बदलिएको परिवेशमा तीजको सन्दर्भ
१२ भदौ २०७१
•
१३ मिनेट पाठ
बदलिएको परिवेशमा तीजको सन्दर्भ
लैंगिक दृष्टिमा तीज महिलावादी पर्व हो। विभेदको विरोध र समानताको संघर्ष हो। जुन अर्थराजनीति सापेक्ष छ। सापेक्षतामा यसले लैंगिक, जातीय, क्षेत्रीय, वा वर्र्गीय घेरा भत्काउ“दै लगेको छ। मध्यपहाडको खसआर्य समुदायमा केन्द्रित यो पर्व, सुदूरपूर्वको ताप्लेजङदेखि सुदूरपश्चिमको महेन्द्रनगरसम्मका गैरखसआर्य समुदायसम्म पुगिसकेको छ। 






तीजका गीतमा समस्याभन्दा उपलब्धिको बखान हुनथालेको छ। उदार अर्थराजनीतिभन्दा अर्थात् २०४६ साल पहिले तीज माईती र चेलीको सम्बन्धमा सीमित थियो। तर त्यसपछि यसको दायरा फराकिलो हु“दै सामान्यकृत भएको देखिन्छ। कृषिबाट उद्योग र गाउ“बाट सहर छिरेको यो पर्व दिदीबहिनीबाट कार्यालयका सहकर्मीमाझ पुगेको छ। 
यथास्थिति र परिवर्तनको द्वन्द्व
तीजका गीतका भाव र आशयमा परिवर्तन आएका छन्। एकातिर उपभोगमा भएको वस्तुकरणले सामाजिक तथा अर्थराजनीतिक सम्बन्धमा मूल्य चेतको सघनता थपेको छ भने अर्कातिर बजारको मूल्य चेतले पारस्परिक प्रेमसम्बन्धमा जटिलता थपेको छ। तीजको गीतको सरोकारमा अर्थराजनीति मात्र नभएर प्रेमसम्बन्ध थपिएको छ। यद्यपि, पे्रममा उदार नया“ पुस्ता र अपेक्षाकृत अनुदार समाजबीचको द्वन्द भने कायमै देखिन्छ। पारिवारिक अर्थराजनीतिक सम्बन्ध (सासुबुहारी)का समस्यामा प्रेमका उल्झन समेटिन थालेका छन्। परिवर्तनको सहज अस्वीकारको सामाजिक तथा अर्थराजनीतिक तथ्यलाई यसले उजागर गर्दैलगेको छ। 
आर्थिक पक्ष, व्यक्तिगत स्वतन्त्रता र भावि परिवारको कल्पना गीतका विषय बनेका छन्। आफू सुहाउ“दो जीवनसाथी रोज्ने विषय सामान्य हु“दैगएको छ। अहिले तीजले पारिवारिक अर्थराजनीतिक द्वन्द्वलाई प्रतीकात्मकरूपमा व्यक्त गर्ने प्रथालाई तोडेर त्यसमा प्रेम, दलीय प्रचार, चाहनाका आकारसमेतलाई प्रधानता मान्दै अघिबढेको देखिन्छ। यसले पर्व वा पर्वसँग जोडिने सम्बन्धहरू अर्थराजनीतिका उत्पादन हुन् भन्न सहज बनाएको छ। सामाजिक गतिशीलतास“गै तीजको अर्थराजनीतिमा देखापर्ने परिवर्तनको सापेक्ष सम्बन्ध तीजका गीतबाटै बु‰न सकिने भएको छ। तीज पर्व समानताको संघर्ष हो। समानताको खोजीलाई घरको चुलादेखि सहरीया तारे होटलसम्म पुर्या एको छ। आन्तरिक लैंगिक समानता हु“दै अन्तरलैंगिक समानतामा फड्को मारेको छ। राजनीतिक र आर्थिक पहु“चको प्राथमिकता अघि आएका छन्। 
