विखण्डनको वैचारिक प्रतिरोध
१४ असोज २०७१
•
१५ मिनेट पाठ
विखण्डनको वैचारिक प्रतिरोध
नेपालको तराई भूभागलाई टुक्य्राएर स्वतन्त्र मधेस स्थापना गर्नुपर्ने विचारप्रति केही समय यता केही मधेसी युवाले अत्यधिक चासो देखाएको देखिएको छ।मधेस केन्द्रित राजनीतिक दलभन्दा पनि नागरिक समाज तथा अन्य क्षेत्रमा संलग्न केही व्यक्ति विभिन्न सामाजिक सञ्जालमा हालै डा. सीके राउतले प्रकट गरेका तराईलाई छुट्याउनुपर्ने धारणाप्रति चाहिँ मौन रहेर ‘अभिव्यक्ति स्वतन्त्रता' का नाममा राउतको रिहाइको माग गरिएका विचारमात्र व्यक्त गर्न सक्रिय देखिएका छन्।
भारतका विदेश मन्त्री सुषमा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदी र हालैसालै गृहमन्त्री राजनाथ सिंहले नेपाल भ्रमणका समयमा मधेस केन्द्रित दलका नेताले उठाउँदै आएको क्षेत्रीयतावादलाई प्रश्रय र अभिभावकत्व नदिइने आशय प्रकट गरेपछि राउत प्रकरण आएको छ। भारतका प्रधानमन्त्री मोदीले त नेपाली (पहाडी) युवाले भारतको सीमा रक्षामा बलिदान गरेको संविधान सभालाई सम्बोधनका क्रममासमेत स्मरण गरेका थिए। यसै प्रसंगलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि नेपाल भ्रमणका बेला गत असोज ४ गते दोहोर्यानए। उनले भने, – ‘सायद, दुनियामा एउटा मुलुक नेपालमात्र छ, जहाँका युवा भारतको सीमा सुरक्षाका लागि पसिनामात्र होइन रगतसमेत बगाउन तयार छन्। ' गृहमन्त्री सिंहले ‘नेपाल र भारत'लाई एक अर्काका ‘पूरक मुलुक' र नेपाल–भारत सम्बन्ध अत्यन्त ‘भावनात्मक' रहेको पनि स्पष्ट पारेका थिए। 
हुनत, राउतले तराईलाई नेपालबाट छुट्याएर स्वतन्त्र देश बनाउनुपर्ने विचार हालैमात्र व्यक्त गरेका होइनन्। यसलाई उनले विभिन्न वेबसाइट र सामाजिक सञ्जालमार्फत विगत केही वर्षदेखि नै उठाउंदै आएका छन्। तर, उनको बढी चर्चा भने हालैका दिनमा भएको छ।
बीपी कोइरालाले तराईका मधेसी र काठमाडांैको नेवार समुदायमा ‘नेपाली राष्ट्रवादको चुरो' रहेको विचार व्यक्त गरेका छन् (विश्वेश्वरप्रसाद कोइराला, ‘राजा, राष्ट्रियता र राजनीति', पृष्ठ, ४३, ४४, ११६)। उनले क्यान्सरको उपचारका लागि न्युयोर्कको अस्पतालमा भर्ना हुँदा वांसिगटनस्थित अन्तर्राष्ट्रिय मुद्राकोषको मुख्यालयमा जागिर खाने एक जना मधेसी युवाले आफूले जागिरको अवधिभर कमाएर बचत गरेको रकम १० हजार ३०० डलरको चेक उपचार खर्चका लागि दिएको घटना पनि उल्लेख गरेका छन्। खर्चको अभावमा मुस्किलमा परेका बीपीले ती युवाको त्यस्तो कार्यबाट प्रभावित भएर ‘किन यस्तो गरेको' भन्ने प्रश्न गर्दा – ‘तपाईं देशमा प्रजातन्त्रको लागि यत्रो मरिमेटेर लाग्ने, प्रजातन्त्र नभई देश रहँदैन भन्ने। तपाईंको जीवन हाम्रो देश र प्रजातन्त्रको लागि अमूल्य छ, त्यसै मैले जागीर खाएर अहिलेसम्म बचाएको रकम तपाईँको स्वास्थ्यका लागि दिने निर्णय गरेको हुँ, पैसा त म पछि अरु पनि कमाउन सक्छु' भन्ने जवाफ दिएको उल्लेख गरेका छन्। बीपीले २०३६ सालको जनमत संग्रहका क्रममा जनकपुरको तिरहुतीया मैदानमा आयोजना गरिएको विशाल आमसभामा राष्ट्रियताको सन्दर्भमा आफ्नो भाषणमा समेत उक्त युवाको नामै लिएर प्रशंसा गरेका थिए। ती थिए धनुषा इकराही गाउँका डा. सुखदेव साह। त्यतिमात्रै होइन ती युवाले अमेरिकाकामा