विकासमा निजी क्षेत्रको भूमिका
०६ कार्तिक २०७१
•
१६ मिनेट पाठ
विकासमा निजी क्षेत्रको भूमिका
विकासका प्रारम्भिक अवस्थामा सोचिएजस्तो विकास सार्वजनिक क्षेत्रको मात्र कार्य होइन । न परम्परागतरूरुपमा सोच्ने गरिएजस्तो विकास अब सम्भव नै छ । कुनै पनि मुलुकको विकासका लागि विभिन्न क्षेत्रका पात्रको सम्भावना र क्षमता उपयोग गर्नुपर्छ । यो नै दिगो र समग्र विकासको दरिलो आधार हो । नागरिकमा आएको चेतना र लोकतन्त्र विस्तारका साथ सर्वसाधारणका चाहना, आकाङ्क्षा र अवश्यकता पनि विस्तार भए । तिनलाई पूरा गर्न भने राज्यको सामथ्र्य र क्षमता सीमित थियो । तर राज्यको सामथ्र्य सीमित भएकै कारण सर्वसाधारणका आवश्यकता र आकाङ्क्षा सीमित गर्नु उचित थिएन । यस अवस्थामा राज्यको प्रभावकारिता विस्तार पार्न राज्यले यसअघि सम्पादन गर्दै आएका कतिपय कार्य राज्यबाहिरका पात्र र प्रक्रियामा हस्तान्तरण गर्नु आवश्यक थियो । गैरराज्य क्षेत्र पनि आफूले क्षमता आर्जन गरेका विषयमा राज्यसँग सहकार्य गरी सामाजिक दायित्व पूरा गर्न अघि सरे ।आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने ध्येयले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्रलाई बजार क्षेत्र पनि भनिन्छ । बजार क्षेत्रको प्रमुख संयन्त्र निजी उद्यमीहरु हुने भएकाले यसलाई बजारको पर्यायका रूपमा पनि लिने गरिन्छ । निजी क्षेत्रले उपभोक्तालाई ईश्वर ठान्छ र उसैको चाहनाअनुरूपको वस्तु सेवा उत्पादन र वितरणमा क्रियाशील रहन्छ । सार्वजनिक क्षेत्रका निकाय सेवाग्राहीप्रति कम संवेदनशील, बोझिलो र कम उत्तरदायी देखिने भएकाले अर्थतन्त्रमा निजी क्षेत्रको महŒव बढेको हो । यसले आफ्ना ग्राहकको चाहनाप्रति तत्काल प्रतिक्रिया जनाउँछ र बजार सङ्केतका आधारमा परिचालित हुन्छ । निजी क्षेत्रसँग साधन विनियोजन कौशल हुन्छ र त्यसका आधारमा यो विकासको रणनीतिक साझेदार बन्ने सामथ्र्यमा देखिएको हो ।




शान्ति, स्थिरता र सुशासन प्रवद्र्धन विकासको सार हो यसका लागि आर्थिक तथा रोजगारीका अवसर सिर्जना गरी जीवनस्तर उठाउनु आवश्यक छ । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा हो । यसले समाजमा रहेको सम्भावना र क्षमताको उत्पादनशील उपयोग गरी सेवा वस्तु उत्पादन गर्छ । यसले प्रमुखतः प्रतिस्पर्धी बजार प्रवद्र्धन, गरिब र विपन्नलाई अवसर सिर्जना, उद्यमशीलता विकास, रोजगारी सिर्जना, लगानी आकर्षण र प्रविधि हस्तान्तरण, सेवा प्रवाह र साझेदारी र अग्रसरतामार्फत आर्थिक विकास र सुशासनमा योगदान पु¥याउँछ ।

निजी क्षेत्र वा बजार आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहक भए पनि यसको पहुँच ऐच्छिक हुन्छ । मूल्य सङ्केत नभएको स्थानमा यो पुग्दैन र जबर्जस्ती अमुक स्थानमा जान बाध्य पनि गर्न सकिँदैन । आर्थिक कुशलता देखाउन सके पनि यसले सामाजिक न्याय र लोककल्याणप्रति ध्यान दिँदैन । वस्तु सेवा छिटो छरितो उत्पादन गरे पनि समन्यायिक वितरणमा यसले कत्ति पनि ध्यान दिँदैन । बजारको विशेषता नै सक्षमलाई सेवा पु¥याउनु (र अक्षमलाई किनारा लगाउनु) हो । त्यसैले संस्थागत सामाजिक जिम्मेवारी निर्वाह गराउन पनि सरकारले यसमाथि नियमन गर्नुपर्ने हुन्छ ।

निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको प्रमुख माध्यम हो । जुन मुलुक आर्थिक विकासमा तीव्रतर छ, त्यो सबल राज्यको सुशासनमा निजी क्षेत्रको सक्रियता सहभागितामा मात्र सम्भव भएको हो । बीसौँ शताब्दीको सुरुदेखि विश्वभरि प्रभाव जमाउन सफल लोककल्याणकारी राज्यको अवधारणालाई पुनर्बोध गर्न थालिएपछि १९७० को दशकदेखि निजी क्षेत्रको भूमिका विस्तार गर्ने दार्शनिक आधार खडा भयो । नेपालमा उदारीकरणको प्रयास (आठौँ योजना) पछि निजी क्षेत्र विकासका लागि वातावरण अनुकूल बनेको थियो । आठौँ योजनाले दिगो विकासका लागि गैरराज्य क्षेत्रको क्षमता उपयोग गर्ने रणनीति अवलम्बन गर्न पुग्यो । त्यसपछि नै निजी क्षेत्र आकर्षणका लागि क्षेत्रगत नीति तथा कार्यक्रम ल्याइएका हुन् । कुन कुन क्षेत्रमा सार्वजनिक क्षेत्रको भूमिका कायम राख्ने र कुन कुन क्षेत्र निजी तथा अन्य गैरराज्य क्षेत्रलाई परिचालित गर्ने भन्ने स्पष्टताका साथ घोषणा गरिएका नीतिले एकातर्फ सरकारको बोझ घटाउन पुग्यो भने अर्कोतर्फ आप्mना सम्भावनाका उद्यम व्यवसायमा निजी क्षेत्र उत्साहका साथ अघि बढ्यो । आठौं योजनापछिका आवधिक योजनाका कार्यनीतिहरु उदारीकरणको अवधारणाअनुरूप नै निजी क्षेत्र परिचालनका लागि लक्षित हुँदैआएका छन् । चालु तेह्रौँ योजनाको लगानीमध्ये ७० प्रतिशत निजी क्षेत्रको छ । यसबाट पनि निजी क्षेत्रप्रति सरकारले अपेक्षा गरेको रणनीतिक भूमिका र दिएको महŒव स्पष्ट हुन्छ ।

निजी क्षेत्रको कार्य भूमिका राज्यको दर्शन, सरकारले लिएको नीति, निर्धारण गरेको प्राथमिकता एवम् निजी क्षेत्रको क्षमतामा समेत आधारित हुन्छ । राज्यको दर्शन प्रमुख आधार हो तर निजी क्षेत्रको चाख र क्षमताले साथ दिएन भने त्यो काम पनि राज्यले नै गर्नुपर्ने हुन्छ किनभने राज्य नै नागरिक हित प्रवद्र्धन गर्ने अन्तिम दायित्वको संस्था हो । नेपालमा आठाँै योजना अवधिअघि निजी क्षेत्रले सामान्य व्यापार व्यवसाय मात्र सञ्चालन गर्दैआएको थियो । राज्यको भूमिका जनजीवनका सबै क्षेत्रमा विस्तारित थियो । त्यस बखत निजी क्षेत्रले ठूलो लगानी गर्नु सरकारी दर्शन र निजी क्षेत्रको क्षमता दुवै आधारमा सम्भव थिएन । सत्तरीको दशकमा आएको नयाँ दक्षिणपन्थी आन्दोलनले विश्वभरि नै सरकारको भूमिकामाथि परिमार्जनको आवश्यकता महसुस गरिएको थियो । यसबाट नेपाल अछुतो रहन सक्ने अवस्था थिएन । तर तत्कालीन पञ्चायती व्यवस्थाको समयमा सबै प्रकारका आर्थिक समस्याको समाधान राज्यभित्रबाट गरिनुपर्छ भन्ने राज्यवादी दर्शनका कारण उदारीकरणको लहरले नेपालका नीतिहरू त्यति प्रभावित थिएनन् । पहिलो ऐतिहासिक जनआन्दोलनपछि स्थापित लोकतान्त्रिक सरकारले भने उदारीकरणका विषयमा आफूलाई केन्द्रित गरेपछि सार्वजनिक र गैरराज्य क्षेत्रबीच भूमिका विनियोजन गर्ने क्रम सुरु भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठित उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ ले राष्ट्रिय विकासका सन्दर्भमा सरकार, निजी क्षेत्र र सामुदायिक निकायहरुको भूमिका स्पष्ट विभाजनसहितको सुझाव नेपाल सरकारलाई दिएको थियो । त्यो नै निजी क्षेत्र विकासको सन्दर्भमा नीति सन्दर्भ बन्न पुग्यो । प्रशासन सुधार सुझावसँग आयोग सहमत भएर हेर्दा निजी क्षेत्रलाई सुम्पन सकिने कार्य यी हुन् ः


  • सरकार आफैँले लगानी गरी प्रदान गर्ने व्यापारिक–औद्योगिक सेवा, जस्तो– पाठ्यपुस्तक, यातायात, सूचना प्रविधि, सञ्चार, स्वास्थ्य र सरसफाइ, निर्माणलगायतका काम ।

  • प्राकृतिक एकाधिकारका क्षेत्रबाहेकको विद्युत् र ऊर्जा विकास र विस्तार (तर प्रसारण होइन) ।

