दसैँ सकियो तर चाडको उमंग बाँकी नै छ। उमंगमात्र होइन, त्रासदी पनि बाँकी छ। किनभने दसैँको पुर्व संध्यामा आएको बाढी, पहिरो र सार्वजनिक सवारी साधनको दुर्घटनाबाट त्रासदी भोगेका जनताको पीडाको तीव्रता दसैँ/तिहारले झनै बढाइदिएको जो छ। दुई दिन पहिलेमात्रै पनि डोटी जिल्लाको छतिवनमा भयंकर डरलाग्दो बस दुर्घटना भयो। उनीहरूका लागि गत सालको दसैँ/तिहारको उमंग नै जीवनको अन्तिम उमंगजस्तै बन्न पुगेको छ।मुलुकको राजनीतिक उमंग पनि दसैँको पूर्व संध्याबाट सेलाउँदै गएर दलहरूको चियापानको यामसम्म आइपुग्दा कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु लिएर गएको डोटीको बसजस्तै दुर्घटनाग्रस्त भएको छ। सहमतिका नाममा भइरहेका अर्थहीन बैठक सकिएका छन् र थकित नेताहरूले असहमतिकै पुराना पोकालाई संविधान सभातिर हुर्र्र्या एर तिहारको किनमेल गर्दैछन्। टेलिभिजन र पत्रपत्रिकामा अझै पनि ‘प्रक्रिया' र ‘सहमति'को वादविवाद मसिनो स्वरमा सुनिदैँछ। तर शीर्ष नेताका भित्री कोठामा भने राजनीतिक खिचडी सतहमा देखिएभन्दा नितान्त भिन्न ढंगले पात्तै्कछ। भदौको दोस्रो साताबाट भत्किँदै गएको सहमति आजको विन्दुसम्म आउँदा दुर्घटनाबाट क्षतविक्षत भए पनि त्यो दुर्घटना बिमाको पैसा पाउन जानीबुझी गराइएको थियो भन्नेसमेत सँगसँगै उद्घाटित हुँदैगइरहेको छ। अर्थात्, मुलुकको राजनीतिक ‘कोर्स' संविधान निर्माणतर्फ होइन, सरकार परिवर्तनतर्फ मोडिँदैछ।
पहिलो संविधान सभाको विघटन र दोस्रो संविधान सभाको स्थापनासम्मको यात्रालाई मसिनोसँग हेर्ने हो भने राजनीति र समाजमा व्यापक परिवर्तन भएको देखिनेछ। तर त्यसको उल्टो दलका नेतामा भने असाधारण स्तरको जडता छ। यति धेरै घटनाक्रमबाट पनि दलहरूको मुख्य नेतृत्वले कुनै पाठ नसिक्ने अचम्मको जडता कायमै राखेको देखिन्छ। इतिहास, समय र आफ्नै आँखा अगाडिका घटनाक्रमबाट पनि पाठ नसिक्ने नेतृत्वको नेपाली विशेषता हेर्दा दुई जना विख्यात रुसी सात्यिकारले मानिसको कर्म र दुष्कर्मको विकास र प्रकृतिबारे व्यक्त गरेको रोचक तर भिन्नभिन्न दृष्टिकोणको स्मरण हुन्छ।
प्रख्यात रुसी साहित्यकार निकोलाई चेर्निसेबस्कीले उन्नाइसौं शताब्दीको आरम्भतिर बहुचर्चित उपन्यास ‘के गर्ने?' लेखे। मानिसको चरित्र मूलतः सत्कर्मतर्फ अभिमुख हुने भए पनि अज्ञानवश उसले कैयौं दुष्कर्म गर्छ। तर मानिसलाई उसको सर्वोच्च हितको बोध गराउन सकियो भने उसले तत्काल सत्कर्मको बाटो समात्छ। किनभने कुनै पनि व्यक्ति आफ्नो हितको विपक्षमा जान चाहँदैन भन्ने धारणा चेर्निसेबस्कीको उपन्यासमा प्रकट भएको छ। तर चेर्निसेबस्कीको उक्त धारणालाई चुनौती दिए अर्का विख्यात रुसी साहित्यकार फ्योदोर दोस्तोयबस्कीले ‘भूमिगतको डायरी'मार्फत्।
दोस्तोयबस्कीले चेर्निसेबस्कीको ‘मनुष्यको सर्वोच्च हित'सम्बन्धी अवधारणाको खण्डनमात्र गरेनन् त्यसलाई बकवास, पाखण्ड र आपराधिक घोषणा पनि गरे। उनले आफ्नो अवधारणा प्रस्तुत गर्दै उनले भने, प्रत्येक मानिसको कुनै न कुनै त्यस्तो चाहना हुन्छ जो जतिसुकै ठूलो फाइदाभन्दा पनि प्रिय हुन्छ। त्यो ‘स्वतन्त्र इच्छा' जस्तोसुकै बर्बर, विक्षिप्त र सनकी नै भए पनि यस्तो चाहनाको वशीभूत व्यक्ति आफ्नो स्वतन्त्र चाहनाका लागि ठूलोभन्दा ठूलोहितविरुद्धमा समेत जान्छ। एकै वर्ष प्रकाशित उल्लेखित दुई उपन्यासका दुई भिन्न र विपरीत दृष्टिकोणले तत्कालीन रुसी समाजमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमै प्रभाव पार्योे र पारिरहनेछ। यहाँ यो प्रसंग उल्लेख गर्नुको खास कारण चाहिँ नेपाली राजनीति चेर्निसेबस्कीको धारणाभन्दा दोस्तोयबस्कीको धारणाअनुसार अगाडि बढिरहेको छ भन्नु नै हो।
सबै त नभनौं तर अधिकांश दलका नेतालाई थाहा छ – समयमा संविधान नबनेर के भयो र फेरि पनि बनाउन सकिएन भने के हुन्छ? तर दोस्तोयबस्कीले भनेजस्तै केही नेताका त्यस्ता ‘स्वतन्त्र इच्छा' छन् जसको प्राप्तिको मूल्य तिनका लागि मुलुकको सर्वोत्तम हितभन्दा पनि ठूलो छ। र, त्यसको प्राप्तिका लागिी उनीहरू जस्तोसुकै सनक र बर्बादीको हदसमेत पार गर्न सक्छन्। निर्धारित २०७१ माघ ८ भित्र संविधान जारी गर्न घनीभूत सहमतिको कुरा हुँदाहुँदै एक्कासि ‘सहमति' बिग्रेको रुवावासी त्यसै हावामा उत्पन्न भएको होइन। मुख्य दलका केही नेताले गोप्य कोठामा सरकार परिवर्तनको एजेन्डालाई सिंगार्न थालेपछि सहमतिका एजेन्डा बेवारिस बन्नपुगेको हो। वास्तवमा भन्ने हो भने सहमति हुन केही पनि बाँकी छैन। संघीयता त केबल केही व्यक्तिको ‘स्वतन्त्र इच्छा' प्राप्त गर्न साँचिएको जगेडा ‘चिप्स'मात्र भएको छ।
मुख्य दल भनेर चिनिएका नेपाली कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)को आन्तरिक पार्टी जीवन दुनियाँले देख्ने र बुझ्ने गरी धाँजा परेको छ। कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सुशील कोइरालाले एकलौटीरूपमा सरकार र पार्टी चलाएको आरोप शेरबहादुर देउवा पक्षले लगाउँदै आएको छ। साठी र चालीसको भागबन्डामा चल्दैआएको कांग्रेसमा अहिले सत्ता भागबन्डाको किचलो पनि थपिएको छ। भातृभगिनी संगठनहरूको नेतृत्वमा देउवा पक्ष केही बलियो हुन थालेपछि संस्थापन पक्षले जसरी पनि तिनका सम्मेलन रोक्ने रणनीति अख्तियार गर्दा कांग्रेस विवाद आफ्नै सरकार गिराएर साम्य हुने दिशातर्फ अग्रसर छ। यसका लागि एमाले र एमाओवादी अध्यक्षसँग देउवाले हात मिलाए भने पनि कुनै आश्चर्य नमान्दा हुन्छ।
उता एमालेभित्रको विवाद पनि कम रोचक छैन। विधिवत् र औपचारिकरूपमा दुईवटा गुट निर्माण गरेर पार्टी निर्वाचन गरेको एमालेमा विवादको भुमरी बढ्दै गइरहेको छ। यसै पनि वर्तमान पार्टी अध्यक्ष केपी ओली कांग्रेस सरकारको नेतृत्वसँग पहिलेदेखि नै असन्तुष्ट छन्। त्यसैले राष्ट्रपति र उपराष्ट्रपतिलाई नयाँ संविधान सभाबाट अनुमोदन गरिनु पर्ने विषय उनले उठाउँदै आएका हुन्। यही सवालमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग ओलीको बोली मिल्नु कुनै संयोगमात्र पक्कै होइन। संसदीय दलको नेता र पार्टी अध्यक्ष भइसकेपछि अध्यक्ष ओलीका आँखा स्वाभावतः प्रधानमंत्रीको कुर्सीतर्फ सोझिएका छन्। पार्टी र सरकारमा पदपूर्ति गर्दा अर्को समूहसँग सल्लाह नगरी एकलौटी गरेको आरोप लाग्दै गरे पनि ओली भने सकेसम्म सरकार परिवर्तनको मामिलामा दाहालसँग भए पनि हातेमालो गर्ने पक्षमा छन्। सकेसम्म आफैँ प्रधानमंत्री बन्ने र नसके आफ्नो तर्फबाट सरकारको नेतृत्वमा परिवर्तन गर्ने उद्देश्य ओलीको देखिन्छ। यसरी ओलीले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने उद्देश्यका साथ कांग्रेसको प्रतिपक्ष र एमाओवादीको संस्थापन पक्षसँग संवाद अघि बढाइरहेका छन्।
सदाबहार विवादले आक्रान्त एमाओवादीले प्रक्रियागत ढंगबाट संविधान निर्माण गरे आन्दोलनमा जाने तयारी गरिसकेको छ। यद्यपि, उक्त आन्दोलन सरकारमा जाने बाटो खोल्न सजिलो होस् भनेर गरिएको एउटा प्रचारवाजीमात्र हो। आकारै खुम्चेपछि पार्टीको आम्दानी पनि स्वतः थोरै हुन्छ। तर पार्टीको ढाँचा भने सानो रकमेबाट धान्न सकिने प्रकारको छैन। सरकारबाहिर हुँदा बेरोजगार कार्यकर्ताको पंक्ति पाल्न निकै अप्ठेरो हुन्छ। यस्तो अप्ठेरोले निर्माण गरेको असंतुष्टि विचारले मिलाउन सकिने कुरै भएन। त्यसै पनि आजकाल विचारभन्दा आर्थिक स्वार्थले पार्टी विवाद मिलाउन सजिलो हुन्छ। संविधान निर्माणभन्दा सरकारमा जाने बाटो खोल्नु एमाओवादीको लागी पनि फाइदाजनक छ। त्यसैले एमाओवादी प्रक्रियाको विरोध गरेको बहानामा सरकार परिवर्तनको गतिलाई तीव्रता दिन चाहन्छ। यसरी तीनवटै मुख्य दलका अलगअलग समूहको अन्तर्यमा संविधानको सहमतीय बाटो पहिल्याउनुभन्दा सरकार परिवर्तनको बाटो खोल्ने उद्देश्यले प्राथमिकता पाएको हो।
घटनाक्रमले निर्धारित माघ ८ गतेको संविधान प्राप्तिको लक्ष्यलाई परिवर्तन गरिदिएका छन्। दलहरुको आन्तरिक विग्रह र समीकरणको प्रभाव नै वर्तमान राजनीतिक ‘कोर्स' परिवर्तनको प्रवाह बनेको छ। सार्वजनिक खपतको लागि नेताहरूले जेजस्ता भाषण गरे पनि प्रमुख तीन दलभित्रै एउटा समूह वर्तमान सरकार परिवर्तन गर्न र अर्को समूह सरकार बचाउन लागिपरेको छ। यसले के देखाउँछ भने प्रमुख दलहरुको वैचारिक अडान देखावटीमात्रै हो। गुटगत सामिप्यका आधारमा निजी प्रभुत्वलाई अक्षुण राख्ने समान चाहनाले उनीहरूको सामाजिक वर्गमा कुनै भिन्नता नभएको देखाउँदैछ। सामाजिक परिवर्तनको व्यापक प्रगतिशील परिणामप्रति कमसेकम उल्लेखित दलहरू आधारभूतरूपमा एकै ठाउँ उभिन्छन्। प्रायोजितरूपमा पारिएका असहमतिका गाँठा आफू उभिएको धरातल बचाउने अभिप्रायबाट प्रवृत्त छन्। शीर्ष नेतृत्व तहमा राजनीतिक सम्बन्धले वर्ग सम्बन्धलाई खुकुलो पार्दै गइरहेको छ। विडम्बना, खुकुलिँदै गएको वर्ग सम्बन्धले सहमतिलाई नजिक ल्याउनुपर्नेमा उल्टो झन् टाढा घचेटिरहेको छ।
सामाजिक प्रभुत्वका लागि वर्ग सम्बन्धमा आधारित रहेर सत्ता विमुख हुनुपर्ने जोखिम उठाउन मुख्य दलहरू पटक्कै तयार छैनन्। बरु सत्ताका लागि राजनीतिक सम्बन्धलाई व्यक्तिगत सम्बन्धमा रूपान्तरण गर्न नेताहरू तयार देखिएका छन्। एउटा युगान्तकारी आन्दोलन र त्यसका प्रतिफललाई संस्थागत गर्ने प्रक्रियामा दल र नेताहरूको यस प्रकारको राजनीतिक प्रवृत्ति दीर्घकालीनरूपले फाइदाजनक हुँदैन। किनभने राजनीतिको जन्म नै वर्ग सम्बन्धको आर्थिक–सामाजिक संरचनालाई सम्बोधन गर्न भएको हो। बाहिर जे जस्तो विषम अवस्था देखाइए पनि मुख्य दलहरूको उर्ध्व विभाजनले निर्माण गरेको समूहगत स्वार्थको ध्रुवीकरणले संविधान निर्माणको राजनीतिक ‘कोर्स'लाई सरकार परिवर्तनको आत्मघाती दिशातर्फ मोड्दैछ। साहित्यकार दोस्तोयबस्कीले भनेजस्तै अहिले केही नेताहरूको व्यक्तिगत आकांक्षा कति प्रबल बनेको छ भने त्यसका लागि उनीहरू जस्तोसुकै कदम उठाउन र जस्तोसुकै मूल्य चुकाउन पनि तयार छन्। तर कहिलेकाँही भने जतिसुकै महंगो सामाजिक मूल्य चुकाउँदा पनि व्यक्तिको हात भने रित्तै हुनसक्छ। नेतागणले त्यसको पनि हेक्का राखे राम्रो।