आधारभूत लोकतान्त्रिक संस्था स्थापित र विकसित नभएको लोकतान्त्रिक मुलुकका नेता र जनतामा विशेष प्रकारको मनोवैज्ञानिक चरित्र विकास भएको हुन्छ। नितान्तः भिन्न ऐतिहासिक कालखण्डमा निर्माण भएका राजनीतिक दलहरूको आन्तरिक परिवेश पनि संस्थागत नहुने भएकोले मुख्य नेताले आफूलाई सर्वोपरि ठान्छ र एकल निर्णय गर्छ। अनि त्यसैलाई अकाट्य सत्य मान्छ। उता जनताले पनि सत्तासीन हुनेबित्तिकै नेताले मुलुक र जनताका समस्या क्षणभरमा समाधान गरून् भन्ने अद्भूत चाहना राखेका हुन्छन्।
राज्य र दलको आधारभूत तहमा लोकतान्त्रिक संस्थाको अभावले उत्पन्न गर्ने उक्त मनोविज्ञान नेता सत्तासीन हुनेबित्तिकै भतांभुङ्ग बन्छ। एकातिर सत्तामा पुगेपछि जे पनि गर्न सक्छु भन्ने प्रवृत्ति बोकेको नेता केही गर्न नसकेपछि हीनताग्रस्त हुन्छ भने अर्कातिर जनता पनि अपेक्षित प्रतिफल नपाएपछि निराश बन्न पुग्छन्। राज्यको आधारभूत तहमा लोकतान्त्रिक संस्थाहरूको विकास नभएपछि राज्यको उपरिसंरचनामा हुने कुलीनतन्त्रको दिनदिनैको लेनदेनको झगडालाई नै जनताले लोकतन्त्रको अभ्यास ठान्न पुग्छन्। र, त्यसबाट दिक्क भएका जनताले पुनल् अर्को निर्वाचनमा संभवै नदेखिएको दललाई पनि सत्तामा पुर्याकएर बदला लिन्छन्। लोकतन्त्रका नाममा यस्तो चक्र चलिरहेको हुन्छ। उता कुलीनतन्त्रले भने लोकतन्त्रको यो कुरूप पक्षले पार्ने बहुविध परिणामलाई बेवास्ता गर्दै यसलाई लोकतन्त्रको सुन्दर पक्ष भन्दै परिभाषित गरिरहेको हुन्छ।
लोकतान्त्रिक संस्थाहरूको अभावमा निर्मित जनता र नेताको उल्लेखित मनोविज्ञानले सरकारलाई भने कहिल्यै स्थिर हुन दिँदैन। स्थायित्वबिना समृद्धि र विकासका लागि सरकार एकाग्र बन्न सक्तैन। लोकतन्त्रको आधारभूत तहको संस्थागत विकासले स्थिर सरकार निर्माण गर्न संभव नभएपछि सरकारको स्थिरता सुनिश्चित गर्न निर्धारित शासकीय स्वरुपलाई परिवर्तन गर्नुपर्ने हुन्छ। तर शासकीय स्वरूप निर्धारण गर्ने काम जहिले पायो तहिले गर्न सकिने काम त होइन। त्यसका लागि विशेष ऐतिहासिक अवसर जुट्नुपर्छ। विसं २०६२/०६३ को आन्दोलन र त्यसको प्रतिफल संविधान सभाको निर्वाचनले हामीलाई त्यस्तै ऐतिहासिक अवसर जुराइदिएको छ।
विगत २३ वर्षको संसदीय अभ्यासको क्रममा करिब २० वटा सरकार मुलुकले बेहोरेको छ। जनआन्दोलनको सफलता, संविधान सभाको निर्वाचन र गणतन्त्रको घोषणापछिका आठ वर्षमा नयाँ संविधानमार्फत् लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नाममा सातवटा सरकार बनिसकेका छन्। तैपनि न त नयाँ संविधान बनाउन सकिएको छ न त लोकतन्त्र संस्थागत नै भएको छ। अझ लोकतन्त्रको मेरुदण्ड मानिने स्थानीय निकायको निर्वाचन नभएको करिब १५ वर्ष बितिसकेको छ। यिनै र यस्तै राजनीतिक पृष्ठभूमिका बीचमा पहिलो संविधान सभाका सबै सहमति/असहमतिको स्वामित्व ग्रहण गरिसकेपछि वर्तमान संविधान सभा नयाँ संविधानका मूल अन्तरवस्तुमा बहस, छलफल र सहमति जुटाउनुपर्ने विन्दुमा आइपुगेको छ। ती हुन् मुलुकको संघीयकरण, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणाली निर्धारण। सबैलाई थाहा छ, यिनै मूल विषयवस्तुमा सहमति जुट्न नसकेपछि पहिलो संविधान सभा विघटन भएको थियो।