  • सरकारी कार्यालय, प्रतिष्ठानमा उपलब्ध गराइने सामान्य सेवा, जस्तो– सरसफाइ, सवारी चलान, आलोपालो, सुरक्षा, मर्मत सम्भार, क्याफ्टेरिया सञ्चालन आदि ।

  • शिक्षा सेवा एवं शैक्षिक प्रतिष्ठान सञ्चालन ।



उल्लिखित आधारबाट हेर्दा सरकारले छोड्नै नहुने प्रमुख कार्य (नीति तथा कानुन, सुरक्षा, वैदेशिक सम्बन्ध, मुद्रा एवम् वित्त नीति र न्याय सम्पादन) र निजी क्षेत्रले गर्न नचाहने वा गर्न नसक्ने कामबाहेक अन्य काम बजार प्रक्रियामार्फत सम्पादन गर्न खोजिएको देखिन्छ । आठौं योजनादेखि नेपालले आर्थिक विकासमा बहुपात्र प्रणाली अवलम्बन गर्दै आएको छ । जुन काम बजार प्रक्रियाबाट सम्पादन गर्न सकिन्छ त्यहाँ सरकार उत्प्रेरक र नियामक भूमिकामा छ भने जहाँ निजी क्षेत्र सक्षम भइकन पनि लगानी गर्न जाँदैन, त्यहाँ राज्य आफँै कार्यक्रममार्फत पुग्ने गरेको छ । निजी क्षेत्रले गर्न हुने र गर्न सक्ने तर केही कारणले बजार सङ्केतले निजी क्षेत्रलाई नडो¥याएको स्थानमा राज्य र निजी क्षेत्र सहकार्यसमेत गर्दै आएका छन् । परिणामतः निजी क्षेत्र शिक्षा तथा शैक्षिक प्रतिष्ठान सञ्चालन, बैंक तथा वित्तीय मध्यस्थता, सञ्चार र सूचना प्रविधि र स्वास्थ्य सेवाका क्षेत्रमा आफ्नो कार्यकुशलता देखाउन सफल भएको छ ।

नेपालमा निजी क्षेत्रलाई विकासको रणनीतिक साझेदार बनाउन आठाँै योजनादेखि प्रयास गरिएको भए पनि यो क्षेत्र आप्mनो निरोपित भूमिका आक्रामकरूपमा निर्वाह गरिरहेको छैन । उत्पादन उद्योग, पूर्वाधार संरचना र पर्यटनलगायतका क्षेत्रमा अपेक्षित लगानी भएको छैन । आठौँ योजनाको पहिलो साढे तीन वर्षमात्र निजी क्षेत्रले आफूलाई सुरक्षित महसुस गयो । त्यसपछिका दिनहरुमा यसले अनेकौँ समस्या भोगिरहेको छ । विद्युत् सङ्कट, नीति अस्थिरता, अस्वस्थ्य श्रम सम्बन्ध, अपर्याप्त आधारशीला, निजी क्षेत्र र सरकारबीच अर्थपूर्ण संवादको कमी, साना तथा मध्यम उद्यमहरुसँग ठूला उद्यमको सहकार्यको अभाव, स्वागत संस्कृतिको अभाव, कमजोर पुँजी बजार, राजनीतिक चन्दा, बाधा विरोध र बन्द हड्तालजस्ता समस्या यस क्षेत्रले भोगिरहेको छ ।

निजी क्षेत्रलाई विकासको साझेदाररूपमा लिने सन्दर्भमा आठौँ पञ्चवर्षीय योजनापछिका सबै आवधिक योजना र यसअन्तर्गतका क्षेत्रगत कार्यक्रमहरुले समान दृष्टिकोण राखेका छन्, त्यो हो राज्य उत्प्रेरक, सहजकर्ता र नियामक बनी निजी क्षेत्रको सम्भावनाको उपयोग गर्ने । चालु त्रिवर्षीय योजनाले पनि त्यही दृष्टिकोणलाई निरन्तरता दिई लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने, लचिलो श्रम सम्बन्ध कायम गर्ने, औद्योगिक सुरक्षाको वातावरण सिर्जना गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त भौतिक पूर्वाधार क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहभागिता बढाउँदै लैजाने र संस्थागत सामाजिक उत्तरदायित्व परिभाषित गर्ने रणनीति लिएको छ । तर अझै पनि निजी लगानीकर्ता आफ्नो लगानीबाट सहज प्रतिफल पाइनेमा आश्वस्त देखिएका छैनन् । यसर्थ अहिलेको आवश्यकता भनेको लागनीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनु हो जसले सन् २०२२ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने यात्रा सहज तुल्याउँछ।
अर्को समाचार
नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ: उपराष्ट्रपति यादव
०४ माघ २०८२
•
१ मिनेट पाठ
नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।  




स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानमार्फत देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्‍याएको योगदान प्रशंसायोग्य रहेको बताए । यसले राष्ट्रिय विकास र आर्थिक समृद्धिमा पनि टेवा पुगेको बताए ।

उपराष्ट्रपति यादवले नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस्तो अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिएका छन् ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस