आशाको झिल्को
०९ कार्तिक २०७१
•
१६ मिनेट पाठ
आशाको झिल्को
संविधान सभाको दोस्रो निर्वाचनपश्चात दलहरूले निर्धारण गरेको नयाँ संविधान जारी गर्ने समय सीमा नजिकिन्दै गर्दा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अन्तिम पटक पाएको म्यादसमेत सकिनै लागेको छ। यसैबीच मूलतः संघीयता र शासकीय स्वरूपका विषयमा सघन छलफल सुरु भएको छ। नेपाली कांग्रेसद्वारा प्रस्तावित ६ वा ७ प्रदेशको अवधारणा तथा सुधार सहितको संसदीय प्रणालीकै सेरोफेरोमा बहस केन्द्रित हुनुलाई सकारात्मक मान्न सकिन्छ।यसघि ठोसरूपमा प्रस्तुत हुन नसकेका यी दुई विषयका प्रस्तावभन्दा फरक अडान राखिरहेका नेेकपा (एमाले) र एककृत नेकपा (माओवादी) समेत लचिलो बन्ने संभावना देखिएकाले २०७१ माघ ८ भित्रै संविधान जारी हुने जनअपेक्षा बढेको छ। प्रदेशको संख्या र साझा पहिचानका नाममा कांग्रेससँगै एमाले पनि उभिएपछि एमाओवादी चर्को दबाबमा पर्नु स्वाभाविकै हो। सत्ता र शक्तिको अवस्था हेरेर आफूलाई उभ्याउने र प्रस्तुत गर्ने तराई केन्द्रित दलहरूको चिन्ता समग्र राष्ट्र र सम्पूर्ण नेपालीमा केन्द्रित नहुने भएकाले तिनका अडान र धारणा मौसमी रागमात्र हुन्। तर, मुलुकको भाग्य र भविष्य जोडिएको गम्भीर विषयमा कदम चाल्दा राष्ट्रिय नेतृत्वले सबैसँग परामर्श र छलफल गर्नु उपयुक्त नै हुन्छ। तसर्थ, नेपालको इतिहासको यो निर्णायक घडीमा कांग्रेसको वर्तमान नेतृत्वले निकै सुझबुझपूर्ण, परिपक्व र दूरदर्शी भूमिका पूरा गर्नुपर्छ। राजनीतिक नेतृत्वद्वारा चालिएका कुनै पनि कदमले राष्ट्रको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता तथा स्वतन्त्रता एवम् स्वाधीनतालाई अक्षुण्ण राख्न सक्नुपर्छ। सँगसँगै देशभित्र सबोबास गर्ने सबै जाति, भाषा, सम्प्रदाय, धर्म, संस्कृति र क्षेत्रलाई समुचित न्याय र पहिचानको सुनिश्चितता गर्न सक्नुपर्छ। मूलतः हामीले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा राज्यको पुनः संरचना किन गरिदैछ? र यो केका

निम्ति? भन्नेजस्ता विषयमा सुस्पष्ट दृष्टिकोण हुनुपर्छ। यसैक्रममा कांग्रेसद्वारा प्रस्तावित संघीयताको मोडेल, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीसँग सम्बन्धित प्रस्तावका केही पक्षमा चर्चा गर्नु उपयुक्तै होला।
संघीताको मोडेल
यसअघि चर्चामा आएका वा वहसमा ल्याइएका ...मोडेल' हरू भन्दा परिष्कृत र व्यावहारिक देखिएको वर्तमान मोडेल अझै पनि खोटरहित भने नहुनसक्छ। नेपालको शाह वंशले बाइसे तथा चौबीसे राज्यलाई एकीकरण गरी राष्ट्र निर्माण गरेपछि विश्वमानचित्रमा उदाएको नेपाल राष्ट्र बहुधार्मिक, बहुजातीय, बहुसंास्कृतिक विविधतापूर्ण छ। अपार प्राकृतिक सम्पदाले भरिपूर्ण यो देश पूर्व–पश्चिम फैलिएको छ। उत्तरमा हिमाल र दक्षिणमा तराइको समथर फाँट छ। हवाईजहाजलाई अलि उचाइमा लैजाने हो भने उत्तरी र दक्षिणी सिमाना एकै पटक देख्न सकिन्छ। अर्थात् आफ्नो राष्ट्रिय भूगोलको दुईवटा सिमानालाई एकैपटक नियाल्न सकिन्छ। हिमाल र पहाडमा बस्ने नेपाली तराईको फाँटलाई आफ्नो प्रतिष्ठा ठान्छन्। र तराईका नेपाली हिमाललाई आफ्नो गौरव मान्छन्। यी भाग नेपाल र नेपालीका अभिन्न अंग हुन्। र हामीले बुझ्नैपर्ने कुरा के हो भने राज्यको पुनःसंरचना भनेको भूगोलको विभाजनमात्र होइन। पहिचान, सामर्थ्य र प्रशासनिक सुगमताका आधारमा प्रशासनिक पुनर्व्यवस्थापन हो। पुराना संरचना हाम्रो लागि काम नलाग्ने भएकाले नयाँ संरचना तर्जुमा गर्ने सन्दर्भमा यो बहस अगाडि आएको हो। कांग्रेसले आफ्नो प्रस्तावमा संघ, प्रदेश, स्थानीय र आवश्यकता हेरी विशेष संरचनाको प्रस्ताव अघिसारेको छ। खासगरी प्रदेश निर्माण गर्दा त्यहाँ उपलब्ध प्राकृतिक साधनस्रोत, आर्थिक सामर्थ्य र भौतिक पूर्वाधारलाई आधार बनाउने भनिएको छ। यसमा थप गर्नुपर्ने विषय के हो भने जाति, भाषा, संस्कृति र भूगोलजस्ता पक्ष छिन्नभिन्न हुनु हुँदैन। सोलुखुम्बुको नेपालीलाई उदयपुरहुँदै सप्तरीसम्म पुग्दा आफ्नै राज्यमा छु भन्ने अनुभूति हुनुपर्छ। र एउटा राज्यले आफूसँग हिमाल, पहाड र तराई सबै क्षेत्र छन् भन्ने सुनिश्चितता गरिनुपर्छ। पाखो बारी र गैरी खेत नभएको किसान सुखी नभएजस्तो सबै क्षेत्र नभएको प्रदेश उन्नत र वैभवशाली हुन सत्तै्कन। प्रस्ताव गरिएका क्षेत्रहरूको सदरमुकाम तोकिँदा विराटनगरलाई छुटाइएको छ। भौतिक पूर्वाधार सम्पन्न ऐतिहासिक र राजनीतिक रूपमा प्रतिष्ठित औद्योगिक नगर प्रदेशको राजधानीका लागि पनि उपयुक्त नठानिनु विडम्बनापूर्ण छ। अझ लोकतन्त्रको बिगुल फुक्ने क्रान्तिकारीहरूको केन्द्र गणतन्त्र आउँदा इतिहासको गर्तमा बिलाउनु कति न्यायसंगत र तर्कसंगत होला? यसैगरी वीरगञ्ज, नेपालगञ्जजस्ता सहरलाई पनि उपेक्षा गरिएको छ। हिमाल, पहाड, तराई मिलाएर प्रदेश निर्माण गरी तराईमै सदरमुकाम राख्दासमेत फरक पर्दैन। कतिपय अवस्थामा जनताका लागि तराईका सहरहरु नै अनुकूल र व्यावहारिक हुन्छन्। राजधानी नै सार्नसमेत प्रस्ताव आएको चितवन पनि एउटा प्रदेशको राजधानी हुन सबै दृष्टिबाट उपयुक्त छ। यसमा समेत विवेक पुगेको देखिएन। तैपनि, संघीयताको मोडलमा अलमल देखाइरहेको कांग्रेसले गरेको प्रस्ताव दलहरूबीच छलफलका लागि प्रमुख आधार हुनसक्छ। र छलफलले टुङ्गो लगाउँदा भने सकेसम्म उत्तर दक्षिण फैलिएका जम्मा पाँच प्रदेशमात्र हुनुपर्छ भन्ने जनअपेक्षालाई उपेक्षा गर्न मिल्दैन। जनकपुर, कर्णाली या लुम्विनीलाई छुट्टै मुख्यमन्त्री चाहिएको होइन। तसर्थ यति सुन्दर र सानो देशलाई सहमतिका नाममा जथाभावी विभाजन गर्नु बुद्धिमत्ता हुनेछैन। तराईका जनताले आफ्नो क्षेत्र र समुदायको प्रधानमन्त्री बनाउने कि मुख्य मन्त्री? राष्ट्रपति, उपराष्ट्रपति, प्रधानान्यायाधीश, उपप्रधानमन्त्री पाइसकेको समुदायबाट प्रधानमन्त्री बन्न कुनै गाह्रो छैन तर पहाडबाट तराईलाई टुक्य्राउने हो भने त्यो सपना पूरा हुनेछैन।

