चीनका राष्ट्रपति सी जिनपिङको यही १ असोजबाट भएको ३ दिने भारत भ्रमणले दुवै छिमेकीबीचको सम्बन्धमा नयाँ आयाम सुरुभएको छ। राष्ट्रपति सीको भ्रमणका अवसरमा भारत र चीनबीच १२ वटा विभिन्न सम्झौता भएका छन्। आगामी ५ वर्षमा चीनले भारतमा २० अर्ब अमेरिकी डलर लगानी गर्नेछ। रेल्वेको आधुनिकीकरणसहित भारतले चीनसँगको व्यापार घाटा पूर्ति गर्न औद्योगिक क्षेत्रको विकास गर्ने सम्झौता पनि भएका छन्। राष्ट्रपति सीको भ्रमणबाट आर्थिक क्षेत्रको स्थापना, सांस्कृतिक आदानप्रदानजस्ता महत्वपूर्ण सहयोगका सम्झौतासहित हिन्दुर्मावलम्बीका लागि अत्यन्त महत्वपूर्ण तीर्थ मानिने कैलाश–मानसरोवर जान भारतको संवेदनशील राज्य सिक्किमको नाथुलाबाट नयाँ मार्ग खोल्न दुवै राष्ट्र सहमत भएका छन्। चीनले तिब्बत कब्जा गरेपछि भारतीयका लागि कैलाश मानसरोवरको तीर्थ यात्रा निकै कठिन हुन पुगेको थियो। भारतीयहरुको लागि चीनले हरेक वर्ष कोटा तोकि दिने र त्यहाँ जादा नेपाल भएर जानु पर्दथ्यो तर अब नाथुलाबाट नयाँ मार्ग खुलेपछि लाखौँ भारतीय हिन्दु कैलाश मानसरोबर बिनारोकटोक जान पाउनेछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि यो ठूलो आत्मसन्तोषको विषय बनेको हुनुपर्छ। हिन्दुत्वको नारा दिने भारतीय जनता पार्टीका नेता प्रधानमन्त्री मोदीका लागि कैलाश मानसरोवर जाने सजिलो बाटो खुल्नु राजनीतिक उपलब्धि पनि हो। नाथुला हुँदै भारतीयलाई मानसरोवर जान दिनमा देखाएको सदाशयबाट राष्ट्रपति सी करोडौं भारतीय हिन्दुको मन जित्न सफल भएका छन्। यस अर्थमा उनको भारतको भ्रमण दुवै नेताका लागि उपलब्धिमूलक रह्यो।
राष्ट्रपति सीले दक्षिण एसियाका जुनजुन राष्ट्रको भ्रमण गरे ती सबै देशको विकासमा चीनले ठूलो लगानी गरेको छ। ती देशमा राष्ट्रपति सीको भ्रमणको सकारात्मक प्रभाव पर्नु स्वभाविक हो। यस पटक भ्रमणमा तालिकामा नपरेको छिमेकी राष्ट्र नेपालको पनि विकासमा ध्यान दिनुपर्ने विषय राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उठाएको समाचार नेपालका लागि पनि सुखद हो। अबको ५ वर्षपछि चीनको रेल्वे नेपालको सीमानामा ल्याइपुर्यााउने गरी चीनमा काम भइरहेको छ। प्रधानमन्त्री मोदीले कैलाश मानसरोवर जाने नयाँ मार्ग खुलाएर कन्या कुमारीदेखि कैलाश मानसरोवरसम्म 'धार्मिक राजपथ' बनाउन खोजेजस्तै चीनमा ठूलो संख्यामा रहेका बुद्ध धर्मावलम्बीलाई नेपालको लुम्विनीसम्म सजिलोसँग पुग्ने राजपथबाट जोड्न सकिन्छ। हाल नेपाल आउने चीनिया पर्यटकमा बुद्ध धर्मावलम्बीको संख्या उल्लेख्य रहेको छ। लुम्बिनीका साथै सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको बोधगया, कुशीनगर