कहाँबाट रसायो, कता चुहियो, कुन ठाउँमा प्वाल पर्यो, थाहा छ?
थाहा छ। राम्रैसँग नभए पनि जानकारी छ।
रुपचन्द्र विष्ट जिउँदै भएका भए नेपालका जान्नेसुन्ने भनाउँदालाई सबैकुरा थाहा छ भन्ने सुन्दा खुसी हुन्थे होलान्। विष्टले सोचेभन्दा र चाहेभन्दा बढीनै थाहा छ यिनलाई।रसाएको स्थान कसरी चाट्ने, चुहिएको स्थानमा के थाप्ने र प्वाल परेको ठाउँमा पाइप लगाएर कसरी अन्तै पुर्याकएर जम्मागर्ने पनि थाहा छ। कसैलाई स्कुलमा रसाएको, चुहिएको, भ्वाङ परेको ठाउँ थाहा होला, कसैलाई बैंकको, कसैलाई सरकारी कार्यालयको त कसैलाई अस्पतालको थाहा होला। तर सबैलाई केही न केही थाहा भने छ।
परन्तु, धेरैलाई एउटै कुरा थाहा छैन। आफूले जानेको, बुझेको र देखेको समस्या लुकाएर राख्नाले र त्यस समस्याको निराकरण नखोज्नाले हामी एक पुस्तामात्र बाँच्ने समाजका सदस्य भएका छौँ। सबैजना आफू सुरक्षित हुने, आफैँ खाने र आफू बाँचे अरूको मतलब नराख्ने प्रवृत्तिले ग्रसित भएको हुनाले यस समाजले भविष्यको सन्ततिको लागि केही सोच्न सकेको छैन। त्यसैले हाम्रो समाज एक एक पुस्तामा बाँचेको छ। हामी आफू मरेर जाँदा सामाजिक विकासको लागि एउटा ईंट पनि थपेर जाँदैनौं। कति त्यत्तिकै माटोमा समाहित हुँदैछौँ भने कति त अझ एक दुई ईंट भत्काएर जान उद्यत छौँ।
हामीले यहाँ बस्दा के के न गरेको भान पनि होला तर बाहिरको संस्ाारले हामीलाई त्यसरी हेरेको छैन। एक स्कुले साथी भर्खरै नेपाल भ्रमणमा आएका थिए। करिब साढे दुई दशक अघि साइकल र मोटर साइकलमा हामीले विचरण गरेका सडकहरु चाक्ला र पीच भएको देखाउन पाउँदा म गर्वले भन्दैथिएँ 'गएका वर्षहरूमा काठमाडौंको धेरै विकास भयो' तर उनी पटक्कै प्रभावित भएनन्।
कसरी विकास हुन्छ? घर ठूलो र सडक चाक्लो हुँदैमा विकास हुन्छ? उनले प्रश्न गरे। यो त कम सभ्य (असभ्य चै अलि होइन) मानिसको ठूलो भिडभाडमात्र हो।
जुन देशमा, जुन समाजमा पानी, बिजुली र स्वास्थ्य सेवाका लागि मानिसले अझै संघर्ष गर्नु परिरहेको छ त्यस देशले प्रगति गर्योम भन्ने? धेरै कलेज र विश्वविद्यालय खुल्नुमात्र शिक्षा हो कि ज्ञानको विस्तार शिक्षा हो? विदेशबाट पढेर आएका विद्यार्थीले जहाँ भन्यो त्यहीँ जागिर पाउने अनि नेपालका एमएले प्रमाणपत्र बोक्दै एउटा जागिर खान चार जोर जुत्ता फटाउनु पर्ने? अनि कसरी भन्ने शिक्षामा प्रगति भयो भनेर?
मेडिकल कलेज धमाधम खुल्दैछन्। सहरका गल्लीगल्लीमा अस्पताल छन्। तर हाम्रा हुने खाने र देशको पैसामा रजाइँ गर्ने सबै विदेशमा शिक्षा, दीक्षा र स्वास्थ्य उपचारका लागि दौडी नै रहेका छन्। जो यसै देशमा उपचार गर्न बाध्य छन् तिनलाई उपचारमा पैसाको पहाड चाहिने कुराको ज्ञान छ तर राम्रो उपचार हुनेमा चाहिँ विश्वास छैन। हाम्रो देशमा हजारौं मोटरको आयात हुन्छ तर मोटर बनाउने कारखाना नेपालमा खुल्ने वातावरण नभएर इन्डोनेसिया पुगेको हेरेर बसेका छौँ। लाखौं लिटर इन्धन आयात गरिरहेका छौँ तर चोरी नहुने र मिसावट गर्न नसक्ने गरी पाइपलाइनबाट तेल ल्याउने कार्य फत्ते गर्नसकेका छैनौ। एउटा ठूलो जल विद्युत परियोजना विदेशी कंपनीलाई जिम्मा लगाउन वर्षौ लगाईसक्यौं अझै परियोजना विकास संझौता गर्नसकेका छैनौ।
यस्ता सयौँ कारण छन् जसले हामीलाई बारम्बार जिस्क्याइरहेका छन्, सयौँपल्ट दोहोर्यााई रहेका छन् – तिमी नेपालीहरू अझै पनि देश बनाउन, देशको विकास गर्न र भविष्यका सन्ततिका लागि अघि बढ्न काम गर्दैछैनौ। तिमीहरु त आफू र आफ्नो एउटा पुस्ताका लागि बाँचेका छौँ। हिजो पुर्खा पनि एक पुस्ताका लागि बाँचे, आजको पिढीं पनि आफ्नै लागिमात्र बाँच्दैछ। अब भोलिका सन्तानले भविष्य सही ढंगले कोर्लान् भनेर आशा त गर्न सकिन्छ तर भरपर्ने अवस्था छैन।
यस्तो किन हुँदैछ? प्रश्न जटिल छ तर उत्तर साधारण। हामी सबै धेरै स्वार्थी भयौँ।
एकजना बैंकर साथीले हालसालै एक वेब साइटमा लेखेको समाचारलाई उल्याउँदै 'कमेन्ट' लेखे – 'हेर त पत्रकारको गति, केही पनि थाहा छैन।' उनैको टिप्पणीले यो लेख जन्मायो।
उनलाई थाहा छ जे लेखिएको छ त्यो ठीक हैन। तर के उनको ज्ञान कसैलाई उल्याउनुमा मात्र सीमित हुने हो? समाज परिवर्तन गर्न उनको केही जिम्मेवारी छैन? आफू बेस्कन पैसा कमायो, पार्टी गर्यो , रक्सी धोक्यो, विदेश घुम्यो अनि आएर नेपाललाई गाली गर्योक। यस्ता व्यक्तिले सामाजिक कार्यमा केही खर्चेका पनि होलान्। कतिपय स्कुलका छत पनि बनाए होलान्, कतिपय 'हेल्थ क्याम्प' आयोजना गर्न सहयोग पनि गरे होलान्। तर तिनले समाज परिवर्तन गर्ने कार्य गरेका हैनन्। समाज परिवर्तन भनेको मानसिकता परिवर्तन हो। आर्थिक सहयोग त प्राण धान्नका लागि मात्र हो। हामीमा गलत प्रवृत्तिविरुद्ध उभिने र सहीलाई समर्थन गर्ने साहस उत्पन्न भएपछि मात्र समाज परिवर्तन हुन्छ। गलत प्रवृत्तिविरुद्ध उभिन अदम्य साहस चाहिन्छ र त्यसका लागि चाहिन्छ त्यागको भावना। आफूले गरेको संघर्षले भविष्यमा समाजलाई सही बाटोमा डोर्या उने उत्कट चाहना र आत्मविश्वास हुनुपर्छ। त्यति भए त्यस्ता व्यक्तिले समाज परिवर्तन गर्न भनेर ठूलो जुलुस निकाल्न र नेपाल बन्द गराइराख्न पर्दैन। आफूले देखेको र जानेको विषयमा लेखेर वा बोलेर समाजलाई झस्काउन र बिउँझाउन सकिन्छ।
यो समाजमा धेरै लेखक छन्, जो हरेक साता केहि न केही लेखेर छपाउन सीपालु छन्। तर अधिकांशले समाजका लागि केही लेख्दैनन्। आफ्नो लागिमात्र लेख्छन्। आफ्नो ज्ञान देखाउन उद्यत त्यस तत्वले समाजको वरिपरि भएको घटनालाई सोरसार पार्छन् र आफ्ना अधिपतिको हितका खातिर दुई चार विदेशका अनुभव मिसाएर पस्कन्छन्। कसैलाई आफ्नो पदोन्नतिका खातिर लेख छपाउनु छ भने कसैलाई कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थामा जागिर खानका लागि आफ्नो नाममा केही छपाउनै पर्ने हुन्छ। कोही आफ्नो विचारको पसल थाप्नमात्र लेख छपाउन चाहन्छन् भने कसैलाई लेख्नुको अर्थ एक पल्ट रेष्टुराँ जानु वा बच्चाको स्कुलको फी तिर्ने पैसा आर्जनुमा सीमित हुन्छ। समाज परिवर्तन त्यसैबाट भए हुन्छ नभए हुन्न। कसैलाई मतलब छैन।
सबैथोक थाहा भएर पनि मुख नखोल्ने, अक्षर नकोर्ने तर अरू कसैलाई केही थाहा छैन भनेर ठूलो पल्टनेप्रति लक्षित छ यो लेख। यिनलाई थाहा छ – फलानोले हतियारको 'डिलिङ' गरेर यति पैसा कमायो, ढिस्कानोले बिजुलीमा अनुदानको नीति ल्याएर यति सिध्याया,े उस्को सालाले त्यो ठेक्का पाउन यसलाई खुवायो, उस्को भान्जाले अर्कोलाई बैंकक घुमाएर त्यताको सरकारी जग्गा हडप्यो। तर त्यस्ता व्यक्ति यी कुरालाई साधारण गफका रूपमा मात्र लिन्छन्। यस्ता कार्यले समाज कसरी अधोगतिमा गएको छ यिनलाई केही मतलब छैन। यिनीहरू पाए आफैँ यस्ता कुनै पनि किसिमका गलत सम्झौता गर्न, तिनका मतियार हुन र तिनका दलाल हुन लालयित छन्। तर यिनै फेरि देशको विकास भएन, नेपाली युवा विदेशमा गएर दास बन्नुपर्योह, नेपाली महिलाको अस्मिताको मूल्य रहेन भन्ने चिन्ता प्रकट गर्छन्। चिन्ता छ भने केही गर, केही बोल, केही लेख।
पत्रकारितामा निकै प्रचलित एउटा अंग्रेजी शब्दावली छ, 'ह्विसल ब्लोअर'। यो 'ह्विसल ब्लोअर' केटीलाई देखेर सिटी बजाउने वा सडकको बीचमा बसेर मोटरलाई बाटो देखाउन बजाइएको सिटी होइन। यस्तो सिटी बजाउने भनेको कुनै खेलमा फल भयो भने अम्पाएरले बजाउने सिटीजस्तो हो। अर्थात् कहीँ गल्ती भएको रहेछ भने त्यो देखिरहेका व्यक्तिले भित्रैबाट कुरो उठाउने कार्य हो। पत्रकारिताले समाज परिवर्तन भएका देशमा सबैभन्दा महत्वपूर्ण भूमिका यस्तै 'ह्विसल ब्लोअर'ले खेलेका थुप्रै प्रमाण दिन सकिन्छ। त्यसैले सर्वज्ञान सम्पन्न हाम्रा दिग्गजहरूमा लेखेर र सिधै बोलेर विसंगतिविरुद्ध बोल्ने आँट छैन भने हुनु नपर्ने भएको देख्ने बित्तिकै सुटुक्क खबर गरेर पनि समाज परिवर्तनमा भूमिका खेल्न सक्छन्।
सबैले गलत घटना, गलत काम कारबाही र गलत विचार रोक्न खुलेरै बोल्ने हो, भन्ने हो र सकिँदैन भने गोप्यरूपमै भए पनि जानकारी दिने हो भनेमात्र समाजको सकारात्मक परिवर्तन हुन्छ। समाज परिवर्तन भएपछि मात्र भर्खरै पिच गरेको सडक तुरुन्तै भत्किँदैन, सभासद्ले पीडितको पैसा खाँदैन, देशको अर्बौँ रुपियाँ अनुदानमा फालेर नेताले करोडौँ कमाउँदैन। अनिमात्र कसैले कटु मुस्कानसहित लेखेका र बोलेका कुरा गलत छ भनेर भन्न सत्तै्कन।
prateekp@gmail.com