ठाँटिएका परी, देउता स्वर्गका छन् सुरा
हामी नांगा, हामी भोका, हिउँदका छुरा
हामी नाली, हामी गन्दा, हामीहरू कीरा
सुनको मन्दिर, ढुंगो ईश्वर, धर्म गाँजा सन्की
अचाक्ली नै भयो हाम्लाई, हाम्रा हक छन् कि
सडेका कपडा अनि कुहेका चमडा,
रगत सुक्यो दमाई दाइ
नक्कलीले लाल सर्बत पिएर।महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना अधिकांश ऊर्वर रचना त्यतिखेर गरे जतिखेर ‘समानता’शब्द उच्चारण गर्नु नै अपराध मानिन्थ्यो । त्यो राणा शासनको चरम यातनामय अन्धकार युग थियो । त्यहाँ राणा देश लुट्न लाइसेन्स प्राप्त जात थियो । दलित त वर्णाश्रम व्यवस्थाअनुसारै सबै ‘उच्च जात’को सेवा गर्न र मेवा गुमाउन अभिशप्त थियो । त्यस्तै बेला तल्लो जात भनेर हेपिएका दमाईहरूप्रति असीम प्रेम प्रकट गर्दै उनले शासकलाई ठाडो चुनौती दिए । पढालिखा भनेर शासकको छड्केमा परिसकेका देवकोटाले ‘अचाक्ली नै भयो हाम्लाई हाम्रा हक छन् कि’भनेर लेख्नु कम्ता हिम्मतको कुरा थिएन । त्यतिमात्र होइन, यसै गीतमा उनले ‘मान्छे सडाई मान्छे खान्छ झिँगाजस्तो भन्की, देख्दाखेरी मेरो कन्चट त्यसै आउँछ रन्की’भनेर शासकका जंगली आँखासँग आँखा जुधाउने दुःसाहस गरे । त्यसअघि नै उनले ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’भनेर लेखिसकेका थिए जुन जातीय उचनिचको युगमा अपूर्व क्रान्तिकारी वाणी थियो । आज पनि हाम्रा कतिपय लेखक शासकलाई बिझाउने कुनै कुरा लेख्न चाहँदैनन् किनभने उनीहरु सत्ताको नजिक हुन चाहन्छन् अथवा सत्ताको सुविधाबाट वञ्चित हुन चाहँदैनन् । पण्डितका छोरा देवकोटाले भने लोभलालच त्यागेर उपेक्षित, उत्पीडित दमाईलाई ‘उचाल्ने’काम गरे ।
दुर्गम झिल्टुङ
महाकवि देवकोटाको १०५ औँ जन्मजयन्तीका अवसरमा यसपालि नुवाकोटको झिल्टुङ गाउँ देवकोटामय हुन पुग्यो । कविता सुनाउने आफ्नो पालामा मैले देवकोटाको यही गीतका केही हरफ सुनाइदिएँ । गणतन्त्रको युगमा पनि मान्छेको दर्जा नपाएका हाम्रा दुःखी दलित दाजुभाइप्रति देवकोटाकै शब्दमार्फत भए पनि मलाई आवाज उठाउनु थियो । आफूलाई महान् सिर्जनशील घोषणा गरी देवकोटालाई पढ्दै नपढ्ने अल्लारे कविहरुलाई देवकोटाको शक्ति चिनाउनु पनि थियो ।
झिल्टुङ त्यही ठाउँ हो जहाँ बसेर महाकवि देवकोटाले ‘कुञ्जिनी’खण्डकाव्य लेखेका थिए । प्रसिद्ध निबन्ध ‘पहाडी जीवन’को उत्तरार्धमा उनले झिल्टुङको जीवनशैलीको चर्चा गरेका छन् । गोसाईकुण्डको थिमिले जात्रा शैलीको यात्रा पहाडी जीवन बुझ्न उनलाई पर्याप्त भएन । गहिराइमा पुगेर त्यो बुझ्ने अवसर उनलाई झिल्टुङले नै दियो जुन उनको मामाघर पनि थियो । ‘झिल्टुङ नामको पहाडमा ज्यादा बाहुनहरु बस्ता रहेछन्, त्रिशूली नदी तलतिर बहेको रमणीय दृश्य देखिँदोरहेछ । यसलाई बाहुनगाउँ भने पनि हुन्छ । ढुंगाका एकतले घर ज्यादा देखिन्छन् । खरले छाएका, काला झ्याल भएका, रातो माटोले धेरैजसो पोतिएका, अलि खाइहाल्दा झोपडीहरुका ढोकाहरु बुट्टा काटेर सजाइएका, पिँढीदार झोपडीहरु तल्लो छानामा पाकेका फर्सीहरु टम्म रहेका, काँडादार बारहरुले बारिएका भिराला खेतहरु र सानासाना बगैँचाजस्ता बारीहरु जहाँ केराका बोट, सुन्तला, भोगटेहरु देखिन्छन् र एक दुई ठाउँमा लिच्चीका बोट पाइन्छन् ।’देवकोटाले चित्रण गरेको झिल्टुङ र आजको झिल्टुङमा खासै ठूलो अन्तर छैन । मातृभाषा बिर्सेका आदिवासीझैँ झिल्टुङले भने आफ्नै सुन्दर नाम गुमाउँदैछ । पहिलेको यो सुन्दर झिल्टुङ अहिले दुई पीपल, रातमाटे र जिलिङ गाविसमा परिणत भएको छ । त्यसलाई झिल्टुङकै नामले चिनाएर साहित्यिक पर्यटन केन्द्र बनाउन चाहन्छन् युवा लेखकहरु । ‘विद्यार्थी आन्दोलन र नुवाकोट’शीर्षक किताब लेखेका नारायण नेपाल, ज्वालामुखी, केदार नेपाल, हरिध्वज लामिछाने, बच्चु लामिछाने, केशव बास्कोटा, जनक भट्टराईलगायत युवा पाँच वर्षदेखि प्रसिद्ध लेखकहरु भेला गरेर यो अभियान चलाउँदैछन् ।
काठमाडौँबाट पृथ्वी राजमार्गको ४५ किलोमिटर दूरी पार गर्दा धादिङको गल्छी अनि त्यहाँबाट राजमार्ग छलेर त्रिशूली जाने उत्तरको बाटो समात्दा तीन किलोमिटरमा कोल्पुटार पुगिन्छ । त्यहाँ त्रिशूली जाने मूलबाटो छाडेर झिल्टुङ जाने जंगलको ठाडो बाटो समातेपछि खानेपानीको हाहाकारले सताउँछ । त्यसमाथि तालु भस्याउने घामले सातो लिन्छ । जंगलको बीचबाट खनिएको बाटोको उबडखाबड र ठूल्ठूला खाल्डा अनि गिर्खे ढुंगाले कर्णाली क्षेत्र सम्झाउँछ । त्यो देख्दा मलाई काठमाडौँ उपत्यकाभित्रै पर्ने आफ्नो गाउँ गुन्डूको झल्को आयो जसलाई सदैव विकासले आँखा तरेको छ । भूतले खाजा खाने बेला यही गाउँबाट उद्योग मन्त्री भएपछि महेश बस्नेतले एक दिन हिलाम्मे खाल्डाखुल्डी पार गर्दै ठट्टा गरेका थिए– ‘पिच पग्लेर यहाँ सधैँ हिलो हुन्छ ।’झिल्टुङ क्षेत्रका सांसदचाहिँ यति भन्न पनि झिल्टुङ पुग्दैनन् ।
कठिन बाटो र खानेपानीको हाहाकार छ । बीच बाटोमा कुनै पसल छैन । पानीको जरुवा, धारा, पँधेरा केही छैनन् । सिँचाइको व्यवस्था छैन । झिल्टुङवासी किसान कतिन्जेल चुपो लागेर बस्लान् ? यसो भन्दैमा झिल्टुङ जान चाहनेहरु आत्तिनु पर्दैन । बीचबीचमा भेटिने घरवालाहरु आफूले घण्टौँ बोकेर ल्याएको पानी, फलफूल यात्रुलाई प्रेमपूर्वक खान दिन्छन् । बेलिनीमा कुमार भण्डारीको परिवार गर्मीले सुस्ताएका यात्रुलाई पानी र आफूकहाँ भएको मौसमी फलफूल खुवाएर पहाडी जीवनको उदारता प्रकट गर्न सदैव तत्पर हुन्छन् । बेलिनीबाट बर्खाले ध्वस्त पारेको कच्ची बाटो हुँदै जोडले आधा घण्टा हिँडेपछि गुफाक्षेत्र आइपुग्छ । त्यहाँबाट पाखाबारीको तर्पाया ढुंगीन बाटो आधा घण्टा हिँडेपछि लामाचौर पुगिन्छ । बल्ल यहाँ आइपुगेपछि झिल्टुङमा पानीको दुःख सकिन्छ र उच्चाटलाग्दो गर्मी तुरिएर शीतल हावा बहन थाल्छ । ‘पहाडी जीवन’मा देवकोटाले वरको हाँगादार बोटमुनि शीतल चौतारीको चर्चा गरेका छन् । त्यो लामाचौरबाट आधा घण्टा पैदलयात्राबाट पुगिने झिल्टुङ बजारको डबली हुनुपर्छ जसको आडैमा कामरु उच्च मावि र फेदमा टम्म नेवार बस्ती छ । शीतल हावापानीकै कारण हुनुपर्छ, विकासको सामान्य प्रक्रियाविरुद्ध यस गाउँको फेदमा भन्दा उचाइमा बस्ती छ । तथापि, घरमा ताल्चा मारेर सहरतिर बसाइ हिँड्नेको संख्या यहाँ पनि कम छैन ।
उत्सवमय झिल्टुङ
साहित्यमा ज्वालामुखी भनेर चिनिने लामाचौरका चिरञ्जीवी लामिछानेको गतिशीलता विष्मयकारी छ । सानो काँटीका यी युवा तीन–तीन घण्टा आउजाउ गरेर स्थानीय एक माविमा अंग्रेजी पढाउन पुग्छन् । त्यसपछिको समयमा उनी गाउँले जीवनको गोरखधन्दा गर्न, देशका चर्चित लेखक, साहित्यकारसँग सम्बन्ध बनाउन, तिनका रचना र चलेका अखबार तथा साहित्यिक प्रकाशन पढ्न र कविता लेख्न भ्याउँछन् । उनकै सक्रियतामा यसपालि महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठानले साहित्य उत्सवको अवसर जुरायो । प्रतिष्ठानले खगेन्द्र संग्रौलालाई देवकोटाको रचनाकारितामाथि व्याख्यान दिन लगायो । देवकोटाको रचनाले आफ्नो जीवनमा ल्याएका मानवीय परिवर्तनबारे संग्रौलाले खुलेर चर्चा गरे । जन्मले देवकोटा बाहुन थिए । पुस्तकालय खोलेपछि उनी क्रूर जुद्धशमशेरको आँखामा बिझाए र बनारस पुगे । ब्राह्मणहरु बनारस पुगेपछि पण्डित भएर फर्कने युगमा उनले भने युगवाणीजस्तो पत्रिका निकालेर राणाशाहीविरुद्ध सांस्कृतिक हमला गरे । पहिचानको मुद्दा उठाएर र संस्थापन पक्षलाई थर्काएरै मदन पुरस्कार जितेका राजन मुकारुङले यही बिन्दु पक्रँदै भने– ‘देवकोटा र अरु बाहुनमा यही भिन्नता छ ।’कवितामा भुसको आगो रोप्ने दुई कवि विमल निभा र सरिता तिवारीले देवकोटाको सम्मानमा अर्को सतिशालजस्तो कविता सुनाए । उपेन्द्र सुब्बा, ज्वालामुखी, प्रोल्लास सिन्धुलीय, दीपक सापकोटाले पनि कविताबाटै देवकोटालाई सलामी चढाए । अन्जान सुदाम, संगीता विक, सन्तुमाया श्रेष्ठजस्ता स्थानीयको आशामुखी कविता सुन्दा देवकोटाको सपना साकार हुन लागेझैँ भयो जो भन्थे–
सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे ।