अस्ति मंगलबार ट्रमा सेन्टरको उद्घाटनका क्रममा मोदीले संविधान बनाउँदा बहुमतभन्दा सहमतिमा जानु उचित के भनेका थिए 'खुचिङ्! मोदीले सहमति भने नि!' बोलको कोरस मिडियामा गुञ्जिन थालिहाल्यो। यसबेला मलाई अचानक आजभन्दा ५ हजार ८१ वर्ष ३ दिनअघिको यही समयको स्मरण हुनपुग्यो।यही महिना अर्थात् नोभेम्वर २३, ३०६७ बीसी, अमावस्य तिथि, चित्रा नक्षत्रको कुरुक्षेत्रमा युद्धको त्यो पहिलो दिन सबै आआफ्ना बन्धुबान्धवलाई जित्न युद्धको तयारीमा थिए। जसले जिते पनि पूर्णविनाश निश्चित थियो। अर्जुन अचानक युद्धबाट विमुख हुनचाहे। आर्यावर्तका सम्पूर्ण पुरुष, राज्य, अर्थव्यवस्था, सामाजिक संरचना तथा सैन्यशक्तिको पूर्णविनाश नभएसम्म आफूलाई देवअवतारमा परिणत गर्न कठिन रहेको चेत सानु नगर द्वारिकाका शासक अर्थात् द्वारिकाधीश कृष्णलाई थियो। तसर्थ, जुवामा हारेर अर्काको भइसकेको सम्पत्ति हासिल गर्नु नै धर्म हो भन्दै अर्जुनलाई भ्रमित बनाए। वाह्यशक्ति कृष्णका दिव्यवाणीका कारण भ्रमित अर्जुनले आर्यावर्त ३ हजार वर्षका लागि 'डार्क एज' मा परिणत गरेको घटना स्मरण भयो मलाई। राजाहरू पापी थिए भने कोटीकोटी सैन्य तथा जनता मारिनु कसरी धर्मयुद्ध भयो भन्ने प्रश्न अर्जुनले गरेनन्। वाह्यशक्तिले दिने भ्रम कति भयानक हुन्छ, प्रमाण यही हो। माओवादी विद्रोहका बहानामा उत्तर ध्रुवदेखि दक्षिण ध्रुवसम्मका शक्ति डलरका कन्टेनर तथा बाइबलका खात बोक्दै विभिन्न मुखुण्डो बोकेर हाम्रा अस्तित्वमै राइँदाइँ कति गरे? त्यसको हिसाबभन्दा ठूलो चेत हो, हामी कुन भिरमा एकअर्कालाई घचेड्न 'रेडी सेडी गो' भन्ने स्थितिमा पुगेका छौँ भन्ने विषयको।
कुरा पुरानो भयो, सन्दर्भ हामी पनि अहिले कुरुक्षेत्रमा उभिरहेका छौँ भन्ने विषयमा। हरेकका धारणा आफूलाई ठीक लागिरहेको हुन्छ। हरेक ठान्छन्, ऊ पीडित थियो। हरेक भन्छन्, ऊ मुक्ति चाहन्छ। तर, कोबाट र केबाट मुक्ति? हरेक गाउँमा वर्गीय शोषण छ, लैंगिक भेद छ, आर्थिक असमानता छ। मुक्ति— वर्गीयताबाट, मुक्ति— लैंगिक विभेदबाट, मुक्ति— आर्थिक शोषणबाट हुनुपर्ने हो। के अहिले हामी त्यही मुक्तिको बाटोमा हिँडिरहेका छौँ? कि अर्कै स्थानीय उच्चवर्गको निर्माण गर्न गइरहेका छौँ? या हामी पनि श्रीकृष्णजस्ता शक्तिराष्ट्रका गीता शिक्षाबाट कुरुक्षेत्रमा एकअर्कासामु उभिएर मर्न–मार्न तयार छौँ?
