के मुलुक अब फेरि द्वन्द्व र मुठभेडतर्फ उन्मुख भएको हो? के नेपाली कांग्रेस र नेकपा (एमाले)सहित संविधान सभाका दुई तिहाइभन्दा बढी सदस्यको संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीसम्बन्धी साझा प्रस्तावले मुलुकलाई २०४८ सालतिरै फर्काउन खोजेको हो त? अहिले यो प्रश्नले जनमानसलाई उद्वेलित बनाएको छ।
वास्तवमा कांग्रेस एमालेसहितले प्रस्तुत गरेको संघीयताको प्रस्ताव नै २२ दलीय संयुक्त मोर्चाको मुख्य आपत्तिको विषय भएको सञ्चारमाध्यममा आएको छ। शासकीय स्वरूप र निर्वाचन प्रणाली बारे खासै फरक धारणाबाहिर आएका छैनन्। मुलुकलाई दुई शताब्दीभन्दा बढी समयदेखि कायम रहेको एकात्मक प्रणालीबाट संघात्मक प्रणालीतर्फ लैजाँदा प्रसव वेदना त हुन्छ नै। नेपालले अपनाउन लागेको संघीयता सहमतीय अर्थात सार्वभौम राष्ट्रहरू आफूआफू मिलेर बनेको संघीयता नभएर भएको मुलुकलाई कायमै राखी यसका भागलाई प्रादेशिक संघमा रूपान्तरण गरिने ...कायमी' संघीयता हो।
स्वतन्त्र र सार्वभौम राज्यहरूले आआफ्ना उद्योग, व्यापार र सुरक्षाजस्ता साझा हितका विषयलाई एकआपसमा मिलेर जगेर्ना गर्ने उद्देश्यले स्वतन्त्र राज्यहरूको संयुक्त संरचनाका रूपमा संयुक्त राज्य अमेरिका बनेकोले अमेरिकी ढाँचाको संघीयतालाई 'कमिङ टुगेदर' अथवा सहमतीय संघीयता भन्ने गरिन्छ। स्विट्जरल्यान्ड र जर्मनीको संघीयताको रूप पनि सहमतीय नै हो। तर छिमेकी भारतले अँगालेको संघीयता भने अमेरिका, स्विटजरल्यान्ड वा जर्मनीको जस्तो नभई विभिन्न राज्य रजौटामा छरिएर रहेका क्षेत्रलाई औपनिवेशिक शासक अंग्रेजले एकीकृत गरी सामाजिक, सांस्कृतिक, भाषिक र भौगोलिकजस्ता आधारमा पुनर्संरचना गरी संघीयतामा लगिएको हो। त्यसैले भारतको संघीयतालाई ...होल्डिङ टुगेदर' अर्थात् ...कायमी' संघीयता भनिएको हो।
बीसौं शताब्दीमा विश्वका एकात्मकबाट संघात्मक शासन व्यवस्थामा परिणत भएका र ...कायमी' संघीयता अपनाएका देशहरू सबैजसोले कठिनाइ र राजनीतिक अशान्ति बेहोरिरहेका छन्। यिनमा युरोपमा बेल्जियम र स्पेन, अफ्रिकामा इथियोपिया, सुडान, कङ्गो, नाइजेरिया, एसियामा इराक र पाकिस्तान तथा ल्याटिन अमेरिकामा ब्राजिल र अर्जेन्टिना प्रमुख रहेका छन्। तर सामर्थ्यको कुनै ख्यालै नगरी हचुवाका भरमा एकात्मकबाट संघीय भएका मुलुकहरूले भने ठूला चुनौती भोगीरहेका छन्। आर्थिकरूपमा सक्षम, पूर्ण साक्षर र भौतिक सुविधाले परिपूर्ण रहेका युरोपका बेल्जियम र स्पेनजस्ता देशमा समेत संघीयताले निकै समस्या उत्पन्न भएको देखिएको छ। अफ्रिकी देशहरू इथियोपिया र सुडानको त विभाजनै भएको छ। त्यस्तै कङ्गो र नाइजेरियाको संघीयतालाई स्थानीय जातिहरूबीचको द्वन्द्वले आक्रान्त पारेको छ। जातीय पहिचानलाई प्रमुख आधार बनाएर ३ वटा प्रान्तबाट सुरुभएको संघीयतामा नाइजेरियाले जातीय द्वन्द्वलाई थेग्न नसक्ता अहिले ३६ वटा प्रान्तसम्म पुर्यातएको छ। हालसम्म संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रमध्ये २८ वटामा मात्र संघीय शासन प्रणाली छ।
बाइस दलको संयुक्त मोर्चाले जातीय पहिचानसहितको संघीयतालाई मात्र प्राथमिकतामा राखेको देखियो। निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारलाई उनीहरुले गौण बनाएको प्रतीत हुन्छ। हाल चलिरहेको राजनीतिक मोलतोलमा निर्वाचन प्रणालीलाई प्रमुखता दिनुपर्ने हो। किनभने पहिचान, प्रतिनिधित्व, पहुँच र प्रभावको मुटु नै निर्वाचन प्रणाली हो। कांग्रेस, एमालेसहितले अहिले १ सय ६५ सदस्यीय प्रतिनिधिसभा र ७५ सदस्यीय राष्ट्रियसभाको प्रस्ताव गरेका छन्। हालको ६ सय १ को संख्याबाट तल्लो र माथिल्लो सदन गरी कुल २ सय ४० जना प्रतिनिधिको प्रस्ताव ठीक भए पनि प्रस्तावित १ सय ६५ सदस्यीय प्रतिनिधिसभामा फेरि पनि प्रत्यक्ष निर्वाचन प्रणालीमात्रैबाट निर्वाचन गरिने उल्लेख गरिएको छ। कांग्रेस एमालेले विगतमा प्रत्यक्ष निर्वाचनमा देखिएका गम्भीर त्रुटिलाई अझै पनि सच्याएको देखिएन। विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० गरी २०४६ पछि ५ वटा प्रत्यक्ष निर्वाचन भएका छन्। ती सबै निर्वाचनमा महिला, दलित, मुसलमानको प्रतिनिधित्व शून्य बराबर रहेको छ। तराई मधेसका ब्राह्मण, यादव, कायस्थ, राजपुतजस्ता जातिले प्रत्यक्ष निर्वाचनमा आफ्नो जनसंख्याको अनुपातभन्दा धेरै बढी स्थान पाउंदै आएका छन्। तर तराई मधेसकै दलित, जनजाति (थारु बाहेक) र मुसलमानको प्रतिनिधित्व कुनै पनि प्रत्यक्ष निर्वाचनमा शून्य बराबर रहेको छ। त्यसै गरी पहाडी खस–आर्यहरु (ब्राह्मण, क्षत्री र दशनामी सन्यासी), नेवार, गुरुङ, लिम्बु, राई तथा थकालीजस्ता पहाडी जनजातिले पनि आफ्नो जनसंख्याको अनुपातभन्दा धेरै बढी स्थान पाउँदैआएका छन्। पहाडी दलित र मगर, शेर्पा, लेप्चा, चेपाङ्गजस्ता पहाडी जनजातिको प्रत्यक्ष निर्वाचित प्रतिनिधित्व जनसंख्याको अनुपातमा अत्यन्त नै कम रहँदैआएको छ। यस्ता त्रुटिरहँदै आएको प्रत्यक्ष निर्वाचन प्रणालीले देशको राजनीतिमा विभेद र असमानतालाई बढाएको देखिन्छ। यसमा कुनै सुधार नगरीकन पुनः यसैलाई जस्ताको त्यस्तै लागु गर्ने हो भने विभेद र असमानताकै पुनरावृत्ति हुनेछ। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले यस तथ्यलाई हरेक सभा सम्मेलनमा प्रकट गर्दै आएका छन्। वर्तमान प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले समेत प्रत्यक्ष निर्वाचन प्रणालीले महिला, दलित र जनजातिउपर गरेको विभेदलाई संकेत गर्दै बहुसदस्यीय समानुपातिक प्रतिनिधित्व प्रणालीलाई अबको निर्वाचनको प्रमुख आधार बनाउनुपर्ने सुझाव नै पेस गरेका छन्। बहुसदस्यीय समानुपातिक प्रतिनिधित्व प्रणालीले प्राप्त मतको आधारमा दलका उम्मेदवार निर्वाचित हुने र पाएको मत खेर नजाने गरी कम मत पाएका दलको समेत समानुपातिक प्रक्रियाअनुसार प्रतिनिधित्वको व्यवस्था गरिन्छ। यसरी पूर्व र वर्तमान प्रमुख निर्वाचन आयुक्तहरूले नै पूर्ण तथ्य र सत्यसहित पेस गरेका प्रत्यक्ष निर्वाचनका त्रुटिलाई कुनै वास्तै नगरी कांग्रेस एमालेको पुनः त्यही त्रुटि दोहोर्या्उने प्रस्तावलाई २२ दलको मोर्चाले पनि सौदावाजीको पत्ता बनाएको छैन।
जतिसुकै आधुनिक शासकीय प्रणाली अपनाए पनि पारदर्शिता, उत्तरदायित्व तथा क्षमता र जिम्मेवारीको बीचमा हुनुपर्ने उचित तालमेल भएन भने त्यहाँ असन्तुष्टि जन्मन्छ र बिस्तारै त्यसले विद्रोहको रूप लिन्छ।
विसं २०४९ मा प्रारम्भ गरिएको गाउँ विकास समिति र जिल्ला विकास समितिको निर्वाचनले नेपालमा स्थानीय स्वायत्त शासनको यौटा नयां युगको आरम्भ गरेको थियो। गाउँ र जिल्लामा जुन जातिको अधिक जनसंख्या थियो उसैको नेतृत्वमा अधिकतम गाउँ ...सरकार' वा जिल्ला ...सरकार' बनेको देखिन्थ्यो। अन्य जातिकाको जनसंख्याको आधारमा उचित प्रतिनिधित्व हुनेगरेको थियो। स्थानीय स्तरमा नेतृत्व विकासका लागि मनग्ये स्थान थिए। गाउँ जिल्लाका स्थानीय परियोजनाबारे स्थानीय जनताका बीचमा कर्मचारी र स्थानीय जनप्रतिनिधिले ...सामाजिक परीक्षण' अन्तर्गत सबालजबाफ गर्नुपर्थ्याे। पारदर्शिता र उत्तरदायित्वको उच्चतम अभ्यास हुनथालेको थियो। स्थानीय जनताले आफ्नो पहुँच र प्रभाव प्रत्यक्ष देख्न र अनुभव गर्ने अवसर पाएका थिए। गाउँका प्रत्येक बस्तीमा आफ्ना आवश्यकता पूरा गर्ने परियोजनाका लागि गाउँलेहरू आफैँ बसेर समूह बनाउँथे, निर्णय गर्थे। स्थानीय स्वायत्त संस्थाको स्वाभाविक विकास हुनथालेको थियो। केन्द्रबाट जाने सय रुपियाँ विकास अनुदानमा स्थानीय जनताले खुसी खुसी ९ सय थपेर १ हजार पुर्याोई आफ्ना योजना फत्ते गर्थे। स्थानीय स्वायत्त शासन ऐन, २०५६ ले स्थानीय सरकारको संस्थागत स्वरूपलाई अझ ठोसरूपमा गति दिने प्रयत्न गरेको थियो।
देश विदेशबाट नेपालको स्थानीय सरकारको यो 'मोडेल' हेर्न, बुझ्न र आआफ्नो मुलुकमा पनि परीक्षण गर्न मानिसहरू आउन थालेका थिए। भर्खरै स्वतन्त्र भएका सोभियत गणराज्यहरू तथा इन्डोनेसिया र युगान्डाजस्ता देशले नेपालको ढाँचाको अनुकरण गर्न थालेका थिए। निर्वाचित स्थानीय सरकारको क्षेत्रमा नेपालले छलाङ मार्न लागेको देखेर भारतले १९९३ मा आफ्नो संविधानमा ७३ औं संश्ाोधन गरी प्रादेशिक सरकारले अनिवार्यरूपमा प्रत्येक ५ वर्षमा स्थानीय निकायको निर्वाचन गर्नैपर्ने प्रावधान समावेश गर्योश। विसं २०५४ को दोस्रो स्थानीय निकाय निर्वाचनले गाउँगाउँमा देखिएको यो लहरलाई निरन्तरता दिएको थियो। दुर्भाग्यवश, २०५९ पछि स्थानीय स्तरको यो प्रयास रोकियो। स्थानीय स्तरमा जनताले गरिआएको यस अभ्यासले स्थानीय असन्तुष्टिलाई धेरै हदसम्म समाधान गरेको थियो। स्थानीय सरकारको यो अभ्यास र प्रक्रियालाई कायमै राखिदिएको भए सम्भवतः संघीयताको यति चर्को मागै हुने थिएन।
केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकार हुने अबको शासकीय स्वरुपमा स्थानीय स्वायत्त शासन ऐन २०५६ ले स्थानीय निकायलाई प्रदान गरिसकेका हक अधिकारमा कहीँ कतै पनि कटौती गरिएमा त्यसले फेरि नयाँ द्वन्द्व जन्माउनेछ। भारतमा प्रदेश सरकारहरूले स्थानीय निकायको सकभर निर्वाचनै नगराउने वा गराए पनि अधिकार विकेन्द्रित नगरी आफैँसँग राख्ने प्रचलन गर्दैआएका थिए। संविधानको १९९३ को ७३ औं संशोधनले यस्तो प्रवृत्तिमाथि रोक लगाउने कार्य गरेको पाइएको छ।