संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका अन्तरवस्तुमा सहमति जुटाउन कात्तिक १५ गतेसम्म संविधान सभाले अन्तिम मौका दिएको छ।संविधान सभाले संवाद समितिको तेस्रो प्रतिवेदनमाथिको सैद्धान्तिक छलफलपछि संघीयता, शासकीय स्वरूपसहितका विवाद कात्तिक १५ भित्र समाधान हुन नसके १६ गतै नै प्रश्नावलीसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। नेपाल नेपालीको हो र नेपाली नेपालको हो भन्ने भावना र मर्मलाई आत्मसात गर्दै प्रमुख दलका नेताहरु संविधान निर्माणको कार्यमा मन, वचन र कर्मले जुटेको भए यति बेला संविधानको मस्यौदा नेपाली जनताको हातमा आइसक्थ्यो। तर कांग्रेस, एमाले र एमाओवादीको नेतृत्व सत्तामुखी योजना सफल पार्न भित्रभित्रै रणनीतिक चलखेलमा लागेकाले संविधान निर्माण प्रक्रिया थप जटिल र अप्ठेरो मोडमा पुगेको छ।
संघीयताको विकल्प छैन
विवादित प्रमुख र गहन विषय संघीयता नै भएको छ। संघीयताको खाका र स्वरूपलाई दलहरुले स्पष्टताका साथ बाहिर ल्याउन थालेका छन्। तर एक–अर्काबीचको अडान यथावत् छ। वास्तवमै संघीयतामा जाँदा नेपाल र नेपालीको हित र मुलुकको समग्र आर्थिक समृद्धिलाई ध्यानमा राखेर दलहरु अगाडि बढ्नु उचित देखिन्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, १० वर्षे ‘जनयुद्ध', दोस्रो जनआन्दोलन र नेपालको अन्तरिम संविधान, २०६३ का मर्म र भावनाहरुको सम्मान र कदर गर्दै संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको जगमा संविधान बन्न अनिवार्य र अवश्यंभावी देखिएको छ। संघीयतामा जाँदा छिमेकी भारत र चीनसमेतको चासो र चिन्तालाई समेट्दै नेपाललाई युगयुगसम्म अन्तर्राष्ट्रिय रंगमञ्चमा सग्लो र एक ढिक्का राख्न उत्तर र दक्षिणतर्फ सीमाङ्कन र रेखाङ्कन गरिएको सात प्रदेश नै उपयुक्त, सान्दर्भिक र दीर्घकालीनरूपमा व्यावहारिक देखिन्छ।
जातीय राज्य निरर्थक
प्राकृतिक विविध ताल भूबनावट, नदीनाला, हावापानी र मौसमसँग सम्बन्धित छ भने जातीय विविधता मानवसँग। यी दुईबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। मानवको आन्तरिक र अन्तर्राष्ट्रिय आवत्जावत्का कारण अहिले जुनसुकै जाति विश्वव्यापीरूपमा फैलिएका छन्। नेपालको सन्दर्भमा पनि त्यही लागु हुन्छ। नेपालमा अहिले १२५ भन्दा धेरै जनजाति र जाति रहेकामा ११८ को पहिचान भइसकेको छ। जसअनुसार २ लाख र सोभन्दा बढी जनसंख्या भएका जाति र जनजातिको स्थिति यस प्रकार छ :
यी जाति र जनजातिले सामाजिक, आर्थिक, राजनीतिक तथा अन्य सुविधा पाउनुपर्ने भए पनि २४० वर्षको शाह शासन, त्यसमध्येको १०४ वर्षको राणा शासन, १० वर्षे प्रजातन्त्र, ३० वर्षे पञ्चायत शासन र १७ वर्षे बहुदलीय प्रजातन्त्रकालले पनि ती अधिकार सुनिश्चितरूपले प्रत्याभूत गर्न सकेनन्। यसरी लामो शोषण र दमनमा रहेका जाति र जनजातिले अहिले जातीय राज्य माग्नु स्वाभाविकै हो तर जातीय राज्य टिक्न सक्दैन र थेग्न सक्दैन भनेर विश्वास दिलाउने नेताहरु उनीहरुको बीच नरहेको पाइन्छ। यही मर्म बुझेर नेकपा माओवादीले सुरुमा ठूलो स्वरले जातीय राज्यको कुरा उठायो। दोस्रो संविधान सभाको चुनावपछि उसले पनि वास्तविकरूपमा बुझ्यो कि जातीय नारालाई नेपाली जनताले अनुमोदन गरेनन्। यतिबेला एनेकपा माओवादी अध्यक्ष प्रचण्ड आफैँले उठाएको नाराबाट पछि फर्कन उनलाई धर्मसंकट परेको छ। माथिको जातीय विश्लेषण हेर्ने हो भने कुनै पनि जनजातिले कुनै पनि प्रदेशमा राज्य गर्ने एकलौटी जनादेश प्राप्त गर्न सक्दैन। यस्तो अवस्थामा जातीय राज्य माग गर्नु अस्वाभाविकमात्र होइन, संविधान नै बनाउन नदिने षड्यन्त्र र खेलमात्र भएको शंका गर्न सकिन्छ।
लामो समयदेखि देशको धरोहरका रूपमा रहेको जाति/जनजातिको संस्कृति र भाषालाई भने दमन गरियो। २०४७ सालको संविधानले जनजातिको भाषिक अधिकार सुनिश्चित त गर्योम तर सार्थक सहयोग गर्न सकेन। नेपालमा रहेका जाति/जनजातिको इच्छा, आकांक्षा र अधिकारलाई राज्यको सामाजिक, आर्थिक, प्रशासनिक, राजनीतिक क्षेत्रको दायरामा कसरी समावेश गर्ने भन्ने अहिलेको मुख्य चुनौती हो। यो चुनौतीको समाधानका रूपमा अहिले जसरी एकल जाति वा मधेस मात्रको प्रदेशलाई उपाय भनेर बुझिएको छ, त्यो आफँैमा गलत छ। अर्थात् देशका प्रदेशहरु जाति र भाषाको आधारमा निर्माण हुन सम्भव छैन। हिमाल, पहाड र तराई आफैंमा विविधता छ भने प्रत्येक जाति र जनजातिमा पनि त्यस्तै विविधता छ।
मधेसको मुद्दा स्वार्थमा सीमित
२००७ सालको जनक्रान्तिले निरंकुश राणाशासन हटाएर प्रजातन्त्र ल्याए पनि जनताको शासन आएन। राजाले विभिन्न राजनीतिक विचारधारका नेताहरुलाई पद दिएर आफ्नो पक्षमा ल्याए। तराईबासीको पक्षमा बनेको तराई कांग्रेसका नेता वेदानन्द झालाई संवैधानिक पद दिएपछि त्यो दल र उसको आन्दोलन हरायो। झाले पदमा बस्दा तराईबासीको पक्षमा केही गरेनन्। ठीक त्यसैगरी आज मधेसवादी दलका नेताहरुले मधेसी जनताको हित र विकास गर्नुभन्दा आफू, आफ्नो परिवार र आफ्ना नातेदारहरुको पृष्ठपोषण गर्न तल्लीन रहेको अवस्था छ। यही अवस्थाका कारण नै मधेसी जनताले उनीहरुलाई दोस्रो संविधान सभाको चुनावमा हिसावकिताव चुकाएको हुनुपर्छ। मधेसको नारा दिएर आएका नेताहरु मधेसी जनताको होइन, आफ्नो आर्थिक समृद्धिमा लागेकाले आज मधेसी जनतासमक्ष उनीहरुको साख गिरेको छ।
धर्म निरपेक्षता आवश्यक
संसारमा सबैलाई थाहा छ, राष्ट्रको कुनै धर्म हुँदैन र कुनै पनि राष्ट्रलाई धार्मिकरूपमा चिनाउनु पनि हुँदैन। छिमेकी मित्र राष्ट्र भारतमा एकातिर अतिवादी हिन्दू संघ–संस्थाहरुले हिन्दूत्वको अभियान चलाईरहेका छन् भने अर्कोतर अल–कायदा जस्ता अतिवादी मुस्लिम संगठनहरुको आतंकारी गतिविधिका धम्कीहरु आएका छन्। भारतीय हिन्दू अतिवादीहरुको लहैलहैमा नेपालमा पनि हिन्दु राष्ट्रको माग गर्ने राजनीतिक दल र संघ/संस्थाका गतिविधिले नेपाली समाजलाई पनि नबिथोल्ला भन्न सकिन्न। यहाँ हिन्दू धर्मको माग जोडतोडले किन उठाइएको छ भने हिन्दू धर्मको मैदानमा राजतन्त्र सुरक्षित रुपमा अवतरण गर्न सक्दछ भन्ने कुरा हिन्दू धर्म माग गर्ने राजनीतिक दलले राम्रोसँग बुझेको छ। उसले आफ्नो यो बुझाई र रणनीतिमा अरुलाई पनि तान्ने प्रयास किन गर्दैछ भने हिन्दु धर्म कायम भयो भने सहजै राजतन्त्र ल्याउन सकिन्छ। राजतन्त्र ल्याईसकेपछि फेरि राज्य गर्न सहजै सकिन्छ। यस दृष्टिले हिन्दू धर्मको माग ठाडै र सिधै गणतन्त्र विरुद्ध रहेको देखिन्छ। जुन कुरा अब नेपाली जनतालाई सह्य र पाच्य हुन सक्दैन। धार्मिक, जातीय र भाषिक सहिष्णुता, एकता तथा शान्तिपूर्ण सहअस्तित्व निरन्तर कायम भइराखे नेपाल र नेपालीका लागि त्यो ठूलो कुठाराघात हुनेछ।
नेपालमा सदियौँदेखि धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम रहँदै आएको छ। यो सद्भाव बिथोल्न कुनै राजनीतिक दल जनताको धार्मिक भावनामाथि खेलेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न लागेको देखिन्छ। तर जनता सचेत र चनाखो भइसकेका छन्। राजनीतिलाई विचार, सिद्धान्त र संगठनका आधारमा मात्र अगाडि बढाउनुपर्छ भन्ने अभ्यास जनताले २०४७ सालदेखि नै गर्दै आइरहेका छन्। धर्मको आड र धर्मको ब्यानरमा कोही कसैले राजनीतिक पार्टी खोलेर होइन, धार्मिक संघ/संस्था खोलेर जनताको सेवा गर्न सक्छ भन्ने कुरा आमनेपाली जनतालाई राम्रोसँग हेक्का भइसकेको छ।
समग्रतामा दलहरुले तेस्रो पटक थपिएको समयलाई राम्रोसँग विचार गरेर बैठकहरुमा आफ्ना अडान आदान–प्रदान होइन, समझदारी र सहमतिको खाका कोर्नु आवश्यक छ। जटिल भएको संघीयताको मुद्दालाई वास्तविकता, व्यावहारिकता र जनचाहनाअनुसार सम्बोधन गर्नु अत्यावश्यक देखिन्छ। यो यथार्थ हो कि माघ ८ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान हाम्रो संविधान सभाले बनाउन सकेन भने त्यसको परिणाम धेरै जटिल र घातक हुन पुग्छ। आज ४ वर्ष १० महिनासम्म पनि बैठक, वादविवाद, संवादमा नै समय खेर गइसकेको छ। सहमतिको एउटा बिन्दु पनि निर्माण हुन सकेको छैन। यसबीचमा मुलुकले झन्डै आधा दर्जन प्रधान मन्त्री फेर्ने काम गरिसकेको छ। यो परिदृश्य राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा पनि कति उदेकलाग्दो र उराठलाग्दो होला? दलका नेताहरुले यसतर्फ ध्यान दिनु आवश्यक देखिन्छ। परिस्थिति हेर्दा नेताहरुलाई विश्वास गर्न सकिँदैन तर विकल्प पनि छैन। आशा गरौँ, कात्तिक १५ गतेसम्म नेताहरुले एउटा सहमतिमा पुगेर कात्तिक महिनाभरि नेपाली जनतालाई संविधानको मस्यौदा हेर्ने मौका दिनेछन्।
स. प्रवक्ता, राप्रपा