‘लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो।' जनताको अपेक्षा पूरा गर्न नसकेपछि बेलाबेलामा लोकतन्त्रको विकल्पको कुरा उठ्दा लोकतन्त्रवादीहरूबाट माथिको ‘विकल्पहीन विकल्प' प्रकट हुने गर्छ।फेरि प्रश्न उठ्छ – ‘अझ बढी लोकतन्त्र' भनेको के हो? ‘अझ बढी लोकतन्त्र' कसरी प्राप्त हुन्छ? र, प्रश्नकर्ताले स्वाभाविकरूपमा ‘अझ बढी लोकतन्त्र' भनेको वर्तमान लोकतान्त्रिक अभ्यासको विस्तारितरूप नै बुझ्नेछ। लोकतन्त्रको वर्तमान अभ्यास जनअपेक्षित र संतोषजनक ढंगले भइरहेको छ भने लोकतन्त्रको विकल्पको प्रसंग उठाउन आवश्यक हुने नै थिएन। त्यसैले लोकतन्त्रको विकल्पको प्रश्न उठाउनेहरू ‘अझ बढी लोकतन्त्र' भन्ने जवाफबाट सन्तुष्ट हुन सत्तै्कनन्। किनभने तिनले वर्तमान लोकतान्त्रिक अभ्यासको आलोकमा ‘अझ बढी लोकतन्त्र' भन्नाले अझ बढी अराजकता, अझ बढी अल्पतन्त्रको शासन, अझ बढी विशेष क्षेत्र तथा वर्गको प्रभुत्व विस्तारको अर्थमा बुझ्नेछन्। त्यसैले लोकतन्त्रको विकल्पमा बहस र विवादको कहिल्यै अन्त्य नभएको हो।
लोकतन्त्रका अनेकौं विशेषतामध्ये नागरिकलाई प्रभाव पार्ने हरेक निर्णयमा उनीहरूले नै निर्णय गर्न पाउनु सर्वाधिक महत्वपूर्ण विशेषता हो। आवधिक निर्वाचनमा मत खसाल्नेबित्तिकै जनताको लोकतान्त्रिक कर्म समाप्त भएको ठान्ने अभ्यासले तिनको असीमित जाकरुकता र सामाजिक रूपान्तरणप्रतिको सक्रियतालाई कुण्ठित बनाइरहेको छ। लोकतान्त्रिक प्रक्रियाभित्र जनताको सहभागितालाई कसरी प्रभावकारी ढंगले चलायमान बनाइरहने भन्ने प्रश्न लोकतान्त्रिक विकासको सर्वाधिक महत्वपूर्ण प्रश्न हो। दुर्भाग्य, यही पक्षमा हाम्रो मुलुकको लोकतन्त्र सर्वाधिक कमजोर देखिएको छ। र यही आधारमा टेकेर लोकतन्त्रको विकल्प वा ‘अझ बढी लोकतन्त्र'को लागि दबाबमूलक आन्दोलन हुँदैआएका छन्। त्यस्ता आन्दोलन लोकतन्त्रको पक्षमा थिए वा थिएनन्/हुनेछन् वा छैनन् भन्ने चाहिँ बहसको अर्को पाटो हो।
राजनीतिक व्यवस्थामा परिवर्तन र लोकतान्त्रिक व्यवस्थाको स्थापनापछि पनि पुरानो सामन्ती व्यवस्थाको अवशेष ज्यादै बलियो ढंगबाट समाजमा उपस्थित भइरहेको हुन्छ। खासगरी आर्थिक र सामाजिक प्रभुत्वको हिसावले बुर्जुवा लोकतन्त्रको मूल प्रभाव अतीततिरै झुकेको हुन्छ। त्यसैले जनताको सहभागिता र निर्णय प्रक्रियालाई स्थानीय तहमा बलियो बनाउनुपर्ने तर्क लोकतन्त्रको छ। तर सिद्धान्तलाई व्यवहारमा उतार्ने काम लोकतान्त्रिक सरकार र राजनीतिक दलहरूको हो। स्वयं सरकार र दलहरूको संस्थागत संरचना लोकतान्त्रिक छैन भने लोकतन्त्रको प्रयोग पनि अलोकतान्त्रिक प्रक्रियाबाट भइरहेको हुन्छ। फलस्वरूप, लोकतन्त्र औपचारिक बन्छ र त्यसको विपक्षमा जनमत सिर्जना हुन थाल्छ। उदाहरण खोज्न कतै टाढा जानु पर्दैन, पटकपटक भएका हाम्रै मुलुकका अभ्यासतर्फ आँखा लगाए पुग्छ।
