भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपाली जनमानसमा धेरै ठूलो उत्सुकता थियो। नहोस् पनि किन तीनतिर सीमा जोडिएको छिमेकी भए पनि भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा नआएकोे १७ वर्ष बितिसकेको रहेछ। मोदी प्रधानमन्त्री हुनासाथ पहिले त दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकका सरकार प्रमुखलाई आफ्नो शपथग्रहण कार्यक्रममा निम्त्याए। मोदी पहिले भुटान गए अनि त्यसपछि नेपाल आए।
नेपालको हिजोसम्मको राजनीतिक पुस्ता भारतले उपेक्षा गर्नसक्ने प्रकृतिको थिएन। अहिले भने विभिन्न राजनीतिक दलका नेताको भारतीय नेतासँग भेटघाट भए पनि त्यसले राजनीतिक तहमा खासै प्रभाव पार्न सकेन छैन। नेपाल भारतको आपसी सम्बन्ध भारतीय सुरक्षा कर्मचारीकै वरपर घुमिरह्यो। यसले नेपालमा भारतप्रति ठूलो सन्देह जन्माएको छ। भारतजस्तो छिमेकी मुलुकमा समेत वर्षदिनभन्दा बढी समयदेखि राजदूत नियुक्त नहुनु कतै भारतसितको कूटनीतिक सम्बन्धप्रति नेपालले देखाएको उदासीनता त होइन? भन्ने सन्देह हुनु पनि स्वभाविकै देखिन्छ। यसले पनि पारस्परिक सम्बन्धलाई राजनीतिक स्तरबाट नहेरी भारत सुरक्षाकर्मीको हातमा नेपाल मामिला छाडेजस्तै नेपालले कर्मचारीतन्त्रलाई जिम्मेवारी छोडेेजस्तो देखिन्छ। नेपाली जनमानसमा पनि यस शंकाले ठूलो घर बनाएको छ।
यो अकारण भएको पनि होइन। आजसम्म आधिकारिक व्यक्तिहरूले लेखेका पुस्तक पढ्दा पनि यस्तै सन्देह उब्जन्छ। भारतका ‰यालखानामा रहेेका कैदीलाई छुटाएर व्यक्ति विशेष मार्ने योजनामा पठाइएका धेरै घटना छन्। भारत र पाकिस्तानबीच विवादमा अहिले पनि पाकिस्तानका हितमा काम गर्नेको यहाँ अभाव पनि छैन। तर, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको व्यवस्थापिका संसद्मा भाषण गर्दा पटकपटक नेपालको सार्वभौमिकताप्रति सम्मान प्रकट गरे। गौतम बुद्धको जन्मस्थलको आधिकारिकता पुष्टि गर्दै बुद्धको जन्मस्थल लुम्बिनी नै हो भने। पशुपतिमा श्रद्धापूर्वक पूजाअर्चनालगायत सबै क्रियाकलाप उनको सद्भावका द्योतक हुन्।
प्रधानमन्त्री मोदीले आफ्नै अग्रसरतामा नेपाललाई झन्डै एक खर्ब रुपैयाँको ऋण सहयोगको घोषणा गर्नु पनि उल्लेखनीय विषय हो। हुनत, धेरै भारतीय नेता आए र यस्तै सुन्दर भाषण गरेर फर्किए। विकास आयोजना परियोजनामा भने तिनले खासै रुचि लिएरै तदारुकताका साथ काम गरेको देखिएको थिएन। झन्डै २० वर्ष नाघिसक्दा पनि केही ठूला परियोजनामा भारतीय पक्षले अपेक्षित रुचि देखाएन। पञ्चेश्वर यसको टड्कारो उदाहरण हो। नेताहरु आउने वाचा गरेर जाने तर त्यसलाई अनुगमन गर्न खासै रुचि नदेखाउने भारतीय पक्षको कमजोरी रह्यो। अर्कातिर, लैनचौरस्थित राजदूतावासबाटै पैसा बाँडिने र हरेक साना ठूला आयोजनामा भारतका साना कर्मचारीदेखि लिएर राजदूतसम्म शिलान्यास र उद्घाटन गर्दै हिड्ने गर्दा पनि अविश्वास र शंका बढेको हो। मोदी फर्केको केही दिनमै नै दुई चारवटा कुराको आपूर्ति हुन थालिसकेको छ।
भारतीय विदेशमन्त्री सुषमा स्वराजकै भ्रमणमा हुनुपर्ने भनिएको ऊर्जा व्यापार सम्झौता (पीटीए) र ऊर्जा विकास सम्झौता (पीडीए)सम्बन्धी भारतीय प्रस्ताव नेपाली पक्षबाट स्वीकृत हुन सकेन। प्रधानमन्त्री मोदीको भ्रमणमा हुने अपेक्षा गरिएकोमा उक्त प्रस्तावमा नेपाली धारणाको पूर्ण अध्ययन भइनसकेको भन्दै भारतीय पक्षले पर सार्यो्। अहिले नेपाली प्रस्तावलाई भारतले स्वागत गरेको भन्ने सुनिएको छ। यस्तै उपहारस्वरूप भारतले रक्सौलदेखि अमलेखगंजसम्मको तेल पाइप लाइन निर्माण गरिदिने प्रस्तावस्वागतयोग्य छ। तर, अपर कर्णालीमा भने फेरि पनि नेपालका विपक्षीले झमेला खडा गर्दैनन् भन्न सकिने अवस्था छैन। एक वर्षभित्र पंचेश्वरको काम सुरु गर्ने भन्ने प्रस्तावमा पनि मोदी सकारात्मक नै देखिन्छन्। त्यसैगरी अरुण तेस्रो नेपालको छिटो पूरा गर्न सकिनेमध्येको आयोजना हो। त्यसमा पनि अन्य विदेशी लगानीलगायतका विषयमा भारतीय पक्ष सकारात्मकै देखिएको छ। नेपालबाट फर्किएपछि मोदीले काम गरे कि गरेनन् भनेर हेर्न यस्ता धेरै उदाहरण छन्। नेपालमा आयोजना हुने आगामी सार्क शिखर बैठकका बेला आउँदा अझ विस्तृतरूपमा नेपाललाई अध्ययन गर्ने र त्यसैअनुरूप आयोजनाको चयन तथा तत्काल हुनसक्ने काम सुरु पनि गर्ने उनको प्रतिबद्धता कार्यान्वयन हुने समय आउन बाँकी नै छ। नेपाललाई नरम ऋण भनेर दिइएको रकम हामी कसरी खर्च गर्छौँ भन्नेको पनि त्यसै बेला लेखाजोखा होला। नियमित भारतीय सहयोग यथावत रहिरहने पनि उनको वचनबद्धताभित्र परेको छ। आफ्नो काममा अलमल नगर्ने मोदीबाट व्यक्त प्रतिबद्धता पूरा हुने आशा नेपाली जनमानसमा थोरै भने पनि पलाएको छ।
अन्तरिम संविधानमा लेखिएका केही विषयप्रति उनको नजानिदो असन्तोष देखिएको चर्चा राजनीतिक वृत्त चलेको छ। मधेस केन्द्रित दलहरूसँगको संयुक्त बैठकमा मोदीले नेपालको अहिलेको आवश्यकता समावेशी लोकतन्त्र हो, तपाईंहरुको निर्णय पहिचानसहितको संघीयताको खोजी हो भने म त्यसमा धेरै मद्दत गर्न सक्दिन भने। हरेक निर्वाचनका बेलामा सबैजसो राज्यभित्र अर्को राज्यको माग हामीकहाँ भइराखेको छ। भारतको अनुभव हेर्दा नेपालमा पनि यो रोग भित्रिन सक्ने देखिन्छ भन्ने उनको संकेत सहजै बु‰न सकिन्छ। मोदीले नेपालमा अरु धेरै ठूलो राजनीतिक समस्या सायद देखेनन् र त्यसैले खासै चर्चा पनि गरेनन्। नेपालको संविधानलाई अर्को मुलुक प्रधानमन्त्रीले जसरी सम्मानका साथ लिनुपर्ने थियो उनले पनि त्यसैगरी लिए। नेपाल सार्वभौम राष्ट्र हो। त्यसैले यसले कस्तो राजनीतिक व्यवस्था,े शासकीय पद्धति, निर्वाचन