एकजना व्यक्ति साह्रै गरिब रहेछ। सम्पत्ति कमाउने इच्छा प्रबल भएपछि तपस्या गर्न थालेछ। उसको कठोर तपस्याबाट प्रभावित भई भगवान प्रकट भएछन् र त्यस गरिबलाई तीनवटा वर जे मागेपनिर् दिने वचन दिएछन्। भगवानको नाम लिएर जे पनि माग्ने अवसर पाएपछि ऊ खुसीसाथ घर फर्केछ।अब आफ्नो दिन फिर्ने आशाले त्यस गरिबले पत्नीसँग के के माग्ने भनेर सल्लाह गर्न थालेछ। पत्नीले पहिला गरगहना माग्ने भन्न थालिछ, ऊ चाहिँ वस्तुभाउ मागौँ भन्दो रहेछ। गहना लगाँउदा आफ्नो नाक रहने, इज्जत हुने भन्दै पहिले इज्जत हुने कुरा नै माग्नुपर्छ भन्दै पत्नीले कर गर्न थालिछ। पत्नीको रिसमा उत्तेजित भएर उसले भगवानसँग मागेछ – 'यसलाई नाकै नाक दिनोस भगवान!' उसले वर माग्नेबित्तिकै भगवानले उसकी पत्नीको शरीरैभर नाकैनाक उत्पन्न गरिदिएछन्। यो देखेर पत्नी बिलौना गर्न थालिछ। उसलाई पनि पत्नीको रूप देखेर साह्रै माया लागेछ र अन्तिम वरमा धन सम्पत्ति मागौँला नि त भन्ने सोचेर दोस्रो वरका रूपमा 'नाकजति सबै जाओस् भगवान' भनेर मागेछ। तुरुन्तै सबै नाक हराएएछन् तर सँगसँगै पतिपत्नी दुवैजनाको नाक पनि गएछ। अब नाकै नभई नकटो भएर कसरी बाँच्नु भन्ने दुवैलाई ठूलो पीर लाग्यो। अनि दुईजनाको नाकमात्र फिर्ता आओस् भनेर अन्तिम वर मागेछन्। अन्ततः उनीहरू पहिलेकै अवस्थामा आएछन् र भगवानको त्यत्रो महत्वपूर्ण वर तिनले त्यसै खेर फालेछन्।
नेपालका मुख्य राजनीतिक दलहरूले अहिले देखाइरहेको चरित्र र उक्त गरिबको कथामा खासै भिन्नता देखिँदैन। नेपालका राजनीतिक नेताहरू जेलनेल भोगेर र अनेक त्याग तपस्यापश्चात देशमा जनताको शासन ल्याउन त सफल हुन्छन् तर आफ्नै समस्याका कारण हरेकपल्ट लोकतन्त्र सिध्याउँछन्। अनि फेरि त्यही लोकतन्त्र प्राप्तिको संघर्षमा लाग्छन्। मानौं लोकतन्त्र अभिशप्त 'सिसिपसले बोकोको ढुंगा' हो।
ग्रीक सभ्यताको पौराणिक कथामा एउटा सिसिपस भन्ने पात्र भेटिन्छ जो साह्रै त्रू्कर, कपटी र धूर्त भएका कारण श्रापित हुन पुग्छ। उसलाई दिइएको श्रापअनुसार उसले सधैँ एउटा ठूलो ढुंगालाई बडो मुस्किलले उकालोतिर घचेट्दै डाँडाको टुप्पोमा पुर्यासउनुपर्छ र जुन ढुंगा डाँडामा पुर्या उनेबित्तिकै तलतिर गुड्छ। त्यहीँ ढुंगालाई धकेल्दै डाँडाको टुप्पोमा पुर्याउइरहनु नै उसको नियति बन्न पुग्छ।
नेपालका बिचरा सिसिपसियन राजनीतिक दल, मुख्यतः नेपाली कांग्रेस र नेकपा (एमाले) पनि यस्तै अभिशप्त देखिन्छन्। विक्रम सम्वत् २००७ सालमा एक शताब्दीदेखि राणा शासकको पिंजडामा रहेका जनतालाई उद्धार त गरे अर्थात् ढुंगालाई डाँडामा त उकाले तर दाजुभाइको झगडा, शक्तिको उन्मादले तिनले ढुंगोलाई माथि अडाउनै सकेनन्। सत्र सालमा ढुंगो ओरालो लागिहाल्यो। त्यसपछि २०३६ सालमा उँभो पुगेको थियो ढुंगो तर दिनहीन राजनीतिक नेतृत्वले राजाको छल कपटको भेउ पाउन नसक्दा फेरि तल खस्यो। विसं २०४६ मा माथि चढेको ढुंगो तल ओराल्न २०५२ मा माओवादीले उपक्रम सुरु गरिहाल्यो। विसं २०६० सालदेखि राजाको दुष्प्रयासले ढुंगो ओर्लन सुरु भयो। अन्ततः २०६१ माघ १९ मा त लोकतन्त्ररूपी ढुंगो तलै पुगेर चकनाचुर भयो।
विसं २०६० साल देखिको दीनहीन राजनीतिक दलको तपस्या र जनतारुपी भगवान्को सदिच्छाले गर्दा २०६३ सालमा ढुंगो पुनः माथि पुर्याीउने सफलता मिल्यो। यसपल्ट सधैँ ढुंगो तल ओराल्दा आफूलाई फाइदा देख्ने माओवादीले पनि राजनीतिक दललाई साथ दियो। ढुंगो अर्कोपल्ट तल ओराल्दाको राजनीतिबाट राजाले फाइदा नपाउन् भन्ने उद्देश्य थियो सायद उनीहरूको।
विसं २०६३ मा उकालिएको ढुंगो तल ओराल्न एकचित्त भएर लागिपरेका छन् अहिले अधिनायकवादका पुजारीहरू। तर पाएको वर खेरफाल्ने गरिब र सिसिपसको ढुंगो निरन्तर माथि घचेट्न अभिशप्त नियति भएका राजनीतिक दल अहिले जनताले दिएको वर कसरी प्रयोग गर्ने भन्ने दोधारमा परेर बसेका छन्। यही क्रममा पहिलो वर संविधान नबनाई खेर गइसकेको सायद उनीहरूले चालै पाएका छैनन्। दोस्रो संविधान सभामार्फत् दोस्रो वर सिध्याउने कार्यक्रम जोरसोरका साथ चलिरहेछ। मानौं यो देशका जनताको बाँच्न पाउने अधिकार, बोल्न पाउने अधिकार, सम्पत्तिको अधिकार आदि कुनै अधिकार ठूला अधिकार हैनन्। यस्तो देखिँदैछ गणतन्त्र, बहुलबाद, प्रेस स्वतन्त्रता त यिनका लागि बारम्बार परिवर्तन गर्न सकिने कुनै गिलो माटो हो। यिनलाई हेक्का नै छैन काँचो माटोको भाँडो सूर्यको घामले सुकेर पनि कडा बन्छ, भट्टीमा पोलेन भन्दैमा फेरि अर्कोरूप दिन सजिलो हुँदैन।
यी अकिञ्चन बबुरा नेताहरूले अचानक कसरी हो सर्वदलीय सहमतिनै सबैभन्दा ठूलो उपलब्धिका रूपमा देखिरहेका छन्। मानौं, पूर्व र पश्चिम पुग्नुपर्ने दुई जना बटुवा सर्वदलीय सहमति गरेर उत्तर वा दक्षिणतर्फ हिँड्न तत्पर छन्। यी दुवैलाई थाहा छ उत्तर वा दक्षिण हिंडेर आफ्नो लक्ष्यमा पुगिँदैन तर यिनी लाचार छन् आफ्नो सिसिपसीय चरित्र निर्वाह गर्न। दुवैलाई थाहा छ एउटा निश्चित दूरी तय गरेपछि आफ्नो दिशामा लाग्नै पर्छ भन्ने तर किन हो दुवै अभिनय गर्दैछन् सहमतीय सहकार्यको।
दोस्रो संविधान सभाले कुनै पनि अवस्थामा जनतालाई लोकतान्त्रिक संविधान प्रदान गर्न सकेन भने यिनले जनताबाट पाएको दोस्रो वर पनि धराशायी पार्नेछन्। अनि सायद नेपालका मुख्य राजनीतिक दलहरुले तेस्रो र अन्तिम वरका रूपमा त्यसपछि उत्पत्ति हुने कुनै प्रकारको तानाशाही सत्तासँग आफ्नो प्राणको भीख माग्नु पर्नेछ वा आफ्नो राहदानीमा कुनै पश्चिमा राष्ट्रसँग शरणार्थी भिसाको बिन्ती बिसाउनु पर्नेछ।
पहिलो संविधान सभामा जनताले एनेकपा (माओवादी)लाई मत दिएकै हुन्। तिनलाई लागेको थियो सायद एमाओवादी आफ्नो हत्या र हिंसाको राजनीति छाडेर लोकतान्त्रिक धारमा प्रवेश गर्न चाहन्छ। तर २०७० सालसम्म आइपुग्दा र दोस्रो संविधान सभाको निर्वाचन हुँदासम्म जनताले पहिलो निर्णय गलत भएको थाहा पाए र सच्याउने पहल गरे। वैद्य माओवादीले त हाकाहाकी नै आफूले सुरु गरेको हिंसात्मक विद्रोहलाई सही भन्दै जनताका नाममा अधिनायकवादी शासन स्थापित गर्ने घोषणै गरेको छ। तर एमाओवादी पनि आफूले सशस्त्र विद्रोहको नाममा गरेको गल्ती सुधार्न र लोकतन्त्र उन्मुख हुन तयार छैन। उसलाई वैद्य खेमाको समर्थनको पनि लोभ छ र अधिकांश मध्यमवर्गीय लोकतन्त्रका पक्षधर जनताको समर्थन पनि चाहिएको छ। त्यसैले दोस्रो संविधान सभाबाट कुनै पनि रूपमा संविधान निस्केको खण्डमा ऊ आफूले दस वर्ष गरेको हिंसात्मक राजनीतिको अनुमोदन चाहन्छ। तर कांग्रेस र एमालेमा अझै चेनता पलाएको देखिएन। गोलमेच सम्मेलनदेखि सहमतीय राजनीतिका नाममा भएका खेल सिसिफसको ढुंगोलाई फेरि डाँडाबाट तल खसाल्ने उपक्रम हो। यो कांग्रेस र एमालेले पाएको जनताको आशीर्वाद सिध्याउने षड्यन्त्र हो।
प्रक्रियाबाट अघि बढ्ने कि सहमतिबाट भन्ने खेल पहिलो संविधान सभामै टुंगो लागेको थियो। सहमतीयबाट संविधान नबन्ने र प्रक्रियामै जानुपर्ने अवस्थाको ख्याल गरेरै जनताले कांग्रेस र एमालेलाई अघि बढाएका हुन्। यसका लागि कम हुने थोरै मतका लागि राप्रपा वा अरू साना दल सहयोगी हुनसक्छन्। साथै, पुष्पकमल दाहाल वा बाबुराम भट्टराई वा दुवैलाई साथ लैजान सकिन्छ। तर सहमतिको नाममा संविधान सभा नमान्ने, राष्ट्रको विग्रह चाहने, आर्थिक उन्नति नचाहनेलाई पर्खेर बस्दा देश अगाडि बढ्दैन। गरिब देशले पाएको तेस्रो आशिष पनि खेर जानछ र सिसिपसको ढुंगो पनि पुनः फेदीमै खस्छ।
prateekp@gmail.com