय प्रष्ट नै हुन्छ तर त्यसलाई थप अ (प्रष्ट) पार्ने काम अदालत एवं कानुन व्यवसायीम्ाार्फत राजनीतिले गर्छ। वैकल्पिक कार्यक्रमको आधारमा परस्पर विरोधी स्वार्थ भएका शक्तिको प्रतिस्पर्धा नै राजनीति हो। संविधान पनि राजनीतिक शक्ति सन्तुलनकै दस्तावेज हो। त्यसकारण बदलिएको राजनीतिक शक्ति सन्तुलनले राज्य व्यवस्थाका सबै संरचनामा प्रभाव पार्नु स्वाभाविकै हुन्छ। यसको राजनीतिक प्रतिविम्बन संविधान सभाका दुई ठूला दल कांग्रेस र एमालबीचमा भएको सात बुँदे सहमतिमा देखिएको थियो। सत्य हो– अन्तरिम संविधानमा राष्ट्रपतिका बारेमा लेखिएको प्रावधान प्रष्ट छ। तर कांग्रेस–एमालेबीचमा भएको संझौतामा नयाँ संविधान सभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्नुपर्ने प्रावधान रहेको पनि उत्तिकै प्रष्ट छ।
प्रश्न कथित स्पष्टता र अस्पष्टताको होइन। पहिलो संविधान सभाको विघटन र दोस्रो संविधान सभाको निर्वाचन कस्तो राजनीतिक परिस्थितमा भयो भन्ने तथ्यबारे संवेदनशील समयको हेक्का राख्न सक्ने राजनीतिकर्मीलाई पक्कै थाहा होला। हुनत शंकर लामिछानेले ‘समय' निबन्धमा भनेजस्तै हामी हिजोप्रति निष्ठा राख्छौ, आजसँग कुनै मतलव छैन र भोलिसँग प्रेम गर्छौँ। त्यसैले ‘हिजो'सँग ‘आज' जोड्ने राजनीतिकर्मी हामीकहाँ कति पो होलान् र! तैपनि समयको सत्य के हो भने संविधान निर्माणलाई केन्द्रमा राखेर नै कांग्रेस–एमालेबीचमा उक्त संझौता भएको थियो। संविधान निर्माणमा उक्त संझौताले बाधा उत्पन्न गर्छ भने कथित सहमतिलाई लागु गर्न आवश्यक हुँदैन। बरु नयाँ सहमति खोज्न आवश्यक हुन्छ। प्रष्ट छ, अहिले मुलुकसँग राष्ट्रपति अनुमोदनको मुद्दामा अल्भि्कने समय छैन। किनभने, यो त निर्धारित समयमा संविधान जारी गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने समय हो।
संझौताको पृष्ठभूमि
संसदीय व्यवस्थामा पहिलो र दोस्रो स्थानमा रहेका दल मिलेर सरकार निर्माण गर्नु अनौठो अभ्यास हो। सामान्यतः सबैभन्दा ठूलो दलले सरकार गठन गर्छ र दोस्रो ठूलो दल प्रतिपक्षमा रहेर सरकारको काम कारबाहीमा रचनात्मक आलोचना र निगरानी गर्छ। तर उक्त स्थापित अभ्यासविपरीत कसरी कांग्रेस र एमालेबीचमा सरकार गठनको सहमति बनेको थियो भन्ने तथ्यलाई दृष्टिगत गर्ने हो भने राजनीतिको वस्तुगत सच्चाइ अलि फरक देखिनेछ। पहिलो संविधान सभापछि एमाले र एमाओवादीका भिन्न भिन्न गुटसँग मिलेर बनेका दुईवटा सरकारले संविधान निर्माणमा ध्यान केन्द्रित नगर्दा संविधान निर्माणमा ढिलाइ हुँदैगएर अन्ततः एमाओवादी हठका कारणले संविधान सभासमेत विघटन भएको थियो। नयाँ संविधानको अन्तर्वस्तुमा एमाले–कांग्रेस एक ठाउँमा थिए भने अधिकांश समय सरकार चाँहि एमाओवादी–एमाले गठबन्धनको रह्यो। उक्त अन्तर्विरोधले एमालेको भूमिका न त सरकारमा प्रभावकारी रह्यो न त संविधान निर्माणमा। दोस्रो संविधान सभाको निर्वाचने परिणाम र काँग्रेस–एमाले गठबन्धन सरकारको निर्माणले विगतको विरोधाभाषलाई हल गरेको छ।
नयाँ संविधानका अन्तर्वस्तुमा अपेक्षाकृत समान दृष्टिकोण रहेका कांग्रेस–एमालेले सरकारको गठबन्धन तयार गर्दा उनीहरूको पार्टीभित्रका भिन्न भिन्न लवीले पक्ष र विपक्षमा खेलेका भूमिका यहाँ विशेष स्मरणीय छन्। सरकारको गठबन्धन कुन दलसँग निर्माण गर्दा आफ्नो भागमा कुन पद पर्ला भनेर संविधान निर्माणलाई भन्दा आफूलाई केन्द्रमा राखेर हेर्ने नेताको कमी दुवै दलमा थिएन। तर संविधान निर्माणको विषयलाई केन्द्रमा राखेर गरिने सरकार निर्माणले मात्र नयाँ संविधान निर्माणको पनि ग्यारेन्टी गर्छ भन्ने मान्यता राख्नेहरूको प्रयासले कांग्रेस–एमाले गठबन्धन तयार भएको थियो। उता संविधानलाई भन्दा सत्तालाई गठबन्धनको केन्द्रमा राख्ने काँग्रेस
र एमालेका नेताले एक अर्कालाई एमाओवादी गठबन्धनको विकल्प देखाएर तर्साएको तथ्य पनि कसैबाट लुकेको छैन।
आफ्नो निजी स्वार्थबाट अभिप्रेरित नेताले सामुन्नेको समस्यालाई देख्दैन र चिन्दैन। सामुन्नेमा रहेको नयाँ संविधान रचना गर्नेजस्तो ऐतिहासिक विषयलाई वेवास्ता गरेर सत्ता गठबन्धनको स्वार्थलाई प्रधान महत्वको विषय बनाउनु त्यसैको द्योतक हो। गृह मन्त्रालयको भागबन्डाले सरकार निर्माण महिना दिन ढिलो हुन पुगेको घटनाले कांग्रेस–एमाले नेताको अपरिपक्वता र संविधान निर्माणप्रतिको हेलचेक्य्राइँलाई नराम्रोसँग उजागर गरेको थियो। कुनै अमुक दलमा आबद्ध हुँदैमा वा अमुक दलको नेतृत्व गर्दैमा ‘नेता' होइने होइन। नेताको अर्थ सत्ता र राजनीतिभन्दा धेरै माथिको विषय हो जसले राष्ट्रका सामुन्ने रहेका जटिल समस्याको गाँठो फुकाएर विश्वलाई नै नवीन बाटो देखाउँछ। तर यहाँ त समस्याको गाँठो फुकाउनेभन्दा झन् धेरै जेलिदिने नेताको प्रतिष्पर्धा पो चलिरहेको छ। विडम्बना, पाँच महिनाभित्र संविधान निर्माण गरेर सम्मानजनक रूपले बिदा गर्न सकिने राष्ट्रपतिको विषयलाई विवादित बनाएर संविधान निर्माण प्रक्रियालाई नै अवरुद्ध पार्न सरकार गठबन्धनबाट बाहिरिनेजस्ता धम्कीसमेत नेताहरूबाटै आइरहेका छन्।
यसको अर्थ सात बुँदे सहमतिमा लेखिएको केही पनि लागु गर्नै पर्दैन भन्ने अवश्य पनि होइन। तर, कतिपय विषय सही हुँदाहुँदै पनि खराब परिणाम निम्त्याउने हुन्छन्। सानो मुद्दा सुल्झाउने धुनमा ठूला मुद्दा कहिल्यै सुल्झाउन नसकिने ढंगबाट अगाडि आउँछन्। राष्ट्रपति अनुमोदनको मुद्दा अहिले सात बुँदे सहमतिमा उल्लेख भएको सामान्य विषयजस्तो देखिए पनि त्यसको असर र परिणाम सतहमा देखिएजस्तो सामान्य अवश्य पनि छैन। वर्तमान राजनीतिक शक्ति सन्तुलनको संवेदनशील र विशिष्ट अवस्थामा एकजना मधेसी मूलका राष्ट्रपतिबाट संविधान जारी हुनु नेपालका लागि ऐतिहासिक र दूरगामी महत्वको कार्य हुनेछ। संविधान राष्ट्रको दर्शन हो। यसको वरिपरि देखिने र नदेखिने थुप्रै भावनात्मक विषय पनि परस्पर जोडिएका हुन्छन् भन्ने तथ्य सबैले हेक्का राख्नु जरुरी छ। मुलुकलाई भष्म पार्न सक्ने सहमति र कानुनलाई मान्ने होइन बरु बदल्ने हो।
असर र परिणाम
राष्ट्रपति अनुमोदनको विषयमा सत्तारुढ दलहरूभित्र पनि एकै खालको बुझाइ देखिँदैन। कांग्रेसका एकथरी नेताले सात बँुदे सहमतिमा राष्ट्रपति अनुमोदनको विषय राखिनु नै असंवैधानिक भएकोभन्दै असन्तुष्टि प्रकट गरेका छन्। उता एमालेका पनि कतिपय नेता यसलाई अनावश्यक विवाद मान्छन्। सत्तारुढ दलबाटै राष्ट्रपति अनुमोदनको विषय उठेपछि राष्ट्रपति कार्यलयले पनि प्रधानमंत्रीको आधिकारिक धारणा माग्न थालेको छ। विवाद चर्किन थाल्यो भने प्रधानमंत्रीलाई पनि अहिले जस्तो मौन रहन संभव हुनेछैन। तर कांग्रेस यस विषयलाई डटेर सामना गर्ने मनःस्थितिमा देखिएको छ। कांग्रेसका नेताको अभिव्यक्तिलाई हेर्दा प्रधानमन्त्रीको धारणा पनि त्यसभन्दा पृथक नहुने सहजै अनुमान गर्न सकिन्छ।
राष्ट्रको प्रधानमन्त्री र सभामुखलाई राष्ट्रपतिले शपथ ग्रहण गराइसकेको, व्यवस्थापिका संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको तथा संसद्ले राष्ट्रपतिलाई धन्यवादसमेत दिइसकेको अवस्थामा अनुमोदनको प्रसंग नै अप्रासंगिक भइसकेको कांग्रेसको तर्क रहेको छ। त्यसकारण कांग्रेसले राष्ट्रपति अनुमोदनको विषय समाप्त भइसकेको ठानेको छ भने एमालेले राष्ट्रपति अनुमोदनसँग जोडिएका अन्य विषयमा प्रवेश गर्ने बाटो खोजिरहेको छ। प्रक्रियागतरूपमा हेर्दा राष्ट्रपतिबाट भइसकेका माथिका घटनाले स्वाभाविक रूपमा राष्ट्रपति अनुमोदन भइसकेको अर्थ लाग्छ। तर एमालेको आन्तरिक नेतृत्व परिवर्तनपछि राष्ट्रपति अनुमोदनको विषयमार्फत सरकारमा आफ्नो भूमिकालाई बढाउन चाहेको बुझिन्छ।
साँच्चै अहिले संसद्बाट राष्ट्रपति अनुमोदनतिर लाग्ने हो भने संविधान संशोधन गर्नुपर्ने अर्को प्रक्रियामा प्रवेश गर्नुपर्नेछ। अर्कोतिर संविधान संशोधन गर्नेबित्तिकै यस प्रकरणबाट एमालेले हासिल गर्न खोजेको राजनीतिक लाभको उद्देश्य नै समाप्त भएर जानेछ। किनभने संविधान संशोधनका लागि ठूला दलहरूको सहमति चाहिन्छ। दुई तिहाइ बहुमतबाट समाधान खोज्ने प्रयत्न गरियो भने एनेकपा (माओवादी)लगायत अन्य दलको विरोधका कारण अहिले सकारात्मक ढंगले अगाडि बढिरहेको संविधान निर्माण कार्य नै भताभुंग हुनसक्छ। अर्कातिर, कांग्रेस–एमाले गठबन्धन पनि धरापमा पर्ने निश्चित छ। यसै गठबन्धनभित्रै रहेर लिन खोजिएको राजनीतिक लाभको सूत्रलाई असावधानीवश बढी तन्काउन पुगियो भने गठबन्धनै चुँडिनेछ। त्यसको लाभ कुनै व्यक्तिले त उठाउन सक्ला तर मुलुकले क्षति बेहोर्नु पर्नेछ।
संसद्बाट राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गराउने विषय उक्त सहमति निर्माणलगत्तै उठाएको भए राजनीतिक अर्थ रहनसक्थ्यो। किनभने त्यसबेला एमाओवादी, मधेसवादी र केही साना दलले पनि यस विषयलाई अगाडि बढाउन खोजेका थिए। तर एमालेले यस मुद्दालाई चर्काउन नखोजेपछि र अन्य दलहरू पनि बिस्तारै मौन बसे र यो विषय सेलाउँदै गयो। तर सेलाएको त्यो विवाद एमालेको नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएपछि एकाएक चर्किएर आयो। यसको अन्तर्यमा सहमतिअनुसार सरकारको नेतृत्वका लागि कांग्रेसलाई दबाब दिनु रहेकोमात्र देखिन्छ। एमाले नेतृत्वलाई समयको संवेदना थाहा नभएको ठान्नु भने राजनीतिक उपहासमात्र हुनेछ। त्यसैले पहिलो संविधान सभाका सबै सहमति/असहमतिको स्वामित्व लिइसकेको सविधान सभाले राष्ट्रपति र उपराष्ट्रपतिको स्वामित्व पनि लिएको मान्दा नै अहिलेलाई नयाँ संविधान निर्माण कार्य सहज हुन सक्छ।