चक्रव्यूहमा विकास
१७ कार्तिक २०७१
•
१४ मिनेट पाठ
चक्रव्यूहमा विकास
नेपाली समाजलाई 'विकास भएन, विकास भएन, विकास' भन्ने भुताहा कोलाहलले विगतदेखि वर्तमानसम्म सताइरहेको छ। अत्यास लाग्नेगरी लगातार परावर्तन भइरहने यस शब्दले सामान्य जनजीवन निराश, असुरक्षित र त्रस्त छ।राजनीतिकर्मी, पेसाकर्मी, अधिकारकर्मी, प्राज्ञ, वृद्ध, युवा, सहरी सम्भ्रान्त, ग्रामीण गरिब, राज्य, निजी क्षेत्र र नागरिक समाज सबै विकास चाहन्छन्, विकास गर्न नै लागिपरेका छन् र विकासै गर्ने प्रतिस्पर्धामा छन्। अनि विकास नभएकोमा दिक्क पनि छन्। विकास नभएकामा नै एक अर्कालाई दोषारोपण गरिरहेका छन्। उहिलेदेखि अअहिलेसम्म यो भुताहा आवाज जति सुनिइरहेको छ, नेपाली समाज त्यसबाट छुटकारा पाउन पनि त्यति नै प्रयत्नशील देखिएको छ। 

विकासको भुताहा आवाज
व्यक्तिपिच्छे उत्तर हुनेछ। सबैका आआफ्नै प्राथमिकता, चाहना, बुझाइ र सपना छन्। पृथ्वीनारायण शाहलाई लाग्यो 'छताछुल्ल टुक्रे राज्यहरू र सदाकाल लडिरहने युद्ध सरदार विकासका बाधक हुन्।' उनले एउटै राज्य बनाउने प्रयास गरे। राणाहरूलाई लाग्यो – 'भारदारहरुको किचलो, छिमेकीसँगको अर्थहीन युद्ध र कमजोर शासक नै विकासका बाधक हुन्।' उनीहरूले बलियो र केन्द्रीकृत पारिवारिक शासन सुरु गरे। बलियो र स्थायी सरकार त दिएकै हुन् तर कांग्रेसलाई लाग्यो 'राणा शासनमा स्वतन्त्रताको अभाव, सामन्ती शोषण र राज्यकोषको दुरुपयोग देश विकासको बाधक हो'। उनीहरूले राणा शासन पल्टाएर दलीय शासन सुरु गरे। पहिलो चुनाव गर्न आठ वर्ष लाग्यो। चुनाव नभई विकास नहुने धारणा प्रबल भयो। योजनाबद्ध विकासको सुरु त गरे तर किचलैकिचलोमा दिन बिते, विकास भएन।
राजा महेन्द्रलाई लाग्यो – 'यो भर्खर बन्द समाजबाट बाहिर आएको मुलुक, यसले उदार प्रजातन्त्र र स्वतन्त्रता पचाउन सकेन। जताततै भिडतन्त्र हुन थाल्यो। यसले त विकास हुँदैन। विकास त एउटा बलियो शासकले मात्र गर्न सक्छ। दलहरु दलदल हुन्।' यसबाट मुक्ति पाउन उनले दल विहीनताको घोषणा गरे, पञ्चायत ल्याए। योजनाबद्ध विकास, सामाजिक सुधार, भूमि सुधार, नयाँ शिक्षा, गाउँ फर्क, पूर्व –पश्चिम राजमार्गआदि अनेकन धन्दा उनले पनि गरेकै हुन्। तर दलहरूलाई लाग्यो – 'पञ्चायतले त झन बित्यास पो पार्योा। विकास नै हुन पाएन। दरवार र दरवारिया अनि उनका दासमात्र शासक बने, प्रशासक बने। जनताका छोराछोरी न काम पाउने भए न माम पाउने भए। आफ्ना कुरा भन्न बोल्न नै नपाएपछि कस्तो विकास चाहिने हो कसरी थाहा पाउने? अनि भएका कामबाट जनताको चित्त बुझे/नबुझेको कसरी थाहा पाउने? खाए खा नखाए घिचले त विकास हँुदैन। दलीय व्यवस्थामा त जनताले छानीछानी सरकार बनाउँथे। मन परेकालाई राख्थे मन नपरेकालाई फाल्थे। जनताले चाहेजस्तो विकास हुन्थ्यो।' उनीहरूले पञ्चायत फाले र दलीय व्यवस्था ल्याए।
कांग्रेसले पालो पायो। 'सरकार एक्लैले गरेर कहिले सक्नु' भन्ने लाग्यो। निजीकरण सुरु भयो। उदारीकरण लागु भयो। फोन, बिजुली, सडक उसका प्राथमिकतामा परे। तर विकास भयो कसैले भनेन। सरकारी उद्योग लिलाम भए। नयाँ लगानी आएन। अलिअलि स्वदेशले नथेगेर अलिअलि परदेशले बोलाएर वैदेशिक रोजगारीले व्यापकता पायो। बेलायती सेना र भारतीय दरवानबाट पर नयाँ क्षितिजमा आशा पलायो। नयाँ नयाँ गन्तव्य देखापरे। कम्युनिस्टहरूलाई लाग्यो 'भएका उद्योगधन्दा समेत बेचेर यो कस्तो विकास हो? युवा शक्ति सबै पलायन हुन थाले। विकास सहरकेन्द्रित भयो। गाउँ उजाड हुने, सहरले कमाउने।' एमाले सरकारमा गयो। विकास त गाउँबाट हुनुपर्छ, 'आफ्नो गाउँ आफै बनाऊँ' भन्दै जनता उराल्यो। गाउँलेले नै खर्च गर्न बजेट पठायो। शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकता दियो। ठूलो योजनाको विरोध गर्योे। कांग्रेसले भन्यो 'राज्य कोष बर्बाद भयो। कनिका छरेर विकास हँुदैन।' 


