संविधानका विवादित विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा प्रस्ताव रणनीतिकमात्र होइन भने उनीहरूले बाह्रबुँदे समझदारी, अप्रिल आन्दोलन र संविधान सभाको चुनाव नै बेकार थिए भन्ने सन्देश दिन खोजेको बुझ्नुपर्छ। २०४७ सालकै संविधानको सामान्य परिमार्जनभन्दा बढी नदेखिने यस प्रस्तावले अन्तरिम संविधानकै अवज्ञा र अपमान गरेको छ। २०६२ मंसिर ७ गते सात दल र तत्कालीन विद्रोही माओवादीबीच दिल्लीमा भएको बाह्रबुँदे सम्झौताले राज्य पुनर्संरचनाको बिजारोपण गर्यो।
मधेस आन्दोलनले त्यसलाई संघीय र समानुपातिक बनाउने अनि आदिवासी जनजाति आन्दोलनले त्यो पहिचान, पहुँच र प्रतिनिधित्वका आधारमा हुनुपर्ने निर्दिष्ट गर्न बाध्य पारे। त्यसैअनुसार अन्तरिम संविधानको धारा १३८ मा 'जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीयलगायत अन्य क्षेत्रमा रहेको भेदभाव अन्त्य गर्न मधेसी, जनजाति, पिछडिएका क्षेत्रको स्वायत्त प्रदेशको चाहना मुखरित हुनेगरी संघीय संरचना निर्माण गर्ने' उल्लेख गरियो। कांग्रेस–एमालेको साझा प्रस्तावले मधेसी, आदिवासी जनजाति, दलित, पिछडिएका वर्गको न्याय र परिवर्तनको सपनामाथि तरबार चलाएको छ। यो उनीहरूको पहिचान, समता र न्याय चाहनाको जीवन–मरणको सवाल हो। सबैभन्दा अचम्म त एमालेको चाला देख्दा लाग्छ। ऊ आफ्ना कतिपय जायज एजेन्डालाई कुनामा फालेर कांग्रेसको मृतक इच्छाहरूसँगै सती जान तयार भएको छ। जस्तो कि शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधान मन्त्री र संवैधानिक राष्ट्रपतिको उसको एजेन्डा दलबीच मिलनबिन्दु हुन सक्थ्यो। त्यसलाई उसले कांग्रेसकै थोत्रो संसदीय आकांक्षासँग विसर्जन गरिदिएको छ।
पहिचान अर्थात् उपस्थिति
मान्छेले पहिचानको खोजी त्यतिखेर गर्छ जब उसलाई आफ्नै ठाउँमा आफ्नो उपस्थिति कतै नरहेको पीडाबोध हुन्छ। यो निग्रो र दासहरूले मानव अधिकार खोजेजस्तो, दलितहरूले न्याय खोजेजस्तो, कर्मकाण्डविरुद्ध बुद्धले ज्ञान खोजेजस्तै कुरा हो।
मातृभाषामा प्राथमिक शिक्षा दिने चलन अहिले त छैन भने हाम्रो पालामा हुने कुरै भएन। सबै कुरा खस–नेपाली भाषामै हुने हुनाले बाल्यकालमा मलाई मेरो मातृभाषा बोल्न अभ्यस्त गराइएन। मातृभाषामा अभ्यस्त गराइएको भए मेरो नेपाली भाषा मठ्याहा हुन्थ्यो र शिक्षा अनि जीवनका हरेक संघर्षमा म पछाडि पर्थेँ भन्ने मानसिकता सायद मेरा मातापिताको थियो। साँच्चै, मातृभाषामा पोख्त र नेपाली भाषामा कमजोर भएको भए मेरा इतरजातीय शिक्षक र सहपाठीबाट म बातैपिच्छे उपहासको पात्र हुन्थेँ। त्यसको परिणाम के भयो भने म आफ्नो मातृभाषामा कमजोर भएँ। यसका गम्भीर साहित्य छिचोल्न र जिब्रो फड्कारेर बोल्न मलाई मुस्किल पर्ने भयो। नेपाली भाषामा भने बोल्न र पढ्नमात्र नभई लेख्न र सम्पादन गर्नसमेत सक्ने भएँ। तैपनि, कतिपय सम्पादकहरू मलाई हृदय खोलेर यस भाषाको आधिकारिक लेखक स्वीकार्न चाहँदैनन्। ती अनेक बहानामा मलाई पन्छाउन, टार्न, पछाडि पार्न र 'डिलेट' गर्न अनेक बहानाबाजी गरिरहन्छन्। एउटा उदाहरण, यस्तो स्थितिमा सामाजिक र राज्य संरचनामा मैले आफ्नो योग्यताअनुसारको उपस्थिति खोज्नु
के अपराध भयो?
यस माम्लोमा म एउटा प्रतिनिधि पात्र हुँ। मेरो जस्तै हालत धेरै जनजातीय युवायुवतीको छ। तिनको माम्लोमा अझ विडम्बना के छ भने ती आफ्ना मातृभाषामा अभ्यस्त भएर खस–नेपाली भाषामा शिक्षा लिनुपर्दा परिणाममा धेरै पछाडि पर्न बाध्य छन्। शिक्षामा पछाडि परेपछि त्यसको प्रतिच्छायाँ प्रशासन र राज्य संरचनामा देखिने नै भयो। हाम्रो राष्ट्रिय संरचनामा सत्ता, शक्ति र स्रोत, साधनको पहुँचमा बाहुन, क्षत्रीलगायत खस जातिको वर्चश्व हुनु र आदिवासी जनजाति, दलित, मधेसी पछाडि पर्नुको मुख्य कारण यही थियो। शुद्ध नेपाली बोल्न नजान्दा, बोलीमा मठ्याहापन आउँदा नेवार, मधेसी र अन्य जनजाति उपहासका पात्र बनिरहेका छन्। यस्तो नियति भोग्नु नपरोस् भनेर उनीहरू आफ्ना सन्तानलाई मातृभाषा सिकाउँदैनन्। परिणामस्वरूप आज आदिवासी जनजातिका अधिकांश नयाँ पुस्ता आफ्नै मातृभाषासँग मित्रवत् छैनन्।
त्यसैगरी हिन्दु धर्म, संस्कृति देशकै राष्ट्रिय संस्कृति बनाइयो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि पूरै नेपाली समाजको हिन्दुकरण भयो। जंगबहादुर राणाले अझ त्यसलाई उचाइ दिए। अप्रिल विद्रोहको सफलतापछि नेपाल धर्म निरपेक्ष राष्ट्र घोषित भयो। तैपनि, हिन्दु धर्मले विशेष अधिकार र मान्यता पाइरह्यो। कानुनले जे भने पनि सामाजिकरूपले हिन्दु समाजमा बाहुन, क्षत्रीको सर्वोच्चता कायम रह्यो। अन्य कतिपय जाति आफ्नो जातीय हैसियतप्रति अझै पनि हीनताबोध गर्छन्। थापामगर, घर्तीहरूमध्ये कतिले बिस्तारै क्षत्री बन्ने अभियानस्वरूप थापा लेख्न थालेका त्यसै होइन। भर्खरै खड्गी समाजले राष्ट्रिय मानव अधिकार आयोगमा इच्छाअनुरूप थर धारण गर्न पाऊँ भनेर ज्ञापनपत्र त्यसै बुझाएका होइनन्। दलितले आफ्नै जात जनाउनेभन्दा बाहुनको जात जनाउने थर उसै राखेका होइनन्। राई, लिम्बु, गुरुङ, मगर, तामाङका नामसमेत हिन्दु देवताका नामबाट राम, कृष्ण, नारायण, गणेश रहन थाले। यो त्यसै भएको होइन। प्रजातन्त्र पुनर्स्थापनापछि आदिवासी जनजातिबीच सांस्कृतिक पुनर्जागरण भयो। अप्रिल विद्रोहपछि त्यसमा मधेसी पनि थपिए र यो उत्कर्षमा पुग्यो। यो जागरण आफ्नो जातीयता र संस्कृतिमा हीनताबोध गर्ने होइन, गर्व गर्ने, राज्य र समाजको संरचनामा आफ्नो हिस्सा खोज्ने तथा सांस्कृतिक अधिकार पुनर्स्थापना गर्ने अभियान थियो।
पहिचान देखिने र मेटिने कुरा
पहिचान पक्षधरलाई पहिचान विरोधीले लगाउने मुख्य आरोप हो, आफ्नो पहिचान कायम गरेर अरुको पहिचान मेट्न खोजेको आरोप। निश्चय पनि आफ्नो पहिचान कायम गर्दा अरुको पहिचान मेट्न पाइँदैन। आफ्नो न्यायको हक खोज्दा अरुको हक मिच्न पाइँदैन। तर, यसमा पहिचान विरोधीको शब्दको चलाखीबाहेक केही भेटिन्न। के पहिचानयुक्त राज्य बनाउने भनेको खस–नेपाली भाषालाई खारेज गरेर नेपालभाषा, मैथिली, भोजपुरी, अवधी, राई, लिम्बु, मगर, गुरुङ भाषा कायम गर्ने भनेको हो र? के नेवाः राज्य बनाउने भनेको बाहुन पुरोहितलाई डाँडा कटाएर बाँडा कायम गर्ने, दसैँ प्रतिबन्धित गरेर मोहनी, तिहार विस्थापित गरेर स्वान्तिनखः, गोरुतिहार विस्थापित गरेर म्हँपूजा, माघे संक्रान्ति, साउने संक्रान्ति हटाएर पाहाचह्रे स्थापित गर्ने भनेको हो र? होइन।
पहिचानका आधारमा राज्य बनाउने भन्नुको अर्थ प्रदेशभित्रका कुनै पनि पहिचानलाई भेदभाव नगरी समान व्यवहार र सहअस्तित्वको भावना विकास गर्ने हो। प्रदेशभित्र पहिचानको अनुपातमा राज्य संरचनामा प्रतिनिधित्व गराउने भन्ने हो। उदाहरणका लागि, पहिलो संविधान सभाले गठन गरेको राज्य पुनर्संरचना आयोगबाट प्रस्तावित नेवाः राज्यमा माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाबाहेक नेवारी र तामाङ भाषा पनि सरकारी कामकाज र शैक्षिक निकायका भाषा हुन्छन्। माध्यम भाषा नेपाली त छँदैछ, नेपालभाषा वा तामाङ नजान्नेले नेपालीमै काम गराउन पाउँछन्। जनसंख्याका हिसाबले त्यहाँ पहिलो स्थानमा नेवार, दोस्रोमा बाहुन–क्षत्री, तेस्रोमा तामाङ छन्। तिनीहरूको प्रतिशतअनुसार राज्य संरचनामा प्रतिनिधित्व हुन्छ। त्यहाँ राज्यका दृष्टिमा दसैँ, तिहारजत्तिकै मोहनी, स्वान्ति नखः, म्हँपूजा, पाहाँचह्रे पनि महŒवपूर्ण चाड मानिन्छन्। समावेशिताको यो अत्यन्त राम्रो अभ्यास हो। यस्तो प्रावधानमा कसैको पहिचान कसरी मेटिन्छ? अदिवासी जनजातिको नामबाट राज्यको नाम राख्नु भनेको इतिहासदेखि तिनको भाषा, संस्कृति थिचिएको, समाज र राज्य संरचनामा वञ्चित गरिएको क्षतिपूर्तिस्वरूप तिनको बाहुल्य भएको क्षेत्रमा तिनकै पहिचान झल्काउने नाम दिएर आत्मसम्मानको पुनर्बहाली गर्न खोज्नुमात्र हो। समान पहिचानको यति
सानो चाहना पनि नसहने?
पहिचानयुक्त राज्य बनाउँदा अरुको पहिचान मेटिन्छ भन्ने ठुटे तर्ककै पक्षपोषण गरेर कांग्रेस–एमालेले कोसी, जनकपुर, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको प्रस्ताव गरेको देखिन्छ। अझ सुदूर पश्चिम प्रदेश त संघीयताविरोधी अखण्ड सुदूर पश्चिम अभियानकै स्वीकृतिका रूपमा आएको छ। यसबाट मान्छेको जिउँदोजाग्दो जातीय तथा सांस्कृतिक पहिचानलाई लोप्पा खुवाउने काम भएको छ जुन पञ्चायतकालीन प्रशासनिक विभाजनभन्दा तात्विकरूपले भिन्न छैन। साझा प्रस्ताव देख्दा कांग्रेसको पहिचान भेटिने, द्वन्द्व मेटिने र एमालेको बहिचानको नारा स्वयं मुर्च्छा परेका छन्। निर्वाचक मण्डलबाट निर्वाचित संवैधानिक राष्ट्रपति र संसद्बाट निर्वाचित कार्यकारी प्रधान मन्त्री यथाःस्थितिको संसदीय पद्धतिकै अनुमोदन हो। १६५ सदस्यीय प्रतिनिधि सभाको निर्वाचन पूर्ण प्रत्यक्ष निर्वाचनबाट गर्ने भनेर यसले सबै वर्ग, क्षेत्र, जाति, समुदायको पहुँच पुर्यानउने अन्तरिम संविधानको प्रावधानलाई गोली ठोकेको छ।
कांग्रेस–एमालेको गठबन्धन अहिले गणितीय हिसाबले संविधान सभामा बलियो छ। यो स्थिति चुनावले चार वर्षका लागिमात्र बनाइदिएको हो। चुनाव त तत्कालीन प्रतिक्रियाको आलो परिणाममात्र हो। संविधान लामो समयसम्मका लागि हो। यसले आन्दोलन र युगको चाहनालाई प्रतिविम्बित गर्न सक्नुपर्छ। कांग्रेस–एमालेको प्रस्तावअनुसार संविधान बन्ने हो भने नयाँ संविधान बन्नुको अर्थ हुँदैन। यो २२ दलीय गठबन्धनविरुद्ध उनीहरूको रणनीतिमात्र होइन भने प्रस्ट छ– फेरि पनि संविधान बन्दैन। त्यसको कलंक उनीहरूकै निधारमा टाँसिनेछ जसरी पहिलो संविधान सभाबाट संविधान जारी हुन नसक्नुको कलंक एमाओवादीको निधारमा लागेको थियो।