राजनीति र राज्य सञ्चालनको मैदानमा देखिएको गैरजिम्मेवारीपनको पराकाष्ठाले दुःखी नबनाएको साधारण नागरिक कमै होलान् तर चुच्चे ढुंगो उही टुंगो भनेझैँ मुलुक अझै पनि तिनै नेताको वरिपरि घुमिरहेको छ। यो आलेख पनि त्यसबाट मुक्त छैन। संविधान लेख्ने क्रममा अहिले दलहरु सहमतिको संवेदनशील समयमा पुगेका छन्। विवादमा रहेका विषयको समाधान खोज्नुको साटो हाल भइरहेका औपचारिक छलफलमा खाली तर्क/वितर्क भइरहेका छन्, दलहरुले आआफ्ना अडान राख्ने काममात्र गरिरहेका छन्। द्वन्द्व र संकटको कालो बादल मडारिइरहेकै छ।
केहीअघि एमाओवादी र मधेसवादी दलबीच भएको वार्ताले साझा दृष्टिकोण अगाडि ल्याउने कोसिस गरेको थियो। संघीय गणतान्त्रिक मोर्चा त्यही दृष्टिकोणका आधारमा अगाडि बढ्ने लगभग निश्चित छ। एनेकपा (माओवादी) पनि आफ्ना एजेन्डामा मधेससँग नजिक छ। मधेसले विवादित विषयमा सहमत हुन मानेन भने एमाओवादीले अलग अडान राख्न सक्नेछैन। एकथरि राजनीतिक विश्लेषण के छ भने यो पहिलो मस्यौदा सहमतिका आधारमा नआए आन्दोलन हुन्छ र त्यसपछि मात्र असली वार्ता सुरु हुन्छ। यो धारणाअनुसार नेपाली कांग्रेस र एमालेले संविधान निर्माणका लागि कि त गणतान्त्रिक मोर्चासँग सम्झौता गर्नुपर्छ कि राजावादी दलहरूसँग।
सत्तारुढ दलहरुले गणतान्त्रिक मोर्चासँग सम्झौता नगरेर राजावादी दलहरुसँग सम्झौता गरे भने संविधानका प्रमुख अन्तर्वस्तुमा परिवर्तन हुन सक्छ र मोर्चाले संविधान सभाबाहिर जाने घोषणा गर्न सक्छ। यसैले दसैं तिहारतिर एक प्रकारको राजनीतिक ध्रुवीकरण हुनसक्ने सम्भावना छ। यो धु्रवीकरण कायमै रह्यो भने संविधान सभाको एउटा ठूलो समूह संविधानमा सही नगरी संविधान सभा बहिष्कार गरेर सडकमा आउनेछ। विवादित विषयमा सत्तारुढ दल र मोर्चाबीच सहमति भएन भने संविधान सभाभित्रका शक्ति बाहिर जान्छन् र त्यसो हुन दिनुहुँदैन भन्ने एमाले र कांग्रेसको धारणा देखिन्छ।
अब वार्ताका लागि समय घर्किंदैछ तर वार्ता कहिले गर्ने भन्ने प्रश्नमा दुईवटा प्रमुख मत देखिएका छन्। आन्दोलनकारी र स्थापित शक्तिबीच विश्वासको गहिरो संकट छ भन्ने धारणा राख्नेहरु, अहिले नै वार्ताको सम्भावना देख्दैनन्। उनीहरु भन्छन्, आन्दोलनको एउटा धक्का नआई धु्रवीकृत दुई शक्तिहरु संविधानका अर्न्तवस्तुमा नजिक आउन सक्नेछैनन्। त्यसैले आन्दोलनका लागि पहिला कांग्रेस र एमालेलाई प्रक्रियाबाट संविधानको मस्यौदा ल्याउन दिनुपर्छ। अहिले विश्वासको संकट त्यति गहिरो छैन भनेर मान्नेहरु भने संविधानको पहिलो मस्यौदा आउनुअघि नै वार्ता थाल्नुपर्ने जिकिर गर्छन्। उनीहरु भन्छन्, वार्ताका लागि पहिलो मस्यौदासम्म कुर्नुहुन्न किनभने मस्यौदा बन्नुको अर्थ संविधान सभा र प्रमुख दलहरुको एउटा अडान बन्नु हो र त्यसलाई परिवर्तन गर्न मुस्किल हुनेछ। त्यसैले वार्ता पहिलो मस्यौदा आउनुअघि नै हुन उपयुक्त हुन्छ।
तर अन्तर्वस्तुमा वार्ता गर्नुअघि प्रक्रियामा सहमति हुनुपर्छ र आपसी विश्वासको वातावरण हुनुपर्छ। नेपालमा विश्वासको तहमा संकट, प्रक्रियाको तहमा मतभेद र संविधानका अन्तर्वस्तुको तहमा विवाद छ। विश्वासको संकटले संविधान निर्माण प्रक्रियामा अवरोध सिर्जना गर्छ, प्रक्रियाबारे रहेको मतभेदले संविधानका अन्तर्वस्तुको स्वामित्व लिनेमा तगारो हाल्छ। विश्वासको संकटका दुई प्रमुख पाटा सत्ता, शान्ति प्रक्रिया र संघीयता हुन्। नेपाली राजनीतिक दलको सबैभन्दा ठूलो कमजोरी सत्तालोलुपता हो। सत्ताका लागि जेसुकै गर्ने र जोसुकैलाई धोका दिने कारण एउटै दलका नेताबीच पनि परस्परमा अविश्वास छ। पहिलो संविधानसभाको अवसानसँगै शान्ति प्रक्रियाकै अवसान भएको हो वा होइन भन्ने अवधारणाले त्यतिखेरका प्रमुख आन्दोलनकारी शक्ति र स्थापित शक्तिबीच फाटो सिर्जना गरेको छ। स्थापित शक्तिहरु शान्ति प्रक्रिया ताŒिवकरूपमा अन्त्य भइसकेको तर्क गर्छन् भने आन्दोलनकारीहरु शान्ति प्रक्रिया त के आन्दोलन नै पनि टुंगोमा नपुगेको जिकिर गर्छन्।
शान्ति प्रक्रिया कायमै रहेको हो मान्ने हो भने सैद्धान्तिकरूपमै सहमतीय पद्धति र सत्ता साझेदारीलाई स्वीकार्नुपर्ने हुन्छ। त्यो गर्न सबै तयार छैनन्। विश्वासको संकटको केन्द्रमा संघीयताको विषय रहेको छ। संसद्लाई सम्बोधन गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानले देश जोड्नुपर्छ भने। मोदीको यस भनाइलाई नेपाली नेताहरुले दुई फरक तरिकाले बुझे। दुवै खुसी भए। एकथरीले बुझे, संविधानले देश जोड्नुपर्ने हुनाले देशलाई विखण्डन गर्ने संघीयतालाई सांकेतिकरूपमा मात्र लागु गर्नुपर्छ। अर्काथरीले बुझे, संघीयताले मात्र फरक पहिचान र क्षेत्रलाई एकआपसमा जोडेर राख्न सक्छ, जसरी सौर्य मण्डलमा सूर्य र ग्रह मिलेर बसेका हुन्छन्। त्यसैले संविधानमा असली संघीयताको प्रावधान राख्नुपर्छ।
नेपाली कांग्रेस र एमालेे अन्तर्मनले संघीयता चाहिन्छ भनेर मान्न तयार छैनन्। यी पार्टीहरुले मधेस आन्दोलनको उत्कर्षमा संघीयता स्वीकार गरेको र त्यस सम्झौताबाट फर्किन सम्भव नभएका कारण मात्र संघीयता भन्ने शब्दलाई आफ्नो राजनीतिक 'डिस्कोर्स'मा ठाउँ दिएका हुन्। विसं २०४६ सालको आन्दोलनपछि विकेन्द्रीकरणको एजेन्डालाई दलका शीर्ष नेताले रुचाएका थिएनन्। अहिलेका वरिष्ठ नेताहरु नै त्यतिखेर विकेन्द्रीकरणको घोर विरोधी थिए र वर्षौंको संघर्षपछि बल्लतल्ल स्थानीय स्वायत्त शासनको अवधारणाले नेपाली राजनीतिमा ठाउँ पायो। आज नेपालमा संघीयताको एजेन्डाले त प्रवेश पाएको छ तर संघीयता किन चाहिन्छ भन्ने प्रश्नमा न मतैक्य छ, न सहमति नै। संघीयताले देशलाई जोड्छ कि देशलाई तोड्छ भन्ने विषयमा समेत गम्भीर मतभेद छ। संघीयता किन चाहिन्छ भन्ने प्रश्नमा सहमति नभई संघीयताको मोडेलमा सहमति सिर्जना गर्न निकै कठिन हुनेछ। आजको एउटा प्रमुख समस्या एउटाले अर्कोलाई कसरी सम्झाउने भन्ने नै हो।
आज नेपाली राजनीतिको यो विवाद सुल्झाउन भारत, चीन वा अन्य देशको क्षमतामा ठूलो ह्रास आएको छ। मोदी वा भारतले पहाडीलाई खुसी पार्न चाहनुको अर्थ मधेसीलाई बेवास्ता गर्नु हैन। यसको अर्थ मोदीको नीति कांग्रेस र एमालेको नीतिलाई नै समर्थन गर्नु पनि हैन। त्यसैले भारतले अहिले नेपालको आन्तरिक राजनीतिलाई निर्देश गर्न सक्दैन। मोदी सरकारले स्थायित्व र विकासका लागि आग्रह गर्न सक्छ तर स्थायित्वका लागि राज्यको सुरक्षा संयन्त्रको प्रयोग गरेर विरोधको आवाजलाई दमन गर्न प्रोत्साहित गर्न सत्तै्कन। यसका विभिन्न कारण छन्, जसमध्ये माओवादीलाई खुसी राख्नुपर्ने बाध्यता पनि एउटा हो। संविधान सभाभित्र र बाहिर रहेका आन्दोलनकारी शक्तिले संविधानका अन्तर्वस्तुको अपनत्व लिएनन् भने देशमा नयाँ खालको संकट सिर्जना हुन्छ। दीर्घकालीनरूपमा मोहन वैद्य समूहले जलस्रोत क्षेत्रमा मात्र हैन, व्यापार र निजी क्षेत्रमा पनि आफ्ना युनियन र जनसंगठनमार्फत हस्तक्षेप गर्नसक्ने हैसियत राख्छ। कर्णाली क्षेत्रमा त भारतीय लगानीको विरोधमा संगठित आन्दोलनले थप गति लिइरहेको छ।
संविधान बन्दैमा नेपालमा राजनीतिक स्थिरता आउँछ र आर्थिक विकासका काम सहजै अगाडि बढ्छन् भनेर मान्नु गलत हो। यसका लागि जनसमुदायमा नै एउटा नयाँ खालको सार्वजनिक दर्शन र सहमतिको खाँचो छ। वैद्य समूह नयाँ संविधान स्वीकार्न तयार भएन र सत्ताधारी दलहरुले सुशासनमार्फत जनताको मन जित्न सकेनन् भने नेपालमा द्वन्द्वको सम्भावना बढ्दै जानेछ। त्यसैले डा. बाबुराम भट्टाराईले संविधान सभाबाहिर रहेका शक्तिहरूसँग वार्ता र राजनीतिक सम्मेलन गर्ने जुन संकेत दिएका छन्, त्यो सही दिशामा अघि बढेको छ। रणनीतिक हिसावले छिमेकी राष्ट्रहरुले एनेकपा (माओवादी)ले वैद्य माओवादीलाई पनि साथमा लिएर अगाडि बढ्न सकोस् भन्ने चाहना राख्नु स्वाभाविक हो। विश्वव्यापीरूपमै एउटा रोचक अनुभव के छ भने शान्ति सम्झौता भएको एक दशक पुग्ने अवस्थासम्म प्रायःजसो मुलुकमा संघर्षरत पक्षहरु खालि शक्तिकै वरिपरि घुमिरहेका हुन्छन् र नागरिकका अधिकार, स्वतन्त्रता र उत्तरदायी सरकार दिने सवालमा निकै पछि परेका हुन्छन्।
अझ भन्ने हो भने शान्ति सम्झौता एक दशक पुगेको अवस्थामा धेरै राज्यहरु शान्तिलाई सुरक्षाकरण गर्न खोज्छन्। अर्थात् शान्ति, न्याय, स्वतन्त्रता र पहिचानको सम्मानमार्फत शान्ति कायम राख्नु सट्टा राज्य अनुदार हुँदै जान्छ अनि विपक्षी शक्तिहरुलाई दमन गर्न थाल्छ। नेपाल पनि त्यही नियन्त्रणको बाटोमा हिँड्न थालेको त हैन भन्ने प्रश्न अहिले टड्कारोरूपमा उठेको छ। संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)ले हालै सार्वजनिक गरेको २०१४ को रिपोर्टले पनि प्रष्ट देखाएको छ, नेपालमा कसरी मानव विकासका असमानताहरु क्षेत्रीय, जातीय र जातका आधारमा अवस्थित छन्। यी असमानता घट्दै छन् तर संघीयताले पहिचानको प्रश्नसँगै यी असमानताका प्रश्नलाई पनि राजनीतिकरूपमा समाधान गर्नु जरुरी देखिन्छ।
संविधान लेख्नु आफैँमा ठूलो कुरा हैन, ठूलो कुरा सबैले संविधानको स्वामित्व लिन्छन् कि लिँदैनन् भन्ने हो। स्वामित्वका लागि सहमतिको संविधान आवश्यक छ र यो सहमति सिर्जना गर्ने प्रमुख निकाय संवाद समिति हो। डा. बाबुराम भट्टराईले भनेझैँ संवाद समितिले सहमति सिर्जना गर्न सकेन भने संविधान सभामा पुगेपछि सहमति सिर्जना गर्न झनै असम्भव हुनेछ। संवाद समितिले सहमति सिर्जना गर्ने र त्यस सहमतिमा संविधान सभाबाहिर रहेका समुदाय र दलहरुको अपनत्व लिने एउटा उपाय हो। साथसाथै संविधान निर्माणबारे संविधान सभा बाहिर पनि व्यापक छलफल हुनु जरुरी छ। त्यसैले संविधान सभाबाहिरका दलहरुको अपनत्व लिनका लागि संविधानको मस्यौदा सार्वजनिक गर्नुअघि अनौपचारिक गोलमेच गराउने र नेकपा–माओवादीलाई कुनै न कुनै रूपमा सहभागी गराउने काम हुनुपर्छ। यसका लागि राजनीतिक दलहरुमात्र हैन, आमजनता पनि जागरुक हुन जरुरी छ।