आज सेप्टेम्बर २८। जान्न पाउने दिवसका रूपमा आज विश्वभरि यो दिवस मनाइँदैछ। १२ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा मनाइँदै आएको दिवस केही वर्षयता नेपालमा पनि मनाइन थालेको छ। दिवस मनाउँदै गर्दा नेपालमा सूचनाको अधिकार कार्यान्वयनको सामान्य लेखाजोखा गरिनु उचित हुन्छ।
सन् २००२ को सेप्टेम्बर २८ का दिन बोलिभियाको सोफियामा सूचनाको हकका क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्था र विज्ञको उपस्थितिमा एक सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रममा युरोपका १८ देशको सहभागिता थियो। यो सम्मेलनले विश्वव्यापीरूपमा सूचनाको स्वतन्त्रताका क्षेत्रमा काम गर्न एक सञ्जाल गठन गर्ने निर्णय गरेको थियो। सोही दिनको स्मरण गर्दै पछि यसै मितिमा विश्वभर जान्न पाउने दिवस मनाउन थालियो। जो हाल नेपालमा पनि मनाइने गरिन्छ। वास्तवमा यो दिवस मनाउनु भनेको जनताको सुसूचित हुन पाउने हक प्रत्याभूत गरी जनताप्रति उत्तरदायी र जवाफदेही शासन संयन्त्र सुनिश्चित गर्नु हो। यो सबै कुराको सम्बन्ध सगोलमा सुशासनसँग छ भन्दा अतिशयोक्ति हुँदैन।
यस वर्षको जान्न पाउने दिवसको मूल नारा जवाफदेही र उत्तरदायी सरकार भन्ने छ। नेपालमा पनि यसै नारालाई अगाडि सारेर यो दिवस मनाइँदैछ। सूचनाको हकसम्बन्धी अवधारणा पछिल्लो दिनमा विश्वमै लोकप्रिय छ। यसै कारण पनि होला आजको विश्वमा सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनको सन्दर्भले बडो महत्व पाउने गरेको छ। नेपालमा पनि यो अवधारणालाई स्वीकार गरेर यससम्बन्धी व्यवस्था संविधानमै गरिएको छ। त्यतिमात्र होइन, सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ पनि प्रचलनमा छ। कानुनीरूपमा आवश्यक संयन्त्रहरूको व्यवस्था गरिए पनि व्यवहारमा भने सरकार नै यो अधिकार सुनिश्चित गर्न उदासीन देखिएको छ।
वर्तमान सरकार अस्तित्वमा आएको दिनदेखि नै यसमा सहभागीहरूले अभिव्यक्त गरेका शब्दहरूको विश्लेषण गर्ने हो भने सबैभन्दा बढी व्यक्त भएको शब्द सुशासन हो। अझ प्रधान मन्त्री सुशील कोइरालाको कुरा गर्ने हो भने त उनी सुशासनको पर्याय नै मानिन्छन्। उनी सुशासनका बारेमा राम्रै दखल राखेर बेलाबेला प्रवचन पनि दिन्छन्। आफू मातहतलाई निर्देशन पनि जारी गर्छन् तर व्यवहारमा उनी कति सफल हुन सकेका छन, विश्लेषणको विषय हो।
सुशासनको लोकतन्त्रसँग अत्यन्त घनिष्ठ सम्बन्ध छ। वास्तवमा दुवै एकअर्काका पूरक हुन्। न सुशासनबिना लोकतन्त्र गतिशील हुन सक्छ न त लोकतन्त्रबिना सुशासन नै कायम हुन सक्छ। सरकारमा सहभागी सबैलाई सिद्धान्ततः यसबारे राम्रै जानकारी छ तर जब व्यवहारमा लागु गर्ने कुरा उठ्छ तब सबै सिद्धान्त कोरा सावित हुने अवस्था सिर्जना हुन्छ। जबजब सुशासनको कुरा उठ्छ पारदर्शी र खुलापन तथा जनउत्तरदायी जस्ता शब्द सँगसँगै रहने अपेक्षा गरिन्छ। सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनको सन्दर्भले सुशासन र लोकतन्त्रको भावनालाई बल पुर्याउँछ। वर्तमान सरकारका काम/कारबाईका सन्दर्भमा भन्ने हो भने यो सरकारले सुशासनको कुरा त गर्ने गरेको छ तर सँगसँगै रहनुपर्ने अपेक्षा गरिएका अन्य शब्द र शब्दावलीको व्यावहारिक उपस्थितिप्रति भने प्रायः सोच्ने गरेको पाइँदैन।
सूचनाको हकसम्बन्धी ऐन लागु भएपछिको सात वर्षको अधिकांशजसो समयमा माओवादी संलग्न रहेको वा यस पार्टीले नेतृत्व गरेको सरकार अस्तित्वमा रह्यो। अतः ऐन लागु हुन नसकेको जिम्मेवारीको ठूलो हिस्सा यसै पार्टीले स्वाभाविकरूपले लिनुपर्छ तर विगतका गल्ती नसच्याउनु निश्चय पनि वर्तमान सरकारको कमजोरी हो। ऐन र नियमावलीमा भएका प्रावधान वर्तमान सरकारले कार्यान्वयन गर्दैन भने सरकार जनताको जान्न पाउने हक सुनिश्चितताका दिशामा उदासीन छ भन्ने बुझ्न हम्मे पर्दैन। यस अर्थमा वर्तमान सत्ता गठबन्धनका नेपाली कांग्रेस र एमालेलगायतका अंशियारहरू पनि जिम्मेवारीबाट उन्मुक्ति प्राप्त गर्न सक्दैनन्।
जिल्लास्तरका सरकारी कार्यालयलाई एकछिन टाढै राखौं राजधानीमा रहेका सरकारी कार्यालयमा समेत अधिकांशजसो ठाउँमा सूचना अधिकारीको स्पष्ट व्यवस्था गरिएको छैन। जहाँ गरिएको छ त्यहाँ त्यस्ता अधिकारीको न कार्यक्षेत्रको स्पष्ट परिभाषा गरिएको छ न त तिनलाई सूचनामा पहुँच नै दिइएको छ। अचम्म त के छ भने राष्ट्रिय सूचना आयोगको अभिलेखमा सूचना अधिकारी भएको भनिएको कतिपय ठाउँमा पनि यस्ता अधिकारी छैनन् र भए पनि जनसामान्यको पहुँचभन्दा टाढा छन्। प्रत्येक तीन महिनामा सूचना सार्वजनिक गर्ने कुरा त आकाशको फल नै सावित भएको छ। यसले के देखाउँछ भने सरकार सूचना सम्प्रेषण गर्न होइन नियन्त्रण गर्न बढी रुचि राख्छ। अर्थात सरकार पारदर्शी र खुला होइन अपारदर्शी र बन्द शासन संयन्त्र चाहन्छ। वास्तवमै सरकारको यस्तै सोच हो भने यसलाई लोकतान्त्रिक मान्न सकिँदैन। लोकतन्त्रले त शासनका संयन्त्रहरू खुला र जिम्मेवार हुनुपर्ने अपेक्षा राख्छ। लोकतन्त्रले सूचनामा व्यक्तिको निर्वाध पहुँचको वकालत गर्छ। तर यो सरकार जसले आफू लोकतान्त्रिक भएको दाबी गर्छ उही नै सूचना आयोगमा आयुक्त नियुक्त गर्दैन। करिव डेढ वर्ष भइसक्यो आयुक्तको अनुपस्थितिमा जनताको सूचनाको हकसम्बन्धी पुनरावेदकीय अधिकार कार्यान्वयन हुन सकेको छैन।
नागरिकको चाहना भ्रष्टाचारमुक्त असल शासन हो। यसका लागि निश्चितरूपमा पारदर्शी लोकतान्त्रिक शासन प्रणाली आवश्यक पर्छ जो सूचनाको निर्वाध सम्प्रेषण अर्थात सूचनामा जनताको निर्वाध पहुँचको अवस्थामा मात्र सम्भव छ। सूचना लुकाउने वा लुक्ने अवस्था जति बढी हुन्छ त्यहाँ भ्रष्टाचार र अनियमितताको सम्भावना त्यति नै बढी हुन्छ। नेपालमा पनि लोकतन्त्रलाई संस्थागत गर्न र शासनको दैनन्दिन प्रक्रियामा नागरिकलाई सहभागी गराउन सूचनाको हकलाई संविधानमै व्यवस्थित गरी सात वर्षअघि ऐन ल्याइएको हो। तर सात वर्षको मूल्यांकनका आधारमा के भन्न सकिन्छ भने सरकारले ऐन र नियमावलीका प्रावधानहरू लागु गर्न चाहेको छैन। यसको सोझो अर्थ हो– सरकार आफ्ना क्रियाकलापबारे जानकारी दिन चाहँदैन र लोकतन्त्रका नाममा हल्लामात्र मच्चाउन चाहन्छ।