राजनीतिक परिवर्तनप्रति जनताको अपेक्षा हमेशा वस्तुस्थितिभन्दा अलि बढी हुन्छ। फलस्वरूप, तिनमा परिवर्तनको गति ढिलो हुनेबित्तिकै निराशा उत्पन्न थाल्छ। जनताको यही निराशालाई आधार बनाएर पुरातन शक्तिले राजनीतिक रणनीति तयार पार्न थाल्छ। अधिकांशतः परिवर्तनका वाहक शक्तिको एउटा हिस्सा पनि पुरातन शक्तिको पक्षमा काम गरिरहेको हुन्छ। नेपालको पछिल्लो राजनीतिक परिवर्तन र त्यसका नेतृत्वदायी शक्तिहरूका हकमा पनि यो नियम लागु भइरहेको छ। संसारमा लोकतन्त्रको एउटै मात्र स्थापित प्रारूप छैन। आआफ्नो मुलुकको विगतको अभ्यास, अनुभव तथा आवश्यकताका हिसाबले भिन्नभिन्न राष्ट्रले लोकतन्त्रका भिन्न भिन्न प्रारूप अपनाएका छन्। तर जेजस्तो प्रकारको प्रारूप अपनाएका भए पनि लोकतन्त्रका केही स्थापित साझा मान्यता छन्। ती मान्यता खण्डित हुनेबित्तिकै जुनसुकै मोडेलको लोकतन्त्र भए पनि त्यसले जनअपेक्षा परिपूर्ति गर्न सक्तैन र नयाँ विकल्पको खोजी हुन थाल्छ। नयाँ संविधानको निर्माणमा हुँदै गएको विलम्बले जनताको निराशालाई बढाइदिएको छ। संविधान निर्माणका सर्तमा लोकतन्त्रका आधारभूत काम थाती रहँदै जाँदा अराजकता बढ्दै गएको छ। स्थानीय प्रशासन ध्वस्त छ। त्यसले गर्दा प्रगतिशील दिशातर्फभन्दा प्रतिगामी दिशातर्फ बिस्तारै जनमतको रुझान देखिन थालेको छ। किनभने निराश वर्तमानले भविष्यलाई अँध्यारो देखाएपछि जनतालाई अतीत नै प्रिय लाग्न थाल्छ। दुर्भाग्यवश, सामाजिक जीवनभित्र देखिने यस्तो मसिनो राजनीतिक विकासको प्राकृतिक प्रक्रियालाई बुझ्ने नेतृत्व हामीसँग भएन।
आधुनिक लोकतान्त्रिक प्रक्रियाको ऐतिहासिक आधार तयार पार्ने फ्रांसिसी क्रान्तिका आलोचक, साहित्यकार तथा रुढीवादी विचारधाराका प्रवर्तक जोसेफ मारी दे मैस्त्रे ‘औद्योगिक क्रान्ति र त्यसले ल्याउने राजनीतिक सुधारले पुरानो शासक वर्गको पतन अनिवार्य गर्दैन' भन्ने मान्यता राख्थे। वास्तवमा मैस्त्रेको बुझाइ के थियो भने सत्तासीन नयाँ बुर्जुवा वर्गले धन कमाउन र त्यसलाई व्यवस्थापन गर्न यति धेरै समय खर्चिन्छ कि उसलाई राज्य संचालनको कला र नैतिक मापदण्डमा रहनका लागि समय नै हुँदैन। यस्तो बेलामा पुरानो सामन्ती शासक वर्गले सामान्य सुधार र सेवाद्वारा अझ राम्रो शासन चलाउन सक्छ। तात्कालीन युरोपका पछिल्ला घटनाक्रमले मैस्त्रेको उपर्युक्त भनाइलाई प्रकारान्तले सही पनि साबित गरे। किनभने, औद्योगिक क्रान्तिको द्रूततर विकाससँगै जन्मिएको औद्योगिक सर्वहारा वर्गको संघर्षलाई व्यवस्थापन गर्न असफल भएपछि युरोपको पुँजीपति वर्गले सामन्तवादसँग साँठगाँठ गर्योग। आधुनिक बेलायतको राजतन्त्रलाई त्यसको उदाहरणका रूपमा पनि प्रस्तुत गरिन्छ। पछि कार्ल मार्क्सले बुर्जुवा वर्गको त्यसप्रकारको प्रतिगामी चरित्रको वस्तुपरक विश्लेषण र आलोचना गरे।
हाम्रोजस्तो पिछडिएको मुलुकको राजनीतिक परिवर्तन बाहिरी संरचनामा मात्र देखापर्छ। यस्तो परिवर्तनले जनताको आधारभूत तहलाई बेवारिस छोडेर केही सीमित नेतृत्व पंक्तिको मात्र जनताले प्रतक्ष्य देख्ने गरी सामाजिक र आर्थिक जीवनमा असामान्य परिवर्तन गरिदिन्छ। त्यसले आधारभूत तहमा राजनीतिक दल र नेतृत्वप्रतिको असंन्तोषलाई बढाउँदै लैजान्छ। एउटा निश्चित विन्दुमा पुगेपछि ‘लोकतन्त्र'ले व्यवस्थापनको सीमा गुमाउँछ। हाम्रो मुलुकको अवस्था ठ्याम्मै यही दिशातर्फ अग्रसर भइरहेको छ। संविधान सभाको दोस्रो निर्वाचन यता जेजस्ता राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् त्यसले लोकतान्त्रिक शक्तिहरूलाई मैस्त्रेले भनेजस्तै नयाँ पुँजीपति वर्गमा रूपान्तर गरिदिएको छ। त्यसलाई राजनीतिमार्फत् प्राप्त पुँजीको व्यवस्थापन गर्न समयै छैन। उसले मुलुकको शासकीय सुधार कसरी गरोस्? यो अन्तरविरोध नेपाली राजनीतिमा चर्किदै गइरहेको प्रष्टै देखिन्छ। लोकतन्त्रका लागि प्रतिकूल अन्तर्निहित परिस्थितिको लामो इतिहास रहेको हाम्रो मुलुकमा संविधान निर्माणमा देखिएको विलम्ब अग्रगामी यात्राको संकेत पक्कै होइन।
बाह्र बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र सेना समायोजनजस्ता शान्ति प्रक्रियाका महत्वपूर्ण चरण पार गरेर हामी आजको विन्दुमा आइपुगेका हौँ। तर प्राविधिक समस्यामा कैयौं उपलब्धि हासिल गरे पनि सैद्धान्तिक समस्याको समाधान जहाँको तहीँ छ। प्राविधिक समस्याका तुलनामा सैद्धान्तिक समस्या तत्कालका लागि गौण देखिए पनि दीर्घकालीनरूपले बढी गंभीर बनेर अगाडि आउँछन्। संविधान निर्माणमा देखिएको सैद्धान्तिक समस्याको सम्बोधन र निराकरणको बारेमा दलहरू समानरूपले मौन छन्। तर ‘सहमति'को असम्भव कर्ममाथिको दलीय विश्वास भने अटुटरूपमा कायम छ। एउटा शक्तिले उत्पीडित जाति र क्षेत्रको कुरा चर्काउँदा उक्त जाति र क्षेत्रका उत्पीडित वर्गलाई पूर्णरूपले उपेक्षा गर्छ भने अर्को शक्तिले राजनीतिक परिवर्तनलाई पराजित शासकको ठाउँमा आफू उक्लिन पाउने अवसरमात्र ठान्छ। त्यसले गर्दा मुलुकको राजनीतिक अवस्था जहाँको तही अडिएको हो।
लोकतन्त्रका आधारभूत पक्षमा सहमति भइसकेपछि अगाडिको यात्रा सहज हुनुपर्नेमा झन् अहसज बन्दै जानुको मूल कारण सैद्धान्तिक हो। प्राविधिक कुरामा त धेरैअघि नै सहमति कायम भइसक्यो। माओवादीका हतियार राज्यका भए। विद्रोही सेनाको समायोजन भयो। तिनका जनअदालत, कम्युन र स्थानीय जनसत्ताको विघटन उहिल्यै भइसक्यो तर सैद्धान्तिक समस्या जहाँको तँही छ। बाश्र बुँदे सहमतिमा उल्लेख भएजस्तै एनेकपा (माओवादी)ले लोकतन्त्रका आधारभूत पक्षमा सहमति जनाइसकेको मान्ने हो भने पनि सशस्त्र विधिसहितको ‘नयाँ जनवादी क्रान्ति'को पुरानै प्रस्थापना बोकेर हिंडेको वैद्य माओवादी अलग अस्तित्वमा छँदैछ। उता एमाओवादीको सैद्धान्तिक द्विविधाले उसलाई पनि सविधान सभाको मोहले छोड्दै गएको देखिन्छ। यसले पुनः नेपालको द्वन्द्वको स्वरूप सैद्धान्तिकरूपमा जहाँको त्यहीँ रहेको देखाउँछ। यसको आगामी विकास प्रक्रिया अझ मूर्त बन्दै जाने लक्षण देखापर्दैछन्।
संविधान निर्माण हुँदैगरेको वर्तमान अवस्थामा विभिन्न खालका पहिचानका सवाल सतहमा देखिनु स्वाभाविकै हुन्छ। तर त्यसको व्यवस्थापन अनेक पहिचानका अनुयायीले माग गरेजस्तै जस्ताको तस्तै रूपमा हुनसक्तैन। त्यसो भन्दैमा पहिचानलाई दुत्कारेर जाने र नयाँ द्वन्द्वको सिर्जना गर्ने मूर्खता गर्नु अर्को कमजोरी हो। त्यसकारण जनजाति, मधेसी, आदिवासी, क्षेत्रीय, लैंगिक आदिजस्ता पहिचानका सवाल हल गर्ने सैद्धान्तिक विधि के हो भन्ने विषय राजनीतिक दलका निजी निर्णयमा मात्र बहस केन्द्रित छ। एकथरी ‘पहिचानवादी'हरू विविध पहिचानलाई एक समान राष्ट्रिय नागरिक पहिचानमा कसरी बदल्ने भन्ने सवालमा पूर्णतः उदासीन देखिन्छन् भने अर्काथरी ‘पहिचान' विरोधीहरू चाँहि नयाँ राष्ट्रिय संरचनाको टट्कारो आवश्यकता भइसक्दा पनि हिजोकै सामन्ती पहिचानलाई जबजर्स्ती थोपर्नमात्र खोज्दैछन्। यस्ता दुवै खाले अतिवादी चिन्तनले राज्यको नयाँ संरचना निर्माण गर्न सक्तैनन्। फलस्वरूप दुवै अतिवादीको निरर्थक द्वन्द्वमा आन्दोलनको ऊर्जामात्र समाप्त भएर जान्छ।
तत्कालै समाधान नगरी नहुने वर्गीय सवाल ओझेल पर्दै जाने र विविध पहिचानका विषय केन्द्रमा आउँदा लोकतन्त्रको नागरिक आधार कमजोर बन्दै जान्छ। त्यसले समाजलाई आर्थिक रूपमा अझै विषम बनाउँदै जान्छ। वर्ग विभाजनको गहिरो खाडललाई यत्तिकै छाडेर कसैको पहिचान स्थापित हुन नसक्ने त सर्वविदितै छ। राजनीतिक दललाई सामाजिक विविधताका सवालले गाँज्दैजाने र दलहरू पहिचानवादी ‘ककस'को अधीनस्थ बन्दैजाने हो भने लोकतन्त्र कहिल्यै निर्णय लिन नसक्ने निरीह विधिमा रूपान्तरित हुन्छ। दिन प्रतिदिन हाम्रो लोकतन्त्र पनि यस्तै निरीह हुँदैगइरहेको छ।
राजनीति भनेकै प्रतिस्पर्धा हो भन्दैमा सिद्धान्तहीन प्रतिस्पर्धाको कुनै महत्व हुँदैन। संक्रमणकालीन मुलुकको वर्तमान राजनीतिक अवस्थालाई स्थायी शान्तिमा रूपान्तरण गर्ने हो भने शक्तिको वाँडफाँटलाई न्यायोचित र सन्तुलित बनाउन आवश्यक छ। नत्र द्वन्द्वको पुनरावृत्ति अनिवार्य बन्छ। अहिलेका राजनीतिक दलमा राजनीतिक सिद्धान्त र नैतिकताको चर्को खडेरी भएकाले सत्तामा पुग्नुमात्र राजनीतिक लक्ष बन्नपुगेको छ। अहिलेका राजनीतिक अन्तरसम्बन्ध र अन्तरविरोधलाई नेतृत्वले पटक्कै बुझ्नसकेको छैन। दलीय अन्तरविरोध जतिजति गहिरो बन्दैछ त्यतित्यति सम्पन्न भइसकेका सहमति पनि उल्टिँदैछन् वा कार्यान्वयन हुन नसक्ने स्थिति उत्पन्न हुँदैछ। यसले दलको नेतृत्व क्षमताहीन र दलहरू प्रभावहीन बन्दैगएको पुष्टि गर्छ। लोकतन्त्रको विकासको लागि यो अशुभ लक्षण हो। साहित्यकार पारिजातको ‘सिमेन्टभित्र एउटा राजबेली' कथामा जस्तै दलहरू पनि ‘निरर्थक र निस्त्रि्कय' छन्। र, राजबेलीको स्वीकारोक्तिजस्तै सबै भताभुंग भएपछि नेताहरूले पनि भन्नेछन्– ‘क्षमता नहुनु पनि एउटा गहकिलो पाप रहेछ।'