सबै रोगको एउटै उपचार
माओवादीले सहरको विकासमा साम्राज्यवाद देख्यो। गाउँको विकासमा सामन्तवाद देख्यो। 'सामन्तवाद र साम्राज्यवाद मुर्दावाद' भन्दै 'जनयुद्ध' थाल्यो। विकास नभएको भनिएको रोल्पा, रुकुम, कर्णाली उसका क्रािन्तको केन्द्र बने। छापामारहरु तयार भए। विकासका लागि गृहयुद्ध सुरु भयो। हेपिएकाहरु शासक बन्न पाइने रहरमा बन्दुक बोक्न थाले। टेलिफोनका रिपिटर टावर ध्वस्त पारिए। सडक र पुल भत्काइए। निजी शैक्षिक संस्थालाई थर्काइयो। सरकारी शिक्षक लुटिए तर बोल्न डराउनेहरु बोल्न थाले। गाउँ, दूरदराज चिच्याउन थाल्यो। दलित उठे। महिलाले बन्दुक भिरे। हुने खानेको सातो गयो। उद्योगधन्दा बन्द भए। युवा विदेश छिरे। दलहरुले विद्रोह नियन्त्रण गर्न सकेनन्। विकास गर्ने स्थानीय निकायसमेत प्रतिनिधिविहीन बने। राजालाई लाग्यो – 'यो त भएन। यस्तो मनोमानीले विकास हुँदैन। म एकलौटी शासन गर्छु। यो विकास विरोधी विद्रोहलाई दमन गर्छु। अनि विकास गर्छु।' चर्काे दमन भयो। दमनमुनि माओवादीमात्र परेन बरु कोही पनि बाँकी रहेन। दमनका विरुद्ध जनता एकजुट भए। दलहरू मिलेर सल्लाह गरे – 'यस्तो स्वेच्छाचारी राजा नराख्ने। संविधान सभाको चुनाव गर्ने, माओवादी र अरू दल मिलेर विकास गर्ने।' सबै रोगको एउटै उपचार संविधान सभालाई ठानियो। यो पनि संविधान सभाको चुनावपछि, ऊ पनि संविधान सभाको चुनावपछि। संविधान सभाको निर्वाचनलाई विकासका लागि 'बटम लाइन' मानियो। तर जब संविधान सभाको चुनाव भयो अनि 'संविधानपछि विकास' भन्न थालियो।
राजतन्त्र समाप्त पनि भयो। माओवादी सरकारमा आयो। 'सरकारसम्म जनताको पहुँच नै हुन नसकेको' भन्ने बहानामा संघीयताको माग आयो। सबै ठूला दल लहैलहैमा 'हो हो' भन्नतिर लागे। तर जनताबीच रहेर काम गरिरहेको जनप्रतिनिधिमूलक स्थानीय सरकारको चुनाव भने गरिएन। 'केन्द्रीयता गलत छ' भन्ने तर सबै निर्णयदेखि कार्यान्वयनसम्म केन्द्रबाटै गर्ने परस्पर विरोधी नीति अपनाइयो। केन्द्रीय विधायिकामा पुगेका दलका प्रतिनिधिले स्थानीय निकाय सञ्चालन गर्ने हास्यास्पद व्यवस्था गरियो। दस वर्षमा ५२ अर्बभन्दा बढी भ्रष्टाचार भएको त रिपोर्ट नै आयो। 'सेना, पुलिस, नोकरशाही पुरानो भए, यिनले विकास गर्न दिएनन्' भन्दै माओवादीले कारबाही थाल्यो। अरू दललाई लाग्यो – 'अब यसले एकलौटी गर्ने भयो।' सर्वसत्तावादको कुरा आयो। 'सामन्तवादी र पुँजीवादीले विकास गरेनन्' भनेर होला दुई जना एमाले र दुई जना माओवादी गरी चार जना कम्युनिस्ट त प्रधान मन्त्री नै भए। सबैले 'विदेशी लगानी ल्याउने' नै भन्थे। 'त्यसका लागि मैत्रीपूर्ण वातावरण बनाउने' नै भन्थे। हौसिएर बाबुराम भट्टराईले 'बिप्पा' गरे। तर 'राष्ट्रघाती भयो' भनेर फेरि सबैले उनैलाई लोप्पा ख्वाए। दुई वर्षे कार्यकाललाई चार वर्षे बनाउँदा पनि संविधान बनेन। 'संविधान बनेपछि मात्र विकास गरिने' भनिएकाले विकास के गरेर होस्? विकास पनि भएन। संविधान संशोधन गर्न पाउने एकमात्र वैधानिक निकाय निर्वाचित संसद्लाई अनिर्वाचित अदालतले 'संविधान संशोधन गर्न नपाइने' गजबको आदेश दियो। अर्को चुनाव आयो। कांग्रेस एक नम्बर, एमाले दुई नम्बर पार्टी बन्यो। माओवादी ३ नम्बरमा झर्यो । अहिले कांग्रेस–एमालेको सरकार छ तर पनि विकास भएन भन्ने भुताहा आवाजले भने नेपाली समाजलाई पिर्न छाडेको छैन। थाहा छैन यो आवाजले कहिलेसम्म सताइरहने हो!