शासकीय स्वरुप

मूलत : संघीयताका विषयमा सहमति जुटिसकेटिछ शासकीय स्वरूपमा सहमति जुट्न त्यति गाह्रो जटिलता रहँदैन। नेपालजस्तो अल्पविकसित र अपेक्षाकृत लोकतान्त्रिक संस्थाहरूले जरो गाडी नसकेको देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्री उपयुक्त हुन सत्तै्कन। संसद्बाटै छानिएका प्रधानमन्त्रीसमेत निरंकुश भए भन्ने आवाज उठिसकेको पृष्ठभूमिमा चीन र भारतजस्ता विशाल छिमेकीको बीचमा रहेको नेपालमा यो स्वरूप व्यावहारिक पनि हुनसत्तै्कन। समावेशी प्रतिनिधित्वसहितको संसदीय शासन प्रणाली र संसद्को बहुमतले छानेको प्रधानमन्त्री कार्यकारी प्रमुख रहने व्यवस्था नै उचित हुन्छ। बारम्बार प्रधानमन्त्री बदलिइरहने संभावनाका कारण संसदीय व्यवस्था अस्थिर हुने कमजोरीलाई अन्त्य गर्न कांग्रेसले अघिसारेको एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था उपयुक्त नै देखिन्छ। त्यसैगरी प्रादेशिक संसद्, प्रतिनिधिसभा र राष्ट्रियसभाले छानेका संवैधानिक राष्ट्रपति राष्ट्राध्यक्षका रूपमा रहने व्यवस्था पनि नेपालका लागि भरपर्दो देखिन्छ। माथिल्लो संसद् अर्थात् संघीय संसद् दुई सदनात्मक र प्रादेशिक संसद् एक सदनात्मक रहने व्यवस्थासमेत उपयुक्त देखिन्छ।

निर्वाचन प्रणाली
संघीय संसद्को प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको प्रक्रियाबाट गठन हुने र यसमा १७५ सदस्य रहने प्रस्ताव कांग्रेसको रहेकेा छ। यसमध्येका ७५ सदस्य समावेशी समानुपातिक उम्मेदवार र बाँकी १०० सदस्य खुलारूपमा निर्वाचित हुनेछन्। महिला र दलितका लागि आरक्षित क्षेत्र तोकिनेछ र यो हरेक निर्वाचनमा परिवर्तित हुनेछ। यो यसअघि नै सम्बन्धित क्षेत्रबाट माग हुँदैआएको व्यवस्था हो। यसैगरी राष्ट्रियसभामा समेत प्रादेशिक संसद्बाट १०/१० जना सदस्य निर्वाचित हुनेछन् र तीमध्ये ३ महिला र १ दलित सदस्यको अनिवार्य प्रतिनिधित्व रहनेछ। र बाँकी ५ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत हुनेछन्। यसैगरी प्रादेशिक संसद्मा भने संघीय संसद्ले प्रतिनिधित्व गर्ने १ जना सदस्य बरावर दुईजना हुनेगरी कम्तीमा २५ देखि ५० सदस्यसम्म रहने व्यवस्था प्रस्ताव गरिएको छ। यसमा केही परिमार्जन हुनु जरुरी देखिन्छ। प्रादेशिक भएपनि २५ जनाको संसद् निकै सानो हुने भएकाले कम्तीमा ३५ देखि ४५ जनासम्मको संख्या उपयुक्त हुने देखिन्छ। सदस्य संख्याको २० प्रतिशत मन्त्री रहँदा पनि कम्तीमा ७ जना देखि ९ जनासम्मको मन्त्रिपरिषद् उपयुक्त हुने देखिन्छ। प्रादेशिक संसद्समेत समावेशी स्वरूपकै रहने प्रतिबद्धता कांग्रेसको प्रस्तावमा व्यक्त गरिएको छ। यसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ।
न्यायप्रणाली
संघीय लोकतान्त्रिक राजनीतिक प्रणालीमा विश्वव्यापीरूपमा अभ्यासमा रहेको न्यायालयको मूल्यमान्यता अनुरूपको स्वतन्त्र र सक्षम न्यायपालिका अहिलेको आवश्यकता हो। मुख्य अदालतका रूपमा सर्वोच्च अदालत रहने र सर्र्वोच्च अदालतकै प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक अदालतको व्यवस्था गरिनु उपयुक्त देखिन्छ। संघीयताका विभिन्न तहबीच संवैधानिक कानुनी या अन्य अधिकारका विषयमा प्रश्न उठेमा त्यसको निरुपण गर्ने अधिकारसहित स्थापना हुने संवैधानिक अदालत संविधान घोषणा भएको १० वर्षसम्म क्रियाशील रहने व्यवस्था आवश्यक पनि देखिन्छ। यसैगरी प्रदेश तहमा समेत आवश्यकताअनुसार अदालत स्थापना गरिनुपर्छ र कतिपय न्यायिक अधिकारहरु स्थानीय निकायलाई हस्तान्तरण गर्नु उपयुक्त हुनेछ।

