संविधानसभाको संवैधानिक राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले केही दिनअघि आफूमाथि संविधान नबनाउन मानसिक दबाब आइरहेको खुलासा गरेका थिए। भदौ २६ को संविधानसभामा बोल्दै भट्टराईले आफूलाई 'तपाईं किन संविधान बनाउन लागिरहनुभएको छ, संविधान बन्नै सक्तैन, तपाईं रातदिन लागि रहनुपर्दैन' भनेको सुनाए। कसबाट र कसरी संविधान निर्माणमा व्यवधान भइरहेको हो, त्यो चाहिँ खुलाउन चाहेनन्। सञ्चार माध्यमले भट्टराई रोदन महŒवसाथ छापे। प्रसारण गरे। भदौ २१ अर्थात् संवाद समितिको म्यादसम्म संघीयता, शासकीय स्वरूप, न्यायप्रणाली र निर्वाचन प्रणालीजस्ता पेचिला विषयमा सहमति जुटाउन नसकेको पृष्ठभूमिमा संविधानसभामा भट्टराईले सहमतीय राजनीतिको आवश्यकता औंल्याएका थिए। उनी भन्दै थिए, 'सहमतीय विधि अपनाउन नसके विग्रह हुन्छ।'
समितिको आग्रहअनुसार संविधानसभाले सहमति जुटाउन एक महिना समय थपेको छ। भट्टराईले प्रचारमा ल्याएअनुसार अहिले समिति विभिन्न तहका वार्तामार्फत विवादित विषयमा सहमति जुटाउने कसरत गरिराखेको छ। यसबीच राजनीतिक सभाको नाटक प्रदर्शन भइसकेको छ भने अहिले व्यवस्थापिका संसद चल्न नदिने तमासा जारी छ। संविधान निर्माण कहाँ पुगेको छ, प्रश्न पेचिलो छ। नेता र संविधान निर्माणको मुख्य जिम्मेवारी पाएका समितिका सभापतिहरूको कथन पत्याउने हो भने माघ ८ भित्रै संविधान जारी हुन्छ। त्यसमा शंका गर्न मिल्दैन। कतिसम्म भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि संवाद समितिका सभापति भट्टराई र मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकैदिन बेग्लाबेग्लै पत्रकार सम्मेलन गरेर संविधान निर्माणको काममा प्रगति भइरहेको फेहरिस्त पेस गरेका थिए। अर्थपूर्ण त्यस पत्रकार सम्मेलनमा उनीहरूले त्यसबेलासम्म भएका कामको विवरण सुनाएका थिए र संविधान बन्ने विश्वास व्यक्त गरेका थिए। यसबीच दुवै सभापतिले विभिन्न पेसा, व्यवसायका मानिस, नागरिक सरोकारवालासँग घनीभूत छलफल गरेका छन्। संविधान निर्माणका 'काममा' हतारिने नेताहरूको प्रचारात्मक अभियानजत्तिकै यस कार्यले गति लिने हो भने संविधान निर्माणमा विलम्ब हुने देखिन्न। यद्यपि, व्यवहारमा एकपछि अर्को राजनीतिक उल्झनमा संविधानसभा फस्ने संकेत देखिँदैछ। पछिल्लो समय उछालिएको राजनीतिक संयन्त्र गठन अहिलेको एउटा पेचिलो विषय हो। संवाद समितिले पहिलो म्याद गुजारेर थप एक महिना समय पाएको भए पनि राजनीतिक वृत्तमा विवादित विषयमा सहमति खोज्न गम्भीर छलफल हुन सकेको छैन। त्यसैले संविधान नबनाउन मनोवैज्ञानिक दबाब आएको खुलासा गर्ने भट्टराईको पछिल्ल्ाो 'सक्रियता' को परिणाम कस्तो आउने हो, हेर्न केही समय पर्खनै पर्नेछ। भट्टराईले संकेत गरेका मनोवैज्ञानिक दबाब दिने को को हुन् र त्यसको उपचार के हुन सक्छ ? त्यसको चर्चा गरौँ। राजनीतिक वृत्तमा भट्टराईमाथि दबाब दिने अरू नभएर स्वयं एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल हुन् भन्ने अर्थ लगाइँदैछ। राजनीतिक घटनाहरूले पनि त्यस्तै संकेत गर्छन्। एमाओवादीले व्यवस्थापिका संसद चल्न अवरोध गरिरहेको छ। संसद बैठक बिथोल्नुका पछाडि राजनीतिक संयन्त्र गठनको माग पूरा नभएको र त्यसको नेतृत्व दाहालले नपाएको परिणामका रुपमा लिइँदैछ। संविधानसभा काम नपाएर बस्न सकेको छैन। व्यवस्थापिका संसदमा सत्तापक्षका सभासद संसदीय सार्वभौमिकताको वकालत गर्दैछन्। उनीहरू संसद अवरोधविरुद्ध उर्लिएका छन्। उनीहरु संविधानसभाबाहिरका संयन्त्रबाट परिचालित नहुने अडान दोहोर्यािउँदैछन्।
संसदमा कमजोर एमाओवादी प्रतिपक्षीय भूमिका निर्वाह गर्न नसकेको छर्लङ्गै छ। तर यता राजनीतिक वृत्तमा भने राजनीतिक संयन्त्र गठनका आवाजलाई उसले महŒवसाथ अघि सारेको छ। यस्तो अवस्था किन आयो? कारण स्पष्ट छ। दोस्रो संविधानसभामा घायल बनेको एमाओवादी निर्वाचन छानबिन मागलगायत विषय उठाएर संविधानसभाका कामकारबाहीमा व्यवधान गरिरहेको थियो। यही पृष्ठभूमिमा राजनीतिक संयन्त्र गठन गर्ने सम्झौता गरेका हुन्, प्रमुख राजनीतिक दलहरूले। के देखिन्छ भने, दाहाल अहिले मुलुकमा राजनीतिक भूमिकाको खोजीमा छन्। संवाद समिति गठनको राजनीति पनि पेचिलो छ। त्यसबेला सत्ताधारी दल कांग्रेस, एमाले दाहाललाई संवाद समितिको जिम्मेवारी दिने र त्यसबाट राजनीतिक संयन्त्र गठन गर्ने मागको सम्बोधन हुने विश्वासमा थिए। एमाओवादीभित्रको आन्तरिक शक्तिसन्तुलन कांग्रेस–एमालेले सोचेजस्तो भएन। एमाओवादीभित्र दाहाललाई पाखा लगाउँदै भट्टराई समितिको सभापति बन्न पुगे। दाहाललाई संयन्त्रको नेता बनाउने उधारो आश्वासन दिएर भट्टराई संवाद समितिको नेता बनेको राजनीति यहाँ बिर्सन मिल्दैन।
अहिले भट्टराई आफूलाई नै सबै प्रकारको संवाद र सहमतिको सूत्रधारका रूपमा प्रचार गर्दैछन् भने दाहाल संसद अवरोधको हतियार प्रयोग गरेर संयन्त्रको नेता बन्ने प्रयास गरिरहेका छन्। खासमा एमाओवादीभित्रै संयन्त्र गठनको माग एकमुखले उठ्न सकेको छैन। यसको अर्थ संयन्त्र गठन गर्न आवश्यक छैन भन्ने निचोड निकाल्न पनि मिल्दैन। काग्रेस, एमाले सत्ताले एमाओवादीसँग गरेको चारबुँदे सहमतिमा उल्लिखित राजनीतिक संयन्त्र गठनको बुँदालाई टेकेर नै दाहालले राजनीतिक संयन्त्र गठन मागलाई महŒवसाथ उछालिरहेका छन्। मुलुकको राजनीतिक परिदृश्यमा कमान गुमाउँदै गएका दाहालसामु नेता बन्ने एउटा राम्रो विकल्प हो संयन्त्र। लोकतन्त्रमा जननिर्वाचित निकायलाई निर्देशन दिने हैसियतको राजनीतिक संयन्त्र गठनको औंचित्य रहँदैन। त्यस्तो संयन्त्र निर्णायक हुनुहुँदैन। संविधानसभा सार्वभौम हो। त्यसमाथि कुनै आदेश, अंकुश हुनुहुन्न। तर, संविधानसभाको संवैधानिक राजनीतिक अधिकार र कार्यक्षेत्रको बहससँगै संविधान निर्माणका लागि आवश्यकताको सिद्धान्त यहाँ भुल्न मिल्दैन। दाहाल संयन्त्रको नेता बन्नेबित्तिकै संविधान बनिहाल्छ भन्ने अर्थ लगाउन मिल्दैन। तर संयन्त्र गठनको मुद्दालाई पछाडि धकेलेर पनि संविधान बन्न सक्तैन। विगतमा हामीले संयन्त्र गठनको अभ्यास गरिसकेका छौं। पहिलो संविधानसभापछि बनेको एमाओवादी सरकारबाट सत्ताच्यूत भएर सडकमा ओर्लिएका बेला तत्कालीन राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले संयन्त्र गठन गरेर राजनीतिलाई संविधानसभाभित्र ल्याएका थिए। सडकमा भौंतारिइरहेका दाहाललाई संयन्त्रभित्र ल्याएर सहमतीय राजनीतिको अभ्यास गरिएको थियो, त्यसबेला। शान्ति–सम्झौतामा हस्ताक्षर गर्ने कोइराला अहिले छैनन्। त्यही सम्झौतमा हस्ताक्षर गर्ने अर्का नेता दाहाल राजनीतिक भूमिकाको खोजीमा छन्। दोस्रो, संविधानसभा निर्वाचन गराउने सरकारका बेलामा पनि राजनीतिक संयन्त्र थियो, आलोपालो प्रणालीको। अब प्रश्न उठ्छ, राजनीतिक संयन्त्र गठनको विरोधमा संविधान निर्माणका काम धकेल्दै जाने कि संयन्त्र गठन गरेर अघि बढ्ने? संयन्त्र गठनबारे प्रमुख राजनीतिक दलबीच प्रशस्त छलफल भए पनि उनीहरू निचोडमा पुग्न सकेका छैनन्। कांग्रेस, एमाले र एमाओवादी अध्यक्ष दाहालबीच सहमति बन्न सक्यो भने संयन्त्र गठनले संविधान निर्माणका तत्कालीन गतिरोध तोड्न सक्छ। संयन्त्र गठनको उल्झनमा अलमलिने समय छैन। यसका लागि दाहालले पनि मधेसवादी, जातीय, क्षेत्रीय दलहरू पनि संयन्त्रमा हुनुपर्छ भन्ने अडान त्याग्नुपर्छ। कांग्रेस–एमालेले भने संविधान निर्माणमा देखिएका विवादका विषय र संयन्त्रको नेतृत्वलाई 'प्याकेजमा डिल' गर्न सक्नुपर्छ। राजनीतिमा आपसी लेनदेन, लचकता, उदारता र त्याग सदा सर्वाेपरि रहन्छ भन्ने नेताहरूले बिर्सन मिल्दैन।