कृषि राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारीलाई थप्पड हानेपछि धेरैले मलाई छेड हाने। मानौं, मैले नै प्रजिअलाई पिटेकी हुँ।
एउटा प्रतिक्रिया - महिलाले अधिकार पाएका छैनन् भन्नुहुन्छ तपाईँ, सिडिओ कुट्ने अधिकार त रहेछ नि! अर्को प्रतिक्रिया- करिमा बेगमको बारेमा लेख लेख्नु हुन्न? मैले यस घटनाको बारेमा कसरी लेख्नुपर्छ जस्तो लाग्छ तपाईँंलाई? मैले प्रतिप्रश्न गरे"। जवाफ पाएँ"- यही नेपालका महिला कमजोर छैनन्, सिडिओ कुट्न सक्छन्। यस्ता प्रतिक्रिया व्यंग्य वाण हुन् भन्ने बुझेकी छु।
करिमा बेगम महिला हुन् तर उनले सिडिओ पिट्न गरेको दुस्साहसलाई नारीवादी कोणबाट व्याख्या गर्नु सान्दर्भिक हुँदैन। गतसाल वनमन्त्री छँदा मातृका यादवले ललितपुरका एलडिओलाई शौचालयमा थुने। त्यति बेला कसैले उनी पुरुष हुन् की महिला भन्ने विवाद गरेका थिएनन्। पुरुष भएकाले एलडीओलाई दुर्व्यवहार गरेका हुन् भनेर कसैले चर्चा गरेन। एउटा व्यक्तिको सनक र लहडलाई नारीवादसँ"ग जोड्न मिल्छ र? मन्त्रीजस्तो उच्च पदमा रहने महिला होस् या पुरुष सबैले पदीय गरीमाको ख्याल गर्नुपर्छ। कुरा यत्ति हो।
करिमा बेगमको थप्पडलाई मातृका यादवको पार्टीले समर्थन गर्यो। उनको आफ्नै पार्टी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले भने स्पष्टीकरण सोध्यो रे भन्ने सुनियो। कुनै पनि अर्थमा करिमाको करामतलाई सही ठान्न सकिन्न। गाडी थोत्रो पठाएकोले सिडिओमाथि थप्पड हानिन्। तर थप्पड पछि उनले नयाँ" गाडी पाइन् त? 'पुरानो गाडी त निहुँ मात्रै हो, जिल्लाको शान्ति सुरक्षा कायम नगरेकोमा थप्पड हानेकी हुँ'- पछि बेगमको बयान फेरिएर आयो। उसो भए सिडिओलाई थप्पड हानेपछि जिल्लामा शान्ति सुरक्षा ठीक भयो त? उल्टै असभ्य मन्त्रीको पहिचान बन्यो। मन्त्रीको बयान फेरि फेरियो- सिडिओले औंलो मेरो नाकसम्म'।
यी कृषि राज्यमन्त्रीको नाम ठीकसँग उच्चारण गर्न धेरैलाई हम्मे परेको पाइयो। कसैले सिडिओलाई दुई थप्पड हानेको भने, कसैले चार थप्पड। सत्य जे भए पनि थप्पड हानेको चाहिँ हो। यही क्रममा मन्त्रीजी उच्च रक्तचापसँ"ग पनि जुधिरहेकी छिन् भन्ने सुनियो।
करिमा बेगम कृषि राज्यमन्त्री नियुक्त भएपछि म पनि खुसी भएकी थिँए"। उनलाई भेट्न जानेको लर्कोमा एकदिन म पनि मिसिए। करिमा बेगम महिला भनेर मात्रै होइन, मधेशी महिला। मधशीमा पनि अल्पसंख्यक मुस्लिम समुदायकी महिला। कस्ताकस्ता राजनीतिक हस्ती चिप्लिएको संविधानसभाको निर्वाचनमा पर्साजस्तो ठाउँ"बाट चुनिएर आएकी महिला। उनीसँगको प्रथम भेट मेरा लागि प्रेरणादायी नै थियो। करिमा बेगमसँग लामो कुरा गर्नुपर्ला जस्तो लागेको थियो। उनको सफलताको सूत्र के हो? छोटो समयमा कसरी यो उचाइ प्राप्त भयो? जस्ता कुरा सोध्ने मन थियो।
त्यो पहिलो भेटमा मलाई करिमा बेगम ऊर्जावान्, आँ"टिली, दरिली, हँ"सिली र मित्रवत् व्यवहारकी धनी लागेकी थिइन्। उनीभित्रको अथाह ऊर्जा सकारात्मक कार्यका लागि प्रयोग हुनुपर्थ्यो, देश निर्माणका लागि हुनुपर्थ्यो। दुःखको कुरा, उनी त कुटपिट काण्डकी नाइके हुन पुगिन्। उनको ऊर्जा त्यसैको स्पष्टीकरणमा खर्च भइरहेको छ। आफ्नो गुमेको प्रतिष्ठा जोगाउन र स्थायी सरकार भनेर चिनिने कर्मचारी वर्गको मनोबल उच्च राख्न उनलेे माफी माग्नुपर्छ। अन्यथा कानुनबमोजिम सजाय भोग्न तयार हुनुपर्छ।
यस प्रसंगमा मलाई छेड हान्नेहरूलाई मेरो जवाफ हुन्छ - म घटनाबाट दुःखी छु।