ढिलै भएपनि दलहरूबीच सघन र गम्भीर छलफल सुरु हुँदा नेपाली जनतामा आशा पलाएको छ। दोस्रो संविधान सभाको निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुनु र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्ने क्रममा रहेको एमालेसमेत दोस्रो ठूलो दल भएकाले त्यसको तात्विक अन्तर देखिनुपर्छ र निर्धारित समयभित्रै संविधान बन्नुपर्छ भन्ने जनअपेक्षाको कदर अवश्य पनि हुनुपर्छ। अनावश्यक अडान राखेर संविधान सभाभित्र र सडकमा द्वैध चरित्र प्रदर्शन गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल...प्रचण्ड'को भूमिका सन्देहप्रद देखिनु विडम्बना हो। विपक्षीहरूले जनमतको कदर गरेर तोकिएको समयभित्र संविधान निर्माण गर्न सकारात्मक भूमिका नखेल्ने हो भने कांग्रेस र एमालेसँग प्रक्रियामै गएर पनि संविधान जारी गर्नुको विकल्प छैन।
अर्को समाचार
तीन महिने अभियान पछि जनतामा आशाको झिल्को पलाउछ : प्रवक्ता सापकोटा
२४ साउन २०८०
•
२ मिनेट पाठ
तीन महिने अभियान पछि जनतामा आशाको झिल्को पलाउछ : प्रवक्ता सापकोटा
तस्बिर: निमेष अधिकारी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले थाल्ने तीन महिने अभियान पछि  जनतामा आशाको झिल्को पलाउने  पार्टीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताएका छन। 

आज पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसंगको भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले  माओवादी केन्द्रको भर्खरै  सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार भदौ १६ गते देखि देशका वडा तहसम्म पार्टी अध्यक्ष्य ,पदाधिकारी सहित केन्द्रीय नेताहरु जनताको भावना र सरोकारवारका विषयमा गहन रुपमा लाग्ने भएकाले अव केही आशाको झिल्को पलाउने कुरा बताएका हुन। 

माओवादीले तीन महिनेअभियानको उद्घाटन भदौ १६ गते ६ हजार ७४३ वडाबाट एक साथ गर्नेछ।३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको पनि उनले बताए। 

माओवादीले तीन महिने अभियानपछि विधान सम्मेलन र त्यसको ६ महिनापछि विशेष अधिवेशन गर्ने पनि प्रवक्ता सापकोटाले जानकारी दिए । आजको भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले भर्खरै सम्पन्न केन्द्रीय समितिमा भएका निर्णयका बारेमा पनि जानकारी गराएका थिए।

पत्रकार सम्मेलनमा उनले अव माओवादी देशभक्ती र सदाचारको बाटोमा सबैसित  मिलेर अगाडी बढ्ने पनि बताए । असाधारण चुनौतीलाई पार गर्न  कृषि ,उद्योग धन्दा , राष्ट्रिय सुरक्षा  र विज्ञान र प्रविधिलाई सही रुपमा अगाडी बढाउनु पर्नेमा पनि जोड दिए।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले अहिले सुन तस्करी प्रकरण र ललिता निवास जग्गा प्रकरणका विषयमा पार्टीले विशेष चासोका साथ हेरेको हुनाले यो प्रकरण गहन रुपमा अगाडि बढ्नेमा ढुक्क हुन समेत आग्रह गरे । यस प्रकरणमा दोषी जो कोही भए पनि कारवाहीको दायरामा ल्याउन पार्टीले सरकारलाई आग्रह गरेको पनि धारणा व्यक्त गरे । उनले ठिक ढंगले अनुसन्धान गर्नका लागि सिआइबिलाई अनुसन्धान गर्न जिम्मेवारी दिइएको  उल्लेख गरे। उनले अनुसन्धान प्रक्रियामा कुनै प्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडी बढ्ने स्पष्ट पारे। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस