कार्ल मार्क्सले धर्मलाई अफिम भनेका छन्। अफिम लागू पदार्थ हो। मार्क्सको निहितार्थ यही थियो कि धर्मले भ्रममा बाँच्ने लत लगाउँछ। तर जुन कर्मकाण्डलाई हामी धर्म भन्छौँ, सुरुवातमा ती त्यस्ता कर्मकाण्ड थिएनन्। ती यथास्थितिविरुद्ध सामाजिक परिवर्तनका कडी थिए।हाम्रो क्षेत्र भक्तपुरको कटुन्जे, गुन्डु र दधिकोट ‘शम्भोमय' छ। त्यहाँ बिहानी यात्रामा हिँड्नेहरू कटुन्जेको सुवर्णेश्वरबाट गुन्डुको कृष्ण मन्दिर हुँदै दधिकोटको अनन्तलिंगेश्वर महादेवस्थान पुग्छन्। भेट हुने परिचित, अपरिचित हरेकजसो व्यक्ति नमस्तेको साटो ‘जय शम्भो' भन्छन्। ‘के छ?' भनेर सोध्न परे पनि ‘जय शम्भो'। ‘ठीक छ' भनेर जवाफ दिँदा पनि ‘जय शम्भो'। ‘आउनु भो?', ‘हिँड्नु भो?' भनेर सोध्दा पनि र जवाफ दिँदा पनि ‘जय शम्भो'। कहाँसम्म भने गँजडी वा जुवाडेले श्रीमती कुट्दा पनि ‘जय शम्भो' भनेको सुनिए अचम्म मान्नुपर्दैन। व्यापारी र व्यवसायी टाइपका मान्छे भने शिवलिंगमा टाउको जोतेर ‘जय शम्भो, पैसा कम भो' भनेर हास्यरस पैदा गर्छन्। शम्भुको मोहनी अपरम्पार छ। अनन्तलिंगेश्वरमा वृन्दावन निर्माण गर्ने बृहत् योजना बन्दैछ। त्यो सफल भए यो क्षेत्र अझै शम्भुमय हुनेछ।
भर्खरै हिन्दुहरूको महान् चाड दसैँ सकिएको छ। तिहार नजिकिँदैछ। हिन्दु तथा बौद्ध संस्कार मान्ने नेवारहरूको त्यसै समय पर्ने मोहनी, स्वान्ति नखः, म्हँ पुजाजस्ता चाड धर्म निरपेक्ष राज्यबाट संरक्षित यी चाडहरूको छायाँमा परेका छन्। क्षत्री, बाहुनको संस्कारले थिचेका यी ठाउँमा नयाँ पुस्ताका नेवारले मोहनी, स्वान्ति नखः, म्हँ पूजाको नामै सुनेका छैनन्। ती केबल दसैँ, तिहार मनाउँछन्, मोहनी र म्हँ पूजासँग तिनको सरोकार भएजस्तो लाग्दैन। तिनले आफ्नो लयदार मातृभाषा पनि भुसुक्कै बिर्सिसके। बरु सत्यनारायणको पूजा, रुद्री, होम, एकाह, सप्ताहमा ती राम्ररी अभ्यस्त भइसके। पञ्चामृत, अपुंगो, सेलपुरीसँग ती राम्ररी परिचित छन्। कौला वा समयः बजी तिनका लागि विराना शब्द हुन्। श्राद्धमा बाँडाको साटो बाहुन लगाउने प्रवृत्ति बढ्दो छ। नेवार परम्परामा मृत्यु संस्कार गर्दा किरियापुत्रीले दस दिनसम्म कपाल खौरन र सेता लुगा लगाउनु पर्दैन। मासुबाहेक खानामा कुनै परहेज गर्नु पर्दैन। बिस्तारै तीमध्ये कतिले यो खुकुलो परम्परा छाडेर क्षत्री, बाहुनले जस्तै आफन्तको मृत्युको दिनदेखि नै कपाल खौरने, एकसरो सेतो कपडामा मात्र बस्ने, १३ दिनसम्मै नुनबिनाको घिउ र भातमात्र खाने चलन अपनाउन थालेका छन्। धार्मिक तथा सांस्कृतिक संक्रमणको यो एउटा पाटो छ। मुख्य कुराचाहिँ, यहाँका नेवार, तामाङलगायत जनजाति पनि हिन्दु कर्मकाण्ड र अन्धविश्वासमा अभ्यस्त भइसके।
त्यसमाथि हिन्दु कर्मकाण्डले व्यावसायिक रूप धारण गरेको छ। पुराण वाचनमा पण्डित दीनबन्धु पोखरेलले जस्तै अब हरेक पण्डितले संगीत र नाट्यकर्मको सहायता लिन थालेका छन्। पुराणको कथाअनुसार बीचबीचमा पण्डित स्वयं सुरिलो स्वरमा आकर्षक पाराले भजन गाउँछन्। हार्मोनियम, मादल र तबलाको मनमोहक मुर्च्छनाले वातावरण आह्लादमय हुन्छ। अनि त गाउँलेहरू आफ्ना सारा निजी काम छाडेर ‘भगवान्लाई खुसी पार्न' नाच्न र ताली बजाउन व्यस्त हुन्छन्। पण्डितहरूले यसरी आफ्नो बजार फैलाउँदैछन्। हिन्दु कर्मकाण्डमा ‘जसोजसो पुरेत बाजे, उसोउसो स्वाहाः' प्रवृत्ति बढ्दैछ। भगवान्को भक्ति गरे, पुराण कथा सुने जस्तै पाप पनि फच्चे हुने विश्वास गरिन्छ। अनि त मानिस जानीजानी गरेको पाप भगवान्को दर्शन गरेर ‘कट्टा' गर्छन् र भगवान्सँग यस्तो पाप गरिरहन पाउने सुविधा माग्छन्। दिनभरि सरकारी अड्डामा अनियमिता गर्नेहरू, सेवाग्राहीलाई दुःख दिनेहरू, साँध मिचेर जग्गा बढाउनेहरू, जालझेल गरेर जग्गा कुम्ल्याउने दलालहरू पनि भगवान्का नाममा थोरै दान गरेर ‘मुक्त' हुन्छन्। स्कुल, कलेज, स्वास्थ्य चौकी निर्माणका लागि गाउँगाउँमा सप्ताह पुराण, कोटीहोम लगाइन्छ। परोपकारका लागि चुनादाम लगाउन नमान्नेहरू धार्मिक काममा उदार हृदयले दान गरेर आफ्ना सबै पापबाट सफाइ पाउँछन् र भगवान्सँग यस्ता पाप गरिरहन पाउने लाइसेन्स माग्छन्।
व्यक्तिगतरूपमा भन्ने हो भने कर्मकाण्डप्रति मलाई कुनै विश्वास छैन। म पनि मन्दिर जान्छु। तर मेरा लागि त्यो रमाइलो पर्यटन हो। विभत्स प्रकारले बोका, राँगा र हाँस, कुखुराको बलि दिएको दृश्य देख्दा दिक्क हुन्छु। पिताजीको निधनपछि दसैँको नवमीमा नवदुर्गालाई बलि दिने प्रथा मैले हटाइदिएँ। रामायण, महाभारत, गीता, कृष्ण चरित्रका किताब पाएसम्म पढ्छु। मलाई तिनका धार्मिकताले होइन, उच्च कल्पनाशीलता र सिर्जनशीलताले तान्छन्। हिन्दु सनातन समाजमा प्रचलित आदर्शको जरा पहिल्याउन तिनले मद्दत गर्छन्। अतः तीमाथि कठोरभन्दा कठोर आलोचना गरिएका किताब अझ रुचिपूर्वक पढ्छु। सामाजिक प्राणीका नाताले मैले पनि एकपटक निनी (फुपू) को नाममा ‘भक्तिपूर्वक' एकाह लगाएँ। आफ्नो मृत्युको पहिलो वार्षिकीमा एकाह लगाइदिन उहाँले गरेको अनुरोध पूरा नगर्नु सामाजिक हिसाबले बेइमानी ठहर्थ्यो। यसले हिन्दु कर्मकाण्डले कसरी जरा फैलाएको छ भन्ने प्रस्ट देखाउँछ।
वेद, उपनिषद्, रामायण, महाभारत, गीता, पुराण अनि भक्ति संगीतहरू हिन्दु धर्ममा आधारित छन्। संसारकै सबैभन्दा पुरानो यस धर्मको लक्ष्य हो, सबैको सुखमय जीवनका लागि काम गरेर अन्त्यमा मुक्ति प्राप्त गर्नु। हिन्दु समाज थुप्रै जाति र संस्कृतिहरूको उपज हो। यसको सबैभन्दा पुरानो ग्रन्थ वेद हो। वेदको अर्थ ज्ञान। ऋग्वेद सबैभन्दा पुरानो हो। सामवेद, यजुर्वेद, अथर्ववेद बेग्लाबेग्लै समयमा रचना भएका हुन्। वैदिक साहित्य तीन कालमा विभाजित छ। पहिलो काल संहिता हो। यो पद्यमा छ। यसमा मन्त्र र प्रार्थना छन्। दोस्रो काल ब्राह्मण हो। यसमा क्रियापद्धति र धार्मिक सिद्धान्तहरूको व्याख्या छ। तेस्रो, उपनिषद्मा धार्मिक कार्यहरूमा भन्दा ज्ञानमा जोड दिइएको छ। उपनिषद्को अर्थ समीप रहनु हो अर्थात् गुरुको सान्निध्यमा रहेर सृष्टिकर्ता र सृष्टिबारे ज्ञान प्राप्त गर्नु।
उपनिषद्पछि छ प्रकारका विद्या ज्योतिष, व्याकरण, निरुक्त, शिक्षा र छन्द उल्लेख्य छन्। यिनलाई वेदांग भनिन्छ। वेदांगबाहेक आयुर्वेद, धनुर्विद्या, गन्धर्वविद्या, शिल्पविद्याजस्ता उपवेद पनि छन्। आयुर्वेदमा प्राकृतिक चिकित्सा, धनुर्विद्यामा युद्धकला, गन्धर्वविद्यामा नाचगान र शिल्पविद्यामा वास्तुकलाका ज्ञान छन्। त्यसपछि सांसारिक दुःखबाट मुक्त हुन विभिन्न ऋषिले छ खालका दर्शन प्रतिपादन गरे। ती हुन्, पतन्जलीको योग दर्शन, गौतमको न्यायदर्शन, व्यासको वेदान्त दर्शन, जैमिनीको पूर्व र उत्तर मिमांसा दर्शन, कपिलको सांख्य दर्शन र कर्णादको वैदेशिक दर्शन। हिन्दु धर्मका चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष हुन्। मन, वचन र कर्मले कसैलाई दुःख नदिनु अहिंसा हो। सत्य बोल्नु, प्रिय बोल्नु, अप्रिय सत्य नबोल्नु, प्रिय असत्य नबोल्नु यसका सिद्धान्त हुन्। प्रत्येक मान्छेमा सत्व, रज र तम गुण हुन्छन्। तर एउटा गुणको प्रधानता हुन्छ। अध्यापक, दार्शनिक र लेखकहरूमा सत्व गुण, राजा, सेनापति र नेताहरूमा रजोगुण, व्यापारी, ज्यामी र श्रमिकहरूमा तमोगुण हुन्छ। वर्णाश्रम व्यवस्था यसैबाट सुरु भयो। पुरोहित वर्ग यसको व्याख्याता हुन थालेपछि जातिभेद सुरु भयो। सबैको सेवा गर्नेहरू सबैभन्दा हेय मानिए जसलाई शुद्र भनियो। महाभारत, रामायणजस्ता आदर्श मानिएका ग्रन्थमा समेत तिनलाई निकृष्ट भनियो। नारी दोसो दर्जामा दरिए। यसरी हिन्दु धर्मको वसुधैव कुटुम्बकमको मूल उद्देश्यमा प्रहार भयो।
धर्मको मुख्य उद्देश्य ज्ञान प्राप्त गर्नु हो भने यो राम्रो कुरा हो। ज्ञानले मानव संसारलाई सुन्दर बनाउँछ। मानव संसार सुन्दर हुन प्राणी जगत् र प्रकृति सुन्दर हुनुपर्छ। ज्ञानका नाममा अज्ञान फैलाउने काम भयो भने मार्क्सले भनेजस्तै धर्म अफिम साबित हुन्छ। संसारका सारा धर्म अहिले अग्निपरीक्षामा छन्।