अलग शैली
‘क्वीन', ‘हाइ वे' र ‘रान्झना' जस्ता नयाँ हिन्दी चलचित्र चलिआएका भन्दा अलग धारमा बनेर पनि सफल छन्।भारतका मध्यमवर्गीय सामान्य परिवारबाट आएका भिन्नाभिन्नै तीन निर्देशकले बनाएका यी सिनेमा कथा, प्रविधि, पटकथा, अभिनय, लोकेसन, कलाकार चयन र वर्णनका हिसाबले पर्याप्त तर्कपूर्ण लाग्छन्। इम्तियाज अलिको ‘हाइ वे' सामान्य प्रवृत्तिभन्दा फरक अपवादको कथाजस्तो लाग्छ। तर, यथार्थ अर्कै छ। आलिया भट्ट ‘नायक' रहेको यो सिनेमा पर्याप्त आनन्ददायी र उत्तेजना दिनेखालको छ। बिहे हुनै लागेकी एउटी युवती आफ्नै प्रेमी युवकको बगलबाट अपहरित हुन्छे। ऊ बिस्तारै त्यही क्रूर अपराधीलाई प्रेम गर्न थाल्छे जसले उसलाई अपहरण गरेको थियो। ऊ त्यसका लागि खाना बनाउने, उसकै झुप्रोमा बसेर खुसीसाथ जीवन बिताउने र उसका बच्चाहरू पाइदिने वाचा गर्छे। जीवनको जटिलताहरूले क्रूर अपराधी हुन बाध्य त्यस युवकलाई युवतीको प्रेमले आफ्नै मायालु आमाको सम्झना दिलाउँछ। तर, ऊ मारिन्छ। यसरी एकसरो हेर्दा यो कथा पूरै भुइँफुट्टा लाग्छ। तर, कथाको पोयो फुक्दै जाँदा यसमा पर्याप्त तर्क भेटिन्छ। यस्तो एउटा मोड आउँछ जहाँ बुर्जुवा समाजका सारा पाखण्ड, संवेदनहीनता र खोक्रोपनको पर्दा च्यातिन्छ। वीरा त्रिपाठी नामकी यो युवती १३ वर्षको उमेरदेखि आफ्नै घरमा आफ्नै काकाद्वारा निरन्तर बलात्कृत थिई। ऊ पीडाले चिच्याउँथी, रुन्थी, प्रतिवाद गर्थी। यो कुरा उसले आफ्नी आमालाई पनि भनी। उच्च घरानाकी उसकी आमा भन्छे– चूप। इज्जतदार समाज भन्छ– चूप। उच्च वर्गको हुनेवाला उसको दुलाहा पनि ऐनमौकामा अत्यन्त कायर, क्रूर र पाखण्डी छ। अपहरणकारीबाट बचाउन उसलेे गुहार माग्दा सहयोग गर्नु वा सान्त्वना दिनुको साटो उल्टै त्यसले क्रूरतापूर्वक हकारेको थियो। यस्तो खोक्रो इज्जत बचाइराख्ने समाजको तुलनामा पाखण्डरहित त्यही क्रूर अपराधी धेरै गुणा असल थियो जसलाई कम्तीमा ऊ प्रेमले बदल्न सक्थी। बुर्जुवा समाजको क्रूरता, पाखण्ड, संवेदनहीनता र खोक्रोपनको धज्जी उडाउने विश्वस्तरका सिनेमा प्रशस्त छन्। फेडेरिको फेलिनीको ‘दा डोल्सभिटा', जँ रेनुआको ‘रुल्स अफ द गेम', गोदार्डको ‘द विकेन्ड', साम मेन्डेसको ‘अमेरिकन ब्युटी' जस्ता सिनेमाले हामीलाई भित्रैदेखि रन्थन्याउँछन्।
विक्रम बाहिलको ‘क्वीन' ले धोका पाएका, निराश नारीभित्र आत्मविश्वासमात्र जगाउँदैन, नारी स्वाधीनताको एउटा मार्ग पनि खुला गर्छ। तर, यसलाई धेरै अर्थमा सन् १९८२ मा बनेको महेश भट्टको बहुचर्चित सिनेमा ‘अर्थ' को पुनर्निर्माण भन्न सकिन्छ। ‘अर्थ' ले शबाना आजमीलाई उत्कृष्ट अभिनेत्रीको भारतीय राष्ट्रिय पुरस्कार दिलाएको थियो। ‘अर्थ' मा अर्कै युवतीसित सल्केको पतिबाट धोका पाएकी पूजा मलहोत्राको कथा छ। त्यहीँबाट उसको स्वाधीनताको संघर्ष सुरु हुन्छ। ‘क्वीन' मा भने अघिल्ला दिनमात्र केटातर्फबाट बिहे रद्द गरिएकी एक अबोध युवतीको आत्मसंघर्षको कथा छ। बिहे नभए पनि ऊ एक्लै मधुमास मनाउन पेरिस र आम्सटर्डम पुग्छे। जब फर्कन्छे, उसमा आफूलाई धोका दिने त्यही युवकको पुनः विवाहको प्रस्ताव नकार्ने आत्मविश्वास जागिसकेको हुन्छ।
यता ‘रान्झना' मा भने तल्लो वर्गको युवकले माथिल्लो वर्गकी सुन्दर युवतीलाई गर्ने एकतर्फी उत्सर्ग प्रेमको हृदयविदारक कथा छ। त्यसलाई निर्देशक आनन्द एल राईले कुशलतापूर्वक प्रस्तुत गरेका छन्। उच्च वर्गका सुन्दर युवतीहरू कुनै समय आफैँले प्रेम गरेको तल्लो वर्गको युवकलाई निमित्त नायक बनाएर सजिलै बिर्सिदिन्छन्। सम्बन्ध बढाए पनि प्रेमको बहानाबाजीमात्र गर्छन्। सिनेमामा त्यो प्रसंग अत्यन्त मार्मिक छ जब प्रेमी आफ्नै पूर्वप्रेमिकाले अर्को राजनीतिक दलसँग मिलेर बिच्छाएको षड्यन्त्रको जालमा परेर मारिन्छ। आफूविरुद्ध षड्यन्त्र भइरहेको उसलाई थाहा थियो। तर, प्राप्त नहुने प्रेमका लागि ऊ आत्मबलिदान गर्न सजिलै तयार हुन्छ। संसारका थुप्रै गरिब प्रेमीहरू प्राप्त नहुने उच्च वर्गका युवतीको प्रेममा यसैगरी आत्मबलिदान गरिरहेका छन्।
सिनेमाको प्राण कथा हो। पटकथाले त्यसलाई सिनेमाको स्वरूपमा ढाल्छ। अर्को शब्दमा यसलाई कथाको नाट्यकरण भन्दा हुन्छ। यसलाई निर्देशकले कुशल तरिकाले प्रस्तुत गर्न सके राम्रो सिनेमा तयार हुन्छ। अभिनय, कलाकार चयन र प्रविधि सबै निर्देशनकै मातहत हुन्छन्। संसारकै मूलधारका अधिकांश सिनेमा बहसयोग्य नै हुँदैनन्। पछिल्लो समयका अधिकांश नेपाली सिनेमामाथि त चर्चा गर्ने बिन्दु नै भेटिन्न। तर उल्लेख्य नेपाली सिनेमामा नवीन सुब्बाको ‘नुमाफुङ' र नीर शाहको ‘वासुदेव' को नाम लिने गरिएको छ। ‘नुमाफुङ' नौलो प्रस्तुति र स्थानिक यथार्थ प्रकट गर्ने राम्रो सिनेमा थियो। लिम्बु समाजको वास्तविक संस्कृति र धरातलमा उभिएको यो सिनेमा स्वाधीन नारीत्वको पर्याप्त बहस निम्त्याउनेखालको थियो। तर, मिडियाकर्मीबीच पर्याप्त प्रशंसाबाहेक नेपाली नारी समाजमा यसमाथि बहस भएको देखिएन। यसो हुनुमा यो कुनै समयका अत्यन्त सफल नेपाली सिनेमा ‘जीवन रेखा', ‘कान्छी', ‘कुसुमे रुमाल', ‘सिन्दुर', ‘सन्तान' जस्तो सर्वसाधारणसम्म पुग्न नसक्नु पनि हो। बरु ध्रुवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक' माथि बनेको ‘वासुदेव'ले बौद्धिक वर्गका दर्शकको पर्याप्त प्रशंसा पायो। यसले पुँजीवादी युगमा प्रवेश गर्दै गरेको नेपाली समाजमा संवेदनाको हरिबिजोग देखाएको थियो। बुनोटका हिसाबले भने व्यावसायिक सूत्रहरू मिसाइएको यो मध्यमखालको समानान्तर सिनेमा थियो।