पुन : मोदी वाणीकै सन्दर्भमा जाउँ। मोदीको भनाइको अर्थ हो, नेपालले छिटै संविधान बनाएर विकासको मार्ग समात्नुपर्छ। भारत अब आर्थिक समुन्नतितर्फ प्रकाशको गतिमा उड्दैछ। भारतीय जनता नेपाली जनतालाई पनि त्यही रकेटमा यात्रा गराउन चाहन्छन्। यही प्राप्तिका लागि आपसमा पुनः द्वन्द्व नहुनेगरी सहमतिमा संविधान बन्नुपर्ने सुझाव दिएका हुन् मोदीले। परन्तु सहमतिको अर्थ के? के माओवादीले भनेको जस्तै दर्जनदर्जन टुक्रा जातीय राज्य? के मधिसे नेताले भनेझैँ पहाडबाट छुट्ट्याइएको एक चोक्टा मेचीदेखि महाकालीसम्मको सम्म मैदानमा गरिव, अल्पसंख्यक जातका तथा महिला मधेसीमाथि नेताहरूको स्वच्छन्द राज? वा अर्को अर्थमा बाँकी नेपालले शंका गरेझैँ पहाडलाई मधेस परिवेष्ठित बनाएर कैदी बनाउने? वा आफ्नै हिमाल, पहाड र नदीविनाको मधेस दिने मधेसीलाई? के मधेसी जनता यही चाहन्छन्? शंकाउपशंका उठ्छ स्वाभाविकरूपमा। कुनै सनकी नेताको क्षेत्री–बाहुनको घाँटी रेटेको खुकुरीको आलो रगत चाट्ने तृष्णाको प्राप्तिका लागि के संविधान बन्नु पर्ने?
मोदी वाणीपछि अब जातीय राज्यमा १२–१५ गोटामा टुक्र्याउन पाइने भो भन्दै हर्षविभोर देखिए जातिवादी माओवादी तथा अन्य जातीय नेताहरू! सग्लै मधेसमा राज गर्न पाइने तृष्णा पनि पुग्ने भो, मधेसवादी नेताको। जातजातको राज्य पाउने भए चेपाङको राज्य किन नहुने? कुमालको राज्य किन नहुने? दराईको राज्य किन नहुने? मधेसमै दलितको राज्य किन नहुने? ठाकुर र नाईहरूको राज्य किन नहुने? करिव डेढ सय होलान् जाति। नेवार राज्य भनिन्छ। नेवारमै कडा जातीय भिन्नता छ। हिसाब गर्दा त्यहीँ सय एकदम अलगखालका जात निस्किन्छन्।
मुसलमान र क्रिस्चियनको पनि अलग राज्य किन नहुने? बुद्धिस्टमा पनि महायान र हिनयान दुवैको अलग राज्य कुन नहुने? हिन्दु पनि किन कम? धर्मकै नाममा अलग राज्य किन नमाग्ने? जातको राज्य हुन्छ भने धर्मको राज्य किन नहुने? यति मिहिन माग अहिले नआउला। तर, केही वर्षभित्र यी जातीय राज्यभित्रै यस्ता विखण्डनकारी माग आउनेछन्। स्मरण रहोस्, समानुपातिक व्यवस्थाका कारण तेस्रो लिंगीलगायत हरेकले आआफ्नो भाग मागेका थिए। त्यस्तै, तेस्रो लिंगीले ठमेलमा स्वायत्त राज्य माग्नबाट कसैले रोक्न सक्दैन। मारवाडीले जुद्धसडक किन राज्य नबनाउने? लेबनानको बेरुतमा मैले टोलटोल अलगअलग सैन्यसमुहको देखेको थिएँ। कोही सिरियन प्रभावित, कोही इरानी प्रभावित, कोही पेलेस्टनियन, कोही इजरायली समर्थित क्रिस्चियन, कतैकतै मात्र लेबनिज सरकारको सेना। हरेक मोडमा आआफ्नो पक्षका ट्यांक तेर्साइएका! जनताबीच चिरा परेपछि त विदेशी छिरिहाल्छन्, बाँध चिरिएपछि पानी छिरेर बाँध फुटाउन!
