संविधानमा स्थानीय सरकार
२० कार्तिक २०७१
•
१३ मिनेट पाठ
संविधानमा स्थानीय सरकार
संविधान निर्माणका सन्दर्भमा राजनीतिक परिस्थिति अत्यन्त जटिल बन्दैगएको छ भने त्यसको निकास झन कठिन देखिनथालेको छ। 'माघ ८' मा संविधान निर्माण भएको घोषणाको अपेक्षा राखेर बसेका लाखौं चेतनशील नागरिकमात्र होइन दूरस्थ एवं दुर्गम क्षेत्रका सबै दृष्टिबाट पछाडि पारिएकाहरूसमेत अत्यन्त चिन्तित हुनथालेका छन्।
 स्थानीय तहमा ४० प्रतिशत महिलाको स्थान सुरक्षित गराउने उद्देश्यसहित 'स्थानीय स्वायत्त शासन ऐन, २०५५' को सम्बन्धमा संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत भएको समाचारले ल्याएको खुसी एवं उत्साहको लहरमा अहिलेको परिस्थितिले तुषारापात गरेको छ। विधेयक आउँदा विशेष गरी महिला सांसदले यस उद्देश्यसहित आएको विधेयकको स्वागत गर्दै ५० प्रतिशत हुनुपर्ने माग राखेका थिए। त्यसका साथै स्थानीय निर्वाचन नारामा मात्र सीमित नहोस् भनी राखेका विचारले थप उत्साह पैदा गरेको थियो। तर 'स्थानीय निर्वाचन' त परै जाओस् 'स्थानीय तह' बारे कुनै छलफल नगराई 'संवैधानिक तथा राजनीतिक संवाद समिति' को ढोका जबर्जस्ती बन्द गरिन लागेको संकेतले जनमानसमा निराशा बढेको छ। निराशा बढाउने किसिमको थप अभिव्यक्ति विभिन्न असन्तुष्ट समूहबाट मात्र होइन संविधान सभाभित्रैका राजनीतिक दलका नेताबाट समेत आउनथाल्नु अर्को दुःखद पक्ष हो। त्यतिमात्र होइन आफ्ना दलका सदस्यलाई 'संविधान सभा'बाट अब औचित्य नरहेको अभिव्यक्ति दिनु गम्भीर विषय हो। 
यस्ता घोर निराशका बादल दूरक्षितिज त्यसमा पनि पूर्व क्षितिजबाट स्पष्ट सुनिन थालेको परिस्थितिमा 'अब के गर्ने?' 'कसो गरी सहमति जुटाउने?' भन्ने बारे सत्ताधारी दलहरू गम्भीर हुनु जरुरी छ। यस्तो अवस्थामा अब सहमतिको सजिलो विन्दु पहिल्याउनु जरुरी छ। नीति निर्माताले बु‰नुपर्ने भएको छ, जटिल परिस्थितिको निराकरण सधैँ ठूलाठूला कुराबाट मात्र आउँदैनन्। अत्यन्त साना र देख्दा महत्वहीन जस्तो लाग्ने 'झिल्का' र 'विन्दु'बाटै आउन सक्छन्। यो विश्व इतिहासले देखाएको छ। उदाहरण भारतको स्वतन्त्रता संग्राम र चीनको क्रान्तिमा सामान्य जनता कसरी समेटिए भनेर केलायो भने स्पष्ट हुन्छ। विश्व इतिहासका ठूलाठूला परिवर्तनमात्र होइन विश्वयुद्धहरुको विभीषिका पनि असमझदारीका ससाना झिल्काबाटै प्रारम्भ भएका थिए। 
अघिल्लो संविधान सभामा 'संघीय तह' र 'प्रान्तीय तह'को साथै छलफल नभएको 'स्थानीय तह' हो। संघीय तहमा जति चर्चा राष्ट्रपति प्रणाली वा प्रधानमन्त्री प्रणाली एवं तिनको निर्वाचनले छलफलको समय लियो, 'कति प्रान्त (राज्य)' बनाउने र तिनको 'नामाकरण' कसरी गर्ने भन्ने बहसमा झन् धेरै समय र शक्ति खर्च भयो। स्थानीय तहबारे कुनै छलफल नगरी 'राज्य पुनर्संरचना आयोग' लेे त हचुवा प्रतिवेदन बुझायो तर ती सबै कमी र कमजोरीलाई वर्तमान संविधान सभाले पूरा गर्ने आशा र भरोसा राख्नेहरू अहिले झस्किन थालेका छन्। अब सबै दलका नेतृत्व वर्गले आत्मपरीक्षण गर्ने घडी आएको छ। 
छलफलका लागि अत्यन्त थोरै समय पाएको 'स्थानीय तह' र त्यसभित्र १२५ भन्दा बढी जातजाति एवं १०० भन्दा बढी भाषाभाषी एवं विभिन्न धर्मावलम्बी सबैलाई जगैदेखि समेटेर राष्ट्रिय राजनीतिमा सरिक गराउने अपार संभावना युक्त स्थानीय तहबारे गम्भीर छलफलै नहुनु चिन्ताको विषय हो। केबल सय डेढसयलाई समेट्ने केन्द्रीय तह र ५०।६० लाई समेटने प्रान्तीय तहमै अलमलिनु र लाखौं राजनीतिक कार्यकर्ता, समाजसेवी, जातीय अगुवा एवं आधा आकाश ओगट्ने महिला वर्गसमेतका विभिन्न समुदाय, वर्ग एवं तहमा रहेको अपार जनशक्तिलाई नेतृत्व विकासको अवसर दिने स्थानीय तहप्रति यत्रो घोर उपेक्षा भाव देखिनु आश्चर्यको विषय हो। त्यसमध्ये सदीयौंदेखि राज्यको प्रतिनिधित्व गर्दै जनजीवनको अभिन्न अंग रहेको 'जिल्ला इकाइ'प्रतिको उपेक्षा पनि बुझिनसक्नु रहेको छ। 
'स्थानीय सरकार'प्रति यति ठूलो बेवास्ता हुँदाहुँदै पनि स्थानीय तहको अस्तित्व र यसको महत्व भने मेटाएर नमेटिने प्रकृतिको छ। गाउँ र नगर इकाइका साथै 'जिल्ला' इकाइ स्थानीय जनताको व्यवहार एवं सेवा र सुविधासँग प्रत्यक्ष जोडिको छ। अहिले सबैभन्दा बढी बेवास्ता र उपेक्षा 'जिल्ला' तह बारे रहेको छ। हामीले भावनामा बगेर कुनै निर्णय गरिहाल्यौं भने पनि आगामी केही दशक यो तह उत्तिकै क्रियाशील रहिरहने छ। 'जिल्ला' को अस्तित्व यस राज्यको अस्तित्वसँगै लामो समयदेखि गाँसिएको वास्तविकता पहिचान गरी बरु कुन रूपमा राख्ने भन्ने बारेमा छलफल गर्नु बुद्धिमानी हुनेछ। 
'जिल्ला' इकाइलाई पञ्चायत कालको उपजमात्र ठान्नु ढाल्नु गलत हो। त्यतिखेर प्रजातन्त्रको हत्या भएपछि पनि तत्कालीन प्रथम जननिर्वाचित सरकारले ल्याउन खोजेको सुधार प्रक्रियालाई बाध्यतावश नक्कल गर्न थालिएको मात्र हो। तत्कालीन प्रशासकीय जिल्ला (पूर्व १, २, ३ नम्बर र पश्चिम १, २, ३ नम्बरआदि) ले विकास सम्भव हुँदैन भनी प्राचीन इलाका जिल्लालाई 'विकास जिल्ला' का रूपमा रूपान्तरण गर्न खोजिएको थियो। यसलाई पञ्चायतको उपज भनी उछिन्न खोजिएको मात्र हो। तत्कालीन जननिर्वाचित सरकारले जनताको सेवा सुविधा पहुँच चाइपाइकै आधारमा त्यस्तो संरचना गर्न लागेको थियो तर कार्यान्वयन गर्नै नपाई विघटन भएको थियो। अधिकारविहीन ती स्थानीय इकाइ निर्जीवजस्तै रहेका थिए। विसं २०४६ सालको परिवर्तनपछि यसमा प्राण पसेको हो। त्यसपछि मात्र विकासको गति बढेको हो र अपार एवं व्यापक जनसहभागिताका साथ स्थानीय विकासले फड्को मारेको हो। त्यो फड्को जनसहभागिताबाट बनेको मोटर मार्गले प्रष्ट हुन्छ। विसं २०४६ सम्म यस देशमा कच्ची, पक्की र ट्रयाकसमेत गरी जम्मा ६ हजार किलोमिटर मोटर बाटो थियो भने २०४६ पछि प्रथम तीन वर्षको बहुदलीय कार्यकालमा एकैचोटि १५हजार किलोमिटर पुगेको जस्ता उदाहरण बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हर क्षेत्रमा वास्तविकरूपमा देखिए। त्यसैले अधिकार स्रोत, साधन र नेतृत्व ठूलो कुरा हो। भौगोलिक इकाइ र क्षेत्रफल वास्तविक प्राण होइन। 
निश्चय पनि त्यतिखेरैबाट गाउँ, नगर, जिल्लाको क्षेत्र संरचनामा धेरै नमिले कै थिए। त्यसलाई मिलाउन 'पुनर्संरचना' को माँग भएकै हो र त्यो अझै कायमै छ। डा. हर्क गुरुङले २५ जिल्लाको अवधारणा ल्याएका थिए। सरकारी स्तरबाट पनि अध्ययन भएका छन्। यसबीच माओवादीले पनि आफ्नो चिन्तन ल्याएका छन्। संविधान सभा निर्वाचनपछि त यसबारे निकै विचार थपिएका छन्। कतिपय विचार राम्रा छन् तर व्यावहारिक छैनन्। अबको स्थानीय संरचना निर्माण गर्दा पटक्कै हतार नगरी केन्द्र र प्रान्तको संरचनासँगै यसबारे छलफल थाल्नु उचित हुनेछ। राज्य पुनर्संरचना आयोगले स्थानीय तह मै 'विशेष क्षेत्रहरु' को अवधारणा समेत थपेको छ। त्यसको सम्बोधन कसरी गर्ने हो, भन्ने अर्को चुनौती हो। 
प्रसंग 'जिल्ला इकाइ' को हो। स्थानीय तहको एउटा महत्पूर्ण इकाइ 'जिल्ला' नै हो। अहिले धेरै जिम्मेवारी जिल्लाकै काँधमा छ, त्यसलाई 'विकेन्द्रीकरण' एवं 'अधिकार निक्षेपण'मार्फत् गाउँ, नगर, वडा तहसम्म अधिकारसहित पुर्या उने चुनौती छ। हामीले आगामी पाँच दस वर्षभित्र सबै मसिना काम गरिसक्नु पर्छ। त्यसलाई लक्ष्य राख्दै जिल्लातहलाई अधिकार थुपार्नेमात्र होइन त्यहाँको अधिकार प्रत्येक गाउँमा पुर्यापउने अभियानको सहजकर्ता (फ्यासिलिटेटर) र जिल्लाको समग्र विकासको 'संयोजनकर्ता' (कोअर्डिनेटर) का रूपमा राख्नुपर्छ। आजको जस्तो मुद्दा हालको प्रकृतिको जिल्लाले अबको नयाँ चुनौती थाम्न सत्तै्कन। यसको अर्थ 'जिल्ला' इकाइ खारेजीतर्फ सोच्नु झन् गलत हुनेछ। यसलाई कसरी राख्ने त्यसतर्फ सोच्नुपर्छ।
अब त्यसो भए जिल्ला इकाईलाई कुन स्वरूप, हैसियत र संरचनामा राख्ने भन्नेबारे संक्षिप्त धारणा प्रस्तुत गर्नु समसामयिक हुनेछ। मोटामोटी र सैद्धान्तिकरूपमा यसलाई 'जिल्ला सदन' (डिस्ट्रिक्ट् पार्लियामेन्ट) का रूपमा सीमित गर्नुपर्छ। दुई वा चार वर्षभित्र सबै अधिकार गाउँ, वडा, नगरका टोलटोलसम्म पुर्यारइसक्ने लक्ष्यअनुरूप जान सकियो भने जिल्लाको हैसियत 'संयोजन' 'सहजकर्ता' र जिल्लाभित्रका सबै गाउँ, नगर, विशेष संरचनासहितको भेटघाट हुने 'जिल्ला सदन' 'जिल्ला संसद्' का रूपमा राख्नु उचित हुनेछ। यसै 'जिल्ला सदन' मा 'संघीय व्यवस्थापिका' र 'प्रान्तीय व्यवस्थापिका' का लागि निर्वाचित सांसदको समेत विशेष उपस्थिति रहने भएकोले गाउँ/वडा तहसम्मको आवाज केन्द्रमा र प्रान्तमा पुर्यााउन र माथिको महत्पूर्ण विषयलाई गाउँ/नगर वडाका समस्यासँग जोड्न सजिलो पर्नेछ। अतः स्थानीय तहमा 'जिल्लाको स्थान' र हैसियत भेटघाट थलोका रूपमा समेत सुनिश्चित हुनुपर्छ।


अर्को समाचार
स्थानीय तहको चुनाव सार्न मिल्दैनः एमाले नेता खरेल
११ माघ २०७८
•
१ मिनेट पाठ
स्थानीय तहको चुनाव सार्न मिल्दैनः एमाले नेता खरेल
नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानून मन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन्।




आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए। 'वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन। यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो। संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ।'

चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो। स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एक दिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनको धारणा छ।

'अर्ली इलेक्सन' वा तीन वटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस