माओवादी र एमाले-कांग्रेस गठबन्धनबीच लोकतान्त्रन्त्रिक मूल्यमान्यताको खिल्ली उडाउने होड चलिरहेको छ । एकातिर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको राजिनामा आएपछि पनि माओवादीले सत्ता छाड्न मानिरहेको छैन भने अर्कातिर एमाले-कांग्रेसले दुई-दुई क्षेत्रमा चुनाव हारेका नेता माधव नेपाललाई प्रधानमन्त्रीमा अघि सारेका छन् । माओवादी राष्ट्रपतिको कदम नसच्चिएसम्म सरकार बन्न नदिने भन्दै राजिनामापछि पनि सत्तामा टाँसिइरहेको छ । सरकारद्वारा हटाइएका सेनापति रुक्मांगद कटवाललाई राष्ट्रपतिबाट पुनर्बहाली गरिएपछि राजीनामा दिएर नैतिकता देखाएको माओवादीले सत्ता नछाडेर त्यसको ठीकविपरीतको अनुहार देखाएको छ । लोकतान्त्रिक पद्धतिविपरीत कार्य गर्नमा एमाले र कांग्रेस झन् एक कदम अघि छन् । एमालेको केन्द्रीय कमिटीमा नेपाल-ओली समूहको प्राविधिक बहुमत भएकाले नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको होला । दुई क्षेत्रबाट पराजित नेपाललाई प्रधानमन्त्री बनाइयो भने त्यो लोकतान्त्रिक पद्धतिकै उपहास हुनेछ ।
नेपाल भद्र र स्वच्छ छविका नेता हुन् । उनले १४ वर्ष महासचिव हुँदा एमालेमा सबभन्दा बढी लोकतान्त्रिक अभ्यास गराए । आन्तरिक लोकतन्त्रका हिसाबले एमाले सबभन्दा प्रजातान्त्रिक पार्टी हो । उनी आफू अनुशासित छन् । सोही कारण एमालेको पार्टीपंक्तिसमेत अनुशासित छ । त्यसका लागि नेपालको जति प्रशंसा गरे पनि कम हुन्छ । तर नेपालको यही विशेषता मात्र प्रधानमन्त्री हुने योग्यता हुन सक्तैन । निर्वाचित सरकारको नेतृत्व गर्ने व्यक्ति जनताबाट प्रत्यक्ष निर्वाचित हुनैपर्छ त्यो लोकतान्त्रिक पद्धतिको न्यूनतम मर्यादा हो । जुन मुलुकमा यो न्यूनतम मर्यादा नाघिन्छ त्यहाँ लोकतन्त्र छ भनेर मान्न सकिन्न ।
राजनीतिमा नेपालको योगदानको मूल्यांकन गर्दा उनलाई सबै परीक्षामा अनुत्तीर्ण विद्यार्थीसँग तुलना गर्न सकिन्छ । उनी चौध वर्ष नेतृत्वमा रहँदा पार्टी उँभो लागेन । उनकै पालामा संविधानसभा चुनावमा पार्टीले अप्रत्याशित पराजय भोग्यो । एमाले दोस्रॊ ठूलो पार्टीबाट तेस्रोमा मात्र झरेन तत्कालीन महासचिव आफैंसमेत रौतहट-६ र काठमाडौं-२ बाट चुनाव हारे । नेतृत्वमा रहँदा पार्टी र आफू हार्नु राजनीतिक परीक्षामा फेल हुनु हो ।
पार्टीले चुनाव हारेपछि नेपालले त्यसको नैतिक जिम्मेवारी लिई महासचिवबाट राजिनामा दिएर नैतिकता देखाएका थिए । उनको त्यो नैतिकतासमेत धेरै दिन टिक्न सकेन । त्यसपछि उनले एक-एक गरी नैतिक मान्यताविपरीतका कि्रयाकलाप गरिरहेका छन् । संविधानसभा चुनावको परिणाम आउनासाथ दलहरुबीच संविधानसभाको ठूलो पार्टी माओवादीले प्रधानमन्त्री दोस्रो ठूलो कांग्रेसले राष्ट्रपति र तेस्रो ठूलो एमालेले सभामुख पाउने समझदारी बनेको थियो । माओवादीले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई अस्वीकार गरेपछि नेपाल राष्ट्रपति हुन हौसिए । कांग्रेसलाई समेत चिढाउँदै उनले माओवादीसित हिमचिम बढाए । उनले माओवादीको रणनीति बुझ्न सकेनन् । अर्को पार्टीको रणनीति बुझ्नसक्नु पनि नेताको गुण हो । त्यो परीक्षामा नेपाल असफल भए ।
राष्ट्रपति हुन नसकेपछि उनी मनोनीत सभासद हुन लालायित भए । उनको त्यत्तिमा मात्र चित्त बुझेन संवैधानिक समितिको सभापतिको लोभ देखाए र भए पनि । समितिको सभापति भएर उनले राजनीतिक उचाइसमेत घटाएका छन् । उनको राजनीतिक उचाइ समितिको सभापति हुन सुहाउने खालको होइन । एमालेको गत फागुनमा सम्पन्न महाधिवेशनसमेत उनको अनुकूल भएन । उनले सर्वसम्मत अध्यक्षमा लोभ देखाए । संविधानसभा चुनावमा पराजयको नैतिक कारण देखाई राजिनामा दिएका नेपालले पुनः नेतृत्वमा जान खोज्नु आफैंमा नसुहाउने कुरा थियो । उनले पदाधिकारीका लागि 'चुनाव भएमा पार्टी नै फुट्छ' भनेर सांकेतिकरुपमा आफूलाई अध्यक्ष बनाउन नेता तथा कार्यकर्तालाई हारगुहार गरे । संविधानसभा चुनावको पराजयबाट त्रसित नेपाल अध्यक्षमा उठ्ने हिम्मत नगरी सर्वसम्मत हुने अभियानमा लागेका थिए । त्यसमा असफल भए । महाधिवेशनमा उनका लोभ र आकांक्षासमेत पराजित भए । महाधिवेशनमा पार्टी पदाधिकारीका लागि चुनाव भइछाड्यो । आफू सर्वसम्मत अध्यक्ष हुने प्रयासमा असफल भएपछि पनि उनले हार मानेनन् । उनले नेता केपी ओलीलाई झलनाथ खनालविरुद्ध उठाए । उनका उम्मेदवार ओली पनि हारे ।
मुलुकमा प्रधानमन्त्री पद रिक्त हुनासाथ नेपालले हरेकपटक लोभ देखाउने गरेका छन् । असोज १८ को कदमपछि पनि उनले पटकपटक प्रधानमन्त्री हुन खोजे । प्रधानमन्त्री हुन नेपालले राजदरबारको पश्चिम ढोकामा गएर विन्तीपत्रसमेत हाले । यसपटक दाहालले राजिनामा दिएपछि पनि नेपाल प्रधानमन्त्री हुन हौसिएका छन् । एमाले केन्द्रीय कमिटीमा नेपाल-ओली खेमाको बहुमत छ । अध्यक्ष खनाल एमाले संसदीय दलको नेता छन् । खनाल केन्द्रीय कमिटीको मनस्थिति र नेपालको लोभका सामु पराजित भए । मनले नमाने पनि उनैले प्रधानमन्त्रीमा नेपालको नाम प्रस्ताव गरे । नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नु या हुनु लोकतान्त्रिक पद्धतिकै उपहासमात्र होइन सबै परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई 'बोर्ड फस्ट' बनाउनुसरह हो ।