जंगबहादुर राणा मैथुनका पनि असली पारखी थिए। यिनलाई कलियुगका कृष्ण भनिदिए फरक पर्दैनथ्यो। प्रमोदशमशेर राणाको किताब 'राणा शासनको वृत्तान्त' अनुसार प्रधानमन्त्री भइसकेपछि पनि उनी नानी, धाई, सधवा, विधवा जोसुकैलाई पत्नी बनाएर घर भित्र्याउँथे। उनका घोषित रानी नै चालीसभन्दा बढी थिए। बैँसमा उनले प्रसादसिंहकी छोरी सिद्धिगजेन्द्रलक्ष्मीसँग बिहे गर्न चाहेका थिए। त्यतिखेर उनको गरिबीका कारण प्रसादसिंहले छोरी दिन मानेनन्। प्रधानमन्त्री भइसकेपछि एक दिन उनलाई तिनको याद आयो। घर पत्ता लगाएर उज्यालै नभई एक बिहान उनी हात्ती चढेर गए। हौदाबाटै सिसाको ‰याल फोडी लोग्नेसँग सुतिरहेकी सिद्धिलाई तानेर घर लगी सिन्दुर, पोते लगाइदिए। उनीबाट जन्मेका छोरा रणवीरजंग जंगी लाठसम्म भए। छोरी चिरबिरे मैयाको बिहे साहेब उपेन्द्रविक्रमको छोरा धीरेन्द्रविक्रमसित भयो। अर्कोपल्ट उनलाई राजखलकसित बिहे गर्ने रहर लाग्यो। त्यहाँ उनलाई सुहाउँदा कुनै कन्या बाँकी थिएनन्। त्यसपछि उनको ध्यान चौतारियाहरूतर्फ गयो। उनले कोतपर्वमा आफैँले हत्या गरेका चौतारिया फत्तेजंग शाहकी अविवाहित बहिनी हिरण्यगर्भकुमारीको हात मागे। राजा सुरेन्द्रको आग्रहमा हिरण्यकी आमा आफ्नै छोरा र नातिको हत्यारालाई कन्यादान गर्न तयार भइन्। त्यतिले नपुगेर उनले हिरण्यगर्भकुमारीकै तीन भदैलाई पालैपालो बिहे गरे। उनले आफ्नो विवाहित पत्नीतर्फकै छोरा भीमजंगलाई प्रधानमन्त्रीको रोलमा राखेनन्। त्यसप्रति गुनासो गर्दा भीमजंगलाई उनले टाउकामा लठ्ठी हानेर मारिदिए।
जंगबहादुरको मृत्युपछि रणोद्दीप सिंह प्रधानमन्त्री भए। रणोद्दीपको हत्यापछि जंगबहादुरका छोरा, नातिहरू प्रधानमन्त्रीको रोलबाट मात्र हटाइएनन्, जेठा छोरा तथा राजा सुरेन्द्रका ज्वाइँ जगतजंग र नाति युद्धप्रतापजंगको क्रूरतापूर्वक हत्या भयो। तिनका टाउको किस्तीमा राखेर वीरशमशेरसामु प्रस्तुत गरियो। युवराज त्रैलोक्यसँग बिहे भएकी छोरी ताराकुमारीसहित अन्य छोराछोरी, नातिनातिनाले ब्रिटिस इन्डियामा लुकेर ज्यान जोगाउनुपर्योक। जंगबहादुरका सन्तानको बर्बादीले सत्ताको शक्ति घामछायाँमात्र हो भन्ने प्रस्ट देखाउँछ।
संविधानको अन्तरवस्तु
