सामाजिक परिवर्तनको चरित्र राजनीतिक शक्तिहरूको गतिशील भूमिकाले निर्धारण गर्छ भनेराजनीतिक दलहरूको गतिदायी चरित्र सधैँ एकनास रहँदैन। वस्तुगत जगतमा आउने परिवर्तन र समयसँगै परिवर्तनकारी शक्तिहरू बदलिन्छन्। बिस्तारै सामाजिक र राजनीतिक विषयहरूमा सामाजिक शक्तिहरूको ध्रुवीकरण प्रारम्भ हुन्छ। एउटा पक्ष यथास्थितिवादी बन्छ भने अर्को पक्ष प्रगतिशील। राजनीतिक विषयप्रतिको दलीय दृष्टिकोणले यसको मानक निर्धारण गरिदिन्छ। अधिकांशरूपमा के देखिन्छ भने सामाजिक वा राजनीतिक आन्दोलनको ताप सेलाउँदै जाँदा राजनीतिक विषयहरूको प्रगतिशील चरित्र पनि गुम्दै जान्छ।
वि.सं. २०६२/६३ सालको जनआन्दोलनको लगत्तै कल्पना गरिएका राजनीतिक विषयहरूको मूल अन्तरवस्तुमा अहिले गुणात्मक भिन्नता आइसकेको छ। बाहिरबाट सर्सरी हेर्दा विषयवस्तुमा खासै परिवर्तन आएको जस्तो देखिँदैन। किनभने अहिले पनि बहसमा आइरहेका राजनीतिक मुद्दाको रूप, नाम र प्रकृति उही छ। तर तिनै राजनीतिक र सामाजिक मुद्दाहरूले आन्दोलनको ताप सेलाउँदै गएको भिन्न समय अन्तरालमा नितान्त फरक अर्थ बोक्न थाल्छन्। सामजिक रूपान्तरणको अभियानमा यस्ता परिघटना निरन्तर भइरहेका हुन्छन्। मुलुकमा भएको पछिल्लो आन्दोलनले मूलतः चारवटा मूल विषयवस्तुमा परिवर्तनको टट्कारो खाँचो देखेको थियो। वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक विभेदको अन्त्य उक्त खाँचोका केन्द्रीय विषय थिए।
माओवादीको सशस्त्र 'जनयुद्ध' र जनआन्दोलनको साझा प्रयासले संपन्न भएको राजनीतिक परिवर्तनको मूल अन्तर्यमा फराकिलो भिन्नता देखिनु स्वाभाविकै थियो। तैपनि एउटा साझा प्रस्थापनामा आन्दोलनमा सहभागी दलहरूको मतैक्य पनि थियो। परम्परागत 'संसदीय व्यवस्था' तथा कम्युनिस्टहरूले कल्पना गरेको 'सर्वहारा वर्गको अधिनायकत्वमा आधारित कम्युनिस्ट व्यवस्था' नेपालको सन्दर्भमा असफल प्रमाणित भएका छन्। 'सर्वहारा वर्गको अधिनायकत्वमा आधारित कम्युनिस्ट व्यवस्था' त अहिलेको विश्वमा लागु गर्नसकिने अवस्था छैन र आवश्यकता पनि छैन। उता परम्परागत संसदीय व्यवस्थाले पनि नेपाली समाजका आधारभूत अन्तरविरोधहरूलाई समाधान गरेर अगाडि बढ्न सक्ने स्थिति कहिल्यै पनि देखिएन। त्यसैले नेपाली समाजमा रहेका आधारभूत समस्याहरूलाई समाधान गर्नसक्ने साझा राज्य व्यवस्थाको खोजी उक्त आन्दोलनको मूल विषयवस्तु थियो। तात्कालीन राजनीतिक शक्ति सन्तुलनले राज्यको पुनःसंरचनामार्फत समस्याहरूको समाधान गर्ने प्रगतिशील बाटो अख्तियार गरेको थियो। 'नेपालको अन्तरिम संविधान' त्यही राजनीतिक शक्ति सन्तुलनको दस्तावेज थियो।
तर पहिलो संविधान सभाको निर्वाचन र त्यसमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले प्राप्त गरेको उल्लेखनीय विजयले राजनीतिक शक्ति सन्तुलनमा व्यापक परिवर्तन गरिदियो। एकातिर विजयको भावनात्मक उन्मादले गर्दा माओवादीले आफ्नो दलका निजी विवादलाई राजनीतिक सन्तुलनको सीमाभन्दा बाहिर तान्न खोज्यो। अर्कोतिर अन्य राजनीतिक दलहरूले माओवादीलाई प्रतिक्रिया गर्ने बहानामा सहमतिभन्दा पछि हट्न खोजे। यो खिचातानी र ध्रुवीकरणले संविधान सभा नराम्रोसँग प्रभावित बन्यो। सेना समायोजनको मुख्य विषयलाई थाती राख्दै 'बार्गेनिङ' क्षमता अक्षुण राखेको माओवादीले आफ्नै आन्तरिक पंक्तिमा आएको कलह र विभाजनलाई व्यवस्थापन गर्न नसकेपछि बिस्तारै राजनीतिक पहलकदमी गुमाउँदै गयो। अन्ततः संविधान सभाको विघटन र माओवादीको विभाजन सँगसँगै हुन पुग्यो।
एमाओवादीको विभाजन र संविधान सभाको दोस्रो निर्वाचनको परिणामले राजनीतिक शक्ति सन्तुलनमा अर्को उल्लेख्य परिवर्तन ल्याइदियो। संसदीय व्यवस्थाको सीमा र त्यसले प्रदान गर्नसक्ने राजनीतिक स्वतन्त्रताको आधारभूत परिधिको सवालमा एमाओवादी पहिले नै परिचित थियो। त्यसैले उसले १२ बुँदे सहमतिमा 'बुर्जुवा लोकतन्त्र'का मूलभूत विशेषतालाई स्वीकार गरेको थियो। फलस्वरूप, वर्गीय मुद्दा उसको प्राथमिकताबाट हटिसकेका थिए। त्यसैले उसले सामाजिक विविधताका विषयमा हात हालेको थियो। सामाजिक विविधताका विषयहरूमा प्रवेश गरिसकेपछि जातीय र क्षेत्रीय विविधता एमाओवादीका मुख्य राजनीतिक मुद्दा बने। वर्गीय मुद्दाको सवालमा सबैभन्दा अनुदार मधेसी दलसँग एमाओवादीको राजनीतिक एकता पनि क्षेत्रीय विविधताको सम्बोधनका कारणले निर्माण गरिदिएको राजनीतिक परिघटना थियो।
एमाओवादी तथा क्षेत्रीय मधेसी दलहरू एकातिर र अन्य दलहरू अर्कोतिर रहेर हुँदै गरेको ध्रुवीकरणले बिस्तारै परिवर्तनका विषयलाई खुइल्याउँदै जान थालेको छ। संविधान सभाभित्र होस् वा बाहिर, दलहरू सापेक्षिक सामिप्यको वैचारिक आधारमा उल्लेखित दुई ध्रुवमा बाँडिदै गएका छन्। बिस्तारै राजनैतिक प्रतिष्पर्धा मूलतः दुई ध्रुवीय बन्न खोज्दैछ। आन्दोलनलगत्तै नयाँ संविधान निर्माणको मूल विषयवस्तु वर्गीय र सहायक विषय जातीय/क्षेत्रिय विविधताको थियो। तर अहिले वर्गीय असमानताको सम्बोधन दलहरूको प्राथमिकताबाट पूरै हटिसकेको छ भने जातीय/क्षेत्रीय विविधताको सम्बोधन पनि फलामको च्युरामा परिणत हुँदैछ। यसो हुनुका खास सामाजिक/राजनीतिक कारण छन्।
सक्रिय राजतन्त्रको अन्त्यपछि नेपाली कांग्रेस र माओवादी दुई विपरीत ध्रुवका राजनीतिक शक्ति बने। कांग्रेसले यथास्थितिको प्रतिनिधित्व गर्योर भने माओवादीले अग्रगमनको। अन्य दलहरू यो वा त्यो ध्रुवको पक्षमा ध्रुवीकृत बने। खासगरी एमाले र मधेसी दलमा लामो समयसम्म पक्षधरताको द्विविधा रहिरह्यो। उनीहरू कहिले कांग्रेससँग त कहिले माओवादीसँग मिलेर सरकारमा सम्मिलित हुनुको कारक राजनीतिक द्विविधा नै थियो। तर एमाओवादीभित्रको आन्तरिक संघर्षले र पार्टीभित्रै अग्रगामी र प्रतिगामी कित्ताकाट गरेपछि ध्रुवीकरणको गति तीव्र बन्न गयो। ध्रुवीकरणको तीव्र रफ्तारले उग्र वर्गीय मुद्दा च्यापेर वैद्य माओवादी अगाडि आयो। त्यसले गर्दा एमाओवादीलाई उग्र जातीय मुद्दा बोक्न वाध्य पार्यो । उता एमाले र मधेसवादी दलमा रहेको द्विविधालाई पनि यसले समाप्त पार्यो्। वर्गीय मुद्दाबाट एमाओवादी स्खलित भएपछि एमालेको अग्रगामी पक्षको पनि एमाओवादीबाट मोहभंग भयो र उसले यथास्थितिवादी समूहसँग आत्मसमर्पण गर्यो । त्यसले एमालेलाई एकलौटीरूपमा काग्रेस नजीक पुर्याियो। अर्कोतिर वर्गीय स्खलनको क्षतिपूर्तिबापत एमाओवादीले जातीय र क्षेत्रीय मुद्दालाई आफ्नो राजनीतिको मुख्य नारा बनाउनेबित्तिकै मधेसी दलहरूको द्विविधा पनि हट्यो। जातीय/क्षेत्रीय मुद्दा प्रधान बन्नेबित्तिकै एमाओवादी र मधेसी दलहरूको बीचमा मोर्चाबन्दी हुनु स्वाभाविकै हो।
यसरी ध्रुवीकरणको समग्र राजनीतिक प्रक्रियामा एमाओवादीको विभाजनले निर्णायक भूमिका खेल्यो र अहिलेसम्म पनि खेलिरहेको छ। तर ध्रुवीकरणको यस प्रक्रियाले सामाजिक रूपान्तरणका मूल मुद्दालाई अन्तरवस्तुको हिसाबले खुइल्याउँदै लगेको छ। आन्दोलनको सफलता र त्यसले निर्देश गरेका मुद्दाको आलोकमा दुईवटा संविधान सभाको राजनीतिक चरित्रलाई हेर्ने हो भने पहिलो संविधान सभा माओवादीमय रह्यो। माओवादीले सन्तुलित भूमिका खेल्न सकेको भए परिणाम अहिलेभन्दा धेरै अग्रगामी बन्नसक्थ्यो। तर उसको असन्तुलित भूमिकाले गर्दा दुर्घटना भयो। दोस्रो संविधान सभाको गणितीय संरचना र दलीय मान्यतालाई हेर्ने हो भने यो संविधान सभा एमालेमय हुनुपर्ने हो। किनभने राजनीतिक परिस्थिति न त एमाओवादीको 'अग्रगामी' दिशाको अनुकूल छ न त कांग्रेसको जस्तो परम्परागत संसदीय व्यवस्थाको। यसको लाभ लोकतान्त्रिक वामपन्थको छवि निर्माण गरेको एमालेले लिन सक्थ्यो। तर एमालेलेे राजनीतिक ध्रुवीकरण र यसको आन्तरिक आयामलाई बुझ्न सकेन। बुझ्नै नसकेपछि नेतृत्व गर्नसक्ने कुरै भएन।
सैद्धान्तिक रूपमा एमालेको लागि '२०६३ सालको राजनीतिक परिवर्तन र पुँजीवादी जनवादी क्रान्तिको धारणा' सम्बन्धी स्पष्टताको बहस यसै दिशामा केन्द्रित थिए। उक्त बहसले पार्टीको आन्तरिक जीवनमा उल्लेख्य प्रभाव पनि पार्यो्। तर उक्त सैद्धान्तिक बहसले राजनीतिक आधारभूमि नभेट्टाएकाले पार्टी असंगतिमा फस्दै गइरहेको छ। वस्तुगत जगतमा देखिएको लोकतान्त्रिक वामपन्थको 'स्पेस'लाई राजनीतिक अभियानमा बदल्न एमाले सर्वथा असफल देखिएको छ। फलस्वरूप, उसको छवि न त सत्तापक्षको जस्तो छ न त प्रतिपक्षको जस्तो। दुईविपरीत ध्रुवमा रहेका कांग्रेस र एमाओवादीको बीचमा रहेको एमालेले भरपूर उपयोग गर्नसक्ने यही संविधान सभालाई हो। कथित अग्रगामी एजेण्डाको नाममा जातीय र क्षेत्रीय विविधताको मात्र सम्बोधन भए पनि सन्तोष मान्न तयार भएको एमाओवादीलाई अझै पर लखट्ने काम ज्यादै प्रत्युत्पादक हुने निश्चित छ। साथसाथै हिजो असफल भइसकेको संसदीय व्यवस्थाको एउटा पात फेर्न पनि तयार नहुने कांग्रेसको रवैयाप्रति एमालेको पूर्ण समर्थनले उसको स्वतन्त्र अस्तित्वलाई पनि समाप्त पारिदिएको छ। पहिलो संविधान सभाको कुशल नेतृत्व गर्न नसकेर एमाओवादी जसरी असफल बन्यो दोस्रो संविधान सभाले एमालेलाई असफल पार्नेछ। पहिलो संविधान सभाको तुलनामा दोस्रो संविधान सभासम्म आउँदा आन्दोलनका मूल मुद्दा वर्गीय, जातीय, क्षेत्रीय तथा लिंगीय विभेदको समाधान भने लुप्त बन्दै गइरहेको छ।
हुनत, अहिले संविधान सभाको नेतृत्व नेपाली कांग्रेसले गरेको छ। तर राजनीतिको केन्द्रमा देखिएका मुद्दाको अन्तरवस्तुमा कांग्रेस पूर्णतः उदासीन छ। राज्य पुनःसंरचनाको बहस राजनीतिको केन्द्र वरिपरि रहिरहेको भए पनि कांग्रेसका लागि उक्त बहस परम्परागत संसदीय व्यवस्थाको परिधिभन्दा बाहिर छैन। अझ अगाडि बढेरभन्दा कांग्रेसका लागि यो बहस समय लम्याउने उपायमात्र हो। किनभने समय जति लम्मिदै छ, राजनीतिक परिस्थिति उसको अनुकूल दिशातर्फ अग्रसर हुँदैछ। परिस्थितिलाई बुझेर होस् वा नबुझेर संविधान निर्माणको हतारो कांग्रेसलाई छैन। त्यसैले पुष्पकमल दाहालले 'संविधान नबने आकाश खस्दैन' भनिरहँदा वास्तविक आनन्द कांग्रेसले नै लिइरहेको हुन्छ। किनभने, कांग्रेसलाई थाहा छ, पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसकेकै दिन दाहालको आकाश खसिसकेको छ। वर्तमान प्रतिक्रिया फगत उनको आक्रोशको अभिव्यक्ति हो। र, दोस्रो संविधान सभाले संविधान निर्माण गर्न नसके 'संविधान निर्माण आयोग'द्वारा मात्र नयाँ संविधान बनाउन सकिनेछ। त्यतिबेला आन्दोलनका संपूर्ण मुद्दा भने खुइलिएर चिन्नै नसकिने हुनेछन्। ज्ञात रहोस्, सबै क्रान्तिकारी अवस्थाको परिणाम क्रन्तिकारी नै आउँछ भन्ने कुनै ग्यारेण्टी हुँदैन। क्रान्तिका निष्कर्षलाई समयमा संस्थागत गर्न सकिएन भने परिणाम पूरै विपरीत दिशामा जान पनि सक्छ। कतै हाम्रो राजनीतिक यात्रा त्यतैतिर त छैन?