नेपालको शल्यचिकित्सा क्षेत्रको इतिहासमा केही अग्रजको योगदान ऐतिहासिक छ। उहाँहरुलाई सर्जिकल लिजेन्डको संज्ञा दिनु पनि अत्युक्ति नहोला। यस्ता केही शल्यचिकित्सा क्षेत्रका धरोहरमध्येका एक प्राध्यापक डा. अञ्जनी शर्माको पार्थिव शरीर या भौतिक देह बिलिन भएको छ। तर पनि लाखौं नेपाली रोगीको सेवामा वृद्धावस्थासम्म पनि आफूलाई क्रियाशील राखिरहने उहाँ अमर रहिरहनुहुनेछ। दिवंगत प्राध्यापक डा. अञ्जनी हामी जस्तो पछिल्लो पुस्ताका चिकित्सकका लागि अनुकरणीय मार्गदर्शक मात्रै होइन, यथार्थमा प्रातस्मरणीयसमेत हुनुहुन्छ। बेलायतस्थित प्रख्यात संस्थाबाट विभूषित योग्यता, अत्यन्त सक्रिय र गतिशील कार्यशैली हामी आमचिकित्सकमा अभाव रहने गरेको बिरामी र निजका अभिभावकसँगको सरल, सहज आत्मीय भावसहितको प्रस्तुति अनि ईश्वरप्रदत्त आकर्षक ओजपूर्ण शारीरिक व्यक्तित्व आदि उहाँका विशेषता थिए।
डा. अञ्जनी सर्जरीमा बेलायतबाट शल्यचिकित्सकको उपाधि हासिल गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्थ्यो। उहाँहरुले नेपालमा शल्यचिकित्सा सेवा सुरु गर्दा नेपालमा मात्रै होइन विश्वमै शल्यचिकित्स्ाा सेवाको स्तर प्रारम्भिक अवस्थामा थियो। त्यो बेला वर्तमानमा उपलब्ध शल्यक्रिया गर्नुअघि रोग निदानका आधुनिक उपाय, जस्तो– पेट, एमआरआइ, सिटीको त के कुरा, अल्ट्रासाउन्ड पनि उपलब्ध थिएन। त्यो अवस्थामा पनि पेट खोलेर विभिन्नखाले शल्यक्रिया सम्पादन गर्नु चानचुने कुरा थिएन। त्यो बेलाको सुन्दर पक्ष भनेको सायद वीरका चिकित्सकबीचको आपसी सहयोग, संयोजन र सामूहिक भावना थियो जसद्वारा नै अनेकौं अभावका बीच पनि जटिल शल्यक्रियाहरुको सम्पादन कार्य सम्भव भइरहेको सहज अनुमान गर्न सकिन्छ।
भनिन्छ, वीर अस्पतालमा डा. गंगोल, डा. अञ्जनी र डा. सुदीप भट्टाचार्य त्रिमूर्ति हुनुहुन्थ्यो। डा. भट्टाचार्यको रोगको निदान गर्ने क्षमता, डा. गंगोलको उत्कृष्ट शल्यक्रिया अनि डा. अञ्जनीको बिरामीको काउन्सिलिङको सुन्दर संयोजनमा वीरको शल्यचिकित्सा बामे सर्दै फस्टाएको थियो, मौलाएको थियो। वास्तवमा सामूहिक कार्यबाट मात्रै त्यो बेलामा शल्यक्रिया सम्भव हुन्थ्यो। एक चिकित्सकको नाताले आत्मालोचित हुन किञ्चित पनि हिच्किचाहट हुन्न कि वर्तमानमा उपलब्ध सुविधाहरुले पनि चिकित्सकहरुलाई बढी व्यक्तिमुखी बनाएको छ। डा. अञ्जनी शर्माहरुको पालामा कायम रहेको सामूहिक भावना तिरोहित हुँदै गएको प्रतीत हुन्छ।
सरकारी अस्पतालहरुमा लामो समयसम्म सेवा प्रदान गरेपश्चात पनि डा. अञ्जनी शर्माले आफूमा निहीत ज्ञान र सिप अर्को पिँढीमा प्रवाह गर्न चाहनुभो। सरकारी क्षेत्रमा पुर्यामउनुभएको दीर्घ सेवाले उहाँलाई किञ्चित पनि थकित बनाएन। बरु अत्यन्त मेहनत र सक्रियतापूर्वक चिकित्सक विद्यार्थीलाई ज्ञान र सिप प्रदान गरिरहनुभयो। उहाँको सर्जरीको एक विद्यार्थी हुन पाएकामा पङि्क्तकार सदैव गौरवान्वित महसुस गर्छ। उहाँद्वारा लिखित पुस्तक जति ज्ञानवर्धक छ त्यति नै कक्षा कोठा, शल्यक्रिया कक्ष, अन्तरंग र बहिरंगमा उहाँबाट निशृत शल्यक्रियाका आधारभूत व्यावहारिक ज्ञानले कर्म क्षेत्रमा सदैव निर्देशित गरिरहेको हुन्छ। नेपालमा क्यान्सर रोगको नियन्त्रण र उपचारको क्षेत्रमा डा. अञ्जनी शर्माको योगदान अतुल्य छ। उहाँको आफूले क्यान्सर अस्पताल स्थापनादेखि अन्य नियन्त्रणका लागि अपनाउनुपर्ने नीति र रणनीतिबारे प्रस्तुत गर्नुभएका सुझावप्रति सम्बन्धितहरुबाट चासो नदिइएकोबारे गुनासो रहन्थ्यो।
संसारमा ईश्वरबाहेकका हरेक व्यक्तिमा कमजोरी हुन्छ, अपूर्णता हुन्छ जुन निजबाट प्रदानित अन्य विशाल एवम् महत्वपूर्ण योगदानको छायामा पर्छ र मृत्युपश्चात त्यो बिलुप्त भएरै जान्छ। स्वाभाविक छ– डा. अञ्जनी शर्मा अपवाद हुनुहुन्न। यो मुलुकमा सत्ता र शक्ति हुनेहरुकै या आस र त्रासको केन्द्रहरुकै विशेष हैसियत र पहिचान हुने गर्छ। मृत्युपश्चात पनि उनीहरुलाई नै विशेष दर्जा मिल्ने गर्छ। यहाँ परोपकार या सेवामा आजन्म संलग्न हुनेहरुले न आजन्म सम्मान प्राप्त गर्छन् न हैसियत र पहिचान प्राप्त गर्छन्। न मृत्युपश्चात पनि राज्यबाट विशेष सम्मान प्राप्त गर्छन्। डा. अञ्जनीकुमार (जो नेपाल सरकार वा सरकारी संस्था त्रिविको अवकाश प्राप्त विशिष्ट श्रेणीको राष्ट्रसेवक हुनुहुन्थ्यो) को मृत्युको घटनाले किञ्चित महत्व नपाउनु के न्यायोचित र विवेकसम्मत ठहर्छ? उहाँको मृत्युको खबर नेपालका श्रव्यदृष्यमा किन अटाउन सकेन? किन हामी यति कृतध्न र अविवेकी छौं? के यो समाज सतिले सरापेको देश भनी कति कृतध्न भइरहने हो? तर पनि उहाँबाट सेवा प्राप्त नेपालका लाखौं जनता र शिक्षित दीक्षित हजारौं चिकित्सक र स्वास्थ्यकर्मी उहाँप्रति सदैव कृतज्ञ रहिरहने छन्। उहाँको योगदानले नै उहाँलाई अमर बनाइरहनेछ।