राजनीतिक व्यवस्था र विकास 
विकासका लागि कुनै खास राजनीतिक व्यवस्था आवश्यक हुन्छ भन्ने बहस अब सान्दर्भिक रहेन। किनभने संसारमा प्रजातान्त्रिक भनिने देशमा पनि विकास हुनसकेको छैन र अप्रजातान्त्रिक, एकदलीय व्यवस्था भएका मुलुक पनि द्रूत गतिमा विकास भएका उदाहरण छन्। आजको दक्षिण कोरियाले फड्को मारेको विकासको सुरुआत सैनिक शासक पार्क चुन हीको पालामा भएको हो। उनको कार्यकालमा औसत आर्थिक वृद्धि ८ प्रतिशतभन्दा बढी थियो। त्यसैगरी छिमेकी राष्ट्र चीनको लगातार दुई अंकको वृद्धि संसारलाई नै चकित पार्ने खालको छ। सैनिक शासक पार्कले बनाएको जगबाट आज कोरिया विकसित देशको दा“जोमा पुगिसक्यो। चीन अब अमेरिकालाई उछिन्ने तरखरमा छ। 
त्यस कारण विकासको एजेन्डा राजनीतिक होइन कि? यो त प्राविधिक हो कि? बुझ्नु आवश्यक छ। मुख्य कुरा को मान्छे शासक छ भन्नेभन्दा पनि उसले कसरी शासन गर्छ भन्ने प्रमुख हुन्छ। जस्तो राजा महेन्द्रले जसरी मान्छेको छनोट गरे, जस्तै यदुनाथ खनाल, डा. भेषबहादुर थापा, डा. हर्क गुरुङ आदि। हामीले त्यस्तो छनोट गर्न नसकेको सा“चो हो। त्यही बेला बनेका पृथ्वी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग आदिले आज नेपालको अर्थतन्त्र धानिरहेका छन् तर पनि पर्याप्त भएन। जनताको प्रत्यक्ष संलग्नतामा, प्रजातन्त्रमा अझै बढी विकास गर्न सकिन्छ भनेर हामी प्रजातन्त्रका लागि लड्यौँ तर प्रजातन्त्रमा हामी नराम्ररी फस्न पुगेका छौँ। हामी हाम्रै साथीहरूलाई जागिरको व्यवस्था गर्न उत्प्रेरित हु“दा आजका यदुनाथ, भेषबहादुर र हर्क गुरुङहरू गुमाइराखेका छौँ। सोझो अर्थमा भन्दा हामीले मान्छे चिन्न जानेनौँ।
सभापति– विकास समिति, व्यवस्थापिका–संसद्
अर्को समाचार
चक्रव्यूहमा जेन-जी
०५ असोज २०८२
•
६ मिनेट पाठ
चक्रव्यूहमा जेन-जी
महाभारत युद्धका चर्चित पात्र अभिमन्यु चक्रव्यूहमा फसेर जीवन गुमाउन बाध्य भएको कथा फेरि एक पटक हेरौं। युद्धको १३ औं दिनमा कौरवले बनाएको चक्रव्यूहमा उनी फसेका थिए। उनलाई चक्रव्यूहमा प्रवेश गर्ने जानकारी त थियो तर त्यसबाट निस्किने तरिका उनलाई थाहा थिएन। एक्लै पारेर अभिमन्युको हत्या गरिएको थियो।

अब आऔं, हाम्रो आफ्नै जेन–जी आन्दोलनतर्फ। हाम्रा जेन–जी अभियन्ताले पनि आन्दोलन गर्ने तरिका जानेका थिए। त्यसबाट बाहिरिन वा त्यसलाई कसरी अवतरण गर्ने भन्ने जानकारी भएन। अभिमन्युलाई सुभद्राको गर्भमै हुँदा चक्रव्यूह तोड्ने शिक्षा प्राप्त भएको थियो। त्यसबाट बाहिर निस्किने कुरा उनका पिता अर्जुनले सिकाइरहेका बेला सुभद्रालाई निद्रा आएका कारण अभिमन्युले त्यो विधि जान्न पाएनन्।

जसरी जयद्रथले अभिमन्युलाई यसबाट निस्किन रोकिदिएको थियो र सातवटै द्वारबाट बाहिर निस्किन सकेनन्, त्यसैगरी हाम्रा जेन–जी अभियन्ता आजलाई हाम्रो आन्दोलन सफल भयो अब फर्कौं, भन्दाभन्दै चक्रव्यूमा पारिएको छ। उनीहरू फर्कन नपाइ गोलीको निशानामा परे। त्यो गोलीको निशानामा पार्ने काम उनीहरूले आयोजना गरेको तर त्यसमा नभएको कार्यक्रमका कारण भएको थियो।

जेन–जीको भदौ २३ को आन्दोलन आयोजना हुनुअघिको सन्दर्भ थोरै हेर्नुपर्ने हुन्छ। भ्रष्टाचार र कुशासनले आक्रान्त मुलुकलाई बदल्नुपर्छ भन्ने उनीहरूलाई लागेको हो। त्यही पवित्र उद्देश्यका साथ उनीहरू सक्रिय भएका थिए तर उनीहरूको आन्दोलनलाई विस्फोटक बनाएर त्यसबाट फाइदा लिनुपर्छ भन्ने उद्देश्य राखेका तत्त्वहरूप्रतिको उदासीनताले नै आन्दोलनलाई भयावह अवस्थामा पुर्‍याएको हो।

मुलुकको सत्ता राजनीतिमा तीन कोण देखिएका थिए। पहिलो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणाको उन्माद राज्य शक्तिमा देखिएको थियो। दुई, ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबिच दुष्मनीपूर्ण सम्बन्ध थियो। तीन, आफूलाई नयाँ नेपालको नयाँ शक्ति ठान्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने निरन्तर थुनामा रहेका थिए।

ओलीको शासन कालमा सर्वसाधारणले महसुस गर्ने गरी नै दुःख पाए। भलै, उनले राष्ट्रियताका मुद्दाबाट मुलुकलाई अगाडि बढाउँदा सबैको साथ सहयोग हुन्छ, बाँकी कुरा मिल्दै जान्छन् भन्ने उनलाई लागेको थियो। आफूले राष्ट्रवादी अडान लिएपछि अरू कसैले टाउको उठाउन सक्दैनन् भन्ने उलाई लागेको थियो। कालापानी, लिम्पियाधुरा समेटिएको चुच्चे नक्साको मुद्दामा ओलीले यसरी बाजी मारेका थिए कि कसैले असहमति गर्न सक्ने ठाउँ रहेन। संसद्को दुई तिहाइ बहुमतबाट पारित भई यो संविधानको अंगसमेत बन्न पुग्यो।

लोकतन्त्रका लागि युवा अभियान, दिगो विकास आदिका नाममा एउटा तप्काले देशैभरि आफूलाई परिचालन गरिरहेको थियो। एकातिर राष्ट्रवादी अडान राख्दै मुलुकलाई पश्चिमा सम्बन्धबाट टाढा गराउने काम भयो। अर्कोतिर, ऐनमौकामा कम्युनिष्ट धुरीसँग नजिक गराउने भूमिका पनि यहाँ जारी रहेको हो। त्यही भएर ओली अमेरिकालगायत पश्चिमा मुलुकलाई चिढ्याउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको सांघाइ सहयोग संगठन (एससिओ) मा माग लिन मात्र गएनन् जापान विरुद्धको परेडमा पनि सहभागी भए। त्यही काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेनन् र समयमै घर फर्किए तर प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटदेखि उत्तर कोरियाली नेता किम जोङ उनसमेतको उपस्थिति परेडमा सामेल हुने अवसरलाई उपयोग गर्न खोजे । यसले अन्तर्राष्ट्रिय मञ्चमानेपालको उपस्थिति बलियो हुने ठानियो।

ओली लगायतका सत्तारुढ नेपाली कांग्रेस र एमाले नेताहरूलाई गत चैत १५ गतेको राजावादी आन्दोलनमा प्रहरीको सक्रियताले दबाएको सफलताले पनि एउटा दम्भ पैदा गरेको थियो। जेन-जी वा यस्तै कुनै नाममा हुने आन्दोलन धेरै ठुलो नहुने तर राजावादी वा अन्यका नाममा हुने आन्दोलनलाई सजिलै सुरक्षा बलबाटै दबाउन सकिन्छ भन्ने थियो। त्यही भएर जेन–जी आन्दोलन केही हजार युवाले निकाल्ने आन्दोलन भएकाले खासै टाउको दुखाउनुपर्छ भन्ने सत्ता पक्षलाई लागेकै थिएन।

जेन–जी वा अरु कुनै नाममा हुने आन्दोलनभन्दा बरु देशमा राजा फर्किन्छ भन्ने चिन्ताले भने ओलीलगायतका नेताहरू यसबिच चिन्तित थिए। ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बन्ने बेलामा अब मुलुकमा केही हुन्छ भन्ने संकेत थिए तर जतिजति राजावादीका नाममा मुलुकमा गतिविधि बढ्न थाले त्यतित्यति नै ती चिन्तित भएर काम गर्न सक्ने अवस्था रहेन। अझ राजा ल्याउन भारतले समर्थन गर्छ भन्ने विश्वास तिनमा जबर्जस्तरूपमा रहेको थियो।

पछिल्ला वर्षहरूमा ओलीमा एक किसिमको दम्भ थियो। उनलाई धेरै कुरा थाहा छ भन्ने लाग्थ्यो । उनलाई भेट्नेहरू उनको ‘प्रत्युत्पन्न मति’ का कारण कायल थिए तर उनको नेतृत्वमा राज्यका संस्थाहरू कमजोर भइरहेको पत्तै थिएन।

त्यति मात्र होइन राज्यका सुरक्षा निकायले दिएका सूचना र विश्लेषणमा यिनको कमै ध्यान थियो। ओली त कतिसम्म भइसकेका थिए भने पछिल्लो पटक सत्ता राजनीतिको कमान सम्हालेयता एक पटक पनि प्रेससँग बालुवाटारमा भेटको कार्यक्रम राखेनन्। आमरूपमा रहेको असन्तुष्टि, त्यसलाई घिउ थप्ने गरी दिइने अराजक अभिव्यक्ति र आफ्नै अन्योलपूर्ण कार्यशैलीका कारण ओलीको सत्ता पतन भयो।