पहिलो संविधान सभामा शासकीय स्वरूपको विषयमा खासै बहस हुनपाएको थिएन। अधिकांश बहस र राजनीतिक सहमति कायम गर्ने प्रयत्न संघीयताको विषयमा मात्र केन्द्रित थियो। तर संघीयताका विषयमा सहमति कायम भएर निर्धारित समयमै संविधान जारी गर्ने सर्तमा मुख्य राजनीतिक दलहरूले आआफ्ना दलगत अडान छाडेर मिश्रित प्रकारको शासकीय स्वरुपमा जान सकिने सहमति गरेका थिए। तर, निर्धारित समयमा संविधान जारी हुन नसकेपछि उक्त सहमति उल्टिएर दलहरू पुनः आआफ्नै पूर्ववत् अडानमा फर्किसकेका छन्। नेपाली कांग्रेस संसद्ले नै प्रधानमन्त्री निर्वाचन गर्ने संसदीय प्रणालीका पक्षमा, नेकपा(एमाले) जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमंत्री र संसद्बाट निर्वाचित हुने राष्ट्रपतिसहितको मिश्रित प्रणालीका पक्षमा तथा एनेकपा(माओवादी) सिधै जनताबाट निर्वाचित हुने कार्यकारी राष्ट्रपतीय प्रणालीका पक्षमा देखिएका छन्। अहिले बहसमा देखिएका र मुख्य राजनीतिक दलहरुले प्रस्ताव गरेका शासकीय प्रणाली यिनै हुन्।
कार्यकारी अधिकारसहितको राष्ट्रपति प्रणालीले धान्न सक्ने लोकतन्त्रको संस्थागत संरचना नेपालमा निर्माण भएको छैन। अधिकार सम्पन्न राष्ट्रपतीय प्रणालीका लागि चाहिने दलहरूको संस्थागत आन्तरिक पार्टी पद्धति, संसद्को व्यापक क्षेत्राधिकार, प्रतिपक्षको रचनात्मक लोकतान्त्रिक चरित्र, निर्वाचन प्रणालीको वैज्ञानिक प्रयोग, संवैधानिक व्याख्यार्थ सर्वोच्च अदालतको विशेषाधिकारजस्ता संस्थागत संरचनाको अभावमा प्रत्यक्ष राष्ट्रपतीय प्रणाली तानाशाही व्यवस्था बन्ने खतरा धेरै हुन्छ। संसदीय प्रणालीलाई धान्नसक्ने लोकतान्त्रिक संस्थाको समेत संरचनात्मक विकास नभएको हाम्रोजस्तो मुलुकमा राष्ट्रपतीय प्रणालीले पार्नसक्ने अधिनाकवादी प्रभावलाई रोक्नसक्ने आधार पनि निकै कमजोर छन्। आफ्नो वास्तविक आर्थिक/राजनीतिक धरातल बिर्सेर आफू प्रधानमन्त्री बन्नेबित्तिकै मुलुकलाई सिंगापुर वा स्वीजरल्यान्ड बनाइदिने वाचा गर्नसक्ने राजनीतिक नेतृत्व र त्यसलाई पत्याउन बाध्य हुने मतदाता भएको मुलुकमा लोकतान्त्रिक परिवेशमा बसेर राष्ट्रपतिय प्रणाली हुर्कनसक्ने आधार देखिँदैन। दलीय संरचनासमेत व्यक्तिवादी भएको मुलुकमा दलप्रति कुनै उत्तरदायी बन्न नपर्ने राष्ट्रपतीय प्रणाली उपयुक्त हुनसक्तैन। संसदीय व्यवस्थाले निर्माण गरेको अस्थिरतालाई रोक्न लोकतन्त्रकै बलि चढाउने जोखिम उठाउनु उचित हँुदैन।
संसदीय प्रणालीले उत्पन्न गरेको अस्थिरताको परिणाम उल्लेख गरिसकिएको छ। तर अस्थिरता उत्पन्न गरेकै कारणले मात्र संसदीय व्यवस्था अनुपयोयी भएको चाँहि होइन। हाम्रोजस्तो जातीय र क्षेत्रीय विविधता भएको मुलुकमा सामान्यतया एउटै दलको सुविधाजनक बहुमत आउने संभावना निकै कम हुन्छ। अझ संघीय संरचनामा गएपछि त्यसको संभावना झनै क्षीण बन्दै जान्छ। कुनै दलले बहुमत प्राप्त गरे पनि उसकै दलभित्रको भिन्न गुटले सरकार गिराउने प्रयत्न गरिरहेकै हुन्छ। बहुमतको सरकार हुँदा पनि निरन्तर आफ्नै दलको अर्को आंकाक्षीको त्रासमा सरकार रहिरहेको हुन्छ। संसदीय व्यवस्थाको प्रधानमन्त्री राष्ट्रका समस्यामा भन्दा सरकार जोगाउने कार्यमा ध्यान केन्द्रित गर्न बाध्य हुन्छ। शक्ति पृथकीकरणले गर्दा सामान्य संयोजनको अभावमा पनि कार्यपालिका, न्यायपालिका, राष्ट्रपति कार्यालयजस्ता निकायले प्रधानमन्त्रीको निर्णयलाई चुनौती दिइरहेका हुन्छन्। त्यसले गर्दा प्रधानमन्त्रीलाई आफ्ना निर्णयको निर्बाध कार्यान्वयनमा बाधा सिर्जना गरिरहेको हुन्छ। फलस्वरूप, राष्ट्रको समृद्धि, विकास र योजनामा उल्लेख्य प्रभाव पारिरहेको हुन्छ।
जनताका आधारभूत आवश्यकताको परिपूर्ति, युवा श्रम शक्तिको डरलाग्दो पलायनलाई रोक्नसक्ने रोजगारीका अवसरको सिर्जना, शिक्षा र स्वास्थ्यमा आधारभूत वर्गको सहज पहुँच, जातीय तथा क्षेत्रीय असमानताको अन्त्यआदि जस्ता समस्या नै अहिले मुलुकका मुख्य समस्या हुन्। मुलुकको आर्थिक विकासबिना यस्ता समस्याको समाधान हुँदैन। आफ्नो निर्धारित कार्यकालसम्म चल्ने स्थिर सरकार आर्थिक समृद्धिको आवश्यक सर्त हो। यसको लागि जनताबाट प्रतक्ष्य निर्वाचित प्रधानमन्त्री र संसद्बाट निर्वाचित आलंकारिक राष्ट्रपति नेपालको लागी उपयुक्त विकल्प हुन सक्छ। उपयोगिताको हिसाबले मात्र होइन, संसदीय र राष्ट्रपतिजस्ता दुईविपरीत पक्षमा उभिएका शक्तिका बीचमा सहमति कायम गर्न पनि यसै प्रणालीमा सजिलो छ।
दक्षिण एसियाको समग्र राजनीतिक चरित्रलाई हेर्दा पनि गणतन्त्रको स्थापनापछि संसदीय व्यवस्थाले स्थिरता प्राप्त गर्ने संभावना नेपालमा अझ कम हुँदैगएको छ। एकातिर संरचनागत विकासको अभावमा लोकतन्त्र अराजकताका रूपमा अभिव्यक्त हुन्छ भने अर्कोतिर संघीय संरचनाले गर्दा शक्तिको पर्याप्त विकेन्द्रीकरण भएको हुन्छ । यस्तो परिस्थितिमा सरकारको कार्यकारी अधिकार अलि बढी केन्द्रीकृत गर्नुपर्ने आवश्यकता पैदा हुन्छ। त्यसकारण संसदीय व्यवस्थाको अस्थिरता र राष्ट्रपति प्रणालीको अति केन्द्रीकृत स्वरूपलाई सन्तुलनमा राख्न कार्यकारी प्रधानमन्त्री सोझै जनताबाट चुनिएर आउने व्यवस्था वान्छनीय हुने देखिन्छ।