एवं सारनाथको भ्रमण गर्ने स्वभाविक चाहना हुन्छ। लुम्बिनीदेखि सारनाथ, बोधगया र कुशीनग जोड्ने बौद्ध वृत्त (सर्किट) बन्यो भने विश्वभरका बौद्धहरूको धार्मिक आस्थाको सम्मान हुनेछ। राष्ट्रपति सीले पहिले बुद्ध धर्मले नै एसियालाई जोडेको स्मरण गरेजस्तै अब पनि बुद्ध धर्मले नै एसियालाई जोड्ने थियो। इतिहास साक्षी छ, भारतीय विद्वान्हरू नेपाल हुँदै तिब्बत, चीन र जापान जान्थे बौद्ध धर्मको प्रचार गर्न भने चिनियाँ विद्वान् पनि नेपाल भएरै बुद्ध धर्मको अध्ययन गर्न नालन्दा जाने गर्थे। नेपालको सीमामा आइपुगेको रेल लुम्विनीसम्म पुर्या उन चीन सकारात्मक देखिएको छ। भारतले पनि यसमा चासो देखायो भने चीन र भारतलाई नेपाल हुँदै रेलबाट जोड्न धेरै वर्ष लाग्नेछैन।
अर्कातिर, राष्ट्रपति सी जिनपिङको भ्रमणकै बेला चिनियाँ सेनाले भारतको लद्दाखमा सीमाभित्र प्रवेश गर्योर। त्यसले भारतीय जनमानसमा नकारात्मक प्रभाव पार्नु स्वभाविकै थियो। चिनियाँ राष्ट्रपति सीसँगको वार्तामा भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ सेनाको लद्दाख प्रवेशलाई निकै गंभीरताका साथ उठाए। सन् २०२४ संममा विश्व महाशक्ति राष्ट्र बन्ने संकल्पसाथ अघि बढेको चीन भारतजस्तो अर्को शक्तिशाली छिमेकीसँग यस्तो विवादमा अल्भि्करहन पक्कै चाहँदैन। यसैले लद्दाखबाट चीनिया सेना अहिले पछि हटेको हुनुपर्छ। चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहेको छ र सन् १९६२ मा रक्तपातपूर्ण लडाइँ नै भएको थियो। राष्ट्रपति सीको ३ दिने भारत भ्रमणले २१ औं शताब्दीमा उदयमान दुई एसियाली राष्ट्रबीच आपसी विश्वास बढाएको छ। चीनको द्रूततर आर्थिक विकासबाट भारतले पनि फाइदा उठाउन सक्नेमा शंका छैन। भारतीय संचार माध्यममा राष्ट्रपति सीको भ्रमणलाई 'हिन्दी–चीनी भाइभाइ भाग – २' भनेका छन्।
संयोग नै हुन सक्छ, चीनियाँ राष्ट्रपतिको भारत भ्रमणकै समयमा नेपाल र भारतबीच वर्षौँदेखि छलफल भएको तर हुन नसकेको विद्युत् व्यापार संझौता (पीटीए) र एउटा भारतीय कम्पनीसँग विद्युत् (आयोजना) विकास सम्झौता (पीडीए) निर्माण गर्न संझौता भएका छन्। यसले नेपालको जलविद्युत्को उपयोग गर्न ढोका खोलेको छ। भारतसँग विद्युत् व्यापार संझौता भएपछि भारतीय वा अन्य विदेशी ठूला कंपनी नेपालको जल विद्युत्मा लगानी गर्न आकर्षित भएका समाचार आउन थालेकोछन्। भारतकै जीएमआरले माथिल्लो कर्णालीबाट हिउँदमा ३०० मेगावाट र वर्षायाममा ९०० मेगावाट विद्युत् उत्पादन गर्ने गरी नेपाल लगानी बोर्डसँग सम्झौता गरेको छ। यसले अन्य ठूला विदेशी लगानीकर्तामा पनि विश्वास बढाउनेछ र निकट भविष्यमै विदेशी कंपनीहरू लगानी गर्न आउने सम्भावना बढेको छ। बंगलादेशले नेपालको विद्युत् अमेरिकी मुद्रा डलरमा खरिद गर्नेगरी पठाएको प्रस्ताव भारतसँग विद्युत् व्यापार संझौता हुननसक्दा यसै थन्किएर रहेको छ। स्वयं भारतमा ऊर्जाको ठूलो माग रहेको छ भने खेरगइरहेको नेपालको जलसम्पदाबाट विद्युत् विकास गर्नस यसले नेपाल, भारत र बंगलादेशसमेतमा ऊर्जा संकट टार्न ठूलो सहयोग पुग्नेछ। तीव्र आर्थिक विकासमा बढेको भारतलाई विद्युत्को बढी नै खाँचो छ। भनिन्छ, नेपालमा ८३ हजार मेगावाट जलविद्युत्को क्षमता छ र त्यसमा ४३ हजार व्यावसायिक दृष्टिबाटै उत्पादन गर्न सकिन्छ। नेपालको यो 'सेतो सुन' अहिलेसम्म त्यसै खेर गइरहेछ। त्यसलाई सदुपयोग गरे दुवै देशमा समृद्धि बाँड्न सकिनेछ।
चीनियाँ राष्ट्रपतिको भारत भ्रमणको समयमा यी संझौता हुनु संयोगमात्रै भए पनि नेपालको विद्युत् विकासका पक्षमा सकारात्मक वातावरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाटै बनेको हो। नेपालमा बढी भएको विद्युत् सित्तैमा होइन मूल्य तिरेर किन्न चाहन्छौं भन्ने प्रधानमन्त्री मोदीको सार्वजनिक अभिव्यक्तिले नै नेपालीको मन जितेको थियो। त्यसैको परिणाम हो विद्युत् व्यापार र विद्युत् विक सम्झौता। विद्युत व्यापार संझौताका लागि नेपालले सन् २०१० मा नै भारत समक्ष प्रस्ताव पठाएको थियो। तर तत्कालीन भारत सरकारले नेपालको आर्थिक विकासभन्दा यहाँको राजनीतिको 'सूक्ष्म व्यवस्थापन'लाई प्राथमिकता दिएको हुँदा सम्झौता हुनसकेको थिएन। भारतीय जनता पार्टीको सरकार गठन हुनासाथ छिमेकीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएकाले यी सम्झौताहरू सम्भव भएका हुन्।
नेपाल र भारतबीचका जलविद्युत् आयोजनामध्ये अत्यन्त महत्वपूर्ण मानिएको पंचेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न नियमावली बनाउन, कार्यालय स्थापना गर्न र प्रमुख कार्यकारी अधिकृत नियुक्ति सम्बन्धमा वार्ता गर्न भारतीय जलस्रोत सचिव आलोक रावतकोनेतृत्वमा ११ सदस्यीय प्रतिनिधि मण्डल नेपाल आएर वार्ता गरी फर्केको छ। पंचेश्वर बहुउद्देश्यीय परियोजनाको सम्झौता २०५२ साल माघ २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै भएको थियो। यस परियोजनाले सुदूर पश्चिमको विकासमा पुर्याएउने योगदानको बखन गर्ने क्रममा कतिले 'अब नेपालमा पश्चिमबाट सूर्य उदाउनेछ' भनेका थिए। तर सम्झौताले नेपालको राजनीतिमै नै उथलपुथल ल्यायो। यसैलाई लिएर नेकपा (एमाले) पार्टी नै फुट्यो। यसपछि नेपालमा राजनीतिक अस्थिरताको आँधीबेहरी नै सुरु भयो। नेकपा (माओवादी)को स्थापना र उसले सुरुगरेको हत्या र हिंसाबाट सत्र हजार निर्दोष नेपाली मारिए। यस अवधिमा अनेकरूप र रंगका सरकार बने। देशबाट २४० वर्षको राजतन्त्र समाप्त भयो र नेपाल गणतन्त्र भयो। त्यतिबेला देखि सुरुभएको राजनीतिक अस्थिरताको चक्रव्यूह अझै भत्किएको छैन। विसं २०५२ मा भएको सम्झौता अघि बढाउनमात्र झन्डै २० वर्ष लाग्यो। पूर्ण कार्यान्वयन गर्न अझ कति लाग्ने हो? यद्यपि, भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको प्राथमिकतामा छिमेकी राष्ट्र परेका र त्यसमा पनि नेपाल उच्च प्राथमिकताभित्र परेकोले पंचेश्वर बहुउद्देश्यीय परियोजना अब कार्यान्वयन अपेक्षा गर्न सकिन्छ।
पञ्चेश्वर आयोजनाको कार्यविधि सन् २००९ मै पारित भएको थियो। त्यतिबेला नेपालका तर्फबाट अनुमोदन प्रक्रिया अघि बढाइए पनि भारतले चासो नदिँदा त्यो अघि बढ्नसकेको थिएन। भारतमा मोदी सरकार आएपछिमात्र यसको प्रक्रिया अघिबढाउन भारतीय अधिकारीले चासो देखाएका हुन्।
यस परियोजनाको नेपाल र भारतले छुट्टाछुट्टै अध्ययन गरेका छन्। तर संयुक्त अध्ययन विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छैन। नेपालले रुपाली गाडमा बनाउनुपर्नेमा जोड दिएको छ। बाँध रुपाली गाडमा बनाउँदा ६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन हुने र त्यसभन्दा तल बन्ने 'रीरेगुलेटिंग' बाँधबाट थप २ सय ४० मेगावाट विद्युत् निकाल्न सकिने अध्ययनले देखाएको छ। तर भारत भने पूर्णागिरिमा बाँध बनाउने पक्षमा छ। पूर्णागिरिमा बाँध बनाउँदा नेपालतर्फ बैतडीका २ हजार ९ सय ३६ घर धुरीका २२ हजार जनता विस्थापित हुनेछन्।
नेपालले यसभन्दा अघि भारतसँग कोसी र गण्डक सम्झौता गरेको थियो। ती दुवै सम्झौताबाट नेपाल ठगिएको अनुभूति नेपाली जनतामा भएको छ। यस पक्षलाई पनि ध्यानमा राखेर पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा बिजुली र पानी आधाआधा गर्ने भनिएको हो। रुपाली गाडमा बाँध बनाउँदा त्यसबाट प्राप्त हुने आधा पानी सबै नेपालमा खपत हुनसक्तैन र भारतलाई बेच्नुपर्ने हुन्छ। भारतले अहिलेसम्म उक्त पानीको मूल्य दिन अस्वीकार गरिरहेको छ। भारतको नयाँ सरकार सानातिना कुरामा अल्झेर विकासलाई उपेक्षा गर्ने पक्षमा देखिँदैन। नेपालको मन जितेरै अघिबढ्ने मनानसिकतामा मोदी सरकार रहेको देखिएको छ। अन्यथा, वषर्ौं वर्षदेखि रोकिएर रहेको विद्युत् व्यापार सम्झौता अहिले आएर हुने थिएन। भारत र चीनको विकासको चर्चा गर्दा यी दुई देशको बीचमा रहेको नेपालको विकासमा पनि हामीले ध्यान दिनुपर्छ भन्ने चीनका राष्ट्रपति सी जिनपिङको भनाइले पनि नेपालको विकासमा चीन र भारतको सकारात्मक प्रतिस्पर्धा हुने ठानेर काठमाडौंका विश्लेषकहरू उत्साहित भएका हुनुपर्छ।