‘तपार्इँले भनेको कुरामा हामी सहमत त छौँ तर तपाँईको देशमा संविधान छैन। पहिला संविधान बनाउनुस्। त्यसपछि हामी लगानी गरौंला।' विदेशी लगानीकर्ता प्रशस्तै आउँछन्। धेरै चरणमा वार्ता पनि हुन्छ तर सबै वार्ता माथिको जस्तै भनाइमा टुंगिन्छन्।नेपालमा लगानी गर्न चाहने विदेशीसँग बाक्लै वार्तामा बसिरहने इन्जिनियर, लेखक तथा विद्वान् मित्र जुगल भुर्तेलले उपर्युक्त भनाइ राख्दा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले पनि आफू प्रधानमंत्री हुँदा दुरुस्त यस्तै यही समस्या भोगेको बताए। गत साता बाबुराम भट्टराईद्वारा सिंहदरबार परिसरभित्र आयोजित केही लेखक/स्तम्भकारसँगको छलफल कार्यक्रममा माथिको प्रसंग उठेको थियो। संयोगवश, संविधान बन्दै गरेको मुलुकका एक जना जिम्मेवार नेताले ‘नयाँ संविधान नबने कुनै आकाश नखस्ने' अभिव्यक्ति दिएकै दिन भावि संविधानबारे हामी बाबुराम भट्टराईलाई सुझाव दिँदंथियौँ। कदाचित् यसपटक संविधान बन्यो भने नयाँ संविधानको ‘अपनत्व'मा एक दर्जन जति लेखक पनि थपिने भएका छौँ।
संविधानमात्र होइन, मुलुकै नभए पनि भौतिक अस्तित्वमा नभएको आकाश त खस्दैन तर अस्तित्वमा रहेको मुलुकको अभिमान भने खस्दो रहेछ। मुलुकको अभिमान खसेपछि मुलुक रहे पनि त्यो भग्नावशेषमात्र हुँदोरहेछ। विश्वमा अभिमान खसेका कैयौँ गरिब मुलुकका जनताको दिन कसरी बितेको छ भन्ने हेर्न र बुझ्न चाहनेले कुनै अतिरिक्त समय खर्च गर्नु पर्दैन। शौचको समयमा मोबाइलबाट ‘गुगल सर्च' गरे पुग्छ। राष्ट्रको अभिमानभन्दा नीजि अभिमानलाई केन्द्रमा राख्ने अदूरदर्शी राजनीतिक नेतृत्वले जतिसुकै ऐतिहासिक अवसर प्राप्त गरे पनि मुलुकलाई सही दिशा प्रदान गर्न नसक्दो रहेछ। आन्दोलनबाट प्राप्त ऐतिहासिक अवसरको यात्रामा निस्किएको आठ वर्षसम्म पनि राजनीतिक गतिरोधलाई अन्त्य गर्न नसकेको दोष ठूला दलका ठूला नेताबाहेक चाहेर पनि अरूलाई दिनसकिने ठाँउ छैन।
किन भएन संक्रमणकालको अन्त्य? किन पाएन राजनीतिक गतिरोधले निकास? किन बनेन नयाँ संविधान? प्रश्नहरुको सूची लामै हुन सक्छ। तर राजनीतिक नेतृत्वले जनतालाई उत्तर भने माथिका प्रश्नको क्रमलाई तलमाथि पारेरमात्र दिँदैआएको छ। अर्थात् संक्रमणकाल रहिरह््यो किनभने संविधान बनेन। संविधान बनेन किनभने राजनीतिक गतिरोध हटेन। राजनीतिक गतिरोध हटेन त्यसैले संक्रमणकालको अन्त्य भएन। यो गोलाकार प्रश्नोत्तर सुन्दै र भोग्दै अझै कति लामो यात्रा गर्ने? गन्तव्यविहीन यात्रा ज्यादै कष्टकर हुन्छ। अब जति सक्यो चाँडो मुलुकको गत्यावरोधलाई अन्त्य गर्नुपर्छ। र, त्यसका लागि राजनीतिक दलहरूले वर्तमान राजनीतिक शक्ति सन्तुलनलाई आफ्नो दलको निजी मुद्दातर्फ तन्काएर खल्बलाउने कर्म तुरुन्त बन्द गर्नुपर्छ। राजनीतिक गत्यावरोध अन्त्य गर्न निर्धारित समयमा संविधान जारी गर्नेबाहेक अहिलेलाई अर्को उपाय छैन।
राजनीतिशास्त्रमा राज्यको गतिरोधलाई प्राय आर्थिक गतिरोधसँग बढी जोड्ने चलन छ। तर आर्थिक गतिरोधको मूल कारण पनि राजनीतिक गतिरोधसँगै जोडिएको हुन्छ। त्यसैले अर्थशास्त्रलाई राजनीतिक–अर्थशास्त्रका रूपमा व्याख्या गरेर कार्ल मार्क्सले राजनीति र अर्थशास्त्रको अभिभाज्य सम्बन्धको गहन विश्लेषण गरेका छन्। नेपालको पछौटेपन, गरिबी र विकासको गत्यारोधको मूल कारण पनि सदैव राजनीति रहँदै आएको छ। विसं २००७, २०४६ र २०६३ सालको परिवर्तनको मर्मलाई संस्थागत गर्न नसकेको राजनीतिक कारणले नै आर्थिक गतिरोध उत्पन्न गरेको हो। जति जति राजनीतिक गतिरोध गहिरिँदै जान्छ आर्थिक उन्नतिका अवसर पनि गुम्दै जान्छन्। किनभने राजनीतिले नबाँधेको स्वतन्त्र आर्थिक समृद्धि संसारमा कहीँ पनि छैन। जनताको परिवर्तित चेतनालाई बुझ्न नसकेपछि त्यसको राजनीतिक व्यवस्थापन गर्न सकिँदैन। जनताको राजनीतिक चेतनाको व्यवस्थापन गर्न नसकेपछि आर्थिक व्यवस्थापनको वातावरण कहिले पनि बनाउन सकिँदैन। यो सरल तथ्यलाई नबुझ्ने अबुझले जहिले पनि राजनीतिले छाडा छोडेको आर्थिक समृद्धिको कुरा गर्छ जो व्यवहारमा कहिल्यै लागु गर्न सकिन्न।
मुलुकमा दशक लामो विद्रोह कुनै राजनीतिक दलको लहडलेमात्र उत्पन्न भएको होइन। सामन्ती राज्य व्यवस्थाबाट मुक्ति चाहने जनताले २०४६ सालको परिवर्तनपछि सीमान्तकृत वर्ग, जात र क्षेत्रलाई राज्यले विशेष प्राथमिकताको साथ समेट्ने आशा गरेका थिए। बढ्दै गएको श्रम शक्ति र रोजगारीको सीमित अवसरले गर्दा सामन्ती राज्य व्यवस्थालाई फाल्नैपर्ने भएको थियो। राजतन्त्रका ठाउँमा कुनै कांग्रेस वा एमालेको दुरुस्तै सामन्ती सत्ता स्थापित गरेर समस्याको समाधान गर्न सकिँदैनथ्यो। त्यस्तो राजनीतिक र आर्थिक परिस्थितिको लाभ उठाउन तम्तयार माओवादीले त्यसको नेतृत्वमात्र गरेको हो। अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)ले परिवर्तनको विषयलाई एमाओवादीका केही नेताको स्खलित चरित्रलाई देखाएर दुत्कार्नु त्यति नै आत्मघाती हुनेछ जति २०५२ सालमा भएको थियो।
सवाल कुन दलले के कुरा गर्दैछ भन्ने होइन। हाम्रो मुलुकको अवस्था र भयावह श्रम शक्तिको पलायनले के संकेत गर्दैछ भन्ने हो। दुर्भाग्य, कांग्रेस नेतृत्वको एउटा पुरातन हिस्साले अहिले पनि २०४६ सालको आँखाबाट नै मुलुकलाई हेरिरहेको छ। उसको नजरमा बितेका पच्चीस वर्षमा नेपाली जनतामा कुनै पनि परिवर्तन आएको छैन। विसं २०४८ सालमा जस्तै स्वेच्छाचारी र यथास्थितिवादी ढंगले सत्ता चलाउनुपर्छ र चलाउन सकिन्छ भन्ने कांग्रेसको मनःस्थितिमा कुनै परिवर्तन देखिँदैंन। अझ विडम्बना त केही माओवादी र मधेसीको भ्रष्ट नेतृत्व पंक्तिलाई मिलाएपछि जति भ्रष्ट शासन गरे पनि कुनै खतरा हुन्न भन्ने बुझाइमा कांग्रेस छ। हुन पनि मुख्य दलका माथिल्लो पंक्तिका नेताकाबीचमा आपसी नाफा बाँडफँाटको किचलोबाहेक जनताका एजेन्डाको कुनै पनि छलफल छैन। त्यसले पुरातन कांग्रेसीलाई अझ बढी अभिजातमुखी बन्न प्रेरणा दिइरहेको छ। कांग्रेसको पुरातन अभिजात वर्गीय बुझाई राजनीतिक गतिरोधको कारण बनिरहेको छ।
अर्कोतिर एमालेको द्वैध चरित्र कहिल्यै पनि निको नहुने ‘क्यान्सर' भएर फैलिरहेको छ। बन्द कोठाभित्र राजनीतिका मुख्य मुख्य कार्यसूचीमा कांग्रेससँग सहमति जनाई सकेपछि बाहिर आएर माओवादीजस्तो देखिनुपर्ने उसको नियतिमा कुनै फेरबदल देखिएको छैन। द्वैध चरित्र नै पार्टीको संस्कार बनिसकेपछि जुनसुकै व्यक्ति नेतृत्वमा आए पनि केही परिवर्तन हुने रहेनछ। एमालेको राजनीतिक चरित्रले यही तथ्यलाई प्रमाणित गर्दैछ। बाहिर नक्कली प्रगतिशील देखिन सहायक र गौण विषयमा चर्को आवाज गर्ने एमालेले मुख्य अग्रगामी एजेन्डामा भने कांग्रेसभन्दा पनि पश्चगामी अडान राख्छ। अझ हास्यास्पद त के छ भने मन्त्रिपरिषद्भित्र कांग्रेसभन्दा चर्को सत्तापक्ष देखिने एमाले बाहिर निस्कनेबित्तिकै एमाओवादीभन्दा पनि चर्को प्रतिपक्ष बनेर निस्कन्छ। आफैँ सत्तापक्ष र आफैँ प्रतिपक्ष भएपछि लिंग नछुट्टिएको आरोप लाग्दै आएको एमालेको लिंग कसरी छुट्टिन्छ त? एमालेको वास्तविक लिंग नछुट्टिनु हमेसा राजनीतिक गतिरोधको एउटा कारण रहँदैआएको छ।
प्रमुख प्रतिपक्षमा रहेको एमाओवादीको हालत अझ खराब छ। आन्तरिक द्वन्द्वले छियाछिया भएको एमाओवादीले ‘शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण अंग भएको हैसियतमा' भन्ने वाक्यांशको रटानबाट मात्र आफ्नो अस्तित्व धान्नुपर्ने बाध्यता छ। संविधान निर्माणको अघिल्लो प्रक्रियामा गरेका गल्तीको पासोमा अल्भि्कएर विघटनको संघारमा पुगेपछि मात्र उसले हिजो गरेका गल्ती महसुस गर्न थालेको छ। तर गल्ती महसुस गरेर मात्र हुँदैनसही के हो भन्ने पनि थाहा हुनुपर्छ। दुःखको कुरा एमाओवादीलाई सही के हो भन्ने नै थाहा छैन। कटवाल प्रकरण, सेना समायोजन, संघीयता, शासकीय स्वरुप, पार्टी विभाजनआदि जस्ता हरेक विषयमा हिजो गल्ती गरिएकै हो भन्नेमा एमाओवादी पुग्छ र थप गल्तीको शंृखला तयार पार्दै अगाडि हिँड्छ। अहिलेका गल्तीको मूल्यांकन गर्न भने उसलाई थप अर्को पाँच वर्षको समय लाग्छ। यसरी एमाओवादीका लागि आफ्नै अस्तित्व रक्षाको प्रश्न प्रधान बन्दै गइरहेको छ। मुलुकको अस्तित्वका बारेमा सोच्ने सबल दलीय अवस्था उसको छैन। माओवादीको एउटा घटक संविधानबाहिर बसेर भित्र बसेकालाई ललकारेको अवस्था त छँदैछ। माओवादीको विघटन र उसका गुटहरूको अन्तरविरोधी वयान राजनीतिक गतिरोधको कारणमात्र बन्दैआएको छ।
