लोकतन्त्रमा सेना
११ भदौ २०७१
•
११ मिनेट पाठ
लोकतन्त्रमा सेना
जनआन्दोलनपश्चात देशमा व्याप्त अस्थिरता, अन्यौल, आपसी द्वन्द्व, विभाजन, अराजकता तथा राष्ट्रिय अस्मिताको हरण र विदेशीको हस्तक्षेप जस्ता अनेक दृश्य नजरमा आएका छन्। जनता त्रस्त छन्। देशै रहने कि नरहने? संविधान घोषणा हुनेबित्तिकै उक्साहटमा बालिने गृहयुद्धको आगोले को को जल्ने, के के जल्ने? जातीयताको उपयोग गरी विदेशीले गर्ने विखण्डनपछिको नेपाल कस्तो हुने? भय र शंका मनमा छ।आममानिस राजसंस्था र प्रजातन्त्र नै राष्ट्रिय स्थिरता तथा स्वाधिनता स्थायित्वका दुई खुट्टा अर्थात मूल तŒव रहेछन् भन्ने ठान्थे। तर सात सालदेखि यही तत्व नबुझेर राजाहरुले एक्लो खुट्टामै देश अडाउन खोजे। सोही कारण प्रजातन्त्र संस्थागत भएन र राजसंस्था स्वयं धरमर हुँदै गयो। र देश सधैँ द्वन्द्वमै फसिरह्यो। यसका लागि राजसंस्था नै मूल दोषीका रूपमा ठहरिएकै कारण राजसंस्था हट्नु बाध्यात्मक बन्यो। अब गणतन्त्र आयो। तर प्रजातन्त्र भने संस्थागत भएन। स्थिरताको अर्को प्रतीक राजसंस्था नरहेको अवस्थामा विदेशी हस्तक्षेपले राजा हटेको खाली ठाउँ ओगट्न पुग्यो– धर्म, अर्थ, राजनीति तथा कार्यकारिणी अधिकारलगायत हरेक क्षेत्रमा। लोकतन्त्र त लुजतन्त्र बन्यो। वर्तमानको भित्री तस्बिर यही हो।
स्थिरताको अर्को तŒव मानिएको सेनामाथि आक्रमण पछाडिबाट हुने गर्थे तर पछि सेनामाथिको आक्रमण पनि सामुन्नेबाटै हुन थाल्यो। यस कथित संक्रमणकालमा बहुसंख्यक निकाय तथा संस्था विदेशी हस्तक्षेप तथा आन्तरिक द्वन्द्वका कारण धरमरिएको अवस्थामा पुगे। अनि विस्तारै डुबेका बेला पराल समाउने मनस्थितिका आमजनता, प्रजातान्त्रिक सोचका राजनीतिकर्मीलगायत बौद्धिक जमातले सेना समाउने स्थिति आयो। उनीहरुले सोचे– राजसंस्था नरहेको यस अवस्थामा शुद्ध नेपाली रङरूपको संस्था भनेकै सेनामात्रै रहेछ। वर्तमान परिवर्तित मनस्थितिमा सेनाप्रति हिजो हेरिएका विभिन्न दृष्टिकोणमा मानिसले नयाँ दृष्टिकोणबाट नौलो कुरा भेट्न थाले। यस स्थितिमा सबैभन्दा ठूलो चुनौती अब स्वयं सेनामै केन्द्रित रहन पुगेको छ। जनताको आशाको हेडलाइटको प्रकाश त सेनामा परिसक्यो। तर सेनाले यस जिम्मेवारी बहन गर्न र जनताको आशा भरोशा कायम राख्न आफूमा ठूलै परिवर्तन नगरी सुखै छैन। हिजोकै मानसिकतामा तथा हिजोकै एकल मनःस्थितिमा आफैँ एक्लै ठीक छु भनेर …मै एकल चला' भन्ने अवस्था अब रहेन। जनताको चाहनाअनुरूप जनताको सैनिक बन्ने बेला आइसकेको छ। 
हिजो सेना डेमोक्रेसीविरुद्धको शक्ति मानिन्थ्यो। अब जनताले सेनालाई डेमोक्रेसी र अखण्डताको पहरेदार शक्तिका रूपमा महसुस गर्न थालिसकेका छन्। यसैले जनताको सैनिक रहन तथा लोकतन्त्रको पहरेदार शक्ति बन्न तनशा, मनसा र कर्मणाले नै यो सेनाले हिजो जय देश नरेश... भनेझैं आज जय देश जनता र लोकतन्त्रको मन्त्र उच्चारण गर्नुपर्छ। 
देश अस्थिरताको भूमरीमा पसिसकेकाले सेनाले राजसंस्थालाई पुनर्स्थापना गरेर देशको उद्धार गर्नुपर्छ भन्ने आवाज पनि नआएका हैनन्। तर न राजसंस्था सेनाले हटाएको हो, न त पुनःस्थापना सेनाको काम हो। देश हिजो राजसंस्थाको छातामा हुँदा सेनालाई मात्रै दोष लगाए पनि, त्यही वैध छाताको छायामा सेनामात्रै होइन सारा जनमन नै थियो। बहुदलीय व्यवस्था नै राजाकै छातामा थियो, सेनाको के कुरा? अब लोकतन्त्रको छाता देश र जनताले ओढिसकेकाले सेनाले पनि त्यही छाता सहर्ष ओढेको मात्र होइन छाता बलियो बनाउन कटिबद्धता देखाएको छ। तर अझै कतिका मनमा सेनाप्रतिको अविश्वास कायमै छ। यो सत्य पनि सेनाले स्वीकारेर भ्रम हटाउन आफूमा ठूलै रूपान्तरण गर्नुपर्छ। 
विगतका केही तीता कुरा स्मरण आवश्यक छ। राजतन्त्रले कांग्रेसजस्तो संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र मान्ने शक्तिलाई सदैव खतरा ठान्यो। राजाको अस्तित्व नै नस्वीकार्ने कम्युनिस्टहरूलाई मित्र मान्यो। र, राजालाई खुसी पार्न सेनाका उच्च अधिकारीहरुले सदैव कांग्रेसलाई नकारात्मकरूपमै हेरे। उता कांग्रेसका बीपीबाहेक गिरिजाबाबुलगायतका धेरै नेताले पनि सेनामाथि सदैव पूर्वाग्रही भएरै हेरेका हुन्। यसै कारण माओवादी सशस्त्र विद्रोहले मलजल पाउन सकेको तथ्य पनि भन्नैपर्छ यसबेला।
सेनालाई गैरराजनीतिक संस्था भन्ने तर राजा खुसी पार्न राजनीतिक चरित्र देखाउँदै दलहरुप्रति पूर्वाग्रह देखाउने केही सैनिक उच्च अधिकारी सेनामा थिए। तर पनि बहुसंख्यक अधिकारी र फौज सेनाको राजनीतिक निश्पक्षता र जनसुरक्षामा अडिग थिए र छन्। त्यही कारण जनआन्दोलनमा जनसंहार गर्न सेनाले चाहेन। र त रगतको खोलोबिना नै आन्दोलनले सफल मार्ग समात्यो। त्यस पलदेखि लोकतन्त्र स्थापना भएका क्षण हुँदै आजका दिनसम्म सेनाले आफूलाई लोकतन्त्रको पहरेदारका रूपमा उभ्याएको सत्यले नै कांग्रेस, एमालेलगायतका दलले विचार परिवर्तन गरेका हुन्।
प्रचण्ड सरकारबाहेक बाबुरामकै सरकार काललगायतका सबै बेला सेना र सरकारबीच अन्य संस्थाको दाँजोमा भन्दा बढी समझदारी र आपसी विश्वास थियो तर यसमा सेनाले मात्र जस लिन मिल्दैन, प्रधान मन्त्रीहरु तथा तिनका दलहरुको सद्भावले पनि जस भेट्छ। यसरी दलहरुले सेनाप्रति पूर्वाग्रह नराख्नेबित्तिकै सेना लोकतन्त्रको पहरेदार बन्ने रहेछ। यो तथ्य पनि मार्मिक छ।
जुनै पनि सेना स्वभावैले शीघ्र परिवर्तन हुन नसक्ने परम्परागत अर्को अर्थमा डोगम्याटिक संस्था हो तर स्वयं सेनाले सवाल गर्नुपर्छ, हाम्रो सेनाका ती सबै परम्परा र अवधारणा तथा आस्था र विधिविधान तथा व्यवहार के शतप्रतिशत जीवितै छन् त? यदि मरिसकेका या थोत्रिसकेका छन् भने बाँदरले मरेको बच्चा काखी च्यापेझैं च्यापिराख्नु कति उपयुक्त र कहिलेसम्म? यो सवाल सेनाभित्रै पनि उठिसकेको र वर्तमान नेतृत्वले कदम पनि चाल्न थालिसकेको संकेत देखा परिसकेको छ। यो कार्य कठोर छ। तर निर्ममतापूर्वक नगरी सुखै छैन, नेतृत्व वर्गले। किनभने अब जनता सेनालाई ब्यारेकभित्रको भयाबह जीव मानेर भयभीत रहन तयार छैनन््। लोकतन्त्रको यही सत्य सेनाले बुझेर गर्ने रूपान्तरण नै सही अर्थमा सेनाको लोकतन्त्रीकरण हो। हुन त सेनाको लोकतन्त्रीकरण हुँदैन, सशक्तीकरण मात्रै हुन्छ। सेनाभित्रको पद्धतिमात्रैको लोकतन्त्रीकरण हुन सक्छ। र, यस रूपान्तरणमा दल, बौद्धिक जमातका साथै लोकतन्त्रको अर्को पहरेदार मिडियाको पनि उत्तिकै मानसिक समर्थन चाहिन्छ। यसको अर्थ सेनाभित्रको गलत कार्यलाई उजागर नगर्नु भने पटक्कै होइन। सेनाको गलतलाई गलत नभनेमा त सेनाले लोकतन्त्रको पहरेदार बन्ने नैतिक बल नै विकास गर्न सक्दैन। सेनाले आफूलाई जति संवेदनशील संस्था मान्छ, त्योभन्दा बढी गलत व्यक्ति र कुप्रवृतिविरुद्ध सेना स्वयं आफैँले शून्य सहनशीलता देखाउनुपर्छ। सेना यस्तो दूध हो जुन एक सिन्का बिष्टामात्रै मिसियो भने पनि प्रयोगलायक हुन्न। यस्तो शुद्ध सेना बन्ने कार्य जारी रहेसम्म लोकतन्त्र र यो मुलुक तथा जनताको अस्तित्व टिक्छ, ढुक्क भए हुन्छ तर बल सेनाकै कोर्टमा छ। 
अन्त्यमा, विचारक स्यामुयल हन्टिंगटनको भनाइको भाव– व्यावसायिकरूपले सक्षम (प्रोफेसनल्ली एन्ड लजिस्टिकल्ली फिट) सेना भएको स्थानमा लोकतन्त्र सुरक्षित हुन्छ। सक्षम बन्न नपाएको सेनामा भने गैरव्यावसायिक (राजनीतिक) महत्वाकांक्षा उत्पन्न हुन सक्छ।
अर्को समाचार
राजनीतिक दलका सेना रहेसम्म जटिलता कायमै : प्रम नेपाल
२५ कार्तिक २०६७
•
३ मिनेट पाठ
राजनीतिक दलका सेना रहेसम्म जटिलता कायमै : प्रम नेपाल
काठमाडौँ, कात्तिक २५ - प्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रमा कुनै पनि पार्टीसँग हतियारसहितका सेना रहेसम्म राजनीतिक जटिलता कायमै रहने भएकाले एकीकृत माओवादीका सेनालाई समायोजन गर्नु पहिलो कर्तव्य रहेको बताएका छन्। 'चाँडै निकासका लागि दलहरुबीच अविलम्ब सकारात्मक पहलको आवश्यकता छ,' उनले भने।
किराँत धर्म तथा साहित्य उत्थान सङ्घद्वारा आज यहाँ आयोजित 'राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १२६औँ जन्मजयन्ती समारोह तथा मानव एकता दिवस' विषयक कार्यक्रममा प्रधानमन्त्री नेपालले एमाओवादीका सेनाको समायोजन र पुनर्स्थापनाका लागि तयारी भइरहेको बताए।

 

उनले मुलुकको वर्तमान राजनीतिक निकासका लागि दलहरुबीच भइरहेको वार्ताले सकारात्मक निकास निकाल्ने विश्वास व्यक्त गर्दै प्रमुख तीन दलका शीर्ष नेताहरुबीच मुलुकमा शान्ति स्थापना, संविधान लेखन, आर्थिक निकास, बजेट, सत्ता समीकरण र नयाँ सरकार गठनका लागि छलफल भइरहेको बताए।

 

'मुलुकलाई राजनीतिक निकास दिनका लागि अब पनि विलम्ब गर्नुहुँदैन' प्रधानमन्त्री नेपालले सहमतिका लागि दलहरुबीच भइरहेको विलम्बलाई सङ्केत गर्दै भने- 'सहमतिका लागि धेरै विलम्ब भइरहेका छन्।'

 

उनले भने- 'दलहरु जिम्मेवारीबोध गरेर अगाडि बढ्न सकेमा राजनीतिक निकासका लागि सहमतिमा पुग्न कुनै कठिनाइ नहुने भएकाले तत्काल जिम्मेवारीबोध गरी अगाडि बढ्नुको विकल्प छैन।'

 

प्रधानमन्त्री नेपालले नयाँ संविधान निर्माणको चरणमा मुलुकको भौगोलिक विकटतादेखि जातीय, क्षेत्रीय, भाषिक अनेकतालाई समेट्नु मुख्य चुनौती छ भन्दै कसैले पनि आफ्नो अधिकारका लागि अर्काको अधिकार हनन नहोस् भन्नेतर्फ चनाखो हुनुपर्नेमा जोड दिए।

 

उनले आपसमा लडेर राष्ट्रियता सङ्कटमा पर्ने भएकाले मिलेर जानुको विकल्प छैन भन्दै सबै धर्मको उद्देश्य मानवकल्याण भएकाले यसतर्फ सबैको सकारात्मक सोच हुनु जरुरी रहेको बताए। -रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस