जातीय असमानताको बहस
०२ मंसिर २०७१
•
१५ मिनेट पाठ
जातीय असमानताको बहस
मुख्यतः संघीयताको स्वरुरूप (जातीय वा अन्य) कस्तो र कति प्रदेश हुने भन्ने बहसले संविधानसभा अवरुद्ध छ। संघीयता छिनोफानो गर्ने विधि सर्वसहमती वा बहुमत/अल्पमतको प्रक्रियाभन्दा पनि कस्तो संघीयता भन्ने विवाद पेचिलो देखिन्छ। समग्र समानताका मुद्दा अप्ठ्यारोमा पर्ने/नपर्ने पक्ष/विपक्ष विश्लेषण भएका छन्।  ऐतिहासिक एवम् वस्तुगत तथ्यको निम्छरोपनाले जातीय गठन/विघटनका ऐतिहासिकता निषेध छ। अर्थराजनीतिइतरका अमूर्त र अनुकूल व्याख्याले समाजका अर्थराजनीतिक यथार्थ बा“गिएका छन्। मानिसबीचका भिन्नता/असमानतालाई धर्म, जाति वा संस्कृतिको चस्माबाट हेरिएको छ तर वस्तुगत दृष्टिबाट यो अजर होइन। 
असमानताको कारण धर्म वा जात नभएर भिन्न जीविकाशैली र यसका संरचनात्मक पक्ष हुन्। उत्पादन निर्भर भूगोल, प्रतिष्पर्धी जीविका, विभिन्न राजनीतिक संरचना र सन्दर्भ, सांस्कृतिक मान्यता र अभ्यास, समूहगत अन्तरक्रिया आदिले यसमा प्रभाव पारेको छ। समष्टिमा एउटै समाजमा एउटै समयमा भिन्न अर्थराजनीतिक, धार्मिक/सांस्कृतिक चरित्रहरू प्रभुत्वमा हु“दैनन्। समाजशास्त्रले प्रभुत्वको तलमाथिलाई असमानता मान्दैन पनि। अतः संघीयताको जातीय/गैरजातीयकरण प्रभुत्वको व्याख्या गलत हो। यसले एउटै संरचनाको फरक व्याख्या जायज भन्ने भएको छ र सामाजिक तथा अर्थराजनीतिक रूपान्तरणको विशिष्ट ऐसिहासिक खण्डलाई अस्वाभाविक र अवस्तुगत बनाइदिएको छ। 
जातीयता वा धार्मिकता परिवर्तनशील ऐतिहासिक सामाजिक यथार्थ हो। यो समाजका अन्य आयामसँग अन्तर्क्रियारत रही अघि बढिरहेको छ। अर्थतन्त्र, राजनीति, संस्कृति, धर्म, भूगोल, पर्यावरण आदिले विगत र वर्तमानको विशिष्ट वस्तुगत इतिहासको निर्माण गरेको छ। एकीकरणपूर्वको बाहुन—क्षेत्री, गुरुङ, मगर, राई, लिम्बु आदि राज्य एकीकरण, राणाकाल, पञ्चायत हु“ुदै प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा किन एउटै छैन? पहाडी बाहुन—क्षेत्रीको सानो हिस्साले ठूलो हिस्साका बाहुन—क्षेत्री र अन्य आमजाति वा समूहलाई पछि पार्दै राजनीति र अर्थतन्त्रलाई नेतृत्व गरेको छ। यसमा जातीय असमानता बहस वा यथार्थ के हो भन्ने निहित छ। एउटा खास भिन्न जातीय चिनारीलाई जातीय असमानता मान्न सकिन्न। जातिको रूपमा मानिसले अपनाउने बा“च्ने रणनीतिक तरिकाको महत्व उल्लेखनीय छ। यसले जैविक वा नस्लीय कारणको ऐतिहासिक अस्वाभाविकता पुष्टि गर्छ।
एकीकरणको २ सय ५० वर्षअघिसम्म नेवार सभ्यताले चलेको काठमाडौँको आमजीविकामा सीपप्रधान समूहगत पहिचान थियो। गहनाको काम गर्ने तुलाधर, सरसफाई गर्ने पोडे, कला कर्म गर्ने चित्रकार आदि। यो आधुनिक पु“जीप्रधान समाजको जत्तिकै उत्कृष्ट श्रम विभाजन हो। असमानता समूहगत भिन्नतामा नभएर व्यक्तिगत सीप र आर्जनमा निर्भर थियो, जो आजपर्यन्त छ। राज्य बाँडफाँट गरी बनेका मल्ल शासकले विभिन्न सार्वजनिक पूजा, समारोह, पर्वको आविष्कारमार्फत् नेवार सभ्यताको गठन गरे। जो जातीयता नभएर राष्ट्रियता थियो। सबल राष्ट्रियताका खातिर बनेका विभिन्न ऐन/नियमले नेवार सभ्यताभित्र नेवारी संस्कृतिको निर्माण गरिदियो। यही राष्ट्रियताको गौरव र सांस्कृतिक समानताको नेवार सभ्यता, एकीकरण संस्थापनविरुद्धमा जातीयकरण भएको हो। यसको अर्थराजनीतिक स्वार्थ फिसरले भनेजस्तो हामी फरकभित्रको उस्तै भन्ने चेत र फोल्मरको तर्कजस्तो उपल्लाहरूको शासकीय पुनःस्थापनाको अर्थराजनीतिक रणनीति थियो र हो। यो दृष्टान्तले जातीय असमानता यथार्थ नभएर बहसमात्र हो भन्न बल पुर्या उ“छ। 
वर्गीयताबाट उठेको माओवादी जनयुद्ध विशिष्ट इतिहासभित्र बहुदलीय प्रतिष्पर्धामा आयो। राजनीतिक प्रभुत्व र दलीय सर्वोच्चताका लागि समय/समाजअनुरूप राजनीतिक रणनीतिहरू प्रयोग गरिए। वर्गीयताको स्खलन क्षेत्रीय र जातीय असमानतामा बोकाइयो। उपल्लामात्रको सक्रियताले समष्टि जातीय असमानताको व्याख्यात्मक बहस यथार्थ हुनसकेन। तथापि, आमराजनीतिक प्रतिष्पर्धाका खातिर अन्य दललाई माओवादीय पथमा प्रवेश भने गरायो। उपल्लाको नेतृत्व तल्लाहरूको निर्वाण भन्ने अवस्तुगत र गैरऐतिहासिक स्वाभाविकताको निर्माणले संविधानसभालाई अवरुद्ध पार्योल। यसले अभिजातीय व्याख्याको समर्थन भेटेको छैन। उपल्लाको पदीय वा अन्य उत्थानमा भने यसको उपयोग भइरहेको छ। 
समाजको निर्माण जाति वा धर्मले गर्यो । जाती वा धर्म इतिहासमा विशिष्ट थिए र छन्। यसको सर्वोच्चताविनाको संघीयताले काम गर्दैन भन्ने जडवादी, अभिजातीय सोच र तर्क विभाजित छ। यसको ऐतिहासिक वस्तुगत आधार छैन। अर्थतन्त्र र राजनीतिको निर्माण या विनिर्माणको भार जाति/धर्मलाई बोकाएर अभिष्टलाई संस्थागत गरिएको छ। यसले असमानताको सामाजिक तथा अर्थराजनीतिक जडलाई उछिनेको छ। 
हरेक जाति र धार्मिक समूहको विविध/खास सामाजिक तथा अर्थराजनीतिक स्वार्थ छन्। तल्लो तहका मानिसले आफूभन्दा माथिल्ला मानिसले आफूलाई कसरी बुझेका छन्, आफू कसरी उपयोग भइरहेको छु भन्ने राम्ररी बुझेका छन्। तर पनि आमअनुकूल स्वार्थमा निर्भर अपेक्षाले त्यसलाई दबाएको छ। जाति वा गैरजातीय कुरा जस वा अपजस बनेको छ। आमसिमान्त र शोषितलाई उछिनेर हामी सिमान्तकृत, शोषित भयौँ भन्ने जातीय/धार्मिक उपल्लाहरू अन्तरजातीय वा धार्मिक समूहको तलतिर उभिएका छन्। हो, यही निजत्व उत्थान र प्रवर्द्धन आममानिसको बहस बनेको छ।
समानता/असमानता र राज्य पुनर्संरचनालाई बाह्य वा आन्तरिक दृष्टिबाट हेरियो। यसले यथार्थको खोजी र आमस्वार्थलाई समेट्न सकेन। गुरुङले भनेको सबै बाहुन पहुऴचशाली र सिमान्त बाहुनको नकारोक्ति तथा बाहुनले भनेको सबै गुरुङ सम्पन्न र गरिव गुरुङको नकारोक्तिले दोहोरो दृष्टिको मार खेपिरहेको छ। जातीयता र गैरजीयतामा विभाजित असमानताको व्याख्यात्मक कर्मकाण्ड संस्थागत भएको छ। यो गैरसमाजशास्त्रीय छ। देश स्वयम् राजनीति, अर्थतन्त्र र संस्कृतिभित्र नया“ समानताको खोजीमा छ। राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्र, अर्धसामन्ती अर्थतन्त्रबाट उदार पु“जीवादी अर्थतन्त्र आदि। समग्र जातजाति, धर्म, संस्कृति, भाषालगायतलाई नसमेटी नया“खाले समानता सम्भव छैन। यो खास जात, धर्म, संस्कृतिको सर्वोच्चता नभएर आममानिसका लागि गठन हुने समानताबाट मात्र सम्भव छ। यसो भनिरहँदा जातीय, भाषिक, सांस्कृतिक, धार्मिक वा अन्यमा खोजिएका नया“ समानता जायज छैनन् भन्ने होइन। तापनि, यो संवैधानिक व्यवस्थापनका कुरा हुन्। राज्य पुनर्संरचनाका विषय होइनन्। 
जातीयतालाई असमानताको एक्लो, अमूर्त कारक बुझियो। बुझाइका यथार्थभन्दा आग्रह/पूर्वाग्रहहरू निर्माण गरिए। बाहुन भनेर चिनिनका लागि आवश्यक राई जाति र राई भनेर चिनिन आवश्यक बाहुनको महत्व उपेक्षित भयो। बाहुन र राई, राई र गुरुङबीच हुने जीविकाको अर्थराजनीतिक अन्तर्क्रियाको महत्वलाई स्वीकारिएन। बाहुन, गुरुङ, राई वा अन्य जातिको पृथकता नै असमानता भन्ने बहस प्रधान बनाइयो। पृथक जातिबीचको अन्तर्क्रियात्मक अर्थराजनीतिक लेनदेनलाईसमेत अछुत झैँ गरियो। यो ऐतिहासिक सामाजिक तथा अर्थराजनीतिक गतिशीलताले स्वीकार्न सक्ने कुरा होइन र हुनेछैन। किनकि जीविकाको प्रणालीलाई जातीयता वा धार्मिकताले नभएर पारस्परिकता वा लेनदेनको बाध्यात्मक चेतले चलाएको हुन्छ। 
समाजशास्त्री फोल्मरले जातीयता वा धार्मिकतालाई अर्थराजनीतिक शक्ति हासिलका माध्यमसँग जोडेको कुरा नेपाली समाज मिल्दो छ। आर्थिक अनुशासनमा दोषी तथा संस्थापन राजनीतिमा कमजोर देखिएकाले उठाएको धर्मको कुरा र दलीय राजनीतिमा स्थापित हुन कोसिस गरिरहेकाहरूले उठाएको जातीय संघीयताको कुरा यसलाई पुष्टि गर्ने आधार हुन्। अन्तरजातीय असमानताका लागि उत्रिएका उपल्ला नेतृत्वले आफूभित्रैका आन्तरिक प्रतिपक्षीको सामना गर्नुपरेका तथ्यले यसको पुष्टि गर्छ। अर्थात् जातीय संघका नेतृत्वले स्वीकारेको दलीय पदोन्नति र त्यसका प्रतिशोधमा व्यक्त मतले फोल्मरको तर्कलाई वस्तुगत बनाएको छ। यी जातीय असमानताबाट अलग्गिएका व्याख्यात्मक आदर्श हुन्, जसले तल्लो अर्थराजनीतिक हैसियत भएकाहरूलाई आफ्नो बनाउन सकेको छैन। जेम्स एफ फिसरले भनेजस्तो नेपाली समाजको संघीयता वा समानताको कुरा, जातीय सापेक्षमा उभिएको छ। धर्म वा जातीय धारमा मुर्झाएको असमानता हामी फरक छौँ र कति फरक छौँ भन्ने सिद्धान्तबाट प्रेरित छ। सबै खस—बाहुन हिन्दु र सबै जनजाति बाहुनभन्दा कमजोर भन्ने गराइएको छ। यो यथार्थ नभएर बहसप्रधान कुरा हो। अर्थराजनीतिक उत्पादनको यथार्थ हामी कति सम्पन्न/विपन्न वा कति शक्तिशाली भन्ने भिन्नताको चेतलाई जातीय/गैरजातीय बहसले थिचेको छ। खासगरी आर्थिक अवसरहरू कसले भन्दा पनि कुन जातले लियो भन्ने छ। उही जातिभित्रको हुने र नहुनेबीचको आर्थिक द्वन्द्वको आमलेखाजोखा भएको छैन। 
जातीय वा धार्मिक यथार्थलाई राज्यले कस्तो व्यवहार गर्यो भन्ने कुरा प्राथमिक होलान्। तर तल्लो तहमा निर्माण भएका अर्थराजनीतिक सम्बन्ध राज्यले कानुन वा नीतिमार्फत् गर्ने व्यवहारभन्दा महत्वपूर्ण हुन्छन्, बलिया पनि हुन्छन्। माथिल्लो राज्य तल्लो आममानिसबीचको सम्बन्धभन्दा अग्लो छ। गाउ“लेको आपसी सम्बन्धलाई सहरले नछोएजस्तै छ। वल्लो घरको बाहुन र पल्ला घरको राईको पर्म प“धेरोलाई जातले नछेकेजस्तै छ। कृषि वा अन्य उत्पादन क्रियाकलापमा बाहुन वा राईभन्दा पनि श्रमयोग्य मानिसले महत्व राख्छ। त्यहा“ राज्य कहा“ देखिन्छ र? 
प्रतिष्पर्धाको राजनीति र संघर्षको अर्थतन्त्रले गर्दा असमानताका नया“ आयामको खोजी हुने हो। त्यसलाई बहस र विमर्शले स्थापित गराउन खोजिन्छ। तर सबै बहस तार्किक भए तापनि यथार्थ हुन्छ भन्ने छैन। जातीय असमानताको बहसले भूगोल, उत्पादन, वितरण, उपभोग सिर्जित असमान यथार्थहरू चेपिएका छन्। र, असमानताको वस्तुगत व्याख्या हुन पाएको छैन। अर्थराजनीतिक नियन्त्रणको विघटनलाई जातीय असमानता भनिँदा ऐतिहासिक विशिष्टताको उपेक्षा भएको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस