दक्षिण एसियाली सहयोग संगठन (सार्क)का गृहमन्त्रीहरूको बैठकमा भाग लिन काठमाडौं आइपुगेका भारतीय गृहमन्त्री राजनाथ सिंहले केही राजनीतिक भेटघाट पनि गरे। उनले शान्ति, स्थिरता र द्विपक्षीय हितका साथै नेपालको संविधान निर्माणमा पनि चासो राखे। खास गरी राज्यको पुनःसंरचनामा उनले विशेष चासो देखाए। एकीकृत नेकपा (माओवादी)का नेताहरूसँग ३ असोजको भेटमा सिंहले स्पष्ट शब्दमा जात र धर्मका आधारमा संघीयतामा जान नहुने सुझाव दिए। उक्त सुझाव बारे खबर बाहिर आएपछि भेटमा सहभागी नेता बाबुराम भट्टराईले स्पष्टीकरणका शैलीमा तत्कालै टि्वट गरे- 'एमाओवादीसँगको भेटमा भारतीय गृहमन्त्री राजनाथ सिंहले जातीय र क्षेत्रीय आधारमा होइन, जात र धर्मको आधारमा संघीयता हुन्न भनेका हुन्।'
यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत उच्च अधिकारीसँगको भेटवार्तापछि स्वदेश फर्किने क्रममा ७ बैशाख २०७० मा भनेका थिए – 'संघीयता कस्तो होला र यसले नेपाललाई एकीकृत राख्न सक्छ कि सत्तै्कन? नेपाल र तिब्बतमा अराजकता फैलाउन खोज्नेलाई सहयोग पुग्ने त होइन? चीनले यस्ता प्रश्न सम्बोधन खोजेको छ। सारमा पार्टी र सरकारको संघीयताका कुरामा चीनमा अहिले अलि शंका चाहिँ रहेछ।'
नेपालको संविधान निर्माण प्रक्रिया, त्यसमा पनि राज्य पुनःसंरचनाका विषयमा दुवै छिमेकी मुलुकको चासो कुन हदसम्म छ भन्ने प्रस्ट्याउन यी फरकफरक सन्दर्भमा आएका अभिव्यक्ति पर्याप्त छन्। यसले नेपालको संघीयतामा छिमेकी भारत र चीनको चासो समान र गम्भीरूपमा रहेेको देखिन्छ। हुन पनि नेपालको संघीयताबारे यति स्पष्ट शब्दमा भारत र चीन दुवै छिमेकी मुलकबाट चासो व्यक्त भएको थिएन। उनीहरू स्थिर र समावेशी राज्यको सुनिश्चितता हुने गरी संघीय संविधान बनाउन औपचारिक प्रकृतिको सुझाव दिन्थे। तर, त्यसको अर्थ विभिन्न पक्षले आआफ्नै ढंगले लगाउँथे। यस्तै अन्योलका बीच १४ जेठ ०६९ मा अन्तिम अवस्थामा संघीयताकै विषयमा कुरा नमिलेर पहिलो संविधान सभा विघटन भयो।
परिवर्तित रणनीतिक साझेदार
चीनले स्थायी मित्रका रूपमा हेर्दै आएको राजसंस्था नेपाली जनताको आन्दोलनबाट विस्थापित भइसकेको छ। माओवादीले कम्युनिस्ट रसायन घोलेर बनाउन खोजेको मित्रता परिपक्व हुनसकेन। कारण, माओवादी आन्तरिक राजनीतिमा कमजोर भयो। फुटको सिकार बन्यो। सबैभन्दा अप्रिय लाग्ने जातीयताको विषय उठायो जसबाट नेपालमा अस्थिरता पैदा हुने र त्यसको असर तिब्बतको सुरक्षामा पर्ने शंका छ। चीनले यही सन्देह सम्भवतः दुवै माओवादीका अध्यक्षलाई एक एक गरी चीनमै बोलाउँदा स्मरण गरायो पनि। नेपालका सुरक्षा निकायसँगको चिनियाँ सम्बन्ध तालिम र बन्दोबस्तीका सरसामान सहयोगमै सीमित छ। तर, नेपालमा स्थायी रणनीतिक साझेदार चीनले भेटाइरहेको छैन। फेरिइरहने शक्ति सन्तुलन र अन्य प्रकारका सामाजिक राजनीतिक अस्थिरताले ल्याएको यस्तो समस्याको सामना अब धेरै गर्नु नपरोस् भन्ने चिनियाँ आकांक्षा देखिन्छ। 'त्यस्तो साझेदार फेला पार्न उसका लागि केन्द्रीय एकाइ जति बलियो भयो, त्यति नै सजिलो हुनेछ। जति कम प्रदेश भयो, त्यति नै सजिलो हुनेछ,' भन्ने चिनियाँ बुझाइ र विश्लेषण रहेको देखिन्छ।
सशस्त्र संघर्षकालदेखि बनेको माओवादी–भारत सम्बन्ध शान्ति प्रक्रियामा सहजीकरणसँगै प्रकट स्वरूपमा देखिन थाल्यो। विसं ०६२/६३ पछिका केही घटनाक्रमले पनि तराईका क्षेत्रीय दलहरूलाई नयाँ दिल्लीको संस्थापनसँग नजिक देखायो। माओवादी र मधेसवादी दलमार्फत् नै कतिपय एजेन्डा राष्ट्रिय राजनीतिमा अघि सारिए। ती दुवै शक्ति नयाँमात्र थिएनन् संविधान सभामा उनीहरूको उपस्थिति निर्णायक पनि थियो। तर, दोस्रो संविधान सभा निर्वाचनपछि ती दुवै शक्तिको दायरा खुम्चियो। नेपाली कांंग्रेस र नेकपा (एमाले)को पुनरोदय भयो। त्यो पनि नयँा सन्दर्भ अर्थात् राजसंस्थाविहीन मुलुकमा। अहिले यी नै दुवै शक्ति सत्ता र संविधान सभामा निर्णायक छन्।
संयोग के भने चीन र भारत दुवै मुलुकमा नेतृत्व परिवर्तन भएको छ। दुवैले छिमेकसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएका छन्। खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना पूर्ववर्ती मनमोहन सिंह र उनका सुरक्षा सल्लाहकार श्यामशरणभन्दा निकै भिन्दै हिसाबले प्रस्तुत भएका छन् र आफ्ना चासोहरूलाई खुलारूपमा अघिसारेका छन्। शक्ति सन्तुलन फेरिएसँगै भारतका लागि नेपालका रणनीतिक साझेदार पनि फरक भएका छन्। तिनका वैचारिक फरकपन पनि स्पष्ट अनुभव गर्न सकिन्छ।
मोदीमय भारतको पछिल्लो चिन्ता
भारतका प्रधानमन्त्री मोदीले गत साउनमा नेपाल भ्रमणका आउँदामा विभिन्न चरणमा नेपाली नेतालाई भेटेका थिए। मधेसवादी दलका नेतालाई त 'तराई पहाड जोड्ने' राजनीति गर्न सुझाए। र, संघीयताका लागि पनि केही सल्लाह दिए, – हिमाल, पहाड र तराईको भावना जोडेर संघीयताको प्रारूप बनाउँदा फाइदा हुन्छ। तीन प्रकारको भूगोलको फाइदा लिनसक्ने गरी संघीय संरचना बनाउँदा हित हुनसक्छ। त्यसअघि संसद्लाई सम्बोधन गर्दा पनि उनले तराइ–पहाड एकतामै जोड दिएका थिए। 'संविधानले जोड्छ। कहिल्यै पनि तोड्दैन,' उनले भनेका थिए 'चाहे पहाड होस् वा तराई, संविधानले जोड्ने काम गर्नेछ।'
सामाजिक, सांस्कृतिक र भौगोलिकरूपले जोडिएको तराई–भारत सम्बन्धका पारस्परिक आयाममा कहिलेकाहीँ राजनीतिक/रणनीतिक स्वार्थको प्रभुत्व हुनेगरेको छ। खासगरी श्यामशरण नेपालका लागि भारतीय राजदूत भइसकेपछि तराईमा भारतको राजनीतिक सक्रियता देखिनेगरी बढ्यो। त्यसैले मधेसवादी दलहरूका गतिविधि र एक मधेस प्रदेशलगायत नारामा भारतीय समर्थन त रहेको छैन भन्ने आशंका अन्य पक्षलाई भइरह्यो। गएको संविधान सभा निर्वाचनमा पराजित सद्भावना पार्टीका नेता राजेन्द्र महतोले त आफ्नो हार भारतको पनि हार रहेको बताएका थिए।
मोदीले पहाडको पानीमात्र होइन कैयौं पुस्ताले भारतीय झन्डा बोकेर, भारतीय राष्ट्रगान गाएर, भारतीय भूमि रक्षाका लागि आफ्नो जवानीसमेत खर्चेको भन्दै भावनात्मक अभिव्यक्ति दिए। त्यसबाट एक त पहाडमा रहेको भारतविरोधी भावना कम गर्न खोजेको देखिन्छ भने अर्कोतर्फ आफ्नो चासो पनि पहाडमै केन्द्रित रहेको संकेेत गरेका छन्।
मधेस राजनीति भारतका लागि पनि प्रतिकूल बन्दै गएको अनुभूति विभिन्न प्रकरणबाट बाहिर आउने गरेको छ। मधेस राजनीतिलाई प्रोत्साहन गर्दा एकातिर नेपालको सिंगो पहाडमा भारतविरोधी भावना बढ्ने, अर्कोतिर आफ्नै मुलुकमा समेत प्रतिकूल प्रभाव पर्ने ठानेको देखिन्छ। मोदीको नेपाल भ्रमणअघि नेपालका लागि पूर्वभारतीय राजदूत राकेश सुदले 'द हिन्दु'मा 'नेपालसँग नयाँ थालनी' शीर्षकमा लेखेका छन, 'कतिपय भारतीय नेताले विहार र उत्तर प्रदेशका भारतीयसँग नजिकको नाता रहेका नेपालका मधेसहरुलाई पनि उक्साउने गरेका छन्। तर, मोदी सरकारले यसलाई बेवास्ता गर्नुपर्नेछ।' अर्थात् मधेस राजनीतिको प्रभावले काठमाडौंमात्र होइन, विहार र उत्तर प्रदेश पनि प्रभावित छ।
प्रकट चिनियाँ चासो
दोस्रो संविधान सभाको निर्वाचनलगत्तै निर्वाचित हिमाली क्षेत्रका सभासद्लाई गत वर्ष मंसिर अन्तिम साता चिनियाँ राजदूत ऊ चुन्ताईले रात्रिभोज दिए। चीनले आफ्नो सीमा क्षेत्रका सभासद्लाई मात्रै स्वागत गर्न किन हतार गर्योत भन्ने गाइँगुइँ त्यतिबेलै चलेको थियो। तर, चिनियाँ अधिकारीले उत्तरी क्षेत्रमा पूर्व–पश्चिम शेर्पा प्रदेशका अवधारणाप्रति आशंका प्रकट गरेर नेपालको संविधान निर्माण र संघीयताको स्वरूपमा चीन बेसरोकार छैन भन्ने सन्देश पहिलो संविधान सभामै दिइसकेको थियो।
यसबीचमा दुवै देशका थुप्रै राजनीतिक र अन्य तहका प्रतिनिधि मण्डलले नेपाल–चीन भ्रमण गरेका छन्। चिनियाँ नेता नेपाल आउँदा होस् या नेपाली प्रतिनिधिमण्डल चीन जाँदा, हरेक पटकका भेटमा उसको एउटै सन्देश हुने गर्छ, नेपालको स्थिरता। अर्थात्, आफ्नो तीब्बत क्षेत्रमा दख्खल पुग्ने गतिविधि नेपालको सीमावर्ती क्षेत्रमा गर्न सक्ने आशंका चिनियाँ पक्षमा रहेको देखिन्छ। नेपाल विखण्डन भए आफ्नो सुरक्षामा खतरा उत्पन्न हुन्छ भन्ने चिनियाँ बुझाइ र विश्लेषण रहेको पाइन्छ।
संविधान सभाको दोस्रो निर्वाचनबाट पहिचानवादी राजनीतिक संगठन कमजोर हुनु र छिमेकी शक्तिले पनि त्यसलाई निरुत्साहित हुने बाटो रोज्नुकै परिणाम हुनुपर्छ, एकल जातीय पहिचानको मुद्दाबाट एमाओवादीले पनि बिस्तारै हात झिक्न खोज्दैछ। मधेसी, जनजाति, दलित, मुस्लिमलगायत जजसका लागि नारा दिइएको थियो, तिनैले भोट दिएनन् भन्ने निष्कर्षमा एमाओवादी पुगेको देखिन्छ। संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका एमाओवादी नेता बाबुराम भट्टराईद्वारा संविधानका अन्तरवस्तुमा सुझाव माग्न बोलाइएका बुद्धिजीवीको भनाइ थियो। यो पंक्तिकारसमेतको उपस्थित रहेको सो छलफलमा 'जसका बारेमा नारा लगायौ, रोयौँ तिनका आँखामा आँसु छैन। हामी रोएर के काम?' भन्नेमा बाबुरामजी पनि पुगेको देखिएको थियो। त्यसैले कम प्रदेशका संघीय संरचानमा एमाओवादी पनि सहमत हुने सम्भावना छ।
नेपालको स्थिरताको सवालमा अहिले पनि दुवै छिमेकी मुलकको उस्तै प्रतिबद्धता देखिन्छ। त्यसैले संघीयता र राज्य पुनःसंरचनाका विषयमा सहमति जुटाएर संविधान जारी गर्ने अवसरका रूपमा छिमेकीको सद्भावलाई सदुपयोग गर्नुपर्ने उपयुक्त हुने देखिन्छ। नेपालले जनताको चाहना, मुलुकको स्थिरता, आर्थिक समृद्धि र दिगो विकासलाई ध्यान दिएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य पुनःसंरचना गर्दा छिमेकीको चासो र चिन्ताको समेत हेक्का राख्नु आवश्यक छ। राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै संकीर्णता र दलीय स्वार्थ त्यागेर संघीयताको निर्माण गरी तोकिएकै समयमा संविधान जारी गर्नु आजका जिम्मेवार दल र दलका नेताको प्रमुख दायित्व हो।