पुनः मोदीकै वाणीलाई आधार बनाउनेहरूका सन्दर्भमा आउँ। ठीक छ, संविधान बनाउन सबैको सहमति आवश्यक पर्छ। यसको अर्थ के माओवादी र २२ दलीय मोर्चाको मात्र सहमति हो? चौथो दल राप्रपा नेपालको सहमति त अनिवार्य नै भयो। के राजा ज्ञानेन्द्र र हिन्दु परिषद्लाई बधाई दिइहालौँ? राप्रपा नेपालमात्रै यस्तो दल हो जसको अडान स्पष्ट छ। अरूमा उसको सहमति असम्भव छ। यसरी जब सहमतिको कुरा उठ्छ ६०१ कै सहमति चाहिन्छ, ६०० ले पनि मिल्दैन।
स्मरण रहोस्, सुशीलदालाई अरु मतलब छैन जसरी भए पनि आफै प्रधानमन्त्री भएको बेलामा संविधान बनेको भनेर नाम छपाउनु छ इतिहासमा। तर सुशील नै पूर्ण कांग्रेस होइनन्। सुशीलवाला रिल कांग्रेसले माने पनि विपीवाला रियल कांग्रेसले न त जातीय राज्य मान्छ, न त धेरै टुक्रामा देशको चिरफार! केपी ओली र एमालेका युवाको पनि यही अडान हुनेछ। सत्ताका लागि जे पनि लचकता भन्ने बुढाहरूको के चर्चा? अब रियल कांग्रेस, रियल एमालेको सहमति र माओवादी तथा २२ दलको मोर्चाको सहमतिको बिन्दु कहाँ र कसरी? अनि समाधान के?
तसर्थ खुचिङ्! मोदीले सहमति भने! भनेर कम्मर मर्काएर नाचे पनि खुरुक्क कांग्रेस र एमालेले २२ दलीय तपसीलमा दस्तखत मार्नेछन् भन्ने भ्रम नरहोस् प्रचण्ड, उपेन्द्र तथा अशोकहरूलाई। सहमति भनेको 'असम्भवयात्रा' हो। बहुमत अरु नमान्ने, पूर्ण सहमति हुनै सक्दैन।
तसर्थ, बहुमत नमान्ने, सहमति नहुने स्थितिमा एउटै समाधान हो जनमत। जनता कस्तो संघीयता चाहन्छन्? बलियो, आर्थिकरूपमा समृद्ध, रोजगारीपूर्ण, जातीय एकताबद्ध, सौहार्द्रपूर्ण ३–४ वटा प्रान्त कि जातजातको, कमजोर, गरिव, बेराजगार, आपसमा घृणा व्याप्त असुरक्षित १०–२० वटा प्रान्त? मधेसी जनतालाई नै निर्णय गर्न दिनुपर्छ हिमाल–पहाडको सम्पूर्ण स्रोत जोडिएको राज्य कि मधेसको एक टुक्रा? त्यस्तै, अन्त पनि जनतालाई नै भन्नदिनुको विकल्प यो कथित असम्भव सहमति होइन।
अन्त्यमा जति मर्किए पनि, जति कर्किए पनि मोदी या ओबामाले नै भने पनि पूर्ण सहमति हुँदैन। बहुमतको संविधानलाई प्रचण्डहरू मान्दैनन्। प्रचण्ड डक्ट्रिन कांग्रेस र एमालेले मान्दैनन्। दुवैका मिलोमतो भयो भने पनि राप्रपा नेपालले मान्दैन। यी तीनै तत्वका कुरा अन्ततः जनताले मान्ने छैनन्। भलै सुरुमा भैगो संविधान आयो भनेर केही दिन राहत महसुस गर्लान् जनताले।