यथास्थित बुझाइमा तीज पर्व खसआर्य समुदायका महिलामात्रले मनाउने पर्व हो। बदलिँदो अर्थराजनीति र ऐतिहासिक प्रवृत्तिमा यो परिवर्तनशील सामाजिक तथा अर्थराजनीतिक यथार्थ हो। तीज पर्व मनाउने शैलीमा देखिएका सापेक्ष भिन्नता परिवर्तनशीलताका उदाहरण हुन्। बन्द अर्थराजनीतिक समाजको तीज, खुला अर्थराजनीतिक समाजको तीज र गणतान्त्रिक उदार अर्थराजनीतिक समाजको तीज एकै प्रकारका छैनन्। विसं २०४६ अघि प्रजातान्त्रिक हु“दै गर्दाको गीति अभिव्यक्ति पारिवारिक सम्बन्धमा देखिएका असमानता वा विभेद केन्द्रित हुन्थे र तिनमा सासु वा नन्द र बुहारीका रूपमा महिलामहिलाबिचका द्वन्द्वात्मक सम्बन्ध प्रधान हुनेगर्थ्यो। जब २०४६ पछि समाज प्रजातान्त्रिक भयो अनि समाजमा बहुदलीय चेत स्थापित हु“दै थिए। त्यतिबेला तीजको गीत फरक राजनीतिक आस्थालाई कमजोर गराउनेमा केन्द्रित भए। र, २०६३ पछिको गणतान्त्रिक समाजमा गीतका अभिव्यक्ति बढी आर्थिक सम्बन्धतिर केन्द्रित भएका छन्। गीत र गीतका शब्दमा व्यावसायिकता जुर्मुराएको छ। जागीर नपाइएका, वस्तु उपभोग गर्न नपाइएका गुनासा यसका विषय बनेका छन्। 
धनी र गरिब तीज 
फरिया र चोली नपाएको गुनासोले भरिने तीजको गीतमा स्कुटी र कार किन्न नसकेको समस्या थपिएका छन्। यो सहरका नेपाली महिलाले बढाएको आर्थिक अवसर र पह“ुचको सूचक हो। अवसर र पहु“चमा थपिएको भिन्नताले आवश्यकताका स्वरूप र चरित्रमा पनि भिन्नता थप्दै लगेको प्रमाण हो। यद्यपि, स्कुटी र कार सहर वा सडक पहु“च भएका महिलाभन्दा बाहिर जान नसकेको यथार्थ पनि हो। यस्ता गीतले देशका कुल १७ प्रतिशत सहरी महिलामध्येका करिब २० प्रतिशत महिलालाई मात्र समेटेको हुन्छ। यसले आर्थिक अवसर र आवश्यकताको बदलिँदो स्वरूपसँग गाउँले महिलाको कमजोर सम्बन्धको तथ्य पेस गरेको छ र त्यसमा सहरीया सक्षम महिलाको प्रतिनिधित्व रहेको देखिन्छ। यसले तीजका विषयमा निसृत धनी वा गरिबको फरक प्रवृत्तिलाई अघिसारेको छ। मोबाइल फोनका सेट वा थोरै टेलिभिजनमा र बढी एफएम रेडियोले सहरमा उत्पादन हुने गीतलाई सहरबाट गाउ“तिर प्रवेश गराइरहेका छन्। गाउ“मा विविध समस्यास“ग संघर्ष गर्दै गुजारा गरिरहेका महिलाको इच्छामा तरंग भरिरहेको छ। आफू अभावमा रहेको प्रष्ट अनुभुति गराइदिएको छ। 

महिला-पुरुष घट्दो दूरी 
नारीमात्रले मनाउने भन्ने तीज अब लैंगिक सीमा पार गरेर पुरुषमा समेत पुगेको छ। सामाजिक सञ्जालमा आफू यसपाली पत्नीको मंगल कामनाका लागि व्रत बस्न लागेको अभिव्यक्ति सार्वजनिक भइरहेका छन्। पतिको दीर्घायुका लागि बसिने तीजको उपवास पत्नीको मंगलका लागि बस्नु नौलो हुनछाडेको छ। आफूसरह शैक्षिक हैसियत भएका पत्नीको उच्च आम्दानीका कारण तीजमा उपहार पाउने पुरुष उल्लेख्य हु“दैछन्। खर्चका हिसाबमा पर्व मनाउन पतिलाई पर्खनुपर्ने बाध्यता हराउँदै गएको छ। महिलामा शैक्षिक हैसियतस“गै बढेको आर्थिक क्षमताले पतिका लागी उपहार किन्नसक्ने बनाएको हो। पुरुषले खर्च जोहो गरेको भरमा तीज मनाउने महिला आफ्नै खर्च र व्यवस्थापनमा