त्यसो त कुनै पनि शासकीय स्वरूप गुण र दोषबाट पूर्ण मुक्त हुन सक्तैनन्। तर दक्षिण एसियाको मूल प्रवृत्ति प्रत्यक्ष जनादेशसहितको कार्यकारीतर्फ उन्मुख हुँदैगएको देखिन्छ। संघीय संरचनासहितको भारतले बेलायतको जस्तै 'वेस्टमिन्स्टर' प्रणाली अपनाएको भए पनि भर्खरै सम्पन्न निर्वाचनमा दललाई भन्दा नरेन्द्र मोदीलाई प्रधानमंत्रीका रूपमा अगाडि सारेको थियो। कार्यकारी प्रमुखलाई निर्बाध काम गर्नसक्ने अधिकार नदिईकन आर्थिक समृद्धि हासिल गर्न संभव छैन भन्ने मान्यतामा भारत पनि पुगेको देखिन्छ। चीनसँगको प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय शक्तिका रूपमा आफूलाई उभ्याउन खोजेको भारतले रूपमा जेजस्तो प्रणाली अपनाएको भए पनि सरकारमा कार्यकारी प्रमुखको चिनियाँ मोडेलबाट अगाडि बढ्न खोजेको देखिएको छ। यद्यपि, तत्काल शासकीय स्वरूप परिवर्तन गर्न त भारतलाई संभव छैन तर प्रवृत्तिगत हिसाबले परम्परागत संसदीय प्रणालीबाट मुलुकले दिगो आर्थिक प्रतिफल प्राप्त गर्न मुस्किल छ भन्ने मान्यतामा मोदी सरकार पनि पुगेको देखिन्छ।
हुनत, जहाँ जस्तोसुकै शासकीय प्रणाली रहेको भए पनि हामीले हाम्रै मौलिकतामा आधारित शासकीय प्रणालीको विकास गर्ने हो। संसदीय व्यवस्थाको लामो अनुभवले नै हामीलाई व्यवस्थापिकाको नियन्त्रणबाट मुक्त रहेको स्वतन्त्र कार्यपालिकाको आवश्यकताको बोध गराएको हो। राष्ट्रपतीय संस्थालाई राष्ट्रप्रमुख र दोश्रो शक्ति केन्द्र निर्माण गरेर राजकीय शक्तिलाई सन्तुलनमा राख्नुपर्ने हाम्रो आवश्यकतालाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीले सुनिश्चित गर्न सक्छ। यस प्रणालीमा संभावित जोखिमका रूपमा देखिने संसद् र प्रधानमन्त्रीको बीचको सम्बन्धलाई सुमधुर बनाउन संसद्लाई सत्तापक्ष र प्रतिपक्षबाट मुक्त राख्न सकिन्छ। र, प्रतक्ष्य निर्वाचित प्रधानमंत्रीलाई सरकार प्रमुखको मात्र जिम्मेवारी दिने, सरकारको नीति तथा कार्यक्रममा संसद्को अनुमोदन अनिवार्य गर्ने, संसद्को दुइ तिहाई बहुमतबाट प्रधानमन्त्रीलाई महाअभियोग लगाएर हटाउन सकिनेजस्ता प्रावधान राखेर यो शासकीय स्वरूपका जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ जुन राष्ट्रपतीय प्रणालीमा सकिँदैन।
शासकीय स्वरूपको निर्धारण नगरीकन न त हामी संघीयकरणको निर्धारण गर्न सक्छौ न त निर्वाचन प्रणालीको। शासकीय स्वरूपको निर्धारणबिना संघीयता र निर्वाचन प्रणालीमा सहमति जुटे पनि कुनै अर्थ रहँदैन। किनभने शासकीय प्रणालीको निर्धारणले नै कस्तो संघीयतामा जाने र कस्तो प्रकारको निर्वाचन प्रणाली अपनाउने भन्ने टुंगो लाग्छ। त्यसैले राजनीतिक नेतृत्व, संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र संविधान सभाले सबैभन्दा पहिले राज्यको शासकीय स्वरूपमा सहमति कायम गरेपछि मात्र संविधानका अन्य अन्तरवस्तुमा सहमति जुटाउनु पर्छ। प्रादेशिक र स्थानीय सरकारको अधिकारसहितको विकेन्द्रित अवधारणामा जान लागेको मुलुकका लागि अलि बढी केन्द्रीकृत ढाँचाको केन्द्रीय सरकार आवश्यक पर्नेछ। त्यसको लागी प्रत्यक्ष निर्वाचित प्रधानमंत्री र संसद्बाट निर्वाचित राष्ट्रपति उत्तम विकल्प हुनसक्छ।