चुरे पर्वत शृंखलाको वन विनाश र भू–क्षयीकरण मूलतः स्थानीय जनसमुदायको गार्हस्थ्य उपयोगका लागि चाहिनेभन्दा अत्याघिक दोहनको परिणाम हो।आधा शताब्दीअघि देखि विकासको तीव्र चाहना पूरा गर्नका लागि साधन स्रोत आपूर्ति गर्न चुरे आकर्षक केन्द्र भएको छ। अतिसंवेदनशील यो भूभाग अपेक्षाकृत यातायातको सुविधा र भारतसँगको सामिप्यले प्राकृतिक दबाबमा पर्न गएको हो। विकासका लागि आवश्यक मूलतः निर्माण सामग्री आपूर्तिका लागि सीमित स्रोत भएको चुरेमा वन विनाश, चोरी निकासी एवं मानवीय दोहन बढी नै भएको छ। फलस्वरुप, सबभन्दा कान्छो पहाडी शृंखलाको अझै स्थिर भइनसकेको खुकुलो माटामा यो दोहन धान्न सक्ने क्षमता रहेको छैन। अपरिपक्व र संवेदनशील भू संरचना भएकाले हावा या वर्षाले पनि माटोलाई खुकुलो बनाई भूक्षय, खहरेको उत्पत्तिजस्ता प्राकृतिक विषमतालाई साधारण नियति बन्न पुगेको छ। अझ, यस क्षेत्रमा पाइने प्राकृतिक बुट्यान, त्यहाँ अवस्थित जडीबुटी र पातपतिंगर, गिट्टी आदिको जथाभावी प्रयोगले ग्रामीण चरिचरण क्षेत्रको अभाव, तीव्र वन विनाश, आवश्यक जैविक विविधताको अभावजस्ता प्रतिकूल वातावरणीय असर देखापरेको छ। यसले गर्दा भू स्खलन र सतहको माटोको ऊर्बरता कम आएको छ। साथसाथै, बोटबिरुवाका अभावले यस क्षेत्रलाई कमजोर बनाई भूक्षययुक्त इलाका बनाएको छ। यस किसिमको परिवर्तित प्राकृतिक संरचनाका कारण वन क्षेत्रको प्राकृतिक वनस्पति तथा जीवजन्तु लोप तथा पलायन भएका छन्। यसको असर माटो, रुख तथा जरा वरपरकोे सूक्ष्मजैविक विविधतामा पनि कमी आएको छ। सूक्ष्मजैविक विविधताको अभावमा माटोको पानी सोस्न सक्ने क्षमतामा ह्रास र वर्षाको पानी पर्दा माटोले धान्न सक्ने क्षमता कमी भएर त्यहाँको माटो अझ खुकुलो हुँदैगएको छ। साथसाथै, जैविक विविधताको कमीले त्यस स्थानमा संक्रमण फैल्याउन सक्ने सूक्ष्म जीव, कीरा फट्यांग्य्राको संख्या बढेर रोगको मुहानमा परिणत भएको छ। त्यहाँबाट सजिलै कृषी क्षेत्रमा संक्रमण फैलन सक्छ। त्यसलाई रोक्न पनि, वन क्षेत्रको संरक्षण र नयाँ वन क्षेत्रको विस्तार अतिआवश्यक भैसकेको छ।
तर, यस क्षेत्रमा भएको उत्पादकत्व ह्रासले विस्थापित वन क्षेत्रलाई पुनर्जीवन दिन प्राकृतिकरूपले नयाँ वन स्थापना गराउने संभावना न्यून छ। वातावरणीय दृष्टिकोणले यो भाग न्यून हरितवृद्धि इलाकाजस्तो देखिएको छ। यस्ता क्षेत्रमा प्राकृतिक बीज उम्रन मुस्किल हुने हँुदा वन जंगलको प्राकृतिक विस्तार कम हुन्छ। त्यसमा पनि अव्यवस्थित सहरीकरण, खनिज इन्धनको अत्याधिक प्रयोजनले ल्याएको विश्वव्यापी उष्णताले यी प्राकृतिक बीजको अंकुरणमा पनि असर पर्न गएको छ। यी कारणले आवश्यकताअनुसारको वन क्षेत्रको स्थापना तथा विस्तार हुनसकेको छैन। एकातिर वन क्षेत्रको ह्रास भएको छ भने, अर्कोतर्फ वन विनाशसँगै बढ्दो तापक्रमले कृषि उत्पादकत्वमा ह्रास, प्राकृतिक तवरले भूमिगत सिंचनमा कमी आएको छ। अझ, असामयिक वर्षा, अति वृष्टिले विभिन्न स्थानमा ल्याउने बाढी नदीका धार परिवर्तनजस्ता समस्याले खडेरी, डुबान क्षेत्रको वृद्धि, टापु निर्माण वा बगर बन्ने क्रम बनाएको छ। यी कुरालाई ध्यान दिँदा समष्टिगतरूपमा चुरे समस्याको समाधानको सुरु प्राथमिकरूपले जैविक विविधतालाई कायम राखी वनस्पति विविधता बढाएर अन्य समस्याको निराकरण एकीकृत दृष्टिकोणबाट गर्नुपर्ने देखिएको छ।
पृष्ठभूमिः
इन्डियन टेक्टोनिक प्लेट उत्तरतर्फ बढ्ने क्रमसँगै युरेससयन प्लेटमा ठोक्किन पुग्दा समुद्री सतह (सी बेड) उठ्न गई कालान्तरमा हिमालय शृंखला निर्मित भएको हो। यसै शृंखलाको दक्षिणमा सोही समुद्री सतहको थुप्रोबाट बनेको सबैभन्दा कान्छो र अझै परिपक्व नभएको अतिसंवेदनशील भूभाग चुरे वा शिवालिक शृंखला हो। यो पामिर नटको दक्षिणपश्चिमदेखी ब्रह्मपुत्रको पूर्वी भागसम्म दसदेखि पन्ध्र किलोमीटर चौडा र समुन्द्र सतहबाट ५ सयदेखि १ हजार ५ सय मिटरसम्म फैलिएको छ। यो क्षेत्र खुकुलो माटो, गेगर र बालुवाले बनेको छ तर यी भू बनोटमा खनिज तथा युरियाजस्ता वनस्पतिलाई चाहिने पौष्टिक तत्व समाहित भएको पाइन्छ। कालान्तरमा यो तत्व बिरुवालाई उपलब्ध हुन्छ। यसले गर्दा यो क्षेत्र वातावरणीय दृष्टिकोणले अतिसंवेदनशील तर विविधता भएको र अझै विकास क्रममा रहेको मानिन्छ।
चुरे क्षेत्रबाट केही हदसम्म उत्तर र धेरैजसो दक्षिणतर्फ बग्न गएको माटो, गेगर मिश्रित भावर क्षेत्र पर्छ। यो भूमिगत जलाधार सिंचनको मुख्य क्षेत्र हो। त्यस्तै, दक्षिणमा गंगा बेसिनको उत्तरी क्षेत्रको समथर खेती योग्य तराई भूभाग पर्छ। यस क्षेत्रबाट साना ठूला गरी धेरै नदी बग्छन्। यस क्षेत्र सूक्ष्मजैविक तथा वनस्पतीय विविधता भएको, विभिन्न जलाधारका स्रोत, ठूला साना नदीका बहाव क्षेत्र एवं भूमिगत जलको प्राथमिक स्रोत जस्ता प्राकृतिक विशिष्टताले धनी छ। यी प्राकृतिक धरोहरको स्थायित्वमा चुरे क्षेत्रको वातावरणको प्रत्यक्ष प्रभाव छ। तसर्थ, चुरे क्षेत्रको वातावरणले त्यहाँको मात्र नभई नेपालका धेरै भूभागको वातावारणमा असर पार्ने हुनाले यस क्षेत्रको वातावरणीय प्रभाव र यसको संरक्षण साझा चासोको विषय भएको हो।
चुरे विनाशका संभावित कारण
सन् १९६० को दशकअगाडि औलोको प्रकोप व्यापक भएकाले यस क्षेत्रमा खासै मानव बस्ती थिएन। भित्रीमधेस क्षेत्रमा वंशानुगतरूपले औलो प्रतिरोधक मानिएको थारु समुदायको बसोबास थियो। यस क्षेत्रको दक्षिणमा भने गंगा मैदानमा विकसित सभ्यताको बिस्तार भएर बाक्लो बसोवास थियो। यसरी भावर क्षेत्रले मानव सभ्यताबाट प्रकृतिमा पर्ने प्रतिकूल प्रभावको प्रतिरोधकका रूपमा काम गरेर प्रकृति संरक्षण गरेको थियो। तर, सन् १९६० को दशकमा भएको औलो उन्मूलन कार्यक्रम, पूर्व पश्चिम राजमार्गको सुरुवातले यस प्रतिरोध क्षेत्र तोडिनाले त्यहाँ बसोबास बढ्न गर्यो। यसपछि यो संवेदनशील वातावरणमा मानवीय असर सुरु भएको मान्न सकिन्छ।
सन् १९७०–८० को दशकमा भएको राजनीतिक अस्थिरताले पहाडी क्षेत्रको वनमा ठूलै चाप परेको थियो। यस क्षेत्रमा राजनीतिक संरक्षणमा धमाधम वन विनाश भयो। पहाडी वन विनाशले जन्माएको प्राकृतिक प्रकोपआदिबाट निम्तिएको सुकुमवासी समस्या र यसको अस्थायी समाधानका रूपमा दीर्घकालीन राजनीतिक प्रभाव पार्ने गरी पहाडका वातावरणीय विस्थापितलाई चुरे भावर क्षेत्रमा बसाइनाले पनि यस क्षेत्रको वनमा प्रत्यक्ष असर पर्न गएको हो।
सन् १९८० को दशकमा भएको राजनीतिक अस्थिरताका बेला राजनीतिक रूपले सजग दक्षिणका बासिन्दाको राजनीतिक प्रभाव कम गर्न पूर्वपश्चिम राजमार्ग तथा चुरेकोे फेतिर वन जंगल फडानी गरी बस्ती बसाइएको मानिन्छ। तराईभन्दा भावर या चुरे क्षेत्र तुलनात्मकरूपमा केही चिसो हुने हुनाले पनि बसाइँ सर्ने पहाडी समुदायको प्राथमिकतामा यो क्षेत्र परेको देखिन्छ। यसरी भएको आप्रवासनले भावर क्षेत्रमा रहेका वनजंगलमा दबाब पर्न गयो। यहाँ बसोवास गर्ने र वा अन्यत्रबाट अउने जनसमुदायले प्रत्यक्षरूपमा वन विनाश गरी खेती गर्न कृषि भूमिको क्षेत्र विस्तार गरेकाले यस क्षेत्रको वातावरणमा चर्को प्रतिकूल प्रभाव पर्न थाल्यो।
सन् १९९० को दशकपछि यस क्षेत्रको वन विनाश बढी भएको मानिन्छ। सन् १९९० को राजनीतिक परिवर्तनपछिको परिवर्तित राजनीतिक अवस्था र पहाडी वन क्षेत्रको विनाशले उत्पन्न अभावले वन पैदावारको अत्याधिक माग आदिले चुरे क्षेत्रमा रहेको वन पैदावारमा दबाब उत्पन्न गर्योप। साथसाथै, भारतीय सीमाक्षेत्रको विहार राज्यमा विकास निर्माणको गचि तीव्र भएकाले पनि निर्माण सामग्रीको विशेषगरी गिट्टी बालुवाको माग धेरै बढ्यो। चुरे प्राकृतिक रूपमै गिट्टी, बालुवाआदिको संचित भण्डार भएकोले सबैको आँखा त्यहाँ पर्नु स्वाभाविकै थियो। अर्थात्, भारतमा भएको मागले गर्दा पनि चुरे क्षेत्रका खोलानालाको अवैज्ञानिक दोहन भयो र त्यहँाको वातावरणलाई पूरै धराशायी बनायो।
आन्तरिकरूपमा सन् '९० को दशकको उत्तरार्ध र सन् २००० को मध्यसम्म चर्केको माओवादी हिंसाले पनि चुरेको वन जंगलमा प्रत्यक्ष प्रतिकूल असर पार्योा। यी वातावरणीय अवस्थाको असर चुरेको वातावरणमा मात्र परेन यसले हरित ग्यास उत्सर्जन, तापक्रममा वृद्धि, वर्षाको चक्रमा अनियमितता, जलाधारको क्षय, भूमिगत जलाधारमा कमी भई चुरे बाहिरका खेती योग्य जमिनको उत्पादकत्वमा पनि ह्रास भयो र समग्र कृषिमा प्रतिकूल असर पारेको छ।
चुरेमा देखिएका समस्या
१. वन विनाशले जैविक विविधतामा असर पर्नुका साथै कार्बन विसर्जनमा कमी तथा मिथेन उत्सर्जनमा वृद्धि हुनाले हरित गृह असर पर्न गई सरदर तापक्रम बढ्नाले कृषि उत्पादकत्वमा असर गर्नु।
२. वन विनाश एवं भूक्षय आदिले सूक्ष्म जैविक विविधतामा आएको ह्रासले माटोको स्थिरतामा कमी आउनु।
३. सूक्ष्म जैविक विविधतामा आएको ह्रासले माटोमा पौष्टिक तत्वको पुनः समाहीकरण घट्नु। पौष्टिकतत्वको अभावमा त्यहाँ रहेका वनस्पति, जडीबुटी आदिको विकास तथा विविधतामा कमी आउनु।
४. जैविक विविधताको अभावले मुख्यरूपमा चुरेमा आश्रित या चुरेसँग प्रत्यक्ष एवं परोक्ष सरोकार भएका मानव बस्तीमा प्रतिकूल असर पर्नु।
५. वन विनाशले भूमिगत जलाधार सिंचनमा असर पर्न गई यत्रतत्र खहरेको विकासले बाढी, भूक्षय र बगरीकरण हुँदा खेती योग्य जमिनको विनाश हुनु एवं सिंचाई एवं खानेपानीमा कमी आउनु।
६. अस्थिर सतहको माटो क्षय भएकाले माटोको उर्बरता, माटोको पानी थेग्न सक्ने क्षमतामा ह्रास आई वर्षाको पानी रोक्न नसक्नाले बाढी तथा सुख्खा समयमा खडेरीको असर पर्नु।
७. खोलानाला वा बगरबाट अनियन्त्रित गिट्टी बालुवाको दोहनले कुनै ठाउँमा गेगर थुप्रिनाले खोला नदीको सतह बढ्न गई बाढीको प्रकोप हुनु र कुनै ठाउँमा नदीको सतह घट्न गई सिंचाईलगायत अन्य कार्यमा कठिनाइ पर्नु।
८. चुरे भई बग्ने खोलानालाको मार्ग परिवर्तन भई खेती योग्य जमिनको विनाश एवं मानव बस्ती रहेको क्षेत्र बाढी प्रकोपमा पर्नु।
सारांशमा, परिपक्व भई नसकेको भू बनोट, गेगर, बालुवाको अति दोहनबाटे क्षतिग्रस्त भूभाग, वन विनाशआदिले चुरे क्षेत्रमा प्रतिकूल वातावरणीय अवस्था उत्पन्न भएको छ। यसले बृहत्तर रुपमा चुरेमात्र नभई भित्री मधेस, महाभारत क्षेत्र तथा तराईमा समेत प्रतिकूल असर गरी कृषीमै संकट आउने जोखिम बढाएको छ।
कुनै पनि समस्याको समाधान हुन्छ। प्रारम्भिकरूपमा समस्याका कारण पत्ता लगाउन सकिएमा त्यसका समाधानका मार्ग पनि प्रशस्त गर्न सकिन्छ। यस अंकमा समस्याका कारण पहिल्याउने प्रयत्न गरिएको छ। समस्याका कारण थाहा भएमा यसका समाधान पनि निकाल्न सकिन्छ।