१० वर्षअघि एक जना वरिष्ठ चिकित्सक स्वास्थ्य मन्त्री हुँदा तोकिएको चिकित्सक शुल्कको सरकारी निकायबाट नियमन र पुनरावलोकन भएको थिएन। सहर, जिल्ला, गाउँ, दुर्गम/सुगम आदिका चिकित्सकहरुबाट स्वविवेक र तजबिजले बिरामी परीक्षणको शुल्क लिने गरिएको थियो। उदाहरणका रूपमा काठमाडौँ पोखरा आदिमा विशेषज्ञसँग परीक्षण गराएबापत प्रत्येक बिरामीले ५०० वा सोभन्दा बढी तिर्नुपर्थ्याे भने अन्य सुगमका विशेषज्ञ चिकित्सकले ४०० र पङ्क्तिकार कार्यरत दाङमा निजसहितका अन्य वरिष्ठ विशेषज्ञ चिकित्सकले ३०० रुपियाँमै बिरामी जाँच गरिरहेका थिए। सामान्यतया २ हप्तासम्म बिरामी फलोअपको शुल्क नलाग्ने चलन कायमै थियो। गैरविशेषज्ञ चिकित्सकले प्रतिबिरामी २०० रुपियाँसम्म लिने गर्थे।
नेपालका सम्भ्रान्त धनाढ्य जायाज/नाजायज सबै तरिकाबाट सम्पत्ति आर्जन गर्नेहरुमा सबैभन्दा बढी शुल्क लिने, सबैभन्दा ठूलो गाडी चढ्ने चिकित्सकहरुसँग जचाउने प्रवृत्ति छ। त्यस्ता केही लाख इलाइट वर्गलाई ध्यान दिएर स्थापित क्लिनिक र अस्पताल पनि छन्। तिनका लागि त शुल्कको दरले असर गर्ने कुरै भएन। तर सरकारी अस्पतालहरुमा पहुँच पुर्यातउन नसक्ने या ती अस्पताल विश्वसनीय हुन नसक्दा वैदेशिक रोजगारीमा गएकाका आश्रित परिवार सिधासाधा महँगो ब्याजमा ऋण लिन बाध्य हुनेहरु नै निजी क्लिनिक या अस्पतालका सेवाग्राही हुन्।
पहुँच नभएका र सिधासाधाहरु वास्तवमा उपचारको सिलसिलामा ठगिइने गरेको यथार्थता हो। कति निजी अस्पतालले त एम्बुलेन्स, ट्याक्सी, रिक्सा आदिलाई बिरामी ल्याइदिएबापत नै ठूलो रकम कमिसन दिने गरेका छन्। महँगा सिटी स्क्यान, एमआरआइ आदिमा ठूलो रकम कमिसनबापत रिफर गर्नेलाई दिइन्छ। आखिर यसबाट कसको ढाड सेकिन्छ? भारतका वर्तमान स्वास्थ्य मन्त्री डा. हर्सबर्धनले यो कुरालाई जोडतोडका साथ उठाइरहेका छन्। तर नेपालमा त्यस्तो कसले गरिदिने? किनकि नेपालमा त नियमित अनि अनियमिततवरबाट रातारात धनी हुने नियतका साथ खोलिएका निजी स्वास्थ संस्थाका लगानीकर्ता या संरक्षक भनेकै जिम्मेवार राजनीतिक पार्टी र तिनका नेताहरु नै हुन्।
उपचार शुल्कमा लागु गरिएको कर प्रणाली पनि अत्यन्त अवैज्ञानिक अनियमित र एकरूपताबिहीन छ। पहिला कर किन तिर्ने भन्ने कुरामा नै कर प्रदायकहरुलाई विश्वासमा लिन नसकेको स्थिति छ। लाग्छ, स्वास्थ उपचारको क्षेत्रमा खरबौँको कारोबार हुन्छ। इमानदार र कर तिर्ने चिकित्सकका निम्ति कर भनेको गलपासो या फन्दाझैँ अनुभूत हुने गरेको छ। तर जिम्मेवारहरुलाई खुसी बनाएर या जग्गा या अप्रत्यक्ष क्षेत्रमा लगानी गरी कमाइ लुकाउनेहरु राजश्वको आखामा पर्दैनन्। तर जो पारदर्शी छ उसैलाई मात्रै न्याक्ने प्रवृत्ति हाम्रोमा व्याप्त छ। स्वास्थ क्षेत्रको कारोबार लगानी या आम्दानीको करमा वैज्ञानिकीकरण र नियमन गर्ने हो भने अरबौं राजश्व उठ्न सक्छ।
बिरामीहरुबाट तिरिने रकमको केही अंशमात्र चिकित्सकीय परीक्षण शुल्कमा खर्चिने गर्छ। ठूलो अंश त अन्य परीक्षणमा र शल्यक्रियामा या प्रोसिड्युरमा खर्च हुने कुरालाई बिल्कुल नै वास्ता गरिएको छैन। कैयौं वर्षसम्म पुनरावलोकन हुन नसकेको चिकित्सकीय शुल्कको सीमा तोक्नुलाई आफैँमा सकारात्मक मान्नुपर्छ। राजधानी या मुख्य सहरका उपभोक्तामाथि चर्काे परीक्षण मूल्य थोपरिएको हो भने उनीहरुका निम्ति यो निर्णय सकारात्मक नै होला तर हालै स्वास्थ्य मन्त्रालयबाट तोकिएको सीमामाथि टेकेर ग्रामीण या मोफसलका रोगी/बिरामीमाथि यो निर्णयबाट बोझ थप्ने काम नहोस्। बिरामी परीक्षण शुल्कको सीमा तोक्ने निर्णयसँगै सबैखाले निदान र उपचार शुल्कमा सीमा तोक्ने र नियमन गर्ने कार्य पनि हुनुपर्छ। जसरी राजाका चिकित्सक स्वास्थ्य मन्त्रीले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको उद्घोष गरे पनि अन्त्यमा उहाँबाट बिरामी जनताका निम्ति शुल्क वृद्धिमात्रै उपहार हुन पुगेथ्यो त्यसैगरी सीमा तोक्ने यो निर्णय मोफसलका ग्रामीण र निजी क्लिनिकमा उपचारार्थ धाउन विवस जनताका निम्ति झनै प्रत्युत्पादक नहोस्।
वरिष्ठ कन्सल्टेन्ट, दाङ