प्रणाली अंगीकार गर्छ भन्ने भारतको सरोकारको विषय होइन। नेपाल कुनै पनि मुलुकको दबाबमा नआओस् र सार्वभौम राष्ट्रले जसरी आफ्नो निर्णय स्वतन्त्ररूपमा गर्छ त्यसरी नै गरोस् भन्ने नै मोदीको मूल आशय देखियो। मोदीको भ्रमण उपलब्धिमूलक भयो भन्ने संकेत गर्ने अरु पनि धेरै पक्ष छन्। पूर्वाधार निर्माणका क्रममा नेपालमा 'हिट' अर्थात, राजमार्ग, सूचना प्रविधिमार्ग र विद्युत् प्रसारणको संजालभित्र कम्तीमा पनि दक्षिण एसियालाई ढाक्न सकिने गरी अगाडि बढ्नुपर्छ भन्ने उनको सोचमा खोट देखिँदैन। यस्तै नेपाल र भारतबीचमा विद्युत बाँडफाँटमा उदार दृष्टिकोणका साथ अगाडि बढौं भन्ने उनको सोच पनि गलत देखिँदैन। दक्षिण एसियाको मानचित्रमा सबैभन्दा ठूलो देखिने भारत र त्यसभित्रका एक अर्बभन्दा बढी जनता, तिनको उन्नतिका लागि अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन हिडेका मोदी यहाँ कसैको छिर्केले पल्टिनेजस्तो पनि देखिँदैन। एक महिनाभित्र नै उनले भारतमा ल्याएका योजना र नेपालसित गरेका वचनबद्धता कार्यान्वित हुँदैछन्। तर, उनैमाथि भर गरेर ढुक्क भई गृहकार्य नगरी बस्ने र जस्तो कागज आउँछ त्यसैमा सही गर्ने गल्ती आजका पुस्ताका नेपाली कर्मचारीले पनि पक्कै गर्दैनन् होला। यी पढेलेखेका छन्। विश्वव्यापी अनुभव यिनीलाई छ। कम्तीमा उनीहरूबाट नै किन नहोस् नेपालले अब गर्ने सन्धि, सम्झौता र समझदारी पंचेश्वरजस्तो फितलो, टनकपुरजस्तो हचुवा, अपर कर्णालीजस्तो दुवै पक्ष ढुक्क नहुन नसक्ने दोधारे अवस्था अब चाहिँ नआओस्। आर्थिक क्षेत्रमा मोदीले नेपाल र भारतलाई एक किसिमको कार्यक्रमले जोड्न खोजेकै हुन्। अब भोलिको नाफा नोक्सान यसले के गर्छ भन्ने हिसाबकिताब राजनीतिक वृत्तदेखि लिएर कर्मचारीतन्त्रले पनि बु‰नुपर्ने विषय हो। समझदारी वा सम्झौता गरिसकेपछि हामी यहाँ चुक्यौँ र उहाँ चुक्यौँ भन्नु उपयुक्त हुँदैन।
मोदी भ्रमणमा रहेकै बेला ४५ दिनभित्रै केही सम्झौतामा निर्णय गर्ने सहमति भएको थियो। यसैगरी नेपाललाई दिइने भनिएको प्रस्तावित एक खर्ब ऋण अनुदान पनि कहाँ र कसरी खर्च गर्ने भन्ने खाका तयार गर्न विलम्ब गर्नु हुँदैन। कमसेकम यो रकम सरकारले आर्थिक नीतिमा भनेजस्तै साना किसान तिनका लागि ऊर्जा, सानासाना उद्योग, हिमाली क्षेत्रमा वातावरणमैत्री हुनेगरी जडीबुटी संकलन र प्रशोधनका काममा, साना सिंचाइ, फलफूल र तरकारी खेती, पशुपालनआदिमा लगाउन सकियो भने थोरै समयमै नेपाल समृद्धिको बाटोतिर लाग्न सक्छ। यसमा विज्ञहरूले सोचेका अरु योजना पनि हुन सक्छन्। हामीमा पनि मोदीको जस्तै कामै गरेर देखाउने जाँगर, उत्साह र आत्मविश्वास आवश्यक छ।
आशा गरौँ, आउने समय नेपाल भारत दुवै देशका नयाँ पुस्ताका नेतालाई एक अर्काको निकट बनाउन सहयोगी होस्।