एकतीस दल सम्मिलित दोस्रो संविधान सभाको अकर्मण्यताले जंगबहादुरकै उद्दण्डताको झल्को दिन्छ। उनीहरूले अहिलेसम्म संविधान निर्माणमा गरेको काम भनेको संविधानका अन्तरवस्तुमा सहमति गर्ने सहमतिमात्र हो। गर्न त तिनले नियमित काम गरेकै हुन्। जस्तो कि आउँदो माघ ८ भित्र संविधान जारी गर्ने कार्यतालिका बनाए। संविधानसभा र व्यवस्थापिका–संसद्अन्तर्गतका समितिहरू बनाए। आठ महिनापछि भए पनि सभापतिहरूको चुनाव गरे। अघिल्लो संविधानकै कामलाई स्वामित्वमा लिई निरन्तरता दिने निर्णय गरे। संविधानको शीर्षक 'नेपालको संविधान' राख्ने भनेर छलफल गर्न भ्याए। आठ महिनापछि भए पनि उनीहरूले २६ जनामध्ये १७ जना सभासद् मनोनीत गरिछाडे। राप्रपा–नेपालका अध्यक्ष कमल थापाले भाइ गणेश थापालाई संविधान सभामा पनि फुटबल खेलाउन भनेर होला विज्ञका रूपमा मनोनीत गरे। अझ उल्लेख्य कुरा, तिनै महोदयले भारतीय प्रधान मन्त्रीको शब्दशब्दमा ताली ठोकेर ठूलै खातिरदारी गरे। यस्तो स्थितिमा दोस्रो संविधान सभाले कामै गरेन भन्दा पाप लाग्छ।
अघिल्लो संविधान सभाले संघीयता, चुनाव पद्धति र सरकारको स्वरूपबाहेक लगभग सबै टुंग्याइसकेको थियो। संघीयताका सवालमा नामांकन, सीमांकन र प्रदेशहरूको संख्या निश्चित हुन सकेका थिएनन्। प्रचार गरिएजस्तो एनेकपा (माओवादी), मधेसी दल र जनजातिले पहिचानका पक्षमा उठाएका मुद्दा नाजायज थिएन। यो जातीय राज्यको माग कदापि थिएन। बरु यो कायम रहेको खस जातीय राज्यको अन्त्य र सबै जाति, भाषा, संस्कृति अनि समुदायको सहअस्तित्वमा आधारित समतामूलक राज्यको माग थियो। पहिचानका आधारमा राज्य बनाउने भन्नुको अर्थ प्रदेशभित्रका कुनै पनि पहिचानलाई भेदभाव नगरी समान व्यवहार र सहअस्तित्वको भावना विकास गर्ने थियो। झट्ट हेर्दा जातिको नामबाट राज्यको नाम राख्दा त्यसमा जातीयता झल्केझैँ भयो। तर, अन्तर्यमा यो पूर्णरूपले एकजातीय सर्वोच्चताविरुद्ध थियो।
एकल पहिचानयुक्त राज्यलाई अर्को पक्षले कुनै हालतमा स्वीकार नगर्ने भएपछि समयमै संविधान जारी गर्ने निर्विकल्प उपाय २०६८ जेठ २ गते मुख्य दलबीच भएको सम्झौता नै थियो। सम्झौतामा संघीयताको नामकरणको जिम्मा प्रादेशिक सभालाई र संख्या तथा सीमांकन विज्ञलाई जिम्मा लगाउने र तोकिएकै मितिमा संविधान जारी गर्ने प्रावधान थियो। त्यसलाई सत्तासीन एमाओवादीले भंग गरेर आफैँले मलजल गरेको संविधान सभाबाट आफ्नै नेतृत्वको सरकारले संविधान जारी गर्ने ऐतिहासिक अवसर गुमायो। उसको मनसाय दोस्रो संविधान सभाबाट दुई तिहाइ बहुमत ल्याई भनेजस्तो संविधान बनाउने थियो। तर, संविधान नबनेको दोष उनीहरूमाथि थोपरियो। यसले गर्दा दोस्रो संविधान सभाको चुनावमा पहिचान पक्षधर दलहरू कमजोर स्थितिमा पुगे।
शक्तिको उन्माद
वीर शमशेरले काका रणोद्दीप सिंहको हत्या गराई सत्ता हात पार्दा, जंगबहादुरका छोरा जगतजंग र नाति युद्धप्रतापजंगको हत्या गराउँदा जंगबहादुरकै तीन छोरी ललितकुमारी, चिरबिरे मैया र कान्छी मैयाको सहयोग थियो। त्यसबापत ललितकुमारीका छोरा पृथ्वीविक्रमको श्रीपेच सुरक्षित रह्यो। बाँकी दुईले पनि ठूलै पुरस्कार र बक्सिस हात पारे। कान्छीमैया अर्थात् दीपकुमारी त रणोद्दीपको हत्यापछि रगतले लतपतिएका खड्गशमशेरसँग टाँसिएर बग्गीमा बसी राजमाता दिदीलाई खुसीको खबर सुनाउन गएकी थिइन्। शमशेरहरूले आफ्ना दाजु र भदाहालाई मारिसकेपछि पनि उनी बाँकी दाजुहरूलाई देश छाडेर जाने सल्लाह दिन खड्गशमशेरसँगै ब्रिटिस एम्बेसी पुगेकी थिइन्। सत्ताका खेलाडीलाई नै खेलाउने बागदरबारकी कान्छी मैया उत्पात मैयाका नामले पनि चिनिन्थिन्। चाँडै नै उनले वीरलाई च्युत गरी दाजुका नातामा रहेका गुप्त प्रेमी खड्गशमशेरको प्रधानमन्त्री बन्ने चाहनाको आगोमा घिउ थपिन्। यो थाहा पाएका वीरले खड्गलाई पाल्पा लखेटे, कान्छी र चिरबिरे मैयालाई देश निकाला गरे। जनप्रतिनिधिले जनविश्वास गुमाउँदै गए तिनको नियति जंगबहादुरका छोरीहरूको जस्तै हुन सक्छ। त्यसले तिनको राजनीतिक पतनमात्र हुँदैन, व्यवस्थाकै पाटपुर्जामा खिया लाग्न सक्छ।
हो, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले भदौ २१ भित्र संविधानका अन्तरवस्तुमा सहमति गराउने प्रयास गरे पनि सम्भव भएन। अब माघ ८ को समयसीमालाई प्रभावित नगर्ने गरी कार्यतालिका परिवर्तन गर्ने कुरा चलिरहेको छ। यसको संकेत हो, माघ ८ को सीमा सर्नु। उता, नेकपा –माओवादीले बहिस्कार गरेपछि मंगलबार बस्ने भनिएको सर्वदलीय राजनीतिक सभा स्थगित भएको छ। आआफ्ना ढिपीबाट एक इन्च यताउता हुन नचाहने दलहरूबीच सहमतिको विन्दु भेटिन असम्भव छ। नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा, राप्रपा–नेपालहरू सहमति नभए प्रक्रियाबाटै अगाडि बढ्न चाहन्छन्। एनेकपा (माओवादी) र मधेसी दलहरू सहमति नभई प्रक्रियाबाट अगाडि बढ्दा दुर्घटना हुने चेतावनी दिँदैछन्। सहमति नभएपछि जानुपर्ने प्रक्रियाबाटै हो। सहमति पनि नहुने, प्रक्रियाबाट जान पनि नमान्ने हो भने पहिचान पक्षधरलाई अझ कमजोर बनाउन पहिचानविरोधीहरुलाई गतिलो निहुँ मिल्छ। प्रक्रियाबाटै अघि बढ्ने पक्षको तर्क पद्धतिका हिसाबले बेठिक नभए पनि त्यसमा गणितीयबाहेक सीमान्तकृत समुदायको दुःख सम्बोधन गर्ने मनसाय देखिन्न। यस स्थितिमा २०६८ जेठ २ कै जस्तो सम्झौता गर्दा मात्र सहमतिको विन्दु भेटिन सक्छ। त्यसका लागि पहिचान पक्षधरले नै पहलकदमी गर्नु जरुरी छ। प्रशिक्षण र प्रचार राम्ररी गर्न सके प्रादेशिक सभाबाट पहिचानको लडाइँ जित्नु असम्भव छैन।