अत्यन्त सुखसुविधासहित लाभप्रद जागिरको समेत माया मारेर ‘टाउकोमा आफ्नो सन्दुक बोकेर' आफ्नो गाउँघर फर्केर बहुदलको पक्षमा जनमत सिर्जना गर्न लागिपरेको समेत उल्लेख गरेका थिए। तराईवासीलाई बीपीले ‘राष्ट्रियताको रिजर्भ्वायर'समेत भनेका छन्। क्यान्सर पीडित बीपीले आफू पहाडी भए पनि आफ्नो स्वास्थ्यको २४ सै घन्टा रेखदेख गरिरहनुपर्ने भएकाले त्यसका लागि उपयुक्त डाक्टरको खोजतलास गर्दा उचित तलब नपाई कोही पनि नआउने त्यतिखेरका नामुद पहाडी डाक्टर (हाल नाम चलेका एक मानव अधिकारवादी) ले भनेको उल्लेख गर्दै स्मरण गरेका छन् तर दिनको हजारौं रुपियाँ आम्दानी गरिरहेका एक जना मधेसी डाक्टर (हालका राष्ट्रपति डा. रामबरण यादव) बिना पैसा वर्षौंसम्म २४ सै घन्टा आफ्नो उपचारमा संलग्न रहेको पनि उल्लेख गरेका छन्।
विसं २०१८ सालमा नेपाली कांग्रेसको निर्णयअनुसार राजा महेन्द्रमाथि बम प्रहार गर्न पठाइएका दुर्गानन्द झालाई मृत्युदण्ड दिएपछि उनको परिवारलाई खासगरी उनकी विधवा काशीदेवी झा लाई बहुदलपछि बनेका कांग्रेसका सरकारमा बसेका नेतालेसमेत बिर्से। विसं २०४८ सालपछि सत्तामा पुगेका कांग्रेसका नेतामा देखिएको यस्तो संवेदनहीनता तथा सत्ता प्राप्तिका लागिमात्र मधेसी युवाको उपयोग गर्ने मानसिकतामाथि लेखक सीके लालले बेलाबखत प्रहार गर्नेगरेका छन्। 
कांग्रेसको यस्तो संवेदनहीनताको फाइदा कांगे्रसबाटै अलग भएर मधेस केन्द्रित क्षेत्रीय पार्टीहरूको नेतृत्व गर्न पुगेका केही दलका नेताले भरपूर्‍ूपमा उठाए। दुर्गानन्द झाकी विधवा काशीदेवी झालाई तराई मधेस लोकतान्त्रिक पार्टीले पहिलो संविधान सभामा समानुपातिक तर्फबाट सदस्य र माओवादीको नेतृत्वको सरकारमा राज्यमन्त्रीसम्म बनायो। त्यतिमात्रै होइन, बपीले राष्ट्रियताको व्याख्या गर्दा उल्लेख गरेका तिनै डा. सुखदेव साहलाई माओवादीले आफ्नो नेतृत्वको सरकारको पालामा अमेरिकाका राजदूतमा समेत मनोनीत गर्योु। यद्यपि, विभिन्न कारण देखाएर अमेरिकाले उनलाई स्वीकार गरेन। 
प्रथम संविधान सभाको अवधिमा इलामको आफ्नो निर्वाचन क्षेत्र पुगेका सभामुख सुवास नेम्वाङलाई ‘स्वतन्त्र लिम्बुवान' समर्थक कार्यकर्ताले सार्वजनिक मञ्चबाटै ‘छिमेकी देश' नेपालका सभामुखलाई स्वागत गछर्ौं भनेका थिए। अर्थात्, विखण्डनका यस्ता नारा बेलाकुबेला उठ्ने गरिरहेकाछन्। लोकतन्त्रमा प्रचलित कानुनको देशको सीमाभित्र रही राष्ट्रिय अखण्डतामा खलल नपुग्ने गरी आफ्नो समूहको चासो र हित रक्षाका लागि जति पनि उफ्रिन पाइन्छ, पाइनुपर्छ। 
मधेस केन्द्रीत दलका नेताको सत्तालोलुपताबाट मधेसी युवा निराश भएका हुन्। प्रथम संविधान सभाको निर्वाचनमा अत्यधिक स्थानमा विजय प्राप्त गरेका तीनवटा मधेस केन्द्रित दल केही समयभित्रै अनेक चोइटामा विभाजित भए। ती दलका नेताले प्रदर्शन गरेको चरम सत्ताआशक्ति र गलत रणनीतिका कारण दोस्रो संविधान सभा निर्वाचनमा लज्जास्पद हार बेहोर्नु पर्योल। मधेसी युवाले यस यथार्थलाई राम्ररी बुझेका छन्। प्रत्यक्षतर्फ त्यस्तो हार बेहोर्नु पर्दापर्दै पनि समानुपातिकतर्फ हात पर्न आएका संविधान सभाका एक दुई स्थानमा समेत आफ्नै पत्नी, सम्धी सम्धिनीजस्ता राजनीतिसँग खासै सरोकार नभएका नातागोताका तथा अन्य व्यक्तिलाई मनोनीत गरेबाट मधेसी युवा क्षुब्ध हुनु पनि अस्वाभाविक होइन। 
संविधान सभामा हाल प्रत्यक्ष र समानुपातिकतर्फका गरी नेपाली काग्रेसमा ४८ जना मधेसी सभासद् छन्। त्यस्तै मधेसबाट प्रत्यक्षमा विजयी भएका पहाडी मूलका सांसद कांग्रेसमै २३ जना छन्। यिमध्ये कसैलाई पनि सीके राउतले उठाएका राष्ट्र विभाजनको वैचारिक मुद्दाका विपक्षमा आआफ्ना क्षेत्रमा परिचालित हुन कांग्रेसले अह्राएको छैन। त्यतिमात्र हैन सरकारको नेतृत्व गर्ने यस पार्टीले यस प्रकरणमा अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिने आवश्यकता पनि देखेन। पानीको सतह नाकभित्र पस्ने स्थिति नआउन्जेलसम्म अल्याङटल्याङ गर्ने र नाकैभित्रै पस्न थालेपछि मात्रै छरछिमेक गुहार्ने बानी परेका कांग्रेसका नेताले सम्पूर्ण मधेस केन्द्रित दलभन्दा आफ्नो दलले मधेसीको धेरै भोट पाएको र संसद्मा बढी स्थान जितेको समेत हेक्का राखेको देखिएन। मधेसबाट जितेका आफ्ना सभासद्लाई परिचालन गरी राउतको राष्ट्र विखण्डनको विचारका विपक्षमा रहेको मधेसी जनमत अभिव्यक्त गराउने आँटसम्म गरेको छैन। 




तथ्याङ्कले के देखाएको छ भने २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचन र दुवै संविधान सभामा आआफ्नो जनसंख्याको अनुपातभन्दा बढी प्रतिनिधित्व गराउन सकेका मधेसका मधेसी बाहुन, यादव, कायस्थ, कठबनिया, राजपुत, तेली, देव, कोइरी तथा थारुभन्दा तराईका दलित, जनजाति तथा मुस्लिम धेरै पछाडि परेका छन् ( पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलद्वारा एउटा कार्यशालामा २०७१ भदौ १० गते प्रस्तुत ‘निर्वाचन प्रणाली – केही विकल्प' नामक कार्यपत्र)। संविधान सभादेखि अन्य सबै क्षेत्रमा तिनको प्रतिनिधित्व आफ्नो जनसंख्याको अनुपातमा अत्यन्त कम रहेको छ। कांग्रेसजस्ता दल ती जातिलाई सुरक्षाको अनुभूति दिन अग्रसर हुनुपर्ने हो। त्यतातिर पनि कसैको ध्यान गएको देखिँदैन। 
मधेस र मधेसीमा पहाडीभन्दा बढी राष्ट्रियताको भावना रहेको यथार्थलाई बीपीले डा. सुखदेव साह र डा. रामवरण यादवको उदाहरण दिएर प्रष्ट पार्ने गर्थे। त्यही मधेसमा अहिले एक जना डा. सि.के. राउत भने नेपालबाट मधेसलाई नटुक्य्राएसम्म मधेसीले पहाडीको गुलामी र राज्यबाट दोस्रो दर्जाको नागरिकको व्यवहार सहिरहनुपर्ने विचार र नारा अगाडि सारेका छन्। 
आखिर के चाहन्छन् डा. राउत? नेपालको चौहद्दीलाई भत्काएर मधेसको कुन वर्गको मुक्ति खोजेका हुन् उनले? के उनले भनेको मधेसको मुक्तिमा मधेसमा बसोवास गर्दै आएका गैरमधेसीको पनि समर्थन छ? वा मधेसीमध्ये पनि उच्च जातिका मधेसीबाट सँधै अपहेलित हुँदैआएका, आफ्नो जनसंख्याको तुलनामा हरेक क्षेत्रमा न्यून प्रतिनिधित्व गराइएका र पछाडि पारिएका मधेसीको समर्थन छ? 
नेपाल गणराज्यको चौहद्दीभित्रै रहेर मधेस र मधेसीको मात्रै होइन, पछाडि परेका सबै सीमान्तकृत वर्गको हक हितको सुरक्षा गर्न सकिन्छ र गर्नुपर्छ भन्ने उपेन्द्र यादवजस्ता नेता वा अरू मधेसी नागरिक अभियन्ता पनि छन् हाम्रो मुलुकमा। सम्भवतः दलीय संकुचित सीमाभन्दा अलिकति पनि दायाँबायाँ गर्न नसक्ने सोच बोकेका रैथाने दलका रैथाने नेतृत्वका कारण यस्तो विषम परिस्थिति उत्पन्न भएको हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस