जनकपुर–जयनगरको रेल सायद संसारकै सबैभन्दा ढिलो यात्रु वाहक सार्वजनिक सवारी साधन होला। रेल चल्दाचल्दै ओर्लेर पानचुरोट किनेर फेरी सोही रेल समाउन पनि भ्याइन्थ्यो भन्छन् त्यसका भुक्तभोगी यात्री। अहिले विश्वमा ३६० किलो मिटर प्रतिघन्टाको दरले कुद्ने रेल आइसक्यो तर नेपालमा न त द्रूत गतिको रेलसेवा आयो न नेपाली सामाजिक रीतिस्थितिले कुनै गति पायो। नेपालको समाज त्यही जनकपुर–जयनगर रेलझैं बिस्तारै घस्रँदै छ आफ्नै चालमा। आफू कछुवा चालमा बसेको समाजले दिवंगत आत्मालाई द्रूत गतिमा मुक्ति दिन सजिलै के पहल गर्थ्यो र? तर कुनै उपल्लो जातीको मान्छेले जुत्ता सिलाउन सुरु नगरी जुत्ता उद्योग फैलिएन। न त शासकहरूले नै आफ्ना छोरी, बुहारीलाई सती जान नरोकी सो अमानवीय प्रथा रोकियो। कसैले त सुरुमा चल्नैपर्छ समाज परिवर्तनको लामो यात्राको सुरुका केही कदम।
दुई साताअघि एक जना सहकर्मीको अचानक मृत्यु भयो। एकदिन अघिसम्म सँगै काम गरेका सहकर्मीको आत्माले हाम्रो प्रथाअनुसार अचानक प्रेतको रूप धारण गर्योघ। अब उनलाई प्रेतको रूपबाट पितृको स्थानमा पुर्याीउन उनका आफन्तले १३ दिनसम्म नुन नखाई, चोखो बसी र हरेक दिन पितृकर्म गरेर बाह्रौं दिनका दिन उनलाई पितृको स्थानमा पुर्या उनु पर्छ भन्ने मान्यता छ। उनको नाममा राखेको ढिकुरो फुटाएपश्चात उनी सो परिवारको पितृ मानिन्छन् र उनीभन्दा दुई पुस्ता अघिका पितृ चाहिँ देवलोकमा पुग्छन् भन्ने विश्वास छ।
ती दिवंगत सहकर्मीको परिवारमा दुई नाबालक छोरा छन्। तिनीहरू किरिया बस्ने उमेरका छैनन्। त्यसैले उनकी पत्नीमात्र किरिया बसिन् र साथमा सहयोगीका रूपमा एक ब्राह्मण। एकातिर पति बितेर दुःखको पहाडले थिचिएकी महिला तिनले अर्कोतिर आफ्ना कलिला मुनाबाट पनि टाढै रहेर कष्टपूर्ण काजकिरिया समाप्त पारिन्। तेह्र दिनको काम सकिएको दिन उनको तीन वर्षे छोराले आमालाई एकछिन नछोडी समातेर बसेको देख्दा मन नकुँडिने कोही रहेन। के उनको दिवंगत पतिले चाहन्थे होलान् र आफ्ना दुई नाबालक छोराको आमासँगको त्यो बिछोड?
अर्का, व्यापारी दाजुभाइले बृद्ध आमाको सक्दो स्याहार गरे। आमाको उपचारमा कुनै कसर बाँकी राखेनन्। तर विधिको विधानअनुसार आमाको आत्माले मानवीय चोला छाडेर गयो। दुवै भाइ किरियापुत्री बने। ती मित्रकोमा समवेदना जनाउन जाँदा यस पंक्तिकारले यो लामो काजकिरियाको विधि छोट्याएर तीन वा पाँच दिनमा कार्य सकिने व्यवस्था गर्नुपर्ने कुरा औल्याएँ। पछि थाहा भयो ती मित्रहरूले समेवदना दिन आउने समक्ष सो कुरा उल्लेख गरे, किनभने जुत्ताले कहाँ दुख्छ भन्ने त लगाउनेलाई न थाहा हुन्छ। आफूले पाएको पीडा अरूले भोग्नु नपरोस् भन्ने तिनको भावना थियो। उनीहरूले आमाको जीवन छँदै सकेको राम्रो गरे। ती दिवंगत आमालाई प्यारा छोराहरूले गरेको दुःख र पीडा अवश्यै सह्य भएन होला। तर बितेको मान्छे बोल्दैन र सामाजिक बन्धनमा परेको व्यक्तिको विचार र जिह्वा स्वतः जड हुन्छ।
करिब वर्ष दिन पहिले मेरी एक जना महिला मित्रका पिताको सडक दुर्घटनामा मृत्यु भयो। परम्पराअनुसार करिब ७५ वर्ष उमेर पुगेकी उनकी आमा किरियामा बस्नुभयो। किरिया बसेको करिब सातादिनमा वहाँ आलसतालस हुनथालेको मेरी मित्रले देखिछिन्। तर संस्कारले क्रिया बसेकी आमालाई छुन नहुने। धन्न विदेशमा बसेकी र डाक्टरकी पत्नी भएकीले तिनले संस्कारलाई अलि पर सारेर आमालाई बोकेर अस्पताल पुर्या उने आँट गरिन्। आमालाई सोडियम (अर्थात नुन)को अत्यधिक कमी भएको रहेछ। धेरैलाई थाहा नहुन सक्छ शरीरमा नुन धेरै कम भएको अवस्थामा मान्छेको होस हराउँदै जान्छ र केही घन्टामै मृत्युसम्म हुन सक्छ। तेह्र दिन नुन छाडेर बस्ने चलनले मानिसलाई शुद्धमात्र हैन ब्रम्हलीनै पनि गराउन सक्छ भन्ने थाहा पाइराख्नु उचित देखिन्छ।
तेह्र दिन लामो मृत्यु संस्कार तीन वा पाँच दिनमा घटाउने तर्क अघिसार्नु भन्दा पहिले पितापुर्खाले यसो किन गरे होलान् भन्ने सोच्न जरुरी हुन्छ। विगत कति पुस्तादेखि नेपाली हिन्दुहरूमा यो प्रथा चलेर आएको छ भन्ने सायद कसैलाई पनि थाहा छैन। तर एउटा के चाहिँ प्रष्ट छ भने मान्छेको उत्पति भएको धेरैपछि मात्र यस्ता चलनहरू सुरु भएका हुन्। मान्छे यो संसारमा प्रवेश गरेको करिब २ लाख वर्ष भइसकेको छ भने परिवारमा बस्न थालेको करिब १० हजार वर्षमात्र भयो। अर्थात् हाम्रो उत्पतिको करिब पाँच प्रतिशत समयमात्र भएको छ हामीले सामाजिक संस्कारमा प्रवेश गरेको। त्यसैले अहिले इबोला भाइरसको संक्रमणले झै कुनै समयमा रोगका कारण मृत्यु भएका व्यक्तिको परिवारले अरुलाई रोग नसारुन् भन्ने उद्देश्यले निकटका परिवारलाई १३ दिनसम्म छुट्याएर राख्ने परम्परा सुरुभएको हुनसक्छ। तर अहिलेको समाजमा धागो भर टाढा बसिने हुनाले सो उद्देश्य पूर्ण नहुन सक्छ।
करिब दुई तीन दशक अघिसम्म पनि नेपालमा यातायातको पहुँच दुर्लभ थियो। दिवंगत व्यक्तिलाई श्रद्धाञ्जलि दिन आउन पनि समय लाग्थ्यो। तर अहिले त्यहीे कारणले कसैलाई १३ दिनसम्म कुनामा राखेर शोक बार्न लगाउनुपर्ने अवस्था छैन। अमेरिका वा अस्ट्रेलियामा भएको मान्छेलाई भाइबरमा खबर गर्न पल्लो कोठाको छिमेकीलाई बोलाउनभन्दा सजिलो भएको छ। त्यहाँबाट आइपुग्न पनि बढीमा दुई दिन लाग्छ।
नेपाली हिन्दु समाजमा किरिया बस्ने रीति पनि सबैको उस्तै छैन। कसैले नुन बार्नु पर्छ, कसैले पर्दैन। कसैको कुनै एक भाइमात्र बसे पुग्छ, कसैको सबै बस्नुपर्छ। कतिपय मारवाडी समुदायमा शोकको समयमा नछोई बस्नुपर्ने मानिदैन। कतिपय नेवार समुदायमा शोकमात्र मनाउँछन्, चोखो बस्ने, सेतो लगाउने हुँदैन। कतिपयले चाहिँ १० दिनपछि सेतो लगाउँछन्। अर्थात् कुनै एउटा रीति ईश्वरले नै बनाएका हुन् र त्यहीमात्र सही हो भन्ने होइन रहेछ। चलन हो, सबैले एकै प्रकारले गर्नुपर्छ भन्ने पनि छैन। अर्कातिर परिवर्तन पनि सहज छैन। तेह्र दिनसम्म अलग्ग बस्ने परम्परालाई किन भनेर प्रश्न गर्न मिल्दैन। शास्त्रले नियमसंगत कार्य गर्नु भनेकोमा यो नियम किन बन्यो वा किन अमूक कार्य गर्ने भन्ने प्रश्न गर्नु पनि अर्थहीन हुन्छ। तर तीन दिनमात्र किरिया बस्न थालेपछि पनि त किन भनेर प्रश्न आउँदैन। अन्ततः चलन बस्दै जान्छ, सबैले गर्दै जान्छन्।
अहिले केही जागरुक समूह हिन्दु धर्मका केही संस्कारलाई समयसापेक्ष ढंगमा परिवर्तन गर्ने अग्रसरता लिएर अघि बढेका छन्। मृत्यु संस्कारलाई पनि तीन दिनमा समेटिनु पर्छ भन्ने तिनको धारणा छ, जुन आधुनिक समाजको परिस्थिति र दृष्टिकोण अनुकूल छ। तर आफूलाई जन्मदिने बाबु आमाको आत्माले संस्कार पूरा नगरेको भनेर दुःख मनाउ गर्छ कि भनेर छोराछोरीलाई असहज लाग्न सक्छ यो संस्कार परिवर्तन गर्ने विषय।
संस्कार जसरी लामो समय लगाएर बस्छ त्यसको परिवर्तनका लागि पनि लामै समय लाग्छ। आजको भोलि कुनै नियम लगाएर संस्कार परिवर्तन गर्न सकिँदैन। त्यसैले समाज परिवर्तन गर्ने हो भने आफैँबाट सुरु गर्नुपर्छ। अर्थात् म मरेपछि मेरो काज किरियाको विधि तीन दिनमात्र गर्नु भनेर अहिल्यै छोराछोरी आफन्तलाई भन्नसक्ने मानिसबाट मात्र समाजको परिवर्तन आरम्भ हुन्छ। यो पंक्तिकार यही लेखबाट आफ्ना आफन्तलाई आग्रह गर्छ, मेरो मृत्यु संस्कारमा तीन दिनभन्दा बढी समय नलगाइयोस्। मेरो आत्माले प्रेतबाट पितृको अवस्थासम्मको दूरी तीन दिनमै पार गरोस्। जसरी पृथ्वीमा सूचनाको रफ्तार र यातायात साधनको गपत बढेको छ त्यसैगरी मृत्युलोकमा पनि प्रेतबाट पितृबन्ने समय घटाउन तपाईँले पनि साथ दिने कि?