संघीय मुद्दाका नेपाली अभियन्ता भएको दाबी गर्ने मधेसी दलहरू संविधान सभाको दोस्रो निर्वाचनपछि छिन्नभिन्न भएका छन्। तैपनि ‘मुद्दा छिन्नभिन्न भएको हैन' भन्ने उनीहरूको दाबी अहिले पनि कायमै छ। यस दाबीमा सत्यता होस् वा नहोस्– मुलुक संघीयतामा गएको भने सत्य हो। मधेसी दलहरुको यसमा प्रमुख भूमिका पनि होला। तर त्यत्तिकै सत्य के हो भने मधेसका मुद्दा निर्धारण गर्ने मधेसको जनादेश अहिले पनि कांग्रेस, एमाले र एमाओवादीसँगै बढी छ। उल्लेखित दलहरूको सामूहिक मतका तुलनामा मधेस केन्द्रित क्षेत्रिय दलहरूको मत उल्लेख्य मात्रामा थोरै छ। त्यसकारण मधेसको मुद्दामा क्षेत्रीय स्वर कमजोर भएको छ। तर मधेसी दलका नेता अहिले पनि यो सत्य स्वीकार गर्ने पक्षमा देखिँदैनन्। त्यसले पनि राजनीतिक गतिरोधलाई नै बढाइदिएको छ।
सामन्तवादको तीव्र विघटनको विशेषता बोकेको मधेसी समाजले सामन्ती अभिजात वर्गीय नेतृत्वलाई नरुचाएको अवस्था पनि छ। त्यसो त यो समस्या मधेसी दलमामात्र होइन, अन्य दलमा पनि प्रशस्त छ। तर मधेसका तुलनामा अन्य दलमा चाहेर पनि सामन्तवाद लाद्न कठिन छ। मधेसी नेताका तुलनामा जनताको तात्कालिक समस्यासँग नजोडिएको संघीयताको मुद्दाबाहेक अरू मुद्दालाई प्रगतिशील नमान्ने मधेसी नेताको दृष्टिकोणले आधारभूत जनतामा उनीहरूलाई विश्वास गर्ने दरिलो वातावरण देखिँदैैन। अर्कोतिर एमाओवादी र मधेसी गठबन्धनले दुवै शक्तिलाई अवसरवादी शक्तिका रूपमा चिनारी प्रदान गर्नुबाहेक अरू फाइदा गरेको देखिन्न। बरु राजनीतिक गतिरोधलाई बढाउनमात्र यसले भूमिका खेलेको देखिन्छ।
यसरी मुलुकका प्रमुख राजनीतिक शक्तिहरूको दलीय अन्तरद्वन्द्व र निजी अडानले वर्तमान राजनीतिक गतिरोधलाई अन्त्य गर्न दिँदैनन्। हामीसँग भने भदौ २१ गतेभित्र नयाँ संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्नुपर्ने कार्य तालिका छ। समय घर्किँदैछ तर निर्धारित समयमा सहमति बन्ने लक्षण देखिदैँन। संविधान सभाबाहिर रहेको बैद्य माओवादीको माग सम्बवोधन गर्न राजनीतिक कोर्स भने ‘सर्वदलीय सभा'तर्फ अग्रसर हँुदैछ। यसले सहमतिको समयलाई अझ टाढा धकेल्दैछ। स्थानीय निकायको रित्तो संरचनामाथि उभिएको कमजोर लोकतन्त्रको ढाँचा जतिबेला ढल्नसक्ने अवस्था छ। तर लोकतन्त्रमाथि ह्वात्तै बढेको विदेशी प्रभाव र त्यसको प्रभुत्वको घनीभूत छाँयामा बाँचेको दलीय नेतृत्वको स्वभाव भने कहिल्यै पनि आफ्नो हातमा रहेको राजकीय शक्ति र विशेषाधिकार गुमाउने पक्षमा हुँदैन। उल्लेखित राजनीतिक गतिरोधलाई हटाउन वर्तमान राजनीतिक शक्ति सन्तुलनलाई धु्रवीकरण वा जनबलको माध्यमबाट परिवर्तन गर्नुपर्ने खाँचो देखिन्छ।