शिक्षकको प्रमुख र अन्तिम कर्तव्य स्तरीय ज्ञान प्रदान गर्ने नै हो। तर, आफ्नो दायित्वबाट विमुख भए पढाउनभन्दा अन्यत्र ध्यान दिन थाल्ने गुरु भने श्रद्धेय नभएर घृणाका पात्र बन्नपुग्छन्। नेपालका सरकारी विद्यालयको एसएलसीको परीक्षाफलमा देखिएको दयनीय प्रस्तुतिले गुरुहरूले कर्तव्य पूरा नगरेको साक्षी बकेको छ। त्यसमाथि शिक्षककै सहभागितामा स्थापित झोले विद्यालयले त गुरुहरू कति तल गिर्दैछन् भन्ने उजागर भयो। राजनीतिक भागबन्डामा नियुक्ति पाएका शिक्षक अक्षम त पहिलादेखि नै थिए त्यसमाथि झोले विद्यालयले उनीहरूलाई भ्रष्ट र अनैतिक पनि बनाएको छ। विद्या दान गरेर पारिश्रमिक बुझ्नुपर्ने शिक्षकले पनि अन्य सरकारी कर्मचारीजस्तै नक्कली बिलभरपाइ बनाएर पैसा हसुर्न उद्यत भएपछि श्रद्धेय हुने त प्रश्नै भएन। एउटाले बिरायो साखा पिरायो भनेझै भयो शिक्षण पेसा। नेपालमा झन्डै ९० प्रतिशत विद्यार्थी सरकारी विद्यालय जाने गरेको परिवेशमा सार्वजनिक स्कुलको स्तर उकास्न नसकेसम्म शैक्षिक क्षेत्र नसुध्रने निश्चित छ। दशांश विद्यार्थी पढाउने निजी स्कुलले दिने शिक्षाले सम्पूर्ण राष्ट्र उँभो लाग्न सत्तै्कन। नीति निर्माणमा संलग्न रहने व्यक्तिका छोराछोरी निजी विद्यालय जाने भएकाले तिनको चासो सार्वजनिक स्कुलको स्तर सुधारमा केन्द्रित रहेन। परिणामतः सरकारी स्कुल झन्झन् तल खस्केे। स्कुले शिक्षाको महत्व बुझेको सक्षम व्यक्तिले शिक्षा मन्त्रालयको जिम्मेवारी नलिउन्जेल सरकारी विद्यालय सुध्रने सम्भावना पनि देखिँदैन।
स्कुलको भन्दा विश्वविद्यालयको अवस्था अझ दयनीय देखियो। हालै पोखरा विश्वविद्यालयका उपकुलपतिलगायतका ३२ जनालाई भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लियो। त्यहाँ प्रत्येक शीर्षकमा भ्रष्टाचार भएको सार्वजनिक भएकोे छ। उक्त घटनाले पोखरा विश्वविद्यालका सबै टिप्पणी पैसाले सदर गरेको कथा बताउँछ।
यसअघि भ्रष्टाचारकै आरोपमा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिलगायतका पदाधिकारी पनि झ्यालखान परेका थिए। कतिपय अझै अदालत धाउँदैछन्। त्रिभुवन विश्वविद्यालयका अनियमितताको सम्बन्धमा सार्वजनिक भएका खबर हेर्दा त्यहाँका पदाधिकारी पनि कुन दिन हतकडी लगाउन पुग्नेहुन् ठेगान छैन। यसरी पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल तथा पोखरा विश्वविद्यालयमा देखिएको विकृति हेर्दा सबै विश्वविद्यालयको अवस्था त्यस्तै नै होला र त्यहाँका पदाधिकारी पनि अख्तियारले अनुसन्धान नगरुन्जेल मात्र पदमा सुरक्षित रहने हुन् भन्ने अनुमान सहजै गर्न सकिन्छ। विश्वविद्यालयका उच्चपदाधिकारीहरू यसरी लगातार आर्थिक अपचलन तथा अख्तियारी निर्वाह गर्न नसकेको आरोपमा पदच्युत हुनुले विश्वविद्यालय पदाधिकारी छनोट प्रक्रियामै गम्भिर त्रुटी रहेको सिद्ध हुन्छ।
विश्वविद्यालयको प्रमुख कार्यकारी उपकुलपति नियुक्ति प्रक्रिया हेरौँ। विश्वविद्यालयको प्रचलित कानुनमुतावित उपकुलपति छनोटका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन हुन्छ। उक्त सििमतले तीन जनाको नाम प्रधानमन्त्री समक्ष पेस गर्छ। र, सिफारिस भएका नाम मध्येबाट विश्वविद्यालयको कुलपतिका हैसियतमा प्रधानमन्त्रीले एक जनालाई उपकुलपति नियुक्त गर्छन्। हालसम्म नियुक्त सबै उपकुलपति यही विधिअनुरूप विश्वविद्यालयको प्रमुख कार्यकारी बने। हाल झ्यालखानामा रहेका र अदालत धाउदै गरेका पोखरा, पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि त्यसै विधिमार्फत नियुक्त भएका हुन्।
मन्त्रीको नेत्रित्वको उपकुलपति सिफारिस समितिले धेरै मेहनतका साथ योग्य तीन जना शिक्षाविद्को नाम पेस गर्ला र प्रधानमन्त्रीले त्यसमध्येका अब्बल व्यक्तिलाई उपकुलपति बनाउलान् भन्ने कानुनको मनसाय हो। तर, व्यवहारमा त्यसो भएन। योग्यता पन्छाउँदै आफू, आफन्त र आफ्नो दल नजिकका व्यक्तिलाई उपकुलपति बनाइयो। अझ बजारमा त पैसाको बलमा उपकुलपति बने बनाइएको हल्ला पनि चलेको थियो। कारबाहीमा परेकाहरू आर्थिक अनियमिततामा संलग्न देखिनुले पनि उनीहरू अग्रीम भुक्तानी गरेर नियुक्त भएको र थोरै समयमै लागत उठाउन खोजेको सन्देह बढ्छ।
सरकार बदलिएपछि २०५१ सालमा केदारभक्त माथेमालाई हटाएर पार्टीको तर्फबाट ललितपुर नगर पालिकामा मेयरको उमेदवार भइसकेका कमलकृष्ण जोशीलाई नेकपा (एमाले)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्योा। पछिका दिनमा खराब संस्कारलाई सुधार्नभन्दा सत्तामा आएका दलका नेताले आफू निकटस्थलाई विश्वविद्यालयका पदाधिकारी बनाउँदै गए। उच्च शिक्षा राजनीतिक भर्ति केन्द्र बन्यो। पार्टीका कार्यकर्ता विश्वविद्यालयका पदाधिकारी बनेपछि त्यसको प्रभाव शिक्षक भर्नामा पर्योभ। सक्षम व्यक्ति शिक्षक बन्ने अवस्था रहेन। बरु सम्बन्धित पार्टी कार्यकर्ताको छाप आवश्यक क्षमता बन्न पुग्यो। राजनीतिक दलको सिफारिसमा भर्ना भएका प्राध्यापक क्षमतावान् हुने प्रश्नै भएन। अक्षम शिक्षकको प्रभाव उच्च शिक्षामा पर्योद। परिणामतः विश्वविद्यालयको स्तर दिनानुदिन खस्कन पुग्यो। यसैले, विश्वविद्यालय पदाधिकारी नियुक्ति प्रक्रियालाई राजनीतिबाट मुक्त गर्न नसक्ने हो भने देशको उच्चशिक्षा तहसनहस हुने भएकाले अविलम्ब सुधार आवश्यक देखिएको हो।
संसारका अन्य विश्वविद्यालयमा प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया हेरौँ। अधिकांश अमेरिकी विश्विद्यालयमा प्रमुख कार्यकारी छनोटका लागि एउटा समिति बनाइन्छ। उच्च सफलता हासिल गरेका आफ्ना पूर्वविद्यार्थी, ठूला चन्दा दाता तथा त्यहाँ अनुसन्धान गर्ने प्रतिष्ठित प्राध्यापकहरू सम्मिलित झन्डै एक दर्जन व्यक्ति हुन्छन् त्यो समितिमा। समितिले महिनौको गृहकार्यपछि एक जनालाई विश्वविद्यालयको सभापतिमा सिफासिस गर्छ र उसैलाई त्यहाँको प्राज्ञ सभाले प्रमुख कार्यकारी नियुक्ति गर्छ। नियुक्तिका लागि नागरिकतालगायत कुनै पनि कुराको रोकावट हुँदैन। बरु सम्बन्धित व्यक्तिसँग विश्वविद्यालय हाक्ने क्षमता र योग्यता छ छैन त्यसमा ध्यान दिइन्छ। विश्वविद्यालयका प्रमुख कार्यकारी छनोट प्रक्रियामा अमेरिकी मोडल सफल भएकाले संसारका अन्य धेरै विश्वविद्यालयले त्यही ढाँचा अँगालेका छन्। भारतको 'युनिभर्सिटी अफ बम्बे' एसियाको सबैभन्दा धेरै खर्बपति तयार गर्ने विश्वविद्यालयहो। त्यसले कुलपति नियुक्तिमा अमेरिकी शैली अंगिकार गरेकोछ। विश्वव्यापी छनोटमार्फत् सिफारिस समितिले अनुमोदन गरेको व्यक्ति युनिभर्सिटी अफ बम्बेको कुलपति बन्छ। नेपालजस्तो राजनीतिक हस्तक्षेप हुने र नेताको घर चाहर्नु पर्ने अवस्था त्यहा छैन। अमेरिकी शैलीमा कुलपति नियुक्त गर्ने प्रथाले युनिभर्सिटी अफ बम्बेले उच्चसफलता हासिल गर्न सक्यो भन्छन् शैक्षिक विश्लेषकहरू।
राजनीतिज्ञको अग्रतामा नियुक्ति भएका उपकुलपति नालायकमात्र साबित भएनन बरु शैक्षिक क्षेत्रलाई नै तिनले तहसनहस पारे। विश्वविद्यालयहरू शैक्षिक थलो भएकाले त्यहाँको मर्म नेताभन्दा शिक्षा प्रेमीले राम्रो बुझ्छन्। तसर्थ, पदाधिकारी छनोटमा प्राज्ञको निर्णायक प्रभाव हुने अमेरिकी प्रारूप लाभदायी हुने देखिन्छ। शिक्षाविद्, सफल अनुसन्धानकर्ता, विश्वविद्यालयका ठूला चन्दा दातालगायतका व्यक्ति सम्मिलित छनोट समिति गठन गरी उपकुलपति छान्ने जिम्मेवारी त्यसैलाई सुम्पनु उचित हुन्छ। उक्त समितिले यपकुलपतिका लागि सार्वजनिक दरखास्त आह्वान गर्ने, इच्छुक निवेदकले आफ्नो शैक्षिक दक्षता तथा विश्वविद्यालय सुधारका लागि लिखित कार्ययोजना प्रस्तुत गर्ने व्यवस्था गर्न सकिन्छ। समितिले आवेदकमध्येका उत्कृष्ट प्रस्तावकहरूलाई बोलाएर अन्तर्वार्ताको शैलीमा आफ्ना योजनको प्रस्तुति र प्रतिरक्षाको अवसर दिनुपर्छ। शैक्षिक योग्यता र कार्ययोजनाको संयुक्त मूल्याकनमार्फत छनोट समितिले पारदर्शी विधि अपनाएर सर्वोत्कृष्ट ठहर गरेको व्यक्तिलाई उपकुलपति नियुक्त गर्नसके विश्वविद्यालयको शैक्षिक अवस्था सुधार हुनुका अतिरिक्त उपकुलपतिहरू झ्यालखाना जाने अवस्थाको अन्त्य हुन्थ्यो होला।