चुस्त सरकारसँगै परिस्थितिको विश्लेषण गर्ने आफ्नै क्षमता हुन्छ। सुरक्षा निकायलगायतका गुप्तचरी निकायले दिने विश्लेषण र आकलनमा ध्यान पुग्छ। सरकारको आफ्नै थिंक ट्यांक हुन्छ। सरकारसँग ‘थिंक ट्यांक’ त त्यस्तै हो ‘ड्रिक ट्यांक’ अर्थात् मदमत्त भएर बस्ने समूह ठुलो थियो। अझ प्रधानमन्त्रीलाई घेराबन्दी गरेर बसेको समूहले कसैलाई पहुँच दिँदैनथ्यो। उपप्रधानमन्त्री आरजु राणाका बारेमा आमरूपमा जेजस्ता चर्चा चलिरहेका थिए त्यसले कुनै पनि बेला मानिसलाई आक्रोशमा पार्न पर्याप्त थियो।

अहिले आएर धेरै कुरा सामान्यजस्तो बनाउन खोजिँदैछ। वास्तवमा हाम्रो लोकतन्त्र असामान्य अवस्थामा पुगिसकेको थियो। कसैले पनि यसको स्वामित्व लिने अवस्था थिएन। सत्ता केन्द्रमा रहने व्यक्तिहरू आम नागरिकसँगको सम्बन्धबाट अलगथलग भएर बस्ने नै भए। ओली प्रधानमन्त्री भए यता निरन्तर उनी खेलकुद हेर्न जाँदा होस् वा अन्य ठाउँमा उनीविरुद्ध निरन्तर एकै किसिमका नारा लगाइन्थ्यो।

ओलीले गरेको केही नभए पनि तिनलाई दोषीजस्तो बनाउने काम भइरह्यो। सकेसम्म उनलाई यस्तै नारा लगाएर गलाउने प्रयास भएको पनि हो। उनी भने निरन्तर बाबुनानीहरू भन्दै आफ्ना धारणा सार्वजनिक गरिहेका थिए। उनका विरुद्ध माहोल बनाउने तत्त्वहरूको डिजाइन निरन्तर अगाडि बढिरहेको थियो।

त्यसैको परिणामस्वरूप गत भदौ २३ मा युवाले निकालेको विरोध प्रदर्शनलाई उत्तेजक बनाएर रातारात रगतको खोलो बगाइयो। त्यतिले नपुगेर भोलिपल्ट सिंगै मुलुक आगोमा हाल्ने काम गरिएको थियो। गृहमन्त्रीको जिम्मेवारीमा कुनै योग्य व्यक्तिलाई राखिएको थिएन।

गृहमन्त्री रमेश लेखक यसै पनि अख्तियारले ‘भिजिट भिसा’ प्रकरणमा कारबाहीमा पर्न लागेका कर्मचारी मन्त्रालयमा तानेका कारण विवादमा परेका थिए। उनको नैतिक शक्ति त्यतिकै खस्किएको थियो। प्रहरी गत चैत १५ को राजावादी आन्दोलनमा गोली बर्साउन पाएपछि यसै पनि ‘ट्रिगर ह्याप्पी’ थियो। यसपटक पनि कोही आए गोली चलाएरै ठिक गरिन्छ भन्नेमा गृहमन्त्री लेखक मात्र होइन प्रधानमन्त्री ओली पनि ढुक्क थिए।

त्यो नहुँदो हो त मुलुकमा विषम परिस्थिति आइसकेपछि ओलीले बेलैमा राजीनामा गरेर स्थिति साम्य पार्न सक्थे। प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले परिस्थिति प्रतिकूल भएका कारण राजीनामा गर्न आग्रह गर्दा पनि नमानेका कारण भोलिपल्ट देश खरानीमा परिणत भयो। मुलुकका प्रमुख संस्था सिंहदरबार, सर्वोच्च अदालत र संसद् जल्नुमा प्रधानमन्त्री ओली राजीनामा दिन तयार नहुने र सुरक्षा निकाय हेरिबस्ने अवस्थाका कारणले हो।

तत्कालीन प्रधानमन्त्री ओलीको हठ र जेन–जी आन्दोलनकारीको गतिविधिमा लुकेर मौका हेरिहेको पक्षले मुलुकलाई खरानी बनाएका छन्। संविधान दिवस समारोहमा भाग लिन शीतल निवासमा शुक्रबार पुगेका जेन–जी प्रतिनिधिहरू महाभारतका तिनै अभिमन्युजस्ता देखिएका थिए, जो चक्रव्यूहभित्र पसेका छन् तर कसरी निस्किने हुन्? सिंहदबार जलाउनेदेखि नेतालाई घरघरबाट निकालेर कुट्नुपर्छ भन्नेहरू यतिबेला मौन छन्।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस