‘सोसल मिडिया' मा सामाजिक प्रभाव
०७ असोज २०७१
•
१३ मिनेट पाठ
‘सोसल मिडिया' मा सामाजिक प्रभाव
आजभन्दा झन्डै दुई दशकअघि अस्ट्रेलियाली मानवशास्त्री जोन ग्रेले काठमाडौँको ट्राफिक र नेपाली समाजबीचको सम्बन्धको गहिरो अध्ययन, विश्लेषण गरेका थिए। काठमाडौँका सवारी चालकले गर्ने हर्नको अत्यधिक प्रयोग, ठूला सवारीले आफूभन्दा सानालाई हेप्ने प्रवृित्त र असामान्य हतारोलाई ग्रेले नेपाली समाजको संरचनामा रहेको असमानताका सन्दर्भमा रमाइलो व्याख्या गरेका छन्। उनको लेखबाट समाज र सवारी संस्कारबीच नजानिदो तर गहिरो सम्बन्ध रहेको बुझ्न सकिन्छ।नेपालका सन्दर्भमा ‘सोसल मिडिया' र समाजले यसमा पारेको प्रभावका बारेमा हालसम्म समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन भएको थाहा पाएको छैन। यद्यपि, यसको प्रयोगलाई समग्रमा हेर्दा भने नेपालको सोसल मिडिया प्रयोगका केही विशिष्टतालाई ‘नेपाली' भनेर परिभाषित गर्न सकिने देखिन्छ। इन्टरनेट प्रविधिको विकास र विस्तारसँगै सोसल मिडियाका विभिन्न मञ्चसँग नेपालीको सान्निध्य बढेको छ। सामाजिक सञ्जालका रूपमा फेसबुक र टिवटरको प्रयोग उल्लेख्य मात्रामा भएको देखिन्छ भने ‘ब्लग'को लोकप्रियता क्रमशः बढिरहेको छ। यसबाहेक गुगल प्लस, युट्युब, इन्स्टाग्राम र फ्िलकर चलाउने जमात पनि उल्लेख्य नै छ। यस आलेखमा विशेषगरी टि्वटर, फेसबुक र ब्लगको प्रयोगको सामाजिक­सांस्कृतिक पक्षमा चर्चा गर्ने प्रयास गरिएको छ।
फेसबुकको प्रयोग नेपालमा सञ्चार प्रविधिको विस्तार र यसको लोकप्रियताको उदाहरण हुनसक्छ। झन्डै चालीस लाख नेपालीले चलाउने फेसबुक अङ्ग्रेजी भाषा जान्ने सहरवासी कम्प्युटर प्रयोगकर्तामा सीमित छैन। मोबाइल फोनको बढ्दो प्रयोग र इन्टरनेटको सहज उपलब्धतासँगै फेसबुकको ‘सहरीया' चरित्रमा परिवर्तन आएको छ। सहरमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि फेसबुक दैनिक जीवनको एउटा उल्लेख्य क्रियाकलाप बनेको छ। टिवटर र ब्लगको प्रयोगमा गाउँ र सहरबीचको विभाजन अलि प्रस्ट देख्न सकिन्छ। यद्यपि, टि्वटर प्रयोगकर्ताको संख्यामा भइरहेको क्रमिक वृद्धिले नेपाली समाजमा यसप्रतिको आकर्षण बढिरहेको देख्न सकिन्छ।
सोसल मिडियाको प्रयोग कसरी गर्ने? भन्ने विषयमा सीमित कानुनी प्रबन्धबाहेक लिखित वा अलिखित मानक छैनन्। तसर्थ, यसको प्रयोग व्यक्ति विशेषको रुचि र क्षमतामा भर पर्नु स्वाभाविक हो। रुचि र क्षमताको सामाजिक­सांस्कृतिक प्रभाव केलाउने हो भने सोसल मिडियाका नेपाली चरित्र पनि पहिल्याउन सकिन्छ।
वास्तविक अर्थमा सोसल मिडिया सूचना, जानकारी वा विचारको आदानप्रदानका लागि मूलधारका सञ्चार माध्यमभन्दा अलग र एक वैकल्पिक थलोका रूपमा विकसित हुनुपर्ने हो। सोसल मिडियाले प्रत्येेक व्यक्तिलाई सहजरूपमा सूचना र विचार साँट्ने अवसर प्रदान गर्छ। यस अर्थमा हरेक व्यक्ति सूचना र विचारको स्रोत हुनसक्छ। प्राविधिक सहजता र ‘सेन्सर'को अभावमा सोसल मिडियामा प्रवाह हुने सूचना अत्यन्त छिटो र सहजरूपमा संसारभर फैलन सक्छन्।
नेपालमा पनि फेसबुक र टि्वटरलाई सूचनाको स्रोतका रूपमा प्रयोग गरिएको पाइन्छ। राजनीतिकर्मी, पेसाकर्मी, बुद्धिजीवी, पत्रकार, सञ्चारमाध्यम, सार्वजनिक संस्था वा समाजका ख्यातिप्राप्त व्यक्तिहरूले फेसबुक र टि्वटरलाई सूचना एवं विचार प्रवाहको स्रोतका रूपमा प्रयोग गरेका छन्। विभिन्न सन्दर्भमा यदाकदा फेसबुक र टि्वटरबाट महत्वपूर्ण सूचना जानकारी प्रवाह भएका पनि छन्। यसो भए पनि नेपालका सन्दर्भमा सोसल मिडियाको प्रयोग सञ्चार माध्यमका रूपमा कम र सामाजिक सञ्जालका रूपमा नै बढी भएको देख्न सकिन्छ।
नेपाली प्रयोगकर्ताका फेसबुकका भित्ता र टि्वटरको टाइमलाइनमा देखिने तस्बिर, गीतगजल वा मन्तव्य सूचना वा जानकारी आदानप्रदानको उद्देश्यमा भन्दा व्यक्तित्व प्रदर्शनको प्रतिस्पर्धामा बढी केन्द्रित रहेको सहजै देख्न सकिन्छ। फेसबुकमा 'लाइक' टि्वटरमा 'रिटि्वट' लाई विशेष महत्व दिने प्रवृित्त नेपाली प्रयोगकर्तामा छ। यसका अतिरिक्त लाइक वा रिटि्वटकै लागि पनि विचार वा तस्विर आदानप्रदान गर्ने चलन पनि उल्लेख्यरूपमा पाइन्छ। फेसबुकमा लाइक र टि्वटरमा ‘फलोअर'को संख्या गनेर लोकप्रियताको मापन गर्ने चलन पनि छ। फेसबुकमा लाइक र टि्वटरमा रिटि्वट पाउन मानिसहरूले गरेका विभिन्न प्रयत्नबाट सोसल मिडियालाई नेपाली प्रयोगकर्ताले आफ्नो वैचारिक, आर्थिक र शारीरिक क्षमता पुष्टि गर्ने माध्यमका रूपमा प्रयोग गरेको देख्न सकिन्छ।
नेपालमा ब्लगको प्रयोग अत्यन्त सीमित छ। ब्लगको औचित्यलाई फेसबुकले केही हदसम्म विस्थापित गरेको हुनसक्छ। ब्लगका प्रयोगकर्तामा पनि विचार प्रवाहका तुलनामा साहित्यिक लेखरचनालाई प्राथमिकता दिने प्रवृित्त बढी छ। साहित्यिक कर्मका लागि ब्लगको प्रयोगलाई गलत वा अस्वाभाविक मान्न नसकिनेे भए पनि नेपालका सन्दर्भमा कलासाहित्यको प्रबर्धन वा व्यवसायीकरणमा सोसल मिडियाको प्रभावकारी प्रयोग हुनसकेको छैन।
सोसल मिडियामा प्रवाह हुने विचारले नेपाली समाजमा विद्यमान तहगत संरचना र त्यसमा अन्तर्निहित विभेदलाई प्रतिविम्बित गर्छन्। नेपालजस्तो अल्पविकसित र गरिब मुलुकमा सोसल मिडिया र यहाँ हुने बहस तथा अन्तर्क्रियामा समाजको माथिल्लो संरचनाको विशेष पहुँच हुनु स्वाभाविकै हो। यसको परिणामस्वरूप समता र समावेशिताका विषयहरूको बहसमा सामाजिक सञ्जालमा घृणा, असन्तुष्टि र आक्रोश बढी देखिन्छ। समावेशिता र सांस्कृतिक सद्भाव तथा परस्पर सम्मान प्रबर्धन गर्ने उद्देश्यमा पनि सोसल मिडियाको प्रयोग नभएको होइन तर, यसका नेपाली प्रयोगकर्तामा परस्पर विश्वास र सम्मानको भन्दा शंका र अविश्वासको प्रवत्ति बढी देखिन्छ।
यसलाई आधार मान्ने हो भने सोसल मिडियालाई नेपालको सामाजिक संरचना र समसामयिक मनःस्थितिको वास्तविक र पूर्ण प्रतिविम्ब मान्न सकिन्छ। नेपाली समाजमा असमानता र विभेदका अतिरिक्त परस्पर सम्मान, सहकार्य र सद्भाव पनि छ तर त्यसको यथेष्ट झलक भने सोसल मिडियामा पाउन गाह्रो छ। सोसल मिडियाको प्रयोगका सन्दर्भमा व्यक्तिगतरूपमा जवाफदेही हुनुनपर्ने भन्ने मान्यता व्याप्त देखिन्छ। फलस्वरूप, वितृष्णा, कुण्ठा र प्रतिशोध व्यक्त गर्ने माध्यमका रूपमा धेरैले सोसल मिडियालाई प्रयोग गरेका छन्। यो प्रवृत्तिले नेपाली समाजको विकृत स्वरूपलाई प्रतिनिधित्व गर्छ। त्यसलाई नेपाली समाजको सही चित्र मान्न सकिँदैन। 
सोसल मिडियाले संसारका विभिन्न मुलुकमा छरिएर बसेका नेपालीलाई एकअर्कासँग अन्तर्क्रियाका लागि सहज वातावरण उपलब्ध गराएको छ। सूचना र विचारका लागि निश्चित मूलधारका सञ्चार माध्यमकै इन्टरनेट साइटमा भर पर्नुपर्ने स्थिति छैन। सामाजिक सञ्जालका साइट र ब्लगको बढ्दो लोकप्रियताले प्रवास र देशबीचको सञ्चार दूरी घटाएको छ। सोसल मिडियाले राष्ट्रियता र राष्ट्रवादको अनुभूति र यस विषयमा गरिने छलफलमा उल्लेख्य प्रभाव पारेका छन्। सोसल मिडिया प्रयोगको सबैभन्दा सशक्त उदाहरणका रूपमा यसले वर्तमान नेपालमा हुनेगरेका समयसामयिक राजनीतिक, आर्थिक र सांस्कृतिक विषयमा भइरहेका बहसमा पारेको प्रभावलाई लिन सकिएला।
सोसल मिडियाका केही सुन्दर र सशक्त पक्ष छन्। यसले हरेक व्यक्तिलाई सूचना र विचारको निर्बाध प्रवाहको अधिकार र अवसर प्रदान गर्छ। मूलधारका मिडियामा हुने सूचना र विचारको छनौट, संशोधन वा वर्गीकरणको सीमितताबाट सोसल मिडिया मुक्त छ। लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको अभाव भएका मुलुकमा सोसल मिडियाले सामाजिक आन्दोलनलाई टेवा दिएका छन्। सोसल मिडियाको प्रभावकारी प्रयोग नेपालजस्ता मुलुकका लागि पनि सकारात्मक बहस र छलफलको माध्यम बन्न सक्छ।
यस उद्देश्यमा नेपालको सोसल मिडिया सहायक भएको पनि पाइन्छ। विभिन्न कारणले नेपालमा सोसल मिडियाको वास्तविक प्रयोग हुनसकेको भए पनि फेसबुक, टिवटर र ब्लग विचार र सूचना आदानप्रदानका सहज माध्यम भएका छन्। यसको सबैभन्दा मुख्य कारण हाम्रो सामाजिक चरित्र हो। हामी सूचना वा विचारलाई यसको आफ्नै चरित्रका आधारमा भन्दा अन्य सहायक आधारमा बढी मूल्यांकन गर्छौ। यसले गर्दा एकातिर सोसल मिडियामा अनावश्यक प्रतिस्पर्धा, आशंका र वितृष्णा व्याप्त भएको छ भने अर्कातिर यो सूचना र विचारको भन्दा व्यक्तिगत प्रचार र आत्मप्रशंसाको माध्यम भएको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस