एक्कासी चार पाँच वटा कुकुर उप्रुदै आफूतिर आएपछि म तर्सें। कुकुरलाई प्रौढ महिलाले पछ्याउँदै थिइन् । यहाँ प्रौढहरुलाई देखेपछि मुस्कुराउने हो भने पनि उनीहरु निकै खुसी हुन्छन् भन्ने एक नेपालीको सल्लाहलाई व्यवहारमा उतारे । जवाफमा उनी पनि मुस्कुराउदै मतिर आइन् ।
'नडराऊ यिनले टोक्दैनन्।' यति सुनेपछि मेरो गोडामा लटपटिन खोजेका कुकुरको डर हटाउने असफल प्रयास गरेँ ।
त्यति बेलासम्म उनी म नजिकै आइसकेकी थिइन् । म बेन्चको छेउतिर सरेपछि सँगै बस्दै सोधिन् - कहाँबाट आएको
'नेपालबाट' मेरो जवाफले उनलाई खुसी तुल्याउने छ भन्ने मलाई थाहा थियो । एडमन्ड हिलारीका कारण न्युजिल्यान्डमा नेपाल र नेपाली केही मात्रामा भए पनि परिचित भएको मैले थाहा पाएकॊ थिएँ ।
गार्डेन सिटी भनिने बगैचाले भरिएको क्राइसचर्च सहरको एउटा मनोहर पार्कमा थिएँ म । वरपरका बेन्चमा फाटफुट मानिस थिए । मैले उनीतिर हेरेँ । तीन बीस हिउँद काटिसकेजस्तो देखिने ती प्रौढा घिउ रङ्गको टिसर्ट र कालो प्यान्टमा थिइन् । गोडामा स्पोर्ट्स जुत्ता ।
'यिनीहरु मेरा सन्तान जस्तै हुन् ।' उनले त मौसमको साटो कुकुरको जात र स्थानका बारेमा पो बताउन थालिन् । विदेशी त मौसमबाट कुराकानी थाल्छन् भन्ने पो सुनेको थिएँ त । कुकुरको गोत्रावलीमा चाख नभएकाले सोधेँ - 'किन तिम्रा सन्तान छैनन् र?' उनले भनिन् - किन नहुनु दुई छोरा र एक छोरी छन् तर मसँग बस्ने भने यीनै हुन् । उनले नजिकै खेली रहेका तिनै कुकुरलाई देखाइन् ।
'पोहोर साल पति खस्नु भयो।' उनलाई कुराकानी गर्न मन रहेछ । 'अनी कान्छो छोरो पनि दुई महिना पहिले १८ वर्ष पुगेकाले बॆग्लै बस्न थालेको छ ।' सुनेको त थिएँ हुर्केका सन्तान सँगै बस्दैनन् । तैपनि सोधे 'किन?' 'तिमीलाई थाहा छैन । यहाँ १८ वर्ष पुगेपछि पनि आमा बाबुसँग बस्नेलाई समाजले जिस्क्याउँछ।'
मेरो मुखबाट अनायास निस्क्यो - हामी कहाँ त आमाबाबुबाट अलग बस्नेलाई पो समाजले जिस्क्याउँछ । मेरो जवाफले उनका आँखा रसाए । मलाई अप्ठेरो लाग्यो ।
विकसित देशमा उमेर ढल्केपछि बूढाबुढीले एकाकी जीवन बिताउन वाध्य हुनुपर्ने मैले सुनेको थिएँ । त्यहाँका पाकाहरुले आफूलाई उपेक्षित अनुभव गर्ने गरेको एक जना नेपाली विद्यार्थीले सुनाएका थिए । कोही खिसिक्क हाँसी दियो भने पनि उनीहरु निकै खुसी हुन्छन् रे । अनी उनीहरुले पनि आफ्नो सम्पत्ति सन्तानको नाममा लेख्नुभन्दा सरकारलाई बुझाउने गर्दारहेछन् ।
उमेर ढल्केपछि स्याहार सुसारको व्यवस्था सरकारले नै मिलाउँछ । तर सन्तानले गर्ने माया सरकारी सरोकारभन्दा कता हो कता प्यारो हुँदो रहेछ ।
'पतिको निधनपछि म पूरै एक्ली भएकी छु।' उनले भनिन् । उनका छोराछोरी सातामा एक लिन बॆलुका खाना खान आए पनि रात नबसी जाँदा रहेछन् । 'अनि धेरै बेरसम्म जुठो भाडा हेरेर उनीहरुको नियाँस्रो मेटाउने गर्छु।' उनको पछिल्लो वाक्यले मेरो मन छोयो ।
'तर तिमीहरु पनि त साना केटाकेटीलाई 'चाइल्ड केयर सेन्टर'मा राखेर काममा जान्छौ नि।' मैले भने ।
'त्यतिले माया त कम हुँदैन नि।' उनको चित्त दुखाइन् ।
'त्यसको सकारात्मक पक्ष पनि त छ ।' मैले आफ्नो असजिलो मेटाउन भनेको थिएँ । तर उनले उत्सुकता देखाएपछि भने - त्यसबाट मानिस सानै उमेरदेखि नै स्वावलम्बी हुन्छ । उसको निर्णय क्षमता बढ्छ ।
उनी टोलाउन पो थालिन् ।
केही क्षणसम्म हामी मौन भयौँ । हाम्रो अगाडिको बेन्चमा वृद्ध दम्पती थियो । पत्नीले पुस्तकमा डुबेका पतिलाई थर्मसको चिया दिइन् । मुसुक्क हाँस्दै बुढाले लिए ।
मैले असजिलो मेटाउन मौसमको कुरा गरे । अनि आफ्नो परिवार र समाजका बारेमा भने । 'हाम्रो मुलुकमा परिवार सगोलमा बस्छ । तर अचेल सहरमा छुट्टिएर बस्ने चलन पनि छ । त्यो बढी वाध्यताका कारण हो । बूढाबुढी जन्मथलो छाड्न मान्दैनन् । छोरा छोरीकेा अन्तै काम गर्छन् ।'
तर उनको त कुरा गर्ने मुड हराइसकेको थियो ।
म पनि बिदा भएर बाटो लागेँ । परबाट फर्केर हेरेँ । बूढी आमा कुकुरलाई मुसार्दै थिइन् ।