छिरिङ रितार शेर्पाको मुखुण्डो, कर्मा, तुलसी घिमिरेको दक्षिणा, प्रताप सुब्बाको बाँच्न चाहनेहरू अन्य उल्लेख्य नेपाली चलचित्र हुन्। कर्मामा एउटी बौद्ध भिक्षु युवतीको आत्मरूपान्तरण र दक्षिणामा आदर्श शिक्षकको बलिदानको मार्मिक कथा छ। शेर्पाको चलचित्र त सर्वसाधारणसम्म पुग्दै पुगेनन्। घिमिरेकै ‘दक्षिणा' पनि उनकै ‘चिनो', कुसुमे रुमाल, दुई थोपा आँसु, दर्पण छायाँजस्तो व्यावसायिकरूपले सफल भएनन्। पछिल्लो समय नेपाली सञ्चारमा ‘लुट' र ‘छ एकान छ' को अत्यधिक चर्चा भयो र त्यसैअनुसार सफल पनि भए। ‘झोला' र ‘कबड्डी' प्रशंसित भए। ‘झोला' ओस्कार पुरस्कारका लागि हलिउड जाँदैछ। यसमा प्रमुख भूमिकाका लागि गरिमा पन्तले सार्क फिल्म उत्सवमा उत्कृष्ट अभिनेत्रीको पुरस्कारसमेत पाएकी छन्। तैपनि, यी एकाध चलचित्र नेपाली चलचित्रको मुख्य प्रवृत्ति होइनन्। मुख्य प्रवृत्ति त तिनै चलचित्र हुन् जसका निरस सूत्र कथा नायक, नायिका, खलनायक, चरित्र भूमिकाहरू वरिपरि घुम्छन्। संघर्षका नाममा तिनमा निरपेक्ष हिंसा र अभिनयका नाममा अति नाटकीयताबाहेक केही हुँदैन। प्रकाश थापाको चलचित्र सिन्दुर, जीवनरेखा, सन्तान, कन्यादान वा बीएस थापाको मनको बाँध, कान्छीमा बहस गर्न लायक कुरा केही थिएनन्। तैपनि तिनमा दर्शकलाई बाँधिराख्ने एक खालको आकर्षण थियो।
अन्त्यमा
कहिलेकाहीँ मान्छेका स–साना चोखा भावनाको मूल्य जीवनभन्दा माथि हुन्छ। चिनियाँ निर्देशक झाङ यिमुको ‘द फ्लावर्स अफ वार' मा डाउ नामकी बेश्या युद्धमा घाइते किशोर पु शेङलाई विशेष हेरचाह गर्छे। आफ्नै भाइको जस्तो अनुहार भएको त्यस केटोलाई ऊ प्रेम गर्छे र चारतारे बजाएर सुनाउँछे।
‘तिमीलाई मन पर्योस?'
‘मन पर्योम। धन्यवाद।'
‘धन्यवाद नभन। बरु मसँग बिहे गर। म पनि तिमीसँग खेतमा मेहनत गरेर काम गर्छु।'
‘हाम्रो खेतै छैन।'
‘त्यसो भए म पिपा बजाउँछु,। त्यो पैसाले हामी तिम्री आमालाई राम्ररी पालौँला।'
‘मेरी आमा छैनन्। मेरा कोही छैनन्। जापानीले सबै जनालाई मारिदिए।'
आखिर त्यो किशोर मर्छ। पु जिउँदो हुँदा डाउले चारतारे राम्ररी बजाएर सुनाउन पाइनँ। त्यसका तीन तार चुँडिएका थिए। गाड्नुअघि भए पनि मृत पुलाई ऊ एकपल्ट सुनाउन चाहन्छे।
संवेदनाका यस्ता स–साना प्रसंगले पनि चलचित्रलाई सुरुचिकर बनाइदिन्छन्। हाम्रा चलचित्रकर्मीको ध्यान केमा छ?