पुरुषलाई पाहुना बनाउनसक्ने भएका छन्। सहरको तीजमा पुरुषलाई निम्त्याइने चलन सामान्य बन्दैगएको छ। महिलाको खर्च व्यवस्थापनमा आयोजना हुने तीज कार्यक्रममा पुरुष पनि निर्धक्क नाच्नु, रमाइलो गर्नु स्वाभाविक भएको छ। तैपनि, करिब ९० प्रतिशतभन्दा बढी नेपाली महिला भने अझै पनि बाबु, पति वा दाजुको व्यवस्थापनमा तीज मनाउनुपर्ने संस्थागत संरचनाको मार खेपिरहेका छन्। 
आर्य–अनार्य सम्बन्ध
गाउ“ बढी र सहर कम हु“दा तीज पर्व पहाडी खसआर्य समुदायमै सीमित थियो। देशमा भएको अर्थराजनीतिक परिवर्तनले आर्थिक अवसर, सञ्चारको पहुँचलाई सामान्य र सहज बनायो र यही बढ्दो आर्थिक, शैक्षिक हैसियतको कारण हुन पुगेको देखिन्छ। सञ्चार माध्यमको विकास र विस्तारले तीजको सम्बन्धलाई गैरखसआर्य समुदायसम्म पुर्याेएको छ। सञ्चारको प्रभाव र बसाइका हिसाबले नजिक रहेका र तीजको रमिते बन्ने अनार्य महिला तीजका व्रतालु हुनु सामान्य भएको छ। गाउ“ बजारहु“दै सहर बनिरहँदा, खसआर्य महिलाको तीज पर्व अनार्य समुदायका महिलासम्म पुगेको छ। जनजाति महिलाले उपवास बस्ने, नजिकका शिवालयमा पूजा गर्ने कुरा नौलो हुनछोडेको छ। खासगरी बजारउन्मुख गाउ“ र सहरी समाजमा यसको गति तीव्र छ। सँगै कार्यालयमा काम गर्ने खसआर्य वा गैर खसआर्य महिलाबीच यसको सघनता बलियो देखिन्छ। तीजको अवसर पारेर भेटघाट गर्ने चलन सामान्य भएको छ। यसले पर्व जाति वा समुदाय विशेष नभएर अर्थराजनीतिका परिणाम हुन् भन्ने वस्तुगत तर्कलाई सबल गरिदिएको छ। 

सहर र गाउँको तीज
गाउँको तीज पारिवारिक तहमा जोडिएको छ। रमाइलो वा नाचगान प्राथमिक सम्बन्धमा हुन्छन्। बाल्यकालमा सँगै हुर्केबढेका दिदीबहिनीको सम्बन्धलाई नवीकरण गराउ“छ। त्यसमा अर्थराजनीतिका पूर्ण चेतहरू कमजोर रहन्छन् अर्थात सरल हुन्छन् र त्यसले ‘पारस्परिक’को हार्दिकतालाई बलियो बनाएको देखिन्छ। तर सहरीया तीजको चरित्र फरक हुन्छ। सहरको तीज मिल्दो पेसा, वर्ग, आदर्श (राजनीतिक वा अन्य), संगठन आदिको आधारमा मनाएको पाइन्छ। यसमा हार्दिकता कम र सौहार्दता बढी रहेको प्रतीत हुन्छ। सहरी तीज एउटै वित्तीय वा शिक्षण संस्थामा आबद्ध पेसाकर्मी, एउटै टोल वा छिमेकमा बस्ती गर्ने समान हैसियत भएकाहरूबीचमा गतिशील देखिन्छ। समान आर्थिक क्षमता र दक्षताले सहरी तीजलाई संरचित गर्दैलगेको छ। अर्थात्, सहरी तीज समानताका आधारमा सक्रिय छ। 
समानता, समावेशिता, स्वतन्त्रता र सहभागितासँग तीजको सम्बन्धको बढी सरोकार रहेको देखिन्छ। त्यसले जातीय, लैंगिक, क्षेत्रीय, भाषिक वा सांस्कृतिक सीमालाई कमजोर बनाउँदै लगेको छ। 
अध्यापक, समाजशास्त्र/मानवशास्त्र, त्रिचन्द्र क्याम